26th March | 2019 | Tuesday | 1:47:27 AM

युवा पलायन रोक्ने उपाय

राजेशमान के.सी.   POSTED ON : फाल्गुन ३०, २०७५ (६:४३ AM)

युवा पलायन रोक्ने उपाय

युवा को हो, युवा उमेरसँग मात्र सम्बन्धित कुरा हो कि भावनात्मक पनि हो ? युवावस्था के हो भनेर परिभाषित गर्न यी प्रश्नहरूको जवाफ खोज्नुपर्ने हुन्छ । यथार्थ रूपमा भन्ने हो भने युवा हुनको लागि उमेर बाधक हुन सक्दैन । कुनै व्यक्ति उमेरले पाको छ तर ऊ शारीरिक र मानसिकरूपले सक्रिय छ र उसले समाजको लागि केही योगदान पु¥याइरहेको छ भने ऊ युवा हो । कुनै व्यक्ति उमेरले जवान छ तर उसले आप्mनो समय त्यतिकै नष्ट पारिरहेको छ र समाजको लागि केही गर्नुपर्छ भन्ने उसमा सोच नै छैन भने त्यस्तो व्यक्ति युवा हुन सक्दैन । 

युवा भनेको पर्याप्त सम्भावना बोकेको, भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न सक्ने, ऊर्जाशील, क्षमतावान र गतिशील जनशक्ति हो । यो समूहसँग उमेर पनि गँसिएर आउने गर्दछ । युवा हुनको लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड फरक फरक तोकिएका छन् ।

संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी महासन्धि, १९८९ ले १८ वर्षभन्दा माथिका र ४० वर्षभन्दा मुनिकालाई युवा मानेको छ । हाम्रो देशमा राष्ट्रिय युवा नीति, २०६६ अनुसार १६ देखि ४० वर्ष सम्मका महिला, पुरुष तथा अन्य वर्ग र लिंगको समूहलाई युवा मानेको छ । 

हाम्रो देशमा यस्ता १६ देखि ४० वर्ष समूहका युवाहरूको संख्या कूल जनसंख्याको झण्डै ४० प्रतिशतको हाराहारीमा रहेको अनुमानित तथ्यांक छ । यो प्रतिशत भनेको नेपालकोे कूल जनसंख्याको एक तिहाइभन्दा बढी हो । यसरी जनसंख्याको ठूलो हिस्सा ओगटेको युवा समूहको सक्रिय सहभागिताविना हामी समाजको, राष्ट्रको उन्नतिको कल्पना गर्न सक्तैनौँ । संख्यात्मक हिसाबले मात्र होइन गुणात्मक दृष्टिले समेत समाजमा युवा वर्गको अत्यन्त महŒवपूर्ण स्थान छ । विश्वमा ठूलठूला परिवर्तनहरू युवाहरूकै सक्रिय सहभागितामा भएका छन् । 

नेपालमा पनि सामाजिक, आर्थिक, राजनीतिक अथवा सांस्कृतिक परिवर्तन युवाहरूकै सक्रियता र सहभागितामा भएका छन् । त्यसैले युवाहरूलाई परिवर्तनको प्रमुख सम्वाहक शक्तिको रूपमा पनि लिने गरिन्छ । युवाहरूले परिवर्तनको नाममा हाम्रो सनातन मूल्यमान्यता र मौलिक संस्कृति पनि भुल्नु हुंँदैन । परिवर्तनको नाममा बाहृय संस्कृति र रीतिरिवाजलाई मात्र प्रश्रय दिने र त्यसलाई जबर्जस्ती थोपर्दै जाने हो भने त्यसले हाम्रो समाजलाई विकासको सट्टा विनाशतिर धकेल्छ र अन्ततोगत्वा यसबाट हाम्रो मौलिक पहिचान नै गुम्ने अवस्था आउन सक्छ । 

वास्तबमा हामीले बाहृय संस्कृतिका ग्राहृय कुराहरूलाई अनुशरण गर्नुपर्दछ भने आप्mनो संस्कृतिभित्रका आडम्बरहरू पनि परिमार्जन गर्दै र समयसापेक्ष परिवर्तन गर्दै लैजानु पर्दछ । अरूको संस्कृति अपनाउँदा आप्mनोपन बिर्सनु हुंँदैन । वास्तवमा मौलिक र आयातित संस्कृति दुबैलाई समानान्तर रूपमा अगाडि बढाउन सके परम्पराका अनुकरणीय मान्यताहरू लोप हुन पाउँदैनन् भने विदेशी संस्कृतिको लाभ लिनबाट पनि हामीले वञ्चित रहनुपर्ने छैन । नेपाली युवाहरूले यसतर्फ गम्भीर ध्यान पु¥याउनु जरुरी छ ।

युवाशक्तिलाई उचित तवरले सदुपयोग गर्न सकियो भने सिँचाइ गरेर उत्पादन बढाउन सकिन्छ । विद्युत उत्पादन गरेर देशलाई समृद्ध तुल्याउन सकिन्छ । तर, त्यो नदीको प्रवाहलाई सही रूपमा उपयोग गर्न सकिएन भने त्यो बगेर त्यत्तिकै खेर जान्छ । उल्टो बाढीको रूप लिएर त्यसले भएकै बालीनाली पनि सखाप पारिदिन सक्छ । त्यसैले मानिसले महŒवपूर्ण प्रगति गर्ने वा दुर्गतितिर जाने यही उमेर र समय हो । यो नै युवावस्थाको खतरा हो । 

अर्को कुरा मानिसले जुनसुकै पेशा अथवा क्षेत्रमा प्रवेश गर्ने उमेर पनि यही हो । डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, कलाकार, खेलाडी, पत्रकार, सैनिक, प्रहरी, कानुनव्यवसायी, कृषक अथवा व्यापारी नै किन नहोस् सबै पेशा युवा अवस्थामै थालनी गरिन्छ । तर, युवाहरूले आफ्नो रुचि र क्षमताअनुसार जुनसुकै पेशामा प्रवेश गरेपनि आफ्नो सीप र पेशालाई राष्ट्रको बृहत्तर हित र प्रगतिमा लगाउन सक्नुपर्दछ । 

त्यस्तै नेपालमा असंख्य प्राकृतिक सम्पदाहरू छन् । यहाँका सुन्दर तालतलैया, नदीनाला, मनमोहक झरनाहरू, सेता हिम शृंखलाहरू, हरिया वनजंगल, दुर्लभ जीवजन्तु र विभिन्न धार्मिक मठमन्दिर, बौद्ध स्तुप, मस्दिज, गुम्बा एवं पाटी पौवाहरूको संरक्षण सम्बद्र्धन गरेर नेपाललाई रमणीय स्थल तथा पवित्र आध्यात्मिक गन्तव्यस्थलको रूपमा विकास गर्न सक्छौँ । यसैको माध्यमबाट नेपाललाई एउटा शान्त र समृद्ध मुलुकको रूपमा विश्वमाझ स्थापित गर्न सक्छौँ । यसको लागि युवाहरूले सामाजिक जागरण चलाउनु पर्दछ र राज्यले पनि यस कार्यमा युवाहरूलाई प्रोत्साहित गर्नु पर्दछ । 

प्रतिभा पलायन आज हाम्रो जस्तो गरीब र विकासोन्मुख मुलुकको एउटा टाउको दुखाइकै विषय बनिरहेको छ । दैनिक दुई हजारको हाराहारीमा नेपाली युवाहरू कामको खोजीमा विदेश पलायन भइरहेका छन् । अहिले भारत लगायत अन्य खाडी मुलुकहरूमा ३५ लाखभन्दा बढी नेपाली कामदारहरू विभिन्न क्षेत्रमा श्रम गरिरहेको अनुमानित तथ्यांक छ । हुन त यसबाट हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई केही हदसम्म धानिराखेको पनि छ । नेपाली कामदारहरूले पठाउने गरेको विप्रेषणलाई नेपाली अर्थतन्त्रको एउटा महŒवपूर्ण टेवाको रूपमा लिने गरिएको छ । तर, यसबाट राष्ट्रको समग्र आर्थिक सामाजिक जीवनमा परेको प्रतिकूल असरतर्फ भने हाम्रो ध्यान पुग्न सकेको छैन । 

अहिले कतिपय गाउँघरमा मानिसको मृत्यु हुँदा काजकिरिया गर्ने छोरासमेत नहुने अवस्था छ । कृषिप्रधान मानिने हाम्रो मुलुकमा खेतीपाती गर्ने युवा समुदायको अभावमा महिलाले नै हलो जोत्नुपर्ने अवस्था आएको छ । देशको सक्रिय जनशक्ति नै विदेश पलायन हुन थालेपछि यसबाट मुलुकको विकासनिर्माणका काममा समेत प्रत्यक्ष असर पुग्ने गरेको छ । त्यसैले युवा पलायनको यो समस्यालाई बेलैमा सम्बोधन नगर्ने हो भने मुलुकले ठूलो संकटको सामना गर्नुपर्ने छ । यो नकार्न नसकिने यथार्थ हो । 

तसर्थ युवाहरूको यी र यस्ता समस्याहरूतर्फ केन्द्रित रही कृषिमा आधुनिकीकरण, वातावरण मैत्री उद्योगहरूको विकास, प्राविधिक, व्यावसायिक एवं नैतिक शिक्षामा जोड र महिला, दलित एवं उत्पीडित युवा वर्गको लागि प्राविधिक तथा व्यवसायिक शिक्षा र सीपमूलक तालिमको व्यवस्था तथा रोजगारीमा जोड दिनुपर्ने टड्कारो खाँचो छ । 

सबैभन्दा महŒवपूर्ण कुरा त राजनीतिक स्थीरता नै हो । त्यसैले मुलुक हाँक्ने जिम्मा लिएका प्रमुख राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलगायत सबै सरोकारवालाहरूले यसतर्फ गम्भीर चासो लिएर बेलैमा आवश्यक पहलकदमी गर्नुपर्दछ । युवाहरुले पनि समयको सदुपयोग गर्दै आपूmमा रहेको ऊर्जा र क्षमतालाई सही किसिमले राष्ट्रिय हितमा उपयोग गर्न सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने खाँचो छ । 




Views: 50

सम्बन्धित सामग्री:

विकास बैंकका चुनौती

रिसव गौतम : चैत्र १०, २०७५ (११:०५ AM)