26th March | 2019 | Tuesday | 2:11:09 AM

दुभालियरको दुन्दुभी

राजन कार्की   POSTED ON : फाल्गुन ३०, २०७५ (६:३८ AM)

दुभालियरको दुन्दुभी

उहिल्यै भीमफेदीसम्म रेलले सामान ल्याउ“थ्यो, त्यसपछि रोपवेले काठमाडौंसम्म ढुवानी गथ्र्यो । त्यो रेलका पटरीसम्म बेचिखाए, जमिन भूमाफियाले खाए । चिनी, चुरोट, सिमेन्ट, कपडा कारखाना बेचिखाए । २००९ सालदेखिको नागरिकता समस्या आज पनि उत्तिकै पेचिलो बनेको छ । खुलासीमा हुन्जेल नागरिकता समस्या समाधान हुँदैन, यो सबैले बुझेको यथार्थ हो । १९७५ मा बुलेट हस्तक्षेपबाट सिक्किम खाएकी इन्दिरा गान्धीले नेपाललाई ब्यालेटबाट बसमा पार्नुपर्छ भनेकी थिइन् । 

भारतीय सैनिक इतिहासकार गौतमले लेखेका छन्– १९५० मा नेपाललाई भारतमा नमिलाएर नेहरूले हिमालयजत्रै भूल गरेका छन्, त्यसलाई छिटोभन्दा छिटो सच्याउनुपर्छ । सीमापछि जनसंख्या अतिक्रमणबाट नेपाललाई कब्जा गर्नकै लागि नेकपालाई खेलाएर बितरणमुखी नागरिकता विधेयक संसदमा पेश भइसकेको छ र त्यसलाई पास गराउने चक्कर चलिरहेको छ ।

दुभालियर दोष भनेको यही हो । भ्रष्ट, नैतिकहीन, बेइमान नेता छान्दा, निर्णायक बन्दा देश कसरी कमजोर बन्दैजान्छ भन्ने उदाहरण नेपाली राजनीति बनेको छ । स्वाभिमान, देशप्रेम, जनताप्रति जिम्मेवार र अनुशासन स्यालको सिङ हराएझैँ हरायो । नेता हार्दा देश हार्दो रहेछ ।

यति नै बेला दिल्लीकी विधानसभा सदस्य अल्का लाम्बा भन्ने महिलाले नेपाल र नेपालीको गर्नुसम्म अपमान गरेर चौकिदार नेपालबाट ल्याउन सकिन्छ भनिन्, यसको विरोध भएपछि भूल सुधार गरेकी छिन् । यति हु“दा पनि नेपाली नेताहरूमा भारतको हेपाह प्रवृत्तिप्रति अलिकति पनि संकोच देखिँदैन, युवाहरूले आगो बाल्नुपर्ने हो, मौनम स्वीकृति लक्षणम् पो देखाइरहेका छन् । यो कस्तो राजनीति हो, जुन अपमान गर्दा पनि बोल्दैन ।

१९७५ को अप्रिल २५ मा भारतीय सेनाले दरवार घेरेर राजा चोग्याल र सिक्किमको सार्वभौमसत्ता हातमा लिएको देखेका सिक्किमका १९ वर्षे सिपाही बसन्त क्षेत्री त्यस्ता युवा थिए, जसले भारतीय सेनाको प्रतिकारमा एक्लै खडा भए र ठूलो ठूलो स्वरले गीत गाए– मेरो देश सुनाखरीझैं फुलिरहोस् । यो देखे सुनेको भारतीय सैनिकले उनलाई गोली ठोकेर मारिदियो । ३२ मध्ये ३१ सांसदले भारतमा मिल्न तैयार छौँ भनेर प्रस्ताव नै पारित गरिदिएपछि विदेशीले गोली त ठोक्ने नै भयो । त्यसैले त सिक्किम छ, सुनाखरी छ तर पहिचान भारतीय बन्यो ।

कुनै पनि देशमा राज्यपक्ष एउटा हुन्छ । जनयुद्धकालमा दुई पक्ष थियो, त्यो सकियो । अहिले एउटा विखण्डनकारी, स्वतन्त्र मधेस नामधारी र ओली सरकार दुई पक्षजस्तो देखियो । त्यतिबेला व्यवस्थाविरोधी समनान्तर सरकार चलाउने गथ्र्यो । अहिले त अलग देश माग गर्नेलाई राज्यपक्षको बरण । योभन्दा दुर्भाग्य के हुनसक्छ नेकपाको राष्ट्रवादको ¤

आज नेपालमा एउटा राष्ट्र विखण्डनकारी सिके राउतलाई राज्यस्तरको सम्मान दिएर नेकपाले सहमति ग¥यो र अर्को व्यवस्था विद्रोहीमाथि रोक लगायो । देश विरोधीलाई सलामी, व्यवस्था विरोधीलाई कोर्रा ? हिजो आफूले व्यवस्थाको बिद्रोह गर्दा जायज, आज अरूले विद्रोह गर्दा नाजायज ? अनि जनअभिमतका आधारमा आत्मनिर्णयसहितका समस्या सुल्झाइने प्रतिबद्धता गरेर अखण्ड नेपालमाथि बज्र प्रहार गरेको दृश्यले नेकपाको शासन आलोचनाको घेराबन्दीमा परेको छ । मधेस बिस्तारै टुक्रिने क्रममा जा“दैछ र यो षड्यन्त्रको सहायक बनेको छ नेकपाको दुई तिहाइको सरकार अनि नेकपा पार्टी ।

अखण्ड नेपालमाथि यति ठूलो षडयन्त्र किन गरियो भन्ने प्रश्नसम्म उठेन । प्रतिपक्षीले सशक्त प्रतिकार गरेन । पाकिस्तानका राष्ट्रपतिलाई फा“सी दि“दा सडक उचाल्ने युवा जमात देश टुक्र्याउने यति ठूलो षड्यन्त्र भइरहँदा नेपाल एक थियो, एक छ र एक रहनेछ भनेर बोल्न सकेन । यो सबै स्वार्थ र सम्पत्ति कमाउने नैतिकहीनताको उपज हो ।

२०४६ सालदेखि ०७५ सालसम्मको ३० वर्षमा रुमानिया“का चाउचेस्कुभन्दा धनी बनेका छन् केही नेता, व्यापारी, व्यवसायी । ५४ जना नेपालीको अर्बौं सम्पत्ति स्वीस बैंकमा राख्ने हैसियतमा पुगेछन् । गरीब नेपाललाई बराहले उधिनेझैँ उधिनेर नांगो बनाउने राजनीतिले देश बर्बाद र रक्तपातपूर्ण बनाउन हतियारमा धार लगाउन थालेको आहट हो ।

ऋषिकेश शाह फेरि नेकपाका नेताका अनुहार लिएर जन्मेछन् । उनले १९८९ मा दूरदर्शनबाट नेपालको सुरक्षा भारतको हातमा सुम्पनुपर्छ भनेका थिए । नालापानीमा वीर बलभद्रले लडेको देशमा देशभक्ति भारतीय कथाका पात्र वीरवलको खिचडी हुनथाल्यो । देश चुस्ने, देशवासीको दमन गर्ने ड्राकुल्लाहरू अन्टसन्ट बोलेर भ्रम छरिरहेका छन् । 

तीतो कुरो, देश सिध्याउने मेलो सुरु भयो । स्वार्थका युद्ध सरदारहरू लोकतन्त्रको आवरणमा अधिनायक बन्नकै लागि घातक निर्णय गरिरहेका छन् । नेपालमा सिके राउतवाद, नेपालभित्रको जाति र क्षेत्रवाद नाजीवाद नै हो । लोकतन्त्रले राष्ट्रियताको घा“टी रेट् े । नेपाल देश वामपन्थीको सेकुवा घर बन्यो । खाने चाहिँ विदेशी हुनथाले ।

राष्ट्रियता र स्वाभिमानभन्दा ठूलो अरू कुनै तन्त्र हु“दैन । लोकतन्त्रको आधार पनि राष्ट्रियता र स्वाभिमान नै हुनुपर्छ । भन्नलाई जनताको बलीदानीपूर्ण संघर्षबाट लोकतन्त्र आयो भनियो, व्यवहारमा राष्ट्रियताको जग जर्जर र स्वाभिमानलाई अर्काको तलुवा चटुवा बनाउने काम लोकतान्त्रिक नेताहरूले नै गरिरहेका छन् ।

नेपालको कालखण्डमा अंग्रेजले हमला गरेको इतिहास पनि छ । भोटले हमला गरेको घटना पनि छ । कुनै पनि युद्धमा पुर्खाहरूले वीरताका साथ लडे । राष्ट्रियता र स्वाभिमानी शीर उठाएर लडे । वीरतापूर्ण ढंगले लडे । नेपालको इतिहासमा नेपालमाथि हस्तक्षेप र बिस्तारवादका अनेक हमलाहरू भएका छन्, बिस्तारवादका विरुद्ध पनि नेपाली जनता लडेका छन् । यही कारण कुनै पनि बाहृय शक्तिले नेपालमाथि प्रत्यक्ष शासन गर्न सकेनन् । भूराजनीतिक अवस्थाले बाहृय प्रभाव प¥यो होला, आन्तरिक निरंकूशतन्त्र पनि कायम भयो होला तर, नेपालमा नेपालीकै बर्चस्व कायम रहृयो, नेपालीले राष्ट्रियताका दृष्टिले परतन्त्रमा र स्वाभिमानका हिसाबले परजीवी भएर कहिल्यै बा“च्नु परेन ।

यो नेपालको गौरवपूर्ण गाथा लोकतन्त्र आएपछि धुलाम्मे हुन थालेको छ । सन् १८५७ मा जंगबहादुरले नया“मुलुक फिर्ता ल्याएका थिए । वर्तमान शासक भएको मुलुक बिस्तारै छिमेकीलाई अतिक्रमणमा सुम्पदै र अनागरिक, अंगीकृतलाई वंशजको नागरिकता वितरण गर्न तयार भएको छ । जनअधिकारका दृष्टिले राणा शासनभन्दा पनि निम्छरो देखियो लोकशासन । 

राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक हरविषयमा द्वन्द्व छ, द्वन्द्व व्यवस्थापनका लागि क्रिया, अन्तरक्रिया, वहस र विचारहरू प्रवाह भइरहेका छन् । चुनावपछि राजनीति झन् तरल बन्यो र यो तरलता विकारमा परिणत हु“दैछ । नेपाल अब कुन बाटो लाग्छ ? अनिश्चितताको कालो बादल दे े ।

निश्चय नै वामपन्थी प्रभावमा नेपाल छ । यस दृष्टिले मूल्यांकन गर्ने हो भने कम्युनिष्ट आन्दोलन नेपालमा सफल भएको रिम र कम्पोसाको निष्कर्ष गलत छैन । तर, नेपाली जनताको चेतनाको स्तर र नेपालमा बढ्दो जागरण अभियानले सगरमाथा राताम्मे भन्ने त्यो धारणा गलत साबित हुनपुग्यो । चुनावी सरकारको एक वर्षमै कम्युनिष्ट पराधीनता र विखण्डनवादी काखी च्याप्ने राष्ट्रघातीका रूपमा पो देखाप¥यो । सत्ताधारी वामपन्थीले अन्यौल घनिभूत पारिसक्यो । लोकतन्त्रको ऐतिहासिक जिम्मेवारी पाएको वामपन्थीको यो अवस्था भनेको लोकतन्त्रले राष्ट्रियता र स्वाभिमान तष्टभ्रष्ट पार्ने अवस्था हो । नेपालीत्वमाथि भयानक खतराको स्थिति हो ।

मधेसले छुट्टै राज्यको घोषणा गरिसक्यो । अलग झण्डा फहरायो । एसियाको नया“ देश भनेर प्रचार ग¥यो । तैपनि मूलधारमा सिके राउत आए भनेर हल्ला गर्ने नेकपा यो सबै दृश्य हेरिरहृयो । सुरक्षा निकायले पनि हेरिरहे । यो कस्तो दिन पनि देख्नुप¥यो । विश्वका कुनै मुलुकमा यसरी उत्ताउलिएको विखण्डनवादलाई राज्यले प्रश्रय दिन्छ ?

कहीँ नभएको जात्रा हा“डी गाउ“मा हुन्छ । संसारमै विघटन, विखण्डनकारीले नपाउने सम्मान पाएको राजनीतिक घटना नेपालमा घट्छ । समष्टिमा भन्नुपर्दा नेपालको राष्ट्रियता र स्वाभिमान लोकतन्त्र आएपछि झन् झन् कमजोर बनेको छ । राष्ट्रियता र स्वाभिमानको जगेर्ना गर्ने कुनै पनि कार्यक्रम वर्तमान संसद् र सरकारस“ग छैन । देश र जनताका अधिकारमाथि मनलागी र मनपरी गर्ने भस्मासुर शासन भनेको यही हो । नेकपाको यो देशघातक निरंकूशता नसच्चिने हो भने निकट भविष्यमा देशमा जे पनि हुनसक्छ ।


Views: 63

सम्बन्धित सामग्री:

विकास बैंकका चुनौती

रिसव गौतम : चैत्र १०, २०७५ (११:०५ AM)