27th June | 2019 | Thursday | 4:40:06 AM

सामाजिक सञ्जाल हाटबजार

स्वयम्भुनाथ कार्की   POSTED ON : फाल्गुन ६, २०७५ (५:५४ AM)

सामाजिक सञ्जाल हाटबजार

सूचना प्रविधिको तीब्र विकासको प्रतिफल सामाजिक सञ्जालमा बेरोकटोक अभिव्यक्त हुन पाउने सुविधा हो । यो सुविधा कहिलेकहीँ हानीकारक पनि भइदिन्छ । यसले धेरैलाई नायकत्व पनि प्रदान गरेको छ । कसैको नायकत्व कायम रहेको छ भने कसैको दूधको उमालजस्तो स्वात्त घटेको पनि छ । किनभने, यो वास्तविक संसारको हाटबजारको साइबर रूप हो । 

पोकामा सामान लिएर हाट भर्न गएकाको अस्तित्व हाटबजारसम्म अस्थायी मात्र हुन्छ तर अर्को स्थायी पसल भएर उत्पादन गर्ने ल्याकत भएर हाट बजार गएकाहरूको अस्तित्व स्थायी हुन्छ । पछिल्ला दिनहरूमा चाहे त्यो सिएनएन हिरोमा मत दिएर कुनै नेपालीलाई विजेता बनाउन होस् वा प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन होस् मत बटुल्ने अभियान सामाजिक सञ्जालहरूमार्पmत नै चलाइएका थिए । 

यो हो यसको व्यापकता र यसको रचनात्मक शक्ति । शृंखला खतिवडाको नाम उनीभन्दा पहिले पनि विश्व सुन्दरी प्रतियोगितामा कडा प्रतिस्पर्धा दिने अन्यको जस्तै धेरैले सुन्ने नै थिएनन् यदि सामाजिक सञ्जालमा अभियान नभएको भए । धुर्मुस सुन्तली फाउण्डेसनजस्ता संस्थाहरू सहृदयीहरूको आर्थिक योगदानले चल्ने हो । यस्ता संस्थाहरू अरू नभएका पनि होइनन् । सामाजिक सञ्जालमा सर्वत्र चर्चा नभएको भए गिरानचौरभन्दा थप काम गर्न सक्ने हैसियत हुन्थ्यो वा हुँदैनथ्यो त्यो विवेचना भविष्यमा होला । सामाजिक सञ्जालले उनीहरूप्रति सहृदयी हुनेहरूको संख्या बढाइदिएकोले नै रंगशालाजस्तो महाअभियानमा हात हाल्ने हौसला प्राप्त भएको हुनुपर्छ । 

हाटबजारको अभावमा कामै नचल्ने होइन तर यसबाट काम सजिलो बन्न जाने हो । जसरी हाटबजारमा भिल्लु भएर जथाभावी बोल्ने अनि गर्नेहरू पनि हुन्छन् त्यस्तै सामाजिक सञ्जालमा पनि हुन्छन् । त्यस्तालाई नियन्त्रणमा राख्न हाटबजार व्यवस्थापकले आफूले सक्ने जति गरेको हुन्छ । त्यस्तै सामाजिक सञ्जालहरूले पनि गरेका हुन्छन् । फेसबुक लगायतका सामाजिक सञ्जालहरूले आफ्ना प्रयोगकर्ताहरूलाई बेलाबेलामा सावधान गराउने, केही समय वा सधैँको  निमित्त प्रतिबन्ध लगाउने काम पनि गरेका हुन्छन् । कसैको उजुरीको आधारमा कहिलेकहीँ बिनासित्ति नै कोही केही समय प्रतिबन्धमा परेको पनि हुन्छ । विभिन्न मुलुकमा आफ्ना प्रयोगकर्ताहरूलाई त्यो मुलुकको कानुनअनुसार नरहेमा कारबाही पनि गर्ने गर्दछन् ।

विचार, अभियान आदिहरू कुनै सञ्चार माध्यम वा कुनै सामाजिक सञ्जालको थाक्रो नभई पैmलनै नसक्ने होइनन् । इस्वीको सत्तरी–असीको दशकमा अनपढ बिजुलीमिस्त्री लेक वालेसालाई पोल्याण्डको सत्ता ढाल्न कुनै यस्तो थाक्रोको आवश्यकता परेन । सीमित सञ्चारमाध्यम भएको त्यो समयमा पोल्याण्डभित्र ती पनि सत्ताको नियन्त्रणमा थिए तैपनि उनको ‘सोलिडारीटी’ संगठन रोक्न सकिएन । सन् १९७६ मा सत्तासँग संघर्ष गरेका कारण कामबाट निकालिएका लेक वालेसा १९८३ मा नोबेल शान्ति पुरस्कार पाउन सफल भए भने १९९० मा पोल्याण्डका दोस्रा राष्ट्रपति भए । उनीसँग विचारको बलियो पसल थियो, अभियानको दह्रो कारखाना थियो । त्यसैले विचारको हाटबजार नभए पनि उनी सफल भए । 

नेपालको वर्तमान सरकार र यसमा सामेल दलहरूलाई आजको बलियो अवस्थामा पुग्न सामाजिक सञ्जाल सहायक भएको छ । दलहरूको प्रचारतन्त्रमा सामाजिक सञ्जालको कुन तहसम्मको योगदान छ भन्ने कुरा त नेताहरूको सानोभन्दा सानो दिनचर्याको रूपमा गर्नुपर्ने कामको पनि देवत्वकरण भएर सामाजिक सञ्जालमा व्याप्त हुनुले देखाएको छ । कतिपय आलोचना गाली आदिको स्पष्टीकरण र जवाफ दिन पाएको छ । उपयोग, सदुपयोग, दुरुपयोग सबै भएको छ । यदि यस्ता आलोचना, गाली आदि साइवर हाटबजारमा नआएका भए भित्रभित्रै उकुच पल्टिने थियो । अनि सामुन्ने आउ“दा जुन रूपमा आउने थियो त्यो सामना गर्ने हैसियत ल्याकत नेतृत्वसँग हुने थिएन । कुनै विरोध वा आलोचनालाई मुहानमै निमोठ्छु भन्ने सोच आत्मघाती हो । 

यो एक प्रकारको घाउसरह हो जसलाई उपचार गरे ठिक हुन पनि सक्छ तर छोपेर दबाउने प्रयत्नले पिप जम्छ । यो पिप जब बाहिर निस्कन्छ त्यसले कुनै मौका दिँदैन । राजा महेन्द्रले आफ्नो किताप ‘उसैको लागि’ को आलोचना गरेका ताना शर्मामाथि कारवाही हुन दिएनन् । बरु ताना शर्माले छात्रवृत्तिमा बेलायत जाने अवसर पाए । यो कुरा कति सही हो त्यो त ताना शर्मा अर्थात डा. तारानाथ शर्माले नै बताऊलान् । पञ्चायती व्यवस्थाको विरोध र त्यसको आलोचनाको फरकपन राजा महेन्द्रलाई थाहा थियो । त्यसैले उनले आलोचना व्यवस्था शुद्धीकरण गर्ने औजारको रूपमा लिए । उनका छोरा राजा वीरेन्द्रको पालामा भने विरोध र आलोचना दुबैलाई एकै ठानियो ।

राजा वीरेन्द्रको पालाको पञ्चायत यति असहिष्णु भयो कि कुनै पञ्चकार्यकर्ताले गरेको व्यक्तिगत गल्तीको विरोध पनि व्यवस्थाको विरोध मान्न थालियो । लेटर प्रेसमा छाप्दाछाप्दै केही प्रतिमा श्री ५ को ५ खसेर श्री मात्र ह“ुदा पनि सजाय भोग्न पर्ने भयो । त्यस बेलाको प्रशासनतन्त्र कार्यकर्ता सबै सानोभन्दा सानो  आलोचना वा विरोध दवाउन पनि सम्भव भएजति सबै शक्ति लगाउन थाले । यो कुरा भोगेका कतिपय सम्पादक पत्रकार आदि स्मरण लेख्दैछन् तर त्यत्रो प्रयत्नले पनि विरोध दवाउन सकिएन बरु त्यो झन् उग्र भयो । फलस्वरूप पञ्चायत ढल्यो । अर्थात विरोध नामको घाउको उपचार नगरेर दवाउनाले त्यहा“ उकुच पल्टियो । त्यसबाट निस्केको पिपले पञ्चायत नै बगायो ।

विरोध दबाउने त्यो काल धेरैको निमित्त मलिलो पनि भयो । पद्मरत्न तुलाधरका भाषणका क्यासेट प्रशस्त बिक्री भए । मदनकृष्ण हरिवंशका प्रहसनको प्रख्यातिले उनीहरूलाई नया“ उचाइमा पु¥यायो । भारतीय पत्रिका ‘दिनमान’, ‘बिल्टज’ आदि नेपालमा राम्रो बिक्री भए । राल्फा, संकल्प आदिका गीति अभियानका गीतहरू मुलुकका कुनाकाप्चा पुगे । यो स्वाभाविक पनि हो किनभने मानव स्वभाव निषिद्ध वस्तुको निमित्त हिरिक्क गर्ने किसिमको हुन्छ । सीमाक्षेत्रमा भएका चलचित्र हलहरूमा लागेका सिनेमाहरूका प्रचारमा नेपालमा प्रतिबन्धित भन्ने शब्द प्रयोग गरियो । केवल यस्ता चलचित्र हेर्न काठमाडौंदेखि रक्सौल आउनेहरूमध्ये धेरैसँग अहिले पनि यस्ता अनुभवहरू तजै हुनसक्छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरलाई नेपालमा दर्ता हुनु नत्र नेपालमा प्रतिबन्धित हुनसक्छ भनेर नेपाल सरकारको गृहमन्त्रालयले पत्र लेखेको हल्ला व्यापक हु“दैछ । पत्रमा यी सामाजिक सञ्जालहरूले गर्दा नेपालमा अपराध बढेको पनि आरोप लगाइएको हल्ला छ । यदि यो सत्य हो भने दुर्भाग्यपूर्ण हो । 

पाण्डा इनर्जीलाई राजा ज्ञानेन्द्रले लगाम कसे । त्यसको आवाज अमेरिकाको सिनेटमा गुञ्जायमान भयो । अमेरिका र युरोपियन देशहरूले नेपाललाई भारतको आ“खाबाट हेर्ने भनेर २०६२ सालको आन्दोलनमा आन्दोलनकारीलाई साथ दिए । त्यसबेला इयान मार्टिन, जेम्स मोरियार्टी लगायत  युरोपेली मुलुकहरूका राजदूतहरूको सक्रियताको इतिहास प्रष्ट छ । यो आर्थिक कूटनीतिको युग हो । आफ्नो व्यापारिक प्रतिष्ठानको हितको निमित्त यी मुलुकहरू कुनै पनि कदम अनुचित मान्दैनन् । 

चीनले यी सञ्जालहरू बन्द गर्न सकेको छ किनभने ऊ आफैँ पनि आर्थिक कूटनीतिमा पश्चिमा मुलुकहरूलाई टक्कर दिन सक्छ तर विश्वभरि श्रमिकको श्रम निर्यात गर्ने नेपालले धान्न सक्ला र भन्ने प्रश्न अस्वाभाविक होइन । उसै पनि यी सञ्जालहरूले आफूलाई नेपालमा पनि दर्ता गरेको अवस्थामा यिनीहरूलाई प्रतिबन्ध लगाउने उचित अवस्था पाइएला र ? सामाजिक सञ्जालले अपराध बढेको छ भन्ने कुरा पनि तर्कसंगत लाग्दैन । किनभने अश्लील साइटहरूले बलात्कार बढाएको भनेर बन्द गरियो । त्यसपछि के यस्ता घटनामा कमी आयो त ? भ्रम नपरोस्, यो कुरा उल्लेख गरेर यो आलेखले अश्लील र यौन व्यापारको पक्ष लिएको होइन । उसै पनि इन्टरनेट यस्ता प्रतिबन्धहरूले छेकिँदैन ।

अर्को प्रसंग सरकारको तिखो आलोचना भएको भनिएको गायक पशुपति शर्माको ताजा गीत युटबवबाट हटाइएको छ । यो राजनाीतिक दवावले हटाएको भनिएको छ । यसले अब पशुपति शर्मालाई अपूर्व प्रख्याति दिलाउनेछ । त्यो गीत अनेकौँ प्रति सारेर संसारभर नेपाली भएका स्थानहरूमा व्यापक बनाइसकिएको छ । ती मुलुकहरूमा नेपाल सरकारका ऐन कानुन लागु हुन्छन् भनेर सोच्नु मात्र पनि मूर्खतै हुनजान्छ । 

जे होस्, यी दुवै घटनाले न सामाजिक सञ्जाल रोक्न सकिनेछ न पशुपति शर्माको गीत नै । बरु यी घटनाहरूले वर्तमा सरकारका प्रमुख केपी शर्मा ओलीको लोकप्रियतामा आ“च भने निश्चय नै आउँनेछ । वर्तमान सरकारले पाएको जनमत पहिलो पल्टको केपी ओलीको साखले गर्दा हो भन्नुमा कुनै अतिशयोक्ति छैन । 

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 104