19th September | 2019 | Thursday | 8:18:42 PM

अध्यात्म विज्ञान र मानव शरीर

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : फाल्गुन ४, २०७५ (१२:३१ PM)

अध्यात्म विज्ञान र मानव शरीर

पृथ्वी, जल, तेज, वायु र आकाश तŒव सबै प्राणीका शरीरमा हुन्छन् । पाँच भौतिक तŒवविना देह निर्माण हुँदैन । सबै शरीरमा भएर पनि पाँच भौतिक तŒव सबै शरीरमा बराबरीको अवस्थामा देखिँदैन । जसरी समुद्रको लहर एक समान हुँदैन । बाहृय संसार पनि पाँच भौतिक पिण्ड हो र पनि यो सबैतिर एक समान देखिँदैन । सबैको उदय पञ्च तŒवबाटै हुन्छ र सबैको लय पनि पञ्च तŒवमै हुन्छ । कसैमा एक गुणको प्राधान्य रहन्छ भने कसैमा अर्को गुणको प्राधान्य रहेको हुन्छ ।
शरीरका अवयवहरूमा यी पाँच भौतिक तŒव अधिक र न्यूनरूपमा रहेको जानकारी कसरी हुने ? पहिचान कसरी गर्ने ? शरीरमा इन्द्रिय पनि छ, यसका गुण दोष छन् । यी गुण दोषमा कसको कर्म कसरी पत्ता लगाउने ? यी प्रश्न मानव मस्तिष्कमा सहजरूपमा आउनसक्छ । यसबारे संक्षिप्त चर्चा चिन्तन गरौं ।
प्रथमतः अध्यात्म ज्ञान एउटा विज्ञान हो । कारणविना कार्य हुँदैन । शब्दको आभाष हुनु, श्रोतिन्द्रिय अनि शरीरमा जति पनि छिद्र छन् ती सबै आकाशका गुण हुन् । मानव शरीरमा साढे तीन करोडभन्दा बढी छिद्र छन् । शरीर एउटा माटाको घडा समान हो । आकाश तŒव प्राप्त गरेर यसका ती गुण विकसित भएका हुन्छन् । शरीरमा अर्को गुण हुन्छ त्यो हो प्राण, चेष्टा र स्पर्श । यी वायु तŒवबाट प्राप्त भएका छन् । यिनको मूल स्रोत वायु हो । रूप, नेत्र र जठराग्नि यी अग्निका कार्य हुन् । अर्थात् अग्नि तŒवबाट यी सञ्चालित हुन्छन् । स्वाद, जिभ्रो र स्नेह यी जलका गुणहरू हुन् । गन्ध, नक र शरीर भनौँ हाड छाला यी भूमिका कार्य हुन् । भूमि भनौं माटो यसको स्रोत हो ।
यसरी विषयपिच्छे गुणहरू फरकफरक देखिन्छन् । कछुवाले आफ्नो शरीर फैलाएर आफूले संरक्षणको प्रयास गरेझैँ सबै इन्द्रियका यी गुणहरूमा बुद्धिले आफ्नो अस्तिŒव फैलाएर गुण धर्मको निर्वाह गरेको हुन्छ । बुद्धिले गुणको स्वरूप धारण गर्छ । मनसँग मिलेर ती सबै स्वरूपलाई बुद्धिरूप बनाइदिन्छ । यस अर्थमा बुद्धिविना गुण या इन्द्रियको कुनै अस्तिŒव सम्भव छैन । यस अर्थमा बुद्धि गुण या इन्द्रियको समष्टी हो । छैठौं तब मन हो भने सातौँ तŒव बुद्धि हो ।
आठौँ तŒव क्षेत्रज्ञ भनिन्छ । आँखाले दृश्ययावलोकन गर्छ । मनले सन्देहको काम गर्छ । बुद्धिले त्यसलाई रिदम गराउने काम गर्छ । क्षेत्रज्ञले सबैको साक्षी बस्ने काम गर्छ । आफू काम गर्ने होइन । सत्व, रज र तम ३ गुण मनबाट उत्पन्न हुन्छ र सबै प्राणीप्रति समानरूपमा रहन्छ । त्यसको पहिचान उसको कार्यबाट हुन्छ । जब व्यक्तिमा हर्ष, प्रेम, उदारता, सम भाव, आनन्द, भनाँै स्वस्थ्य चित्तको विकास भएको देखिन्छ, सम्झौँ त्यो सत्वगुणको वृद्धि भयो । ऊबाट सात्विक प्रभाव पर्छ अरूलाई, व्यक्तिलाई, समूहलाई, समाजलाई । सुख र आनन्द हो, परमानन्दको अवस्थामा पुग्नसके झन् वेश भइहाल्यो तर सुखचाँहि बजारबाट खरिद पनि गर्न सकिन्छ ।
अभिमान, असत्य बोली, लोभ, मोह र अधैर्य, असहनशीलता जुन व्यक्तिमा देखापर्छ त्योचाँहि रजो गुणको वृद्धि हो । प्रभाव, निद्रा, आलस्य र अज्ञानताचाहिँ तमोगुणका कार्य हुन् । मानिसलाई कर्म गर्दा ३ प्रकारबाट कर्म प्रेरणा मिल्छ । सुरुमा मनमा भाव उठ्छ, बुद्धिले त्यो भावलाई निश्चय गर्छ । हृदयले त्यसको अनुकूूलता÷प्रतिकूलता अठोट गर्छ । अब त्यो कर्ममा जाने या नजाने निक्र्यौल हुन्छ । इन्द्रियहरूको अपेक्षा विषय श्रेष्ठ छ, विषयको अपेक्षा मन श्रेष्ठ छ । मनभन्दा बुद्धि श्रेष्ठ छ, बुद्धिभन्दा आत्मा श्रेष्ठ छ । बुद्धिभन्दा माथिको आत्माचाहिँ साक्षीमात्र भएकाले बुद्धि यताउति हुनासाथ सबै कर्मको परिणाम नराम्रो हुन्छ ।
बुद्धिले आफ्नो स्वरूप भिन्न भिन्नरूपमा लिइरहको हुन्छ । सुन्दा श्रोत्रय, स्पर्श गर्दा स्पर्शीय, दृष्टिमा दृष्टि बुद्धि, स्वादमा रसना, गन्ध आदि गुण प्राप्त हुन्छ । बुद्धिको यो विकास अवस्थालाई इन्द्रिय भनिन्छ । इन्द्रियको स्वरूप मानिसले जब कुनै कुराको इच्छा गर्छ उसको बुद्धि मनको रूपमा रूपान्तरित हुन्छ । नेत्र आदि अलगअलग प्रतीत भएर बुद्धि बसिरहेकै हुन्छ ।
यसर्थ इन्द्रियलाई राम्ररी वशमा राख्नु भनेको बुद्धि तŒवको राम्रो अवस्था हो । जसरी उज्यालोमा कुनै वस्तु स्पष्ट देख्न सकिन्छ । चकमन्न अँध्यारोमा स्पष्ट देख्न सकिँदैन । ठीक त्यसैगरी ज्ञान आलोकमा आत्मालाई सिधा दर्शन गर्न सकिन्छ । चकमन्न अँध्यारोमा स्पष्ट आलोक छैन भने दृष्टि हुन सक्दैन, स्थिर प्रकाश नभएमा भ्रमपूर्ण कुरा देख्न सकिन्छ । ठीक त्यस्तै इन्द्रिय चञ्चल हुँदा आत्माको अवलोकन राम्ररी हुँदैन । अनि सबैतिर भ्रममात्र पैदा हुन्छ । आत्मातिर, परमात्मातिर, संसारतिर ।
अज्ञानरूपी पर्दा नहटाएसम्म ज्ञानरूपी उज्यालो प्रकाश प्राप्त हुँदैन । ज्ञानरूपी प्रकाश आफूसम्म नपरेसम्म आफैँभित्र रहेको ईश्वर देखिँदैन । जलचरहरू जलमा रहन्छन् र पनि जलप्रति लिप्त हुँदैनन् । ठीक त्यस्तै इन्द्रियप्रति आफू रहेर पनि इन्द्रियको गुण दोषसँग आत्माचाहिँ लिप्त हुँदैन । विषय आवश्यक छ तर आशक्ति नहुँदा आत्मामा आत्मेश्वर प्राप्त गर्न सकिन्छ । आत्मा विषयप्रति आसक्त हुँदैन । गुणहरूले आत्मालाई बुझेका हुँदैनन् तर आत्माले ती सबै गुणानुभूति गरिरहेको हुन्छ ।
आत्माले यो गर यो नगर भनेर न्यायाधीशको काम गर्दैन । सबै गुणको द्रष्टा र साक्षीमात्रै हो ऊ । गुण र आत्मामा अन्तर स्पष्टरूपमा यही नै हो । त्रिगुणात्मक तŒव पदार्थको जननी प्रकृति नै हो । तŒव ज्ञानबाट जब गुणलाई नियन्त्रण गरिन्छ अनि फेरि त्यो उत्पन्न हुन सक्तैन । उसको गुण चिन्ह देखिँदैन । यसरी बाहृय पदार्थको भ्रम वा भनौँ अविद्या नष्ट हुनु नै मुक्ति हो । मुक्ति प्राप्तिको लागि शरीर आवश्यक छ ।
कसैको मतमा दुःखको सम्पूर्ण निवृत्ति मुक्ति हो भन्ने छ । मूलतः मुक्तिको प्रथम चरण भनेको शोक र हर्षको समाप्ति नै हो । क्रोध, आवेग र तनावको उन्मुक्ति अवस्था हो । हृदयमा रहेको अविद्यारूपी ग्रन्थीलाई चुँडाएर बुद्धिद्वारा धर्ममा स्थित रहनुको नाम मुक्ति हो । शोक र सन्देहबाट पर रहनु यसको विशेषता हो । पौडी खेल्न नजान्ने मान्छे नदी पार नगर्नेे यसको विशेषता हो । पौडी खेल्न नजान्ने मान्छे नदी पार गर्न सक्तैन, पानीमा डुब्छ, ठीक त्यस्तै बुद्धिद्वारा आत्म चिन्तन, मनोमन्थन, आत्म मन्थन गर्न नसक्ने जीव भवरूपी सागरमा डुबिरहन्छ सदा सदाको लागि ।
तर, जो पौडिन जान्दछ जलमा स्थलझै ऊ सर्लक्क पार हुनसक्छ । ज्ञानस्वरूप आत्मालाई प्राप्त गर्ने साधन मानव जीवन नै हो । अन्य जीवमा यो परिकल्पना सम्भव छैन । असल भक्तमा यी गुणको विकास भएको हुन्छ, भक्ति मानव जीवनलाई पारि किनारामा पु¥याउने साँचो साधन हो । मन र इन्द्रियको संयम आत्म ज्ञान हो, आत्म विज्ञान हो । श्रम र अत्मज्ञानले मनिस शुद्ध र बुद्ध हुनसक्छ । बुद्ध भनेको ज्ञानको पूर्णताको अवस्था हो जलले भरिएको घडाझैँ ।
रोगी र दुःखी देखेर शोक गरिन्छ तर नित्य र अनित्यलाई छुट्याउने शक्ति भएको व्यक्तिले यो अवस्थामा पनि शोक गर्दैन । बुद्धत्व प्राप्ति गरेकाले कसैमा दोष दृष्टि देख्नसक्दैन, देख्दैन । नमच्चिने पिङका झट्का ठूला हुन्छन् । नभरिएको गाग्रो छचल्किन्छ । वर्षाका खहरेहरूको गति तीव्र देखिन्छ । मन पनि त्यस्तै हो ।
 


Views: 95

सम्बन्धित सामग्री:

सत्ताको अहंकार

राजन कार्की : आश्विन २, २०७६ (१०:०१ AM)

संविधान यात्रा

गोविन्द लुइँटेल : आश्विन १, २०७६ (९:५१ AM)