20th July | 2019 | Saturday | 11:59:23 PM

वास्तविक विकास र छद्म विकास

स्वयम्भुनाथ कार्की   POSTED ON : चैत्र १८, २०७५ (६:१२ AM)

वास्तविक विकास र छद्म विकास

हुन त आआफ्नो वादकाले आआफ्नो सर पर्ने इतिहासमा प्रशिक्षित गरे आजका पुस्ताले इतिहास भोगेकाहरूको कुरो मान्दैनन् । पञ्चायत सकिएको ७५ सालमा ३० वर्ष लगभग भयो । अर्थात् ३० वर्ष उमेर भएकाले पञ्चायत इतिहासमा बुझ्ने हो तर ४५ वर्षभन्दा ज्यादाकाले त त्यो इतिहास भोगेका छन् । हाँसो उठ्दो कुरा त के छ भने त्यो इतिहास भोगेकालाई उनीहरूको त्यो भोगाइभन्दा आफ्नो तालिम आधिकारिक हो भनेर सिकाउने युवा जमात छ । त्यसैले अहिले भइरहेको छद्म विकास र त्यसका कारणले आफ्नो घरवार गुमाउनु परेको कार्यलाई पञ्चायतको जंगल अतिक्रमण हटाएका घटनासँग दा“ज्छन् । 

पञ्चायतमा बोल्न पाइँदैनथ्यो भनेर सुगा रटाइ गर्छन् तर त्यही कालमा आफूलाई तालिम दिनेले स्वतन्त्रतापूर्वक अभिव्यक्त गरेको उदाहरण देख्दैनन् । व्यवस्था र राजसंस्थामा अनास्था पैmलाउने कुराबाहेक अरू कुरामा आफ्नो अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरेका रुदाने, महजस्ता उदाहरण प्रसस्त छन् । विद्यालयमा एक सय पूर्णांकको विषय अनिवार्य गराएर मुलुकको शासन प्रणाली चिनाउनेजस्तो काम पञ्चायतले बाहेक अरूले गर्ने हिम्मत गरेका छैनन् । 

केहीको स्वाथ्र्य अनि आपसी भागवण्डामा कुनै पनि बेला परिवर्तन हुनसक्ने सम्भावना भएको प्रणालीको स्वरूप सञ्चालकहरूलाई त थाहा हुँदैन भने विषय बनाएर अध्ययन गराउने कुरो कसरी सम्भव हुन्छ ? विरुदावली गाएर महिमामण्डित गरिएको ‘झापाकाण्ड’ के थियो थाहा हुने कुरै भएन । त्यो काण्डमा सफाया गरिएका डेढ दर्जन यस कारणले मृत्युयोग्य थिए भन्ने जानकारी गराउने हिम्मत कसैसँग छैन । 

यो आलेखको प्रयोजन पञ्चायतकाल र अन्यकालको विवेचना गर्नु पटक्कै होइन । तर, वर्तमानमा विकासको नाममा पुस्तौंदेखिको थातवास खोसिएका र अर्को वैकल्पिक थलो नपाएकाहरूको नजरमा के हो त ? यो हो विषयवस्तुलाई एसियाली विकास बैंकले पछि अनुदानमा परिणत पनि गर्नसक्ने, गरिने नै होइन गर्नसक्ने ऋणको चारो हाल्यो । 

नेपालका केही महानगरपालिका उपमहानगरपालिका, नगरपालिका त्यसको बल्छीमा परे । यसको निमित्त त्यो ऋणको सयौं गुणा नागरिकको व्यक्तिगत खर्च भयो । घर तोडिए, वर्षौंदेखि असुविधाले बन्दव्यापार चौपट भयो । काम अधुरै छ तर त्यो ऋण भुक्तानी गर्न नगरवासी थप शीर्षकमा कर बुझाउन बाध्य छन् । के यो विकास हो ? प्रश्न सोध्न हु“दैन त्यही इतिहास अध्ययन गरेको पुस्ता विकास विरोधी भनेर औंलो ठड्याउन आइपुग्छ ।

पढेको इतिहासले सर्वज्ञ भएकाहरूले युद्धप्रेमीका रूपमा चित्रित गरिएका आधुनिक नेपालका निर्माता बडामहाराज पृथ्वीनारायण शाह के अह्राउछन् ? ‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरू जग्गामा सारिकन पनि खानी चलाउनू । गह्रो बन्या जग्गामा घर भया पनि घर अरू जग्गामा सारी कुलो काटी खेत बनाई आबाद गर्नू’ (दिव्य उपदेश)। अर्थात् राज्यले सजाय दिँदाबाहेक कसैको बास उठाउनुहुँदैन । त्यसैले त्यहा“ बसेकालाई अरू जग्गामा सार्नुपर्छ । यो राज्यको मूलभूत कर्तव्य हो । 

तर, वर्तमान विकास भने कसैको बास उठाएर हुन्छ, अदालतले क्षतिपूर्ति दिनु भनेर गरेको आदेश रद्दीको टोकरीमा फालेर र आफ्नो श्रीसम्पत्ति सबै गुमाएका जनताले यसलाई विकास भनेर विरुदावली गाइदिनु पर्नेहुन्छ । यसरी गरेको विकास वास्तविक होइन, छद्म हो । 

पहु“चको भरमा अनि सनकको भरमा कृत्रिम उपयोगिता खडा गरेर वा उपयोगिताभन्दा ज्यादा वातावरण वा कसैको व्यक्तिगत सम्पत्ति हानी गराएर गरिएका विकास विकास होइनन्, विकासको छद्म भेषमा आएका विनास हुन् । यसले आज अरूलाई खा“दा भोलि आफूलाई पनि खान्छ किनभने आज शक्तिमा भएको समूह भोलि शक्तिमा नरहन पनि सक्छ अनि अर्को शक्तिमा आउँछ र त्यसले त्यसको बदला लिन्छ । वातावरणमा गरेको खेलवाडले आउने प्राकृतिक विपत्तिले को शक्तिशाली को निर्धो चिन्दैन । लगातारका बाढी, पहिरो, भुइँचालोजस्ता विपत्ति नेपालले बाक्लै भोग्नु परेको छ । यसले पनि छद्म विकासको नाममा भिœयाएको विनाश नचिन्ने हो भने त्यसलाई केही भन्नै सकिँदैन । विकासका नाममा निम्तिने प्राकृतिक विनाश बेवास्ता गर्ने हो भने चारैतिर विनाशमात्रै हुन्छ । 

निर्माण नामको छद्म विकासमा भएका ‘लड्डु लडे झिल्ली झरे’ हेर्ने हो भने महाग्रन्थै तयार हुन्छ । तैपनि निर्धारित स्तरभन्दा तल्लो सामग्री प्रयोग भएका कथाहरू प्रसस्त सुन्न पाइन्छ । यस्ता कथा त प्रतिनिधिमूलकमात्र हुन् । पत्रमपुष्पम्मा हिस्सेदारीले तैँचुप मैचुप गरिएका घटना जान्न त्यहीँका रैथानेको कुरा सुन्नुपर्छ । 

खरिद प्रक्रियादेखि नै सम्बन्धित देवीदेवताहरूको पूजाआजा धुपधु“वार त मह काढेकाले चाटेको हात हो । त्यसैले कसले गरेको छैन र भन्ने तर्कका अधीन मान्यता दिन विवश छन जनता । हवाईजहाजको प्रश्न बेस्सरी उठ्दा पनि किनेको हो कि भाडामा ल्याएको भन्ने आधिकारिक जवाफ आएको छैन । अझै आउलाजस्तो पनि छैन । 

तामझामले उद्घाटन भएका कतिपय कुरा त्यसपछि प्रयोगविहीन भएका छन् । पूराका पूरा सिमेन्ट, फलाम, गिटी, बालुवा अर्थात् आरसिसी पुल नै हुरीले कागज उडाएझैँ उडाउ“छ । ट्रली बस, सफा टेम्पो, सिटी सफारी आदि विद्युत् चालित वहानहरूको इतिहास भोग्नेभन्दा इतिहास पढ्नेको दाबीअनुसार नेपालमा बिजुलीबाहन युग सुरु गरेको बिजुली बस कता छ ? यसमा फेरि कसैले सोधपत्र लेखेर विश्वविद्यालयको दराजमा थन्क्याउने र डा. बन्ने अवसर खुला छ । 

प्राथमिकतामा मेलम्चीको पानी कि दुई रुपैयाँ गिलास पानी दिने ‘वाटर एटिएम’ यो समेत ती इतिहासविज्ञलाई थाहा छैन । अब यस्तालाई कुन कालमा कुन काम हु“दा के सोच थियो भन्ने कुरा थाहा होला भन्नु नै मुर्खता हो । 

फेरि सडक चौडा अनि एसियाली विकास बंैकको अन्ततिर असफल भएको ढल निकास प्रणाली नेपालमा बेचेको कुरो आउँछ । विश्वमा धेरै स्थानमा पुराना शहरको प्राचीनता कायम राखेर अर्को स्थानमा नया“ शहर बसाइन्छ । नेपाल बेलाबेलामा आफ्नो पर्यटकीय सम्भाव्यताको गुड्डी हा“क्छ । के काठमाडौं आउने पर्याटक रानीपोखरी क्याफेमा कफी पिउ“दै खाजा खान आउछन् ? कि अहिले केही सांसदले संसदमा बोल्न थालेको जस्तै यौन पर्यटनमा रमाउँछन् ? कि राम्रो पा“चतारे होटेलमा आनन्दसँग बसेर मजा लिन आउँछन् ? 

आज काठमाडौंमा विकास गर्ने भनेर पुस्तौं पुराना नेवारको घर, देवल, सत्तलमा बुल्डोजर चलाउने नेपालका अभियन्ताको यो कामको पछाडि के सोच छ, कस्तो परिकल्पना छ ? दावासाथ भन्न सकिन्छ यसमा तोडफोड गरेर बनाउँदा लाभ पाउने लाभार्थीहरूबाट आउने पत्रम पुष्पम्बाहेक अन्य सोच छैन । त्यसैले संसारमा कतै नभएको हवाई अड्डा ‘बुटिक’ बनाउने सोच आउँछ ।

यो एसियाली विकास बैंकको ढल प्रणाली भनेको अधिकतम् आठ फिट र औसतमा चार फिट व्यास भएको भूमिगत सिमेन्ट नालीबाट पूरा शहरको पाइखानाको निकास दिनु हो । यस्तो प्रणालीमा ठाउ“ठा“उमा यस्ता नाली रोकिने गर्छन् त्यो पनि नियमितरूपमा । यस्तो अवरोध बगाउन पर्याप्त पानीमात्र भएर पुग्दैन त्यो पानी अवरोध हुनुभन्दा पहिला नै प्रयोग हुनुपर्छ । 

ढलान आदि कारण अनि नालीको भित्तामा टा“सिने फोहोर कसको कारणले गोलाइ कम हु“दै जान्छ । यस्तो बेलामा त्यहा“ उत्पादित दुर्गन्ध आसपास पैmलिन्छ । सामान्य फोहर व्यवस्थापन गर्न त ठेकेदार पोस्ने नेपालका स्थानीय तहले यस्तो अवरोध बेलैमा खोल्ने कुरामा विश्वास गर्ने ठाउँ छैन । अविश्वासभन्दा पनि त्यो क्षमता छैन भन्ने हो ।

सारमा भन्न के खोजिएको हो भने अब जनता आफैँ जागरुक भएर विकास र छद्म विकास चिन्न आवश्यक छ । कुनै पनि काम जसले अर्को नागरिक वा छिमेकीको हानी गर्छ वा उसलाई रुवाउ“छ त्यो विकास होइन । राज्यले प्रत्याभूत गर्नैपर्ने कुरामा दाना, छाना र नानाको सके प्रवन्ध नसके निरन्तरता हो । यदि कसैको छानैविना त्यसको अर्को व्यवस्था खोस्नु राज्यको अपराध हो । पञ्चायतकालमा जंगल अतिक्रमण गरेर बसेकाहरूको टहरा भत्काउनुलाई अपराध मान्नेहरू आज गणतन्त्रमा पुस्तौनी बासलाई अवैधानिक भनेर भत्काइरहेका छन् । 

अनि यो कर्मलाई इतिहास पढेर जान्ने भएको पुस्ता उचित पनि ठहराउँछ । बाटाको छेकछन्द नै नभएको बेलादेखिको घरबासले बाटो अतिक्रमण ग¥यो कि पछि आएको बाटोले ? आफूले विकासको फल सित्तैमा खाने अनि अर्काले विनाकसुर त्यो विकासको निमित्त बलिदान दिनुपर्ने विकास विकास होइन विनास हो ।

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 68

सम्बन्धित सामग्री:

कथा : किचकन्या

राजेश अधिकारी : श्रावण ४, २०७६ (६:२० AM)