18th July | 2019 | Thursday | 2:41:48 AM

धर्म–संस्कृति र हामी

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : चैत्र २, २०७५ (७:१५ AM)

धर्म–संस्कृति र हामी

क) धर्म के हो ?

धृ धातुबाट बनेको धर्म शब्दले धारण गर्नु, अवलम्बन गर्नु र पालन गर्नु भन्ने बुझाउँछ । अमरकोशका अनुसार प्राचीन साहित्य वेदले बताएको कर्म गर्नुलाई धर्म भनिन्छ । सदाचार र यज्ञादि कार्य जो प्राणिहित, मानवोचित कल्याणकारी कार्य छन् तिनलाई धर्म भनिएको छ । भागवतले पनि धर्मलाई यसैअनुरूप परिभाषा गरेको छ । मनुस्मृतिले धर्मलाई संसार सुरक्षित र यस लोकको सुख र पारलौकिक कल्याणसमेत भनेर परिभाषा गरेको छ ।

न्यायशास्त्र र वेदले बताएको सुख र पारलौकिक कल्याणसमेत भनेर परिभाषा गरेको छ । वेदले बताएको कर्म नै धर्म हो भनेको छ । वैशेषिक दर्शनले मानिसमा उदयदेखि सिद्धिप्राप्ति र मोक्षप्रप्तिसम्मलाई धर्म भनेको छ । जैमिनिसूत्रले मानवले गर्नुपर्ने कार्यका विधानलाई धर्म भनेको छ । महर्षि वेदव्यासको शब्दमा परोपकार गर्नुलाई धर्म भनिएको छ । याज्ञवल्क्य ऋषिका अनुसार योगमा समाहित भएर आत्मतŒवको दर्शन गर्नसक्नु नै धर्म हो ।

धर्म शब्दका अर्थ धेरै भएकाले शब्दकोशले धर्मलाई धर्मराजका रूपमा, समानताका रूपमा, नियमका रूपमा, इमान–जमानका रूपमा, कानुन, नैतिकशास्त्र, धर्मशास्त्र, उपनिषद, तौरतरिका, उचित अनुचितको विचार, भक्ति, सत्संग, मान्यजनको आदर, सुखशान्तिका कार्य, जनकल्याणका रूपमा लिएको छ । छान्दग्योपनिषदले धर्मलाई यज्ञ, अध्ययनदेखि दान र गृहस्थधर्मका सम्पूर्ण कार्य, ब्रहृमचर्यमा बसेर गुरुसेवा र सत्य तथा प्रिय बोलीदेखि मानवोचित नियम पालन गर्नु र विभिन्न आश्रममा रहेर तप गर्नु भन्ने समेतलाई बुझाउँछ ।

विलक्षण मानवीय कर्तव्य, आत्मज्ञानको प्राप्ति, इन्द्रियहरूको तपसमेतलाई धर्म भनिएको छ । कर्तव्य, आत्मज्ञानको प्राप्ति, इन्द्रियहरूको तपसमेतलाई धर्म भनिएको छ । धर्म आचरणको सुरुमार्ग सदाचार नै हो । सरल अर्थमा भन्नुपर्दा आफूलाई ठीक नलाग्ने कार्य अरूका लागि पनि नगर्नु धर्म हो । धर्मको परिभाषा भिन्नभिन्न रूपमा भएको छ । स्वाध्याय, दान, परोपकार, अहिंसा, सदाचार, संस्कार, आत्मबोध, योग आदिलाई धर्म भनिएको छ । जेहोस्, आफ्ना लागि जुन काम कुरा राम्रा लाग्दैनन् ती अरूलाई पनि नराम्रै लाग्छन् । 

(ख) धर्मको स्वरूप

धर्मलाई आफूले संरक्षण ग¥यो भने, रक्षा ग¥यो भने धर्मले पनि आफूलाई र सबैलाई रक्षा गर्ने हुँदा प्रत्येक मानवले धर्मको स्वरूप के हो भन्नेबारे जानकारी राख्नुपर्ने हुन्छ । 

परब्रहृम परमात्माको इच्छाले सृष्टिकर्ता ब्रहृमाजीको दायाँ स्तनबाट उत्पन्न भएका देवता जसका दायाँ हातमा अक्षमाला बायाँ हातमा पुस्तक र सबै अंगमा गहनाले सुशोभित, सेतो वर्णका, सेतै पहिरन भएका, चारमुख, चारपाउ, चारबाहु भएका सगुण, साकार र सशरीरधारी परमपुरुषलाई धर्मको स्वरूप बताइएको छ । (विष्णुधर्माेत्तर ग्रन्थ)

हरिवंश पुराणले धर्मका चार पाउलाई मानवका चार आश्रम बताएको छ । ब्रहृमचर्य आश्रम मानवजीवनको स्वाध्याय हो । गृहस्थाश्रम उसको पवित्रता हो । वानप्रस्थाश्रम उसको तपस्या हो । सन्यास आश्रमबाट आत्मचिन्तन तŒवबोध हुने हुँदा मानवमा यी चार आश्रम नै धर्मका स्वरूप हो भनिएको छ । 

हरिवंश पुराणले पनि धर्मका पाँच पाउ बताउँदै सत्ययुगमा धर्मका चार पाउ र एक पाउ अधर्म, त्रेतायुगमा तीन पाउ धर्म र दुई पाउ अधर्म, द्वापर युगमा दुई पाउ धर्म र तीन पाउ अधर्म, कलियुगमा एक पाउ धर्म र चार पाउ अधर्म हुने बताएको छ । विभिन्न कथा पुराणमा द्वापरयुगदेखि नै महाभारतको युद्धताका, धर्मले आफ्नो पहिचान पाउन गाह्रो परेको विभिन्न कथा प्रसंगले यी स्वरूपमा सत्यता भएको प्रतीत हुन्छ । 

भागवत गीताको प्रतिपादन यसैबेला भएको र भगवान् श्रीकृष्णले आफ्नै धर्ममा रहेर बरु मृत्युवरण नै ठीक हुन्छ, परधर्म ठीक हुँदैन भन्नुभएको छ । पाँचांै वेद महाभारत आदि ग्रन्थमा धर्म र दर्शनका बारेमा सरल र जीवनोपयोगी भाव व्यक्त गरिएकाले त्रेतायुगदेखि नै धर्मचिन्तनमा समस्या आएको देखिन्छ । त्यसो त सत्ययुगमा पनि हिरण्याक्ष र हिरण्यकश्यपुको डर नभएको होइन । कलियुगमा चाहिँ धर्मको केवल एक पाउमात्र बाँकी भएकाले विघ्नबाधा बढी हुनु स्वाभाविक हो । धर्म दर्शन हो, जीवन दर्शन हो । धर्म प्रदर्शनचाहिँ कदापि होइन । 

(ग) धर्मको लक्षण 

विष्णुधर्माेत्तर ग्रन्थअनुसार शुभकर्म यज्ञ, दान, तप, दया, क्षमा, सत्य, अहिंसा, स्वाध्याय, तीर्थसेवा, देवपूजा, गुरु, मातृपितृ सेवा, इन्द्रिय निग्रह, आत्मचिन्तन, पवित्र सामाजिक सेवा आदि धर्मका लक्षण हुन् । याज्ञवल्क्य स्मृतिका अनुसार धर्मका लक्षण भनको देश र काल हो । जहाँ हिंसा (तन, मन, धन) हुँदैन, त्यो देश र काल भनेको समय अर्थात् समयअनुसार पर्व विशेष दान, व्रत, होम, श्राद्धादि कार्य, शुभकार्य, पुण्य कार्य आदि गरिन्छन् ती धर्मका लक्षण हुन् । स्थान विशेष र समय विशेषका साथै धर्मको लक्षण उपाय विशेष पनि हुने गर्छ ।

धर्मशास्त्रले बताएअनुसारका कार्य गरिनेलाई उपाय विशेष भनिन्छ भने कसैलाई वाधा अड्चन नदिई कमाएको धन, द्रव्य, अन्न आदि प्रेमका साथ अरूलाई वितरण गर्नु पनि धर्मको लक्षण भनिएको छ । धार्मिक राजा जनक, रन्तिदेव, युधिष्ठिरले स्वर्गीय आनन्दभन्दा पनि दुःखीको दुःखलाई बढी ध्यान दिए, त्यसैले शास्त्रविरुद्ध नभएका शुभकार्य र कुल परम्पराअनुसार साŒिवक, तपस्वी, साधकले चलनचल्तीमा ल्याएका असल कार्य पनि धर्मका लक्षणका रूपमा मान्न सकिन्छ ।

धर्मको स्वरूप र लक्षण यही नै हो भन्न कठिन भए पनि धर्मशास्त्रमध्ये मनुस्मृति, याज्ञवल्क्यस्मृति, धर्मसिन्धु, निर्णयसिन्धु, वेदहरू, उपवेदहरू, उपनिषदहरू, अठार पुराण, उपपुराण, महाभारत, रामायण, न्याय, मीमांसा, व्याकरण, ज्योतिष, निरुक्त, कल्प, शिक्षाशास्त्र, छन्दशास्त्र आदि अध्ययन गर्दा धर्मका बारेमा सामान्य जानकारी पाउन सकिन्छ । 

(घ) धर्मका प्रकार 

विश्वमा धेरै प्रकारका धर्म प्रचलनमा छन् । सनातन धर्म, बौद्ध धर्म, जैन धर्म, शिख धर्म, यहुदी धर्म, मुस्लिम धर्म, क्रिश्चियन धर्म, कन्फ्युसियस धर्म, सिन्तो धर्म, पारसी धर्म आदि । यी धर्महरूमध्ये सबैभन्दा प्राचीन धर्म वैदिक सनातन धर्म नै हो । यसलाई हिन्दू धर्म पनि भनिन्छ । ॐकार परिवारभित्र हिन्दू, बुद्ध, शिख र जैन चार धर्म पर्छन् । विश्वमा झण्डै एक अर्ब मानिस ॐकार परिवारभित्र रहेका छन् । 

वेदाचार, सदाचार ॐकारलाई मूल मन्त्र मान्ने, गाईको सेवा गर्ने देवताको पूजा गर्नेलाई सनातनी भनिन्छ । सनातनी र हिन्दू पर्यायवाची शब्द हुन् । हीन कार्यबाट दूर रहनेको नाम हिन्दू हो । सिन्धु शब्दबाट हिन्दू भएको हो । भाषा विज्ञानको तर्क छ– हिमालयदेखि दक्षिण सिन्धुसम्म फराकिलो क्षेत्र भएकाले उत्तरदेखि दक्षिणसम्म र चारैतिर फैलिएका हिन्दू भनिन लागेको हुनसक्छ । 

हिन्दू र सिन्धुको जोडले यस्तो आभास हुन्छ । काम, क्रोध, लोभ, मोहबाट टाढा रहेका अनैतिक कार्य, हिंसा, चोरी, घमण्डबाट टाढा रहेका सदाचारी व्यक्ति जसले वेदमा विश्वास गर्छन् वैदिक कार्यमा रहन्छन् तिनलाई नै हिन्दू भनिन्छ । धर्माचरणबाट मानिसलाई सुख हुन्छ । शान्ति र आत्मगौरवसमेत हुन्छ । यो लोक र परलोक दुवैको कल्याण हुन्छ । परमेश्वर सर्वत्र, सगुण, साकारमा र निर्गुण निराकारमा सम्पूर्ण प्राणी स्थावरसम्म रहन्छन् भन्ने बहुजन हिताय, बहुजन सुखाय भन्ने कल्याणको भाव राख्ने व्यक्तिलाई हिन्दू भनिन्छ । 

संसार अनित्य छ । मृत्युअघि र पछि केवल धर्मले मात्र साथ दिन्छ भन्ने विश्वासमा रहेकालाई सनातनी भनिन्छ । धर्म एउटा मित्र हो जसले हरदम काम दिन्छ । आपूmले कमाएका अन्य सबै साधन अस्थायी हुन्, धर्ममात्रै स्थायी हो भन्ने भावना बोकेकाहरू नै हिन्दू हुन् । 

(ङ) संस्कार, संस्कृति र धर्म

प्रकृतिरूपी शक्तिमा यो सारा ब्रहृमाण्ड चलेको छ । सम्पूर्ण चराचर जगत्को सिर्जना, पालना र संहार यसै प्रकृतिमा हुनेगर्छ । चार प्रकारको मुख्य सिर्जना क) अण्डज ख) स्वेदज ग) उद्भिज र घ) जरायुज हुन् । जरायुज प्रकृतिको सृष्टिमा मान्छे पनि पर्छ । संसारमा २ प्रकारका वस्तु छन् (क) प्राकृत वस्तु र (ख) संस्कृत वस्तु । जेजस्तो छ त्यो प्राकृत र त्यो त्यस्तोमा परिस्कृतचाहिँ संस्कृत हो । 

सम्पूर्ण विश्वको रचना गर्ने पौरुषेयको क्षेत्र प्रकृति नै हो अर्थात् माया । पुरुषकी कार्यरूपा योगमायाको शक्तिले परमसत्ता सञ्चालक बनेका परमेश्वरका सृष्टिमा असम्भव वस्तु केही छैन । दृश्यदेखि अदृश्य पदार्थको सञ्चालन गरेर भौतिक विज्ञान अगाडि बढेको छ । भौतिक विज्ञानले प्रयोग गर्ने र आविष्कार गर्ने स्थल प्राकृत विज्ञान नै हो । पानीविना बिजुली सम्भव छैन । 

प्रकृतिले यथास्थितिमा प्रदत्त विषय प्राकृत हो भने प्रकृतिको ईश्वरीय कृतिमा निर्मित मानवले प्रकृति प्रदत्त विषयवस्तुलाई आपूmअनुकुल प्रयोग, हित हुनेगरी संस्कृत ग¥यो, संस्कार ग¥यो, काँटछाँट ग¥यो, परिष्कार ग¥यो, परिमार्जन ग¥यो, संशोधन ग¥यो । उदाहरणका लागि भनौं काठलाई संस्कार ग¥यो, आफूअनुकुल फर्निचर आदि, माटो ढुंगालाई संस्कृत÷संस्कार ग¥यो घर, भवन आदि, अन्न र फलपूmललाई संस्कार ग¥यो भण्डारणदेखि जीवनयापनसम्म आदि, कुटानी पिसानी, गोडमेलदेखि तोड्ने फोड्ने यावत क्रियाकलापबाट वस्तुलाई परिष्कृत गरियो, परिमार्जित गरियो, संस्कृत गरियो, त्यतिमात्र होइन प्रकृति प्रदत्त झर्ना, ताल, कुवा, नदी आदिलाई पर्यावरण, वातावरणदेखि जल विद्युतगृह र जीवन उपयोगी दृश्यसम्ममा प्रयोग भयो । मानवमा भएको दिव्य वैज्ञानिक चेतनशक्ति प्रयोग गरेर मानव आफैँ सुविधा सम्पन्न, सुसंस्कृतसमेत भयो । 

संस्कृत साहित्यमा ‘संस्कार’ शब्द यत्रतत्र प्रयोग भएको देखिन्छ । मीमांसकहरूले संस्कारलाई विधिवत् शुद्धि गर्नु भन्ने अर्थमा लिन्छन् । अद्वैतवादीहरू जीवमा हुने शारीरिक क्रिया वा शुद्धिलाई संस्कार भन्छन् । तर्क संग्रहमा संस्कार भन्नाले स्मरण शक्तिमा पर्ने प्रभाव बुझिन्छ । वैशेषिक दर्शनले मानिसका २४ गुणलाई संस्कारका रूपमा बताएको नीतिज्ञहरू भन्छन्– शुद्ध क्रिया र शुद्ध विचार एवं शुद्ध भावना संस्कार हो । मनुस्मृतिले गर्भाधानदेखि सम्पूर्ण वैदिक कर्मलाई संस्कार भनेको छ । कर्मकाण्डले मन्त्रोच्चारण गरी गरिने शुभ कार्यलाई संस्कार भनेको छ । व्यास गुरुले संस्कार भनेको शारीरिक शुद्धि क्रिया भनेका छन् । 

साहित्यकारको दृष्टिमा संस्कार भनेको मानवीय विचारलाई प्रकट गर्ने सामथ्र्य हो । संस्कृत साहित्यमा प्रयोग भएका शब्द संस्कारका अर्थमा स्वभाव, क्रिया, छाप, प्रभाव, स्मरण, शुद्धिक्रिया, धार्मिक विधान, विचार, भावना, धारणा, संस्करण, सौजन्य, शोभा, पूर्णता, शिक्षा, संस्कृति, विलक्षणा जे देखिए पनि शुद्धिका लागि गरिने धार्मिक क्रियाकर्मलाई नै संस्कार भन्न सकिने देखिन्छ । व्यक्तिका शारीरिक, मानसिक, आत्मशुद्धिका लागि परम्परादेखि गरिँदै आएका शुभ कार्यलाई संस्कार भन्न सकिन्छ । 

सुरुमा जेसुकै विषयवस्तु पनि सभ्य र सुसंस्कृत हुँदैनन् । पछि क्रमशः संस्कार गर्दै गएपछि सभ्य, सुसंस्कृत र परिष्कृत बन्नसक्छन् । जेहोस् मानव उदय गर्भाधान संंस्कारदेखि मृत्युपछिसम्म गरिने वैदिक सनातनीहरूमा धेरै संस्कार रहेका छन् । गर्भाधान संस्कार, पूंसवन, सीमन्तोनयन, जातकर्म, अन्नप्राशन, कर्णभेद, चूडाकर्म, उपनयन, वेदारम्भ, समावर्तन विवाहदेखि मृत्युपर्यन्त र त्यसपछि सम्मका कार्य संस्कार हुन् । 


Views: 117