20th July | 2019 | Saturday | 11:39:21 PM

भाषा संरक्षणमा ऐक्यबद्ध

रामेश्वर राउत मातृदास   POSTED ON : चैत्र १६, २०७५ (७:३० AM)

भाषा संरक्षणमा ऐक्यबद्ध

‘ॐ अक्षरं परमं ब्रहृम ज्योति रूपं सनातनं’

यो महामन्त्रबाट प्रष्ट हुन्छ, भाषामा भएका अक्षरहरू नै अन्धकार जगतलाई ज्ञानमय ज्योति छर्ने तŒव हुन् । प्रारम्भिक चरणमा संसार निष्पट्ट अन्धकार थियो । यो अन्धकार संसारलाई चेतनाको माध्यमद्वारा प्रकाशपुञ्ज बनाउन अक्षरको आविष्कार भयो । अक्षरहरूकै संयोजनबाट भाषा र भाषाकै कारणले ज्ञानको विस्तार भयो । भाषा नभए स्वयं भगवानसमेत मुखर हुन सक्नुहुन्नथ्यो । अविनाशी यिनै अक्षरलाई सनातन (तŒव) शक्ति अर्थात् ‘अक्षर’ मानिएको छ ।

वायुमण्डलमा उनान्चास वायु रहेको तथ्य ऋगवेदमा छ । वायुमण्डललाई मरूदगण भनिन्छ । मान्छे–प्राण, अपान, व्यान, उदान र समान वायुबाट सञ्चालित भइरहेको हुन्छ । भाषामा भएका वर्णाक्षर र वायुमण्डलसँग घनिष्ट र अभिन्न सम्बन्ध रहेको छ । हाम्रा परम् आदरणीय ऋषिमुनिले आफ्नो जीवनको सम्पूर्ण आयु वा उमेर यही रहस्यमय तŒव अन्वेषण गरेर मानव समाजको कल्याणका लागि समर्पित गरेर गए । ध्वनिको मूलस्रोत भनेकै वायु भएको तथ्य आदिवैज्ञानिक तिनै ऋषिमुनिले संसारलाई अवगत गराए ।

देवनागरी लिपिमा दुई किसिमका वर्णाक्षर छन् । जस्तै

(क.) स्वर वर्ण– जसमा ॐ बाट आरम्भ भएर क्रमशः अ आ इ ई उ ऊ ऋ ऋृ लृ लृ ए ऐ ओ औ अं अः मा टुंगिन्छ ।

(ख.)व्यञ्जन वर्ण– क– वर्ग कण्ठ्य – क१ ख२ ग३ घ४ ङ५–ब्राहृमी ।

च– वर्ग तालव्य – च६ छ७ ज८ झ९ ञ१० –माहेश्वरी ।

ट– वर्ग मूर्धन्य – ट११ ठ१२ ड१३ ढ१४ ण१५ –कौमारी ।

त– वर्र्ग दन्त्य – त१६ थ१७ द१८ ध१९ न२० –वैष्णवी ।

प– वर्र्ग ओष्ठ्य – प२१ फ२२ ब२३ भ२४ म२५ –माहेश्वरी ।

य– वर्ग अन्तःस्थ – य२६ र२७ ल२८ व२९ –वाराही ।

श– वर्ग उष्म  – श३० ष३१ स२३ ह३२ – चामुण्डा ।

एवं ङ तथा च् ण् क्, लाई योगीश्वरी वर्गमा राखिएको छ ।

क्ष३४, त्र३५ र ज्ञ३६ यी तीन रक्षक वर्गमा रहेका छन् ।

स्वर वर्ण र व्यञ्जन वर्ण दुवैको शक्तिस्रोत ॐ हो । पृथ्वीले चौबीस घण्टामा एकफेर सूर्योदयको समयमा वायुमण्डलमा रहेका उनान्चास मरूदगण स्वस्तिक आकारमा एकसाथ सूर्यको परिक्रमा गर्छन् । यसरी सम्पूर्ण मरूदगणले एकसाथ परिक्रमा गर्दा उत्पन्न हुने ॐ को ध्वनिले सम्पूर्ण वर्णाक्षर शक्तिपुञ्ज हुन्छन् । यसैले देवनागरी लिपिमा आधारित सम्पूर्ण वर्णाक्षरलाई प्रकृति प्रदत्त लिपिमा आधारित भाषा मानिएको छ । देवनागरी लिपिमा रहेका वर्णाक्षर सामवेदमा आधारित ध्वनि विज्ञानमा आधारित छन् भन्ने वास्तविकतामा नासाका वैज्ञानिकसमेतको मतैक्यता छ ।

पानीमा विद्युत् शक्ति छ भनेर सूत्र प्रदिपादन गर्ने प्रथम वैज्ञानिक वृहस्पति ऋषिका पिता अंगिरा ऋषि हुन् । उनले सामुद्रिक ‘वडवानल’ को प्रसंग ऋगवेदमा उल्लेख गरेका छन् । ‘वडवानल’ भनेको समुद्रमा भएको आगो हो । यही सूत्रलाई परीक्षण गर्ने वैज्ञानिक माइकल फेराडेले खोलामा बगिरहेको पानीलाई पेनस्टकबाट प्रवाह गरेर डाइनामो घुमाएर त्यहाँबाट विद्युत् शक्ति उत्पादन गरेर परीक्षणलाई मूर्तरूप दिए । 

स्वस्तिक (ä) र ॐ को परिक्रमात्मक गतिले वायु र सौर्यशक्तिमा समेत विद्युत्शक्ति प्रमाणित भएको छ । यही विद्युत शक्तिको सग्लो रूप देवनागरी लिपिमा रहेका संयुक्त वर्णाक्षरमा अनुभूत गर्न सकिन्छ । हजारौं वर्षको साधना, अभ्यास, प्रयोग र परीक्षणबाट संयुक्त बनेका वर्णाक्षर भाषाका शक्तिपुञ्ज हुन् । ती संयुक्त वर्णाक्षरहरूलाई उपयोग गर्दा भाषा गतिशील एवं अर्थपूर्ण हुन्छ र प्रयोगकर्ताको मानसिक सोचले सही मार्ग ठम्याउँछ । 

संयुक्त वर्णाक्षर भन्नाले – अतिरिक्त, उक्त, व्यक्ति, मुक्ति, भुक्ति, शक्ति, उक्त, मुक्त, भुक्त, रक्त, भक्त आदि । यी यस्ता वर्णाक्षर नेपाली भाषामा धेरै छन् । यी संयुक्त वर्णाक्षर भाषाका अमूल्य निधि हुन् । हजारौं वर्षको प्रयोग, अभ्यास, साधना, परीक्षण र निरीक्षणबाट परिष्कृत यस्ता सम्पूर्ण संयुक्त अक्षरलाई हटाउने योजना बनाएर ‘युनिकोड’ ल्याइएको हुँदा यसप्रति सम्पूर्ण कानुन व्यवसायीले समेत असहमति जनाएका छन् । नेपाल सरकारका कार्यालयमा भने युनिकोड प्रयोग हुन्छ । 

भाषा र जीवनको सम्बन्ध समान छ । जीवन के हो भन्ने प्रश्नको उत्तरमा हरेकले आआफ्नो कल्पना र तर्कअनुसारको उत्तर पेश गर्न सक्छन् । यो स्वाभाविक पनि हो । यथार्थमा प्राण र शरीर मिलेर जीवन बनेको हुन्छ । जीवन भनेकै प्राण र शरीरको मिलन हो । प्राण र शरीरको सम्बन्ध विच्छेद भएपछि भौतिक जीनको उपस्थिति समाप्त हुन्छ । यही सूत्र भाषामा हुबहु लागू हुन्छ । प्राण + शरीर = जीवन भएजस्तैः वर्णाक्षर + लिपि = भाषा हो । वर्णाक्षरलाई हटाउने, घटाउने, कटाउने र छुटाउने क्रम बढ्दै गएपछि ती वर्णाक्षरहरूले अवलम्बन गर्दै आएको लिपि पनि क्रमशः समाप्त हुन्छ । जस्तै ‘च’ वर्गमा रहेको तालव्य ‘ञ’ को ठाउँमा ‘य’ वर्गको अन्तःस्थलाई प्रयोगमा ल्याइयो । दाञा–दायाँ (अशुद्ध), बाञा–बायाँ (अशुद्ध), रूपैञा–रुपैयाँ (अशुद्ध), ञहाँ–यहाँ आदि । 

यसरी भाषामा भएका वर्णाक्षरलाई तथाकथित विद् र विशेषज्ञको पद गुथाएर नेपाली भाषामा भएका एकल र संयुक्त वर्णाक्षर र देवनागरी लिपिमाथि योजनाबद्ध ढंगले प्रहार भइरहेको छ । ‘ञ’ वर्णाक्षरलाई प्रयोगबाट हटाएपछि ‘ञ’ ले अवलम्बन गरेको लिपि र यसबाट बनेका शब्दको अस्तित्वसमेत समाप्त भयो । अमेरिकी वैज्ञानिकको संस्था नासाले समेत प्रमाणित गरिसकेको देवनागरी लिपि र यसमा आधारित एकल र संयुक्त वर्णाक्षरलाई क्रमशः समाप्त पार्ने दुष्प्रयासप्रति नेपालका कानुन व्यवसायीले संस्थागतरूपमै असन्तुष्टि व्यक्त गरेका छन् । मूलतः –

(१) सरल र प्रविधिमैत्रीको आवरणमा नेपाली भाषामा भएका एकल वर्णाक्षर जस्तै ः–श, ष, व, क्ष, त्र, ज्ञ, ई, ऊ, ऋ, लृ, ञ, लगायत वर्णाक्षरलाई हटाउने, कटाउने र मेटाउने दुष्प्रयासप्रति कानुन व्यवसायीले दृढतापूर्वक असहमति जनाएका छन् ।

(२) इम्बोष्ड नम्बरको प्रयोगद्वारा देवनागरी लिपिमा आधारित सम्पूर्ण नेपाली नम्बरलाई विस्थापित गर्ने असंवैधानिक कार्यप्रति सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश जारी गर्ने रिट परेपश्चात् सम्मानित अदालतबाट मिति २०७४ साल फागुन १० गते ‘उक्त निर्णय लागू नगर्नू नगराउनू’ भन्ने अन्तरिम आदेश जारी भएको छ । संविधानको धारा २८ ले सार्वभौमसत्ता सम्पन्न सम्पूर्ण नागरिकलाई प्रत्याभूत गरेको गोपनीयताको हक प्रतिकूल हुने गरी ल्याइएको यो इम्बोस्ड नम्बरले समेत भाषा एवं देवनागरी लिपि समाप्त पार्ने प्रष्ट छ ।

(३) यस्तै ‘युनिकोड’ ले नेपाली भाषामा भएका ‘एकल र संयुक्त वर्णाक्षर एवं देवनागरी लिपि’ माथि गम्भीर घात गरिरहेका प्रति आमकानुन व्यवसायीले आक्रोश व्यक्त गरेका छन् । हजारौं वर्षको अभ्यास, साधना, प्रयोग र परीक्षणले शुद्ध प्रमाणित भइसकेका प्राण प्रतिष्ठित संयुक्त वर्णाक्षरलाई योजनाबद्ध ढंगले ‘युनिकोड’ को प्रयोगबाट ध्वंस बनाइएको छ । नेपालको संविधान २०७२ को धारा ३२ को उपधारा (३) लाई सीधै उल्लंघन गरेर युनिकोड ल्याइएको र प्रत्येक रिट निवेदन, फिराद, प्रतिउत्तरलगायत निवेदन युनिकोडमा ल्याउन अनिवार्य गरेको हुँदा स्वयं सम्मानित अदालतको समेत आमसर्वसाधारण नागरिकमा नकरात्मक भावना पैदा हुन गएकाले कानुन व्यवसायीबाट चिन्ता व्यक्त भइरहेको छ । 

   सम्मानित सर्वोच्च अदालत अभिलेख अदालत र संविधानको अन्तिम व्याख्यासमेत भएकाले सम्मानित न्यायालयमाथि दाग लागेको आपूmहरूलाई स्वीकार्य नहुने कानुन व्यवसायीको अभिमत रहेको थियो । कान्तिपुर, मंगल, प्रिति फन्टजस्तै युनकोडमा पनि नेपाली भाषामा भएका ‘एकल र संयुक्त वर्णाक्षर तथा देवनागरी लिपि’ मा आधारित डिजाइन नभएमा यसको प्रयोग हटाउन आमविद्वान–विदुषी, कानुन व्यवसायी, पत्रकार तथा साहित्यकारले राख्तै आइरहेको यथार्थ अभिमत भाषा संरक्षणका लागि सान्दर्भिक रहेको विचारप्रति सबैको मतैक्यता रहेको थियो । न्यायमा दुई शाख र शक्ति– ‘न्यायकी देवी वाणिवागेश्वरी र न्यायका देवता कालभैरव’ रहने हुँदा भाषाको महŒव सर्वोपरी हुने र आफ्नो मातृभाषा, मातृभूमि र मातालाई सधैँ सम्मानित धरातलमा राख्न प्रतिबद्ध रहने कानुन व्यवसायीहरूबाट प्रण भएको छ ।

नेपाल बार एसोसिएसन, भाषा, साहित्य, संस्कृति समिति, नेपाल कानुन व्यवसायी, भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वांमय प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा आयोजित–निर्झर दिलचेत वाणीसेवा सम्मान एवं ‘असंवैधानिक युनिकोड एक चर्चा’ विषयक समारोहका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासले आफ्नो भाषामा भएका वर्णाक्षर र देवनागरी लिपि रक्षाका लागि सम्पूर्ण कानुन व्यवसायीहरू एकबद्ध रहनुपर्ने अभिमत सबै कानुन व्यवसायीले राख्नुपर्ने बताउनुभएको थियो ।

आफ्नो जीवनको लामो कालखण्ड भाषा सेवामा निरन्तर सेवारत रहेर बृहत् शब्दकोशलगायत कृति प्रकाशित गर्नु भएका कोशकार चूडामणि गौतमलाई ‘निर्झर दिलचेत वाणीसेवा सम्मान–२०७५’ द्वारा सम्मानित गरिएको थियो । यो सम्मानको स्थापना यो पंक्तिकारले २०६४ सालमा प्राप्त गरेको मोती सम्मानबाट स्थापना भएकाले मोती सम्मानजस्तै यसको स्थान सधैँ प्रतिष्ठित रहने बताइएको थियो । गत वर्ष उक्त सम्मानबाट वरिष्ठ अधिवक्ता गुरुदेव कृष्णप्रसाद भण्डारीलाई सम्मानित गरिएको थियो । हालसम्म यो गरिमामय सम्मानबाट १५ जना प्रतिष्ठित प्रतिभा सम्मानित भइसकेका छन् ।

सर्वोच्च बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीबाट आफ्नो भाषाका लागि कानुन व्यवसायी सधैँ सचेत रहने र यदि कहीँकतैबाट भाषामाथि बदनियत राखेर कार्य भएको रहेछ भने सर्वोच्च बार मौन नरहेन दृढता व्यक्त भएको थियो । नेपाल बार एसोसिएसनका महासचिव खम्बबहादुर खातीले नेपाल बार एसोसिएसनको भाषा, साहित्य समितिमा भाषाप्रति सधैँ सचेत भाषा योद्धालाई यसको जिम्मा दिन पाएको र भाषा जोगाउन यो पंक्तिकारले देखाएको जागरूकताप्रति खुशी व्यक्त गरेका थिए ।

सेडाका उपप्राध्यापक पेशलकुमार निरौलाले दक्षिणएसियामा आफ्नो भाषामा फिराद–प्रतिउत्तर लेख्ने र आफ्नै भाषामा निर्णय सुनाउने स्वाभिमान नेपालको अदालतले मात्र बचाइराखेको हुँदा यसलाई कायम राख्न सम्पूर्ण कानुन व्यवसायी र न्यायालयले तत्परता देखाइरहनुपर्ने बताएका थिए । युनिकोडको डिजाइन मदन पुरस्कार गुठीले गरेको हुँदा उसले आफ्नै भाषामा भएका संयुक्त वर्णाक्षरलाई नै समाप्त पार्ने नियत किन राख्यो यसप्रति न्याय क्षेत्र मौन रहनु नहुने आमचासो रहेको पनि उनले बताएका थिए । 

राष्ट्रको मुटु र मेरुदण्ड भनेकै भाषा हो । भाषा समाप्त भएपछि राष्ट्र र नागरिकको अस्तित्व र महŒव समाप्त हुन्छ । भाषामा भएका वर्णाक्षर र लिपिलाई नै समाप्त पार्ने अपराधमा राष्ट्रका प्रबुद्ध व्यक्तित्व भनेर चिनिएका प्राडा. तथा प्राज्ञसमेत लागिरहेका बेलामा पंक्तिकारको यो ‘वर्णाक्षर र देवनागरी लिपि बचाऊँ अभियान’ निःशन्देह अनुकरणीय र प्रशंसनीय छ भन्ने अभिमत उनले राखेका थिए ।

‘निर्झर दिलचेत वाणी सेवा सम्मानद्वारा’ सम्मानित व्यक्तित्व चूडामणि गौतमले आपूmले प्राप्त गरेको सम्मानप्रति खुशी प्रकट गर्दै आफ्नो सम्पूर्ण जीवन साहित्य सेवाका लागि समर्पित गर्दैआएको र भविष्यमा पनि आपूm भाषा सेवामा नै रमाइरहने बताए ।

नेपाल बार एसोसिएसन भाषा, साहित्य, संस्कृति समितिका संयोजक तथा नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठानका अध्यक्षको सभाध्यक्षतामा सम्पन्न समारोहमा अध्यक्ष मातृदासले आपूm संसारमा भएका कुनै पनि भाषा, साहित्य, कला, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाज र धर्मको बैरी र विरोधी नभएको तर आफ्नो भाषाको सेवा, सम्मान र सुरक्षा गर्नु आफ्नो परम कर्तव्य तथा दायित्व भएको बताएका थिए । 

सबैको अस्तित्व र महŒवका हिमायती हामी नेपालीको भाषा, साहित्य, कला, संस्कृति र धर्म हुँदै आज हाम्रो भाषामा भएका ‘वर्णाक्षर र लिपि’ लाई नै योजनाबद्ध ढंगबाट समाप्त पार्न थालिएप्रति हामी नेपाली मौन बस्न नहुने उनको अभिमत थियो । भाषा नभए भगवान्समेत मुखर हुननसक्ने वास्तविकतालाई बोध गरेर नै नेपाली भाषामा भएका ‘वर्णाक्षर र देवनागरी लिपि’ लाई नै योजनाबद्ध ढंगबाट समाप्त पार्न थालिएप्रति हामी नेपाली मौन बस्न नसक्ने राय थियो उनको । 

भाषा नभए हामी नेपाली, हाम्रो अस्तित्व र महŒव समाप्त हुने र मुखर हुन नसक्ने वास्तविकतालाई बोध गरेरै नेपाली भाषामा भएका ‘वर्णाक्षर र देवनागरि लिपि’ लाई नै मास्ने र मेटाउँदै जाने योजनाबद्ध षड्यन्त्रका विरोध र विरुद्धमा कानुन व्यवसायी मौन नबस्ने दृढताका साथ उनीहरू यसरी संगठित भएका हुन् ।  भाषामा मानव अस्तित्व र महŒव जोगाउने अदम्य र अकल्पनीय शक्ति, क्षमता र ताकत रहने र भाषामा भएका ‘वर्णाक्षर र लिपि’ समाप्त भएपछि मानव समाज काञ्जिहाउसका भेडा च्यांग्रा समान हुने वास्तविकता हृदयंगम गरी आपूm भाषामा भएका वर्णाक्षर र देवनागरी लिपि बचाऊँ अभियानमा लागेको मातृदासको अभिमत रहेको थियो । 

भाषाका सुन्ने, बोल्ने, लेख्ने, पढ्ने चार स्वरूप हुन्छन् र यी चारै रूपलाई चलायमान पार्ने वर्ग भनेकै कानुन व्यवसायी भएकाले भाषामाथि हुने कुनै पनि अन्याय कानुन व्यवसायीका लागि स्वीकार्य नहुने कुरामा सम्पूर्ण कानुन व्यवसायीको मतैक्य रहेको थियो । 


Views: 114

सम्बन्धित सामग्री:

कथा : किचकन्या

राजेश अधिकारी : श्रावण ४, २०७६ (६:२० AM)