24th March | 2019 | Sunday | 8:09:18 AM

साहिँली औँलो

शम्भुप्रसाद निरौला   POSTED ON : फाल्गुन २५, २०७५ (८:२७ AM)

साहिँली औँलो

गुण छत्तीस आयो ! कति राम्रो कति ¤ दुवैको देवगणै देवगण ¤ यो पनि राम्रो ¤ नाडी पनि ठ्याक्कै मिलो ! के गरी जुरो जुर्न पनि ¤ हेर्नुस्, जनकप्रसादजी मैले कतिको चिना हेरेँ हेरेँ तर यो जतिको गज्जबले जुरेको कतै भेटेको थिनँ, सारै शुभ ।

पं गोपीरमणले चिना पट्याउँदै बोधहरितिर दुई थोप्लो सात पाँचको धन शक्तिबाहक चश्माको माथिल्लो डिलबाट हेरे ।

‘के भन्नुहुन्छ त बोधहरिजी ?’

लमीका रूपमा कार्यरत कृष्णविनोदले बोधहरितिर नरम स्वरमा जिज्ञासा राखे ।

म त के भन्छु र हजुर ¤ केटाकेटी राजीखुशी छन् भने भइगो नि ¤ मैले मात्रै दिएर हुँदैन । छोरीलाई पनि सोध्नुपर्छ ।

बोधहरिले आफ्नु कुरा राखे ।

चिनामा राखेको भेटी गोजीमा घुसार्दै पं गोपीरमणले प्रज्ञातिर फर्केर सोधे, ए नानी के भन्छेस् त ? हे एत्रो ठूलो कुलघरानबाट तँलाई माग्न आए । नेपालको पढाइ सकेका केटा छन् । डबल डिग्रmी गरेको र’छ । अब तँ पनि पढेलेखेकी छस् । तिमर्को जोडा चैँ उखपात मिल्ने र’छ । सबै उत्तम ठहरो । तेरा बाउले पनि दिने मन गरे । लु भन् आफ्नो कुरा ?

एकछिन् सन्नाटा ।

खै बोलेकी ? पण्डितजीले फेरि सोधे ।

म बाआमाले दिएका ठाउँमा नाइँनास्ती गर्दिनँ पण्डित बा ¤ 

अलि लजाएर टाउको निहुँ¥याउँदै सानो स्वरमा प्रज्ञाले स्वीकृति दिइन् ।

लमीको मुख उज्यालो भयो । पण्डित खुशी भए । सुबोध अलिअलि चटपटायो । बेलाबेलामा दुवैका आँखा जुध्थे । लाग्थ्यो ती दुवै रोमाञ्चित छन् । आउने रंगिन परिवेशमा डुबिसकेका छन् ।

छोरी पनि राजी भएपछि नाइँ भन्ने कुरै आएन । ल आमाचैँ के भन्छे ? उहाँहरूलाई दिन पाउनु हाम्रो भाग्य हो । उनले पत्नीको स्वीकृति लिन खोजे ।

म ता झन् के भन्छु र दिनुपर्छ नि दिनै जात हो छोरीको । बोधहरिकी पत्नीले नरम लवजमा यसै भनिन् । 

ल त सुवोध बाबू ¤ के भन्नुहुन्छ अब ? 

लमीले सुबोधतिर फर्केर सोधे । 

यहाँहरूको निर्णय स्वीकार्य छ । सुबोधले आफ्नो फाइनल कुरा भन्यो ।

‘फागुन तेर गतेको रात्रि लग्न उत्तम छ । त्यही लगनमा बिहे सक्नुपर्छ । अहिले रात परिसक्यो टीकाटालाको काम भोलि गर्नुपर्छ । बिहानी साइत उत्तम हुन्छ । पण्डितजीले अठोट लाउने काम भोलि गरौँ भन्ने मनसाय राखे ।

रात प¥यो । प्रज्ञाकी आमा भातभान्सातिर लागिन् । पण्डितजी रामनामी ओढेर सन्ध्याजप गर्न लागे । प्रज्ञा तरकारी केलाउन थालिन् । बोधहरि घाँसपात गर्नतिर लागे ।

भान्सा तयार भयो । सबैले खाए । चुलो लोटाइपोती सकियो । सबै कामहरू होसियारी र सतर्कताकासाथ भए । 

बोधहरिजीले गम्भीर भएर भने, ‘म गरिब मान्छे हुँ । दाइजो तिलक दिन सक्तिनँ । पछि मन अमिलो नबनाउनुहोला ।’ उनले यसोभन्दा जनकप्रसादले आफू धनको भोको नभएको र सुशील बुहारी भए पुग्ने कुरो गरे । अरू सामान्य आन्तरिक भलाकुसारी भयो । सुत्ने व्यवस्था मिलाएपछि सबै पाहुनाहरू सुते । बोधहरिजी र प्रज्ञा आमाछोरीका बीच गुनमुन गुनमुन गफ चलिरहृयो ।

बिहान प्रज्ञाको जीवनको निर्णायक दिन । छरछिमेकी आए, भद्रभलाद्मी आए, मा विका हेड सर पनि आए । घर भरियो । प्रज्ञाको बिहेको टीकोटालो हेर्न सबै उत्सुक देखिन्थे ।

राडी ओछ्याइयो । प्रज्ञा र सुबोध त्यसमाथि बसे । बोधहरिजीले टीका लाए । पण्डितजीले मन्त्र पढे । जनै सुपारी दिए । भक्किँदै उनले भने, ‘मैले छोरी दिएँ । पाले पुण्य मारे पाप ।’

फोटा खिचिए । करतल ध्वनिले अठोटको स्वागत गरियो । बोधरहरिजीले गम्भीर भएर भने, ‘हेर्नुस् म गरिब मान्छे । मैले हिजै बेलुका पनि भनेँ । म नानी र पानीभन्दा अरू दिन सक्तिनँ । यसलाई राम्रो शिक्षादीक्षा दिएको छु । हजुरहरूले मनखत नगर्नुहोला ।’

बोधहरिजीका कुरा सुनेर जनकप्रसादजीले भनेँ, ‘हेर्नुस्, हामी धनका लुब्धा छैनौँ । हामीलाई पुग्ने मेरै घरमा अटिनअटी छ । सम्पत्ति ठूलो होइन शिक्षा ठूलो हो । तपाईंकी छोरी शिक्षित, सभ्य र सुशील छिन् । यही ठूलो धन हो । ढुक्क हुनुस्, हामीलाई केही चाहिन्नँ । मात्र ब्राहृमण वैदिककर्म पूरा गरेर लान्छौँ । केही पिर नलिनुहोला हजुरहरूले ।

उनको यो भनाइलाई हृदयत सबैले स्वागत गरे । तारिफ गरे । प्रज्ञा भाग्यमानी भएको ठोकुवा गरे । सुबोध र प्रज्ञाको जोडी भगवानले जुरायो भन्नेमा सबै विश्वस्त भए । जन्तीको संख्या निर्धारण भयो ।

जनकप्रसादजी, सुबोध, कृष्णविनोद र अरू दुईजना मानिस बोधहरिजीका घरबाट बिदाबारी भई हिँडे । उनीहरू पर पुगुन्जेल प्रज्ञाले घरको झ्यालबाट हेरिरहिन् ।

एक हप्तापछि कृष्णविनोदका मोबाइलमा घण्टी बज्यो 

‘हेलो’ उनले फोन उठाए ।

‘नमस्कार कृष्णविनोदजी सन्चै हुनुहुन्छ ? म जनकप्रसाद है । चिन्नु भो नि ¤’ जनकप्रसाद बोले ।

‘नमस्कार हजुर’ चिनेँ, चिनेँ । हजुरलाई किन नचिन्नू आराम हुनुहुन्छ नि ? बिहेको चटारो होला । किन पो सम्झिनु भो हजुरले ? कृष्णविनोद बोले ।

सबै ठिकै छौं । एक छिन तपाइँ एकान्तमा जानुहोस् न । केही कुरा गर्नु छ । जनकप्रसादले नरम पनले भने ।

म बाहिरै छु । भन्नुहोस् त हजुर । कृष्णविनोद बोले ।

जनकप्रसाद बोल्न थाले, ‘कुरो के भने मेरो घरपरिवार कस्तो हो, त्यो तपाइँलाई थाहा छँदै छ । हामीसँग नाता जोड्न पाउँनु उहाँहरूको ठूलो भाग्य हो । अब कुरो के हो भने इज्जतको हो । मेरा नातागोता ठूलाठूला छन् । सबैलाई निम्ता हुन्छ, आउँछन् । त्यहाँबाट केही पनि भएन भने त मेरो इज्जतमा बट्टा लाग्छ ।’ 

हेलो... हजुर ¤ हजुर सुन्दै छु । कृष्णविनोद सुन्दै छन् । अनि तपाईं लमी भएकाले भनेको । केटालाई दुई तोला जतिको घाँटीमा, ल्यापटप, टिभी, दराज, पलङ सिरकडस्ना राम्रा खालको । गलैँचा, औँठी, घडी । केटो बाइक चलाउन पनि जान्दछ । कुरा बुझ्नु । इज्जतमा दाग लाग्ला । जन्तीलाई मासु छेलोखेलाइ हुनुपर्छ । म धेरै के भन्नु । सबै तपाईंले बुझेकै छ । धेरै भनेको छैन । गाउँघरमा सहरबजारको जस्तो महँगो पर्दैन । फेरि यति मागे भनेर नभन्नू । आफूले मिलाउनू ।

यी कुरा अस्ति भन्नुभएन त ? कृष्णविनोदले लर्बराउँदै बोले ।

तेत्रा मान्छेका ठाउँमा मैले बोल्न मिल्छ ? मेरो इज्जत छैन ? म त स्वाभिमान मान्छे पो त जनकप्रसादले अलि कड्केर उत्तर दिए ।

सबै सम्पत्ति छोरी पढाउँदै सके । काँदेखि ल्याउलान् त अब हजुर याचनाको रुपमा कृष्णविनोदले भने ।

सुन्नुस्, सुन्नुस् एउटा कुरो भन्नै बिर्सेको, ऐले सम्धीलाई पनि दिने चलन आ’को छ नि ¤ कम्तीमा एक तोलाजतिको बेरुवा औठी साहिँली औँलामा घुसार्न पाइएन भने त हुँदैन नि । मेरो त इज्जतको कुरा हो । लिसिङपिसिङ मलाई मन पर्दैन । इज्जत भनेको इज्जत हो बुझ्नु भो ? मेरो साहिँली औँले खाली बस्ला कुरो यै हो ।

उनले फोन काटे ।

पञ्चन–१, सोलुखुम्बु ।


Views: 56