21st July | 2019 | Sunday | 4:30:02 PM

के पहाड, के तराई ! सबै एक

राजन कार्की   POSTED ON : चैत्र २१, २०७५ (८:४४ AM)

के पहाड, के तराई ! सबै एक

बारा र पर्सामा जुन आ“धी आयो र जनजीवनलाई सोत्राम पारेर गयो । यसपछि २४ घण्टा राहत र उद्धारका नाममा हेलिकोप्टर, चाउचाउ, चिउरा, भुजिया र केरा बा“डेका सेल्फीसमेत देखियो, मानवीयताको उपहास थियो त्यो । यो देखेर सम्झना आयो– सन् १९५६ मा लालबहादुर शास्त्री भारतका रेलमन्त्री थिए । उनी एक समारोहमा जा“दै गर्दा बीच बाटोमा उनको गाडी रोकियो । रोक्नेले भन्यो– एउटी महिलालाई व्यथा लागेको छ, उनले बच्चा जन्माउन नसकेर इन्तु न चिन्तु छिन्, यिनलाई अस्पताल लगिदिनुप¥यो । 

स“गै गएका उत्तरप्रदेशका मन्त्री र सुरक्षाकर्मीले शास्त्रीलाई समारोहमा पुग्न अबेर भइसक्यो, गइहालौं भनेर आग्रह गरे । तर, लालबहादुर शास्त्रीले तत्काल आदेश दिए– समयभन्दा मानिसको जीवन महŒवपूर्ण हुन्छ, यी बहिनीलाई मेरो गाडीमा राखेर अस्पताल पु¥याऊ“ । म कार्यक्रममा ढिला पुगे पनि फरक पर्दैन, यी बहिनीलाई अस्पताल पु¥याउन ढिला भयो भने उनको ज्यान जानसक्छ ।

हावाहुरीपछि केन्द्र र २ नम्बर प्रदेशको उदासीनताले कतिको बाँच्नसक्ने ज्यान गयो, यसको खुलासा विस्तारै हु“दै जाला । सिएनएनले गरेको नेपालको रिपोर्टिङ सन्दर्भमा उद्धारबारे केन्द्रीय दैवी प्रकोपका अधिकारी भन्दै थिए,‘ गृहको अनुमतिको एउटा पत्र नपाउ“दा उद्धार टोली पठाउन केही ढिला भएको हो । यत्तिबाट बुझ्न सकिन्छ, ओली सरकार सुखी नेपाल, खुसी नेपालीको उद्देश्य पूर्ति गर्न कति सक्रिय रहेछ ¤

चैत १७ गते आइतबार सा“झ, ठूलै विपद् आइप¥यो बारा पर्सामा । भीषण हुरी । सवारी साधन वल्टाइपल्टाइ पार्ने, ढलान गरेको हेल्थपोष्टको छत नै ५० मिटर पर लगेर बजारिदिने कस्तो हावाहुण्डरी होला ¤ तीन मिनेटको आ“धी हुरी, बज्रपातभन्दा कम थिएन । पच्चीस जनाभन्दा बढीको ज्यान गयो, चार सयभन्दा बढी घाइते भए । तीन हजारभन्दा बढी घर मैदान बने ।

प्राकृतिक प्रकोप कति भयानक । धेरैको ज्यान लियो, अन्नपात सब उडायो । पानी थापेर खाने कचौरासम्म बचेन । छत सबै उडायो । ओत कसैको छैन । प्रदेश सरकार र केन्द्र सरकारले तीन दिनसम्म पाँच हजार पाल पनि वितरण गर्न सकेनन् । यस्तो पनि संघीयता हुन्छ ¤ नया“ नेपाल ¤ यही हो नया“ नेपाल ¤

यसपछि ‘तराईलाई विपद् पर्दा पहाडले छेक्नुपर्छ’ भन्ने गीतको आवश्यकता प¥यो । सिंगो मुलुक बारा पर्साको जीवन मृत्युको लडाइमा साथसाथ देखिएका छन्

बारा पर्सा, जहा“ मृत्युले परेड खेलेर गयो, त्यहा“ सर्प, लामखुट्टेको प्रकोप बढ्न थालेको छ । औषधिमूलोको अभाव छ । सरकारले कतिजना डाक्टरको टोली पठायो, कुनकुन डाक्टर पुगेका छन्, भन्न सकेका छैन । बरु उही डा. गोविन्द केसी सक्दो औषधि बोकेर बारा पुगे, कुनै प्रचारविना आफ्नो डाक्टरी धर्मअनुसार काम गर्दै गरेका देखिए ।

संवेदनहीन राजनीतिक पार्टीका नेता राहत लिएर गएका छन्, राहत बा“ड्ने नाममा सेल्फी फोटो खिचेर सामाजिक सञ्जालमा राख्नै हतार छ तिनलाई । केके न गरेँ भनेर प्रचारप्रसार गर्ने होडबाजी पनि चलिरहेको छ । सरकार हेलिकोप्टरमा चक्कर लगाइरहेको छ, केही घाइतेलाई उपचारको व्यवस्था मिलाएर फर्किसकेको छ । प्रदेश सरकार चन्दा मागिरहेको छ । 

छानो किन चाहिन्छ, घर समाज र देश भनेको के हो, यो सबको चेत बारा र पर्सामा परेको विपद्ले देखाइदिएको छ । बाल–वृद्ध, महिला र त्यसमाथि पनि सुत्केरी महिला, बिरामीको कन्तबिजोग छ । तिनलाई सुरक्षा दिनु पहिलो चुनौती हो । त्यो चुनौतीको सामना गर्नैपर्छ र व्यवस्थित ढंगबाट यस्तो गर्न जरुरी छ । व्यवस्थापन गर्ने नाममा पार्टीको कार्यकर्ता हो कि होइन भनेर नहेरियोस्, आप्mनो र पराइ मान्छेको विभेद नराखियोस् । 

केन्द्र, प्रदेशदेखि गाउ“पालिकासम्मको सिंहदरबारले न्यायोचितरूपमा नागरिकको हक र अधिकारको संरक्षण गर्न सक्नुपर्छ । भूकम्पपीडितलाई दिने राहतमा जस्तो भ्रष्टाचारी दृष्टि राखियो, ¥याल काढियो भने योभन्दा ठूलो राजनीतिक, प्रशासनिक अपराध अरू केही हुने छैन । राहतका पाल लुकाएका खबर आउन थालिसकेका छन् । 

देशभक्तिका भाषण गर्ने पार्टी, दुई तिहाइ बहुमतको धक्कु लगाउने सरकार, मधेसको मसिहा हु“ भन्नेहरूभन्दा आमनागरिक धेरै प्रभावशाली, धेरै राष्ट्रवादी । एकलाई पर्दा अर्को नेपाली नै काममा आउ“छ भन्ने उदाहरण यतिबेला बारा, पर्सामा खुलस्त देख्न सकिन्छ । जनस्तरको सहयोग र सद्भावले पहाड र तराईलाई जोड्ने काम गरिरहेको छ । भेगमा छैनौं, नेपाली हौँ भन्ने भावना जगाइरहेको छ ।

अचम्म त के देखियो भने राजपा अथवा अन्य मधेसवादी पार्टी अहिले  कुन दुलोमा छन् थाहा छैन । मधेस अलग देश भनेर राष्ट्रियतामाथि विखण्डनको छुरा धस्नेहरू बारा, पर्सामा देखिँदैनन् । तेल पानी छुट्टिएको छ । तिनको गैरजिम्मेवारी तराईका नेपालीले प्रष्टै देखेका छन् ।

बारा, पर्सा यतिबेला शोकमा डुबेका छन् । शोकाकूल बारा, पर्साका नागरिकलाई नेपालभरिको सहयोगी हात र भर चाहिएको थियो, त्यो भरोसा जनता–जनताको हातेमालोले उपलब्ध गराइरहेको छ ।

बारा, पर्साका तीन हजारभन्दा बढी घर मैदान भएका छन् । यो विपद् टार्न, व्यवस्थापन गर्न राष्ट्रिय ताकत दयनीय देखिन्छ, प्रदेशको क्षमताको के कुरा गर्नु ¤ केन्द्रीय सरकारका तर्फबाट प्रधानमन्त्रीले गा“स र बासको जिम्मा लिन्छु भनेर प्रारम्भिक राहतको घोषणा गरेका छन् । सरकारवादी नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रत्येक मृतकका परिवारलाई ५–५ लाख दिने घोषणा गरेका छन् । 

प्रचण्ड तिनै हुन् जसले भूकम्पपीडितलाई यस्तै राहतको घोषणा गरेका थिए, जुन आजसम्म पूरा गरेनन् । हुन त जनयुद्धकालमा बा“दरमुडे, चितवनमा यात्रु बसमा बम पड्केर मरेका परिवारलाई पनि प्रचण्डले राहतको घोषणा गरेका थिए, दुईपल्ट प्रधानमन्त्री भइसके, अहिले पनि सरकार हा“क्ने पार्टीका अध्यक्ष छन् तर त्यो पूरा गरेनन् । त्यसमाथि उनको आर्थिक स्रोत रहस्यमय त छ“दैछ ।

यतिमात्र हो र ? प्रधानमन्त्री र गृहमन्त्रीको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन र कार्यान्वयन निकायको बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन । गत सालको बाढीपहिरो, त्यसअघिको महाभूकम्पबाट शिक्षा लिन नसक्दा, अहिलेको आ“धीहुरीको विपद्मा समेत राज्य तत्काल राहत उपलब्ध गराउन निरीह देखियो ।

यति ठूलो धनजनको क्षति हुनुमा मौसमको पूर्वानुमान गर्न नसक्नु पनि हो । मौसम विज्ञान विभागलाई आधुनिकीकरण गर्नुको विकल्प छैन । मौसम विज्ञान विभागको काम यो विपद्मा मृतकप्रति समवेदना र घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्नुमा सीमित हुन पुग्यो ।

विपद् आयो गयो, विपदस“ग जुध्न सिंगो देश एक भएको छ । खाना, नाना र छानाका लागि, पानी, ओखती र उपचारका लागि, सर्वसाधारण उर्लिएिपछि पार्टी बाध्य भएर पाँचदेखि ३५ लाखसम्मको आर्थिक सहयोग घोषणा गर्न थालेका छन् । कांग्रेसले त राष्ट्रिय विपद्को घोषणाको माग गरेको छ । राजनीतिक दलले पार्टी स्वार्थका कारण मधेसी र पहाडी भनेर मानसिकरूपमा गरेको विभाजनलाई नागरिकले अस्वीकार गरिदिएका छन् । 

तराईमा जुन विपद् परेको छ, त्यसमा सिंगो मुलुकवासी विपद् टार्न, विपद्बाट उतार्न लागिपरेका छन् । यो हो नेपालीपन, नेपाली शक्ति, नेपाली मौलिकपन, नेपाली गौरव । नेपाललाई कसैले विभाजन गर्न र विखण्डन गर्न सक्दैन भन्ने सन्देश आन्तरिक राजनीति र बाहृय अभिष्ट बोकेकाहरूले राम्ररी बुझेको देखेको हुनुपर्छ । यो नेपाली भावधाराले राजनीतिमा दूरगामी असर पार्नसक्ने निश्चित छ ।

प्रश्न बारा र पर्सामा भएको प्राकृतिक विध्वंशको पुनर्निर्माण र पुनर्ताजगीकरणको छ । यस कार्यमा आमनागरिकको सहयोग र साथ छ, राज्य सञ्जालले त्यो सहयोग र साथ, रहे भएका साधनस्रोतको अधिकतम् सदुपयोग गर्न सक्नुपर्छ । यसैमा लोकतन्त्रको गरिमा र महिमा पनि झल्किनेछ ।

र, भोलि भोलि यस्तै खाले अनपेक्षित प्राकृतिक प्रकोपसँग जुध्नका लागि अहिलेदेखि नै केके गर्नुपर्ने हो, त्यसको जोहो थालिहाल्नु उचित हुनेछ । जहिलेजहिले आगलागी हुन्छ, अनि कुवा खन्ने कुरा गरियो र अहिले बारा र पर्सामा विपद् आउ“दा पाँच हजार थान त्रिपालसम्म राज्यले झिक्न सकेन । यस्तो दयनीयपन आगामी दिनमा देख्न नपरोस् । 

माथिको आदेश निर्देश कुर्नुपर्ने स्थितिको पनि अन्त्य होस् । विपद् पर्दा तत्काल उद्धारमा खट्नसक्ने शक्ति र सामल अलर्ट अवस्थामा राख्ने व्यवस्था हुनुपर्छ । त्यसै पनि नेपाल सधैँ भूकम्पदेखि बाढीपहिरोसम्मको जोखिममा छ । अब त आ“धी हुरीको जोखिम पनि थपियो । यसबाहेक पनि हामीले बेलाबेलामा आगलागीको जोखिम व्यहोर्दै आएका छौँ ।

चुरो कुरो, विपद् आइहाल्यो भने जुध्ने शक्तिको सञ्चय गरौँ । राष्ट्रिय एकताको विकास गरौं ।


Views: 105

सम्बन्धित सामग्री:

कथा : किचकन्या

राजेश अधिकारी : श्रावण ४, २०७६ (६:२० AM)