22nd May | 2019 | Wednesday | 2:14:55 AM

गर्मीयाम, बाढीपहिरो र भूक्षय

राजेशमान केसी   POSTED ON : चैत्र २१, २०७५ (८:४८ AM)

गर्मीयाम, बाढीपहिरो र भूक्षय

जाडोको मौसम सकिएर अब गर्मीयाम सुरु भएको छ । विशेषगरी वैशाख जेठको समयमा गर्मी अत्यधिक मात्रामा बढ्छ र त्यसपछि लगत्तै फेरि वर्षाययाम सुरु हुन्छ । अनि वर्षायामसँगै नेपालमा बाढी, पहिरो र भूक्षयको समस्याले वितण्डा मच्चाउन थाल्छ । त्यसैले वर्षेनी यस्ता बाढीपहिरो र भूक्षयको समस्याबाट हुने जनधनको क्षति नियन्त्रण वा न्यूनीकरण गर्न बेलैमा प्रभावकारी उपायको अवलम्बन गर्न आवश्यक छ ।

विशेषगरी पृथ्वीको सतहका भूमि, पानी, हावा र बर्फिलो चट्टान विस्तारै बगेर जानु भूक्षय हो । यसरी माटो, चट्टान र बालुवाको क्षयबाट पृथ्वीको माथिल्लो भूतह विस्तारै नष्ट भएर जान्छ । चट्टान यान्त्रिक र रासायनिक घर्षणबाट क्षय हुंँदै जान्छन् । खासगरी वर्षा र उर्लिंदो भेल वा पानीले चट्टानलाई कमजोर तुल्याउंँदै लान्छ । केही किसिमका चट्टान जस्तै चुनढुंगा विस्तारै पानीमा घुल्न पुग्छन् । 

त्यस्तै, अन्य चट्टान पानीमा रसायनबाट नष्ट पारिन सक्छन् । उर्लिंदो भेल छालको रूपमा, वर्षात् अथवा नदीनाला र खोलाले चट्टानका ससाना टुक्रा नदीको सिरानमा र समुद्रमा जम्मा गर्छन् । यस्तै किसिमले माटोको नरम भाग बगाएर जाने र जम्मा गर्ने गर्छ । यस्तै किसिमले माटोको नरम भाग बगाएर जाने र अन्यत्र जम्मा हुने प्रक्रिया नै भूक्षय हो । 

यस्तो भूक्षयबाट अत्यन्त खतराजनकरूपमा जमिन भास्सिने र जमिनको ठूलो भाग कुनै पनि उब्जनीका लागि अनुपयुक्त हुनसक्छ । यसका लागि बोटबिरुवा र वनस्पतिले माटोको सतहलाई मजबुत बनाएर र अत्यधिक पानीको बहाव सोसेर भूक्षय रोक्न सक्छ । 

तर, यदि यस किसिमको संरक्षण पद्धतिलाई जथाभावीरूपमा वनजंगल फँडानी गरेर हटाइयो भने निश्चितरूपमा यसबाट माटोको ठूलो हिस्सा बगेर जाने प्रबल सम्भावना रहन्छ । त्यस्तै, विभिन्न गाईवस्तु र चौपायाको अत्यधिक चरिचरनबाट घाँस उखाडिंँदै जान्छन् । यसले पनि भूक्षयको सम्भावना बढाउँछ । यसका लागि विशेषज्ञले विभिन्न वैज्ञानिक पद्धति अपनाउन जोड दिएका छन् । जसअन्तर्गत बोटबिरुवा काटिएका ठाउँमा नयाँ रूख लगाउनु अथवा वृक्षरोपण गर्नु पनि यसको रोकथामको एक प्रमुख पद्धति हो । 

पृथ्वीमा विद्यमान विभिन्न प्राकृतिक तŒवमध्ये एक प्रमुख तŒव हो माटो । माटो जमीनको उत्पादकत्व र उर्वरता बढाउन अपरिहार्य मानिन्छ । माटो प्रकृतिमा चट्टान र ससाना कण, विभिन्न लवण, सूक्ष्म जीवाणु तथा पानीको ओस मिलेर बनेको एक जटिल मिश्रण हो र यसमा वनस्पति र बालीनाली हुर्काउन सक्ने उर्वराशक्ति विद्यमान रहेको हुन्छ । 

माटोमा जैविक तŒव, खनिज, लवण तथा पानीको ओस र सूक्ष्म जीवाणु यथेष्टमात्रामा रहे मात्र रुख विरुवा, बालीनाली राम्रोसँग हुर्कन र फस्टाउन सक्छन् । वास्तवमा माटोमा भएका जल, खनिज, लवण र अन्य प्रांगारिक तŒवको सञ्चिति गर्दै भूउपयोग गरिएमा मात्र जमिनको उत्पादकत्व बढ्छ । त्यसैले माटोलाई सामान्य वस्तु सम्झी बेवास्ता गर्नुहुंँदैन । एक इन्च माटो बन्न एक सयदेखि चारसय वर्षसम्म लाग्नसक्छ । 

नेपाल कृषिप्रधान मुलुक हो । देशको ८० प्रतिशतभन्दा बढी जनसंख्याको आयआर्जनको माध्यम कृषि हो । यस हिसाबले जमिन अर्थात् माटो नै हाम्रो मुलुकको जीविकाकोे प्रमुख प्राकृतिक स्रोत हो । हाम्रो देशको भौगोलिक अवस्था अत्यन्त जटिल छ । भिराला तथा अतिभिराला पाखामा कृषि उत्पादनका लागि अव्यवस्थित वा अवैज्ञानिक तरिकाले खनजोत गरिएका छन् । फलस्वरूप पहाडमा खेतबारीबाट मलिलो माटो नास भएर उब्जाउ घट्दै जाने क्रम एकातिर छ भने अर्कोतिर त्यही माटो रुखो गेगरमा परिणत भई तराईका फाँट पुरिंँदै जाने स्थिति अर्को रहेको छ । यसैले मध्यपहाडी क्षेत्रको अनुपयुक्त भूउपयोग नै नेपालको प्रमुख भूक्षयका कारण बनेको छ । त्यस्तै चुरे तथा भावर क्षेत्रमा अनपेक्षितरूपमा बढ्दै गएको उत्खननका कारण पनि यो क्षेत्र तीव्र भूक्षयबाट प्रभावित भएको छ ।

त्यस्तै, वायुमण्डलमा कार्बनडाइअक्साइड तथा अन्य हानिकारक ग्यासको मात्रा बढ्दैछ । यस्ता समस्याको न्यूनीकरणका लागि भूसंरक्षणले अत्यन्त महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अर्को कुरा हाम्रो देशको अधिकांश भूभाग भिरालो पहाड पर्वतले ढाकेको छ । यी क्षेत्र अत्यन्त कमलो, निर्बल र अस्थिर छन् । जसले गर्दा यी क्षेत्रमा वर्षेनी बाढी पहिरोको पीडा खप्न हामी विवश छौँ । 

त्यसैले भूसंरक्षण अर्थात् माटोको संरक्षण गरेर माटोमा प्राकृतिक गुण कायम राखेमा कम भूमिमा खेती गरे पनि माटोमा प्राकृतिक तŒव प्रशस्त हुने भएकाले खाद्यान्न बढी प्राप्त गर्न सकिन्छ । जसले गर्दा बढ्दो जनसंख्याअनुसारको खाद्यान्नको माग पूरा गर्न सकिन्छ । त्यस्तै, भूसंरक्षण गरी जमिनमा वनजंगल र बोटबिरुवाका जराले माटोलाई राम्रोसँग समातेर पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप न्यून गर्न सकिन्छ । यसका साथै बोट बिरुवाका कारणले वर्षातको भेल नियन्त्रित हुन्छ । जसले गर्दा बाढीले बालुवा, गेगर आदि थुपार्न पाउँंदैन । र, यसबाट हाम्रो भूभाग मरुभूमीकरण हुनबाट जोगिन पुग्छ । 

त्यस्तै, भूसंरक्षण गरेर जमिनको प्राकृतिक गुण कायम गरेमा माटोमा बस्ने सूक्ष्म जीवले पोषक तŒव पाउँछन् र तिनीको विनाश हुन पाउंँदैन । यसबाट पारिस्थितिकीय पद्धति सन्तुलित एवं संरक्षित रहन पुग्छ । त्यतिमात्र नभई भूसंरक्षण गर्न सकिएमा हाम्रो वरिपरिको भूस्वरूप अर्थात् प्राकृतिक वातावरणको संरक्षण हुन पुग्छ । 

यसका साथै भूसंरक्षणबाट जमीनमा विद्यमान अम्लीयपना तथा विकिरणयुक्त माटो बगेर जान पाउँंदैन । यसबाट जल प्रदूषण पनि केही हदसम्म रोकिन्छ र वातावरणमा सकारात्मक प्रभाव पर्छ । 

समिष्टिमा भन्नुपर्दा भूसंरक्षणको सम्बन्धमा हामीले बुभ्mनुपर्ने महŒवपूर्ण कुरा के हो भने अधिकांश समस्या प्रकृतिजन्य भए पनि मानव निर्मित समस्याले भूसंरक्षण कार्यमा अवरोध पु¥याइरहेको हुन्छ । उदाहरणका लागि अत्यधिक वनजंगल फँडानी र चरिचरनले भूक्षयमा तीव्रता ल्याएको हुन्छ । प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या पूर्णरूपमा नियन्त्रण गर्न नसकिए पनि केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । 

त्यसैले यसको लागि अवैज्ञानिक र अव्यावहारिक ढंगबाट भिरालो तथा अतिभिरालो जमिनमा खेती कार्य गर्नु उपयुक्त हुंँदैन । अर्कोतर्फ नांगा डाँडापाखा र खेर गइरहेको जग्गा तथा घर छेउछाउ र आलि कान्लामा वृक्षरोपण गरी माटो संरक्षण गर्न सम्भव भएसम्म भूसंरक्षणसम्बन्धी घरदैलो कार्यक्रम, सडक नाटक, पर्चा, पम्प्लेट र पोष्टरबाट भूसंरक्षणको महŒव झल्किने गरी कार्यक्रम सञ्चालन गर्नु वान्छनीय हुने देखिन्छ । 

उपयुक्त भूउपयोग र प्रविधि (जस्तैः गह्रा सुधार, जैविक मलको प्रयोग आदि) को विकास गरी धेरै भिरालो नभएको जग्गामा कृषि कार्य गर्नु उपयुक्त हुन्छ । साथै खेती कार्य सम्भव नभएका क्षेत्रमा माटो अड्याइराख्ने दुबो, बाँस, विभन्न जातका घाँस आदि रोपेर खेर गइरहेको खाली क्षेत्रमा हावापानी सुहाउँदो र मौसमअनुसारका फलपूmल र जडीबुटी खेती गरी माटोको क्षमता र उर्वरता कायम राख्नुपर्छ । 

वास्तवमा दिगो विकासको सिद्धान्तअनुरूप प्राकृतिक वातावरण र सामाजिक आर्थिक विकासबीच सन्तुलन कायम रहने गरी भू तथा जलाधार क्षेत्रको व्यवस्थापन एवं संरक्षणजस्ता कार्यक्रमलाई आधुनिकीकरण गर्दै जैविक विविधता संरक्षण र सम्बद्र्धन गरी उपयुक्त भूउपयोगमा टेवा दिनु वर्तमान समयमा प्रमुख आवश्यकता हुन पुगेको छ । त्यसो त वातावरण संरक्षण र सम्बद्र्धन गर्न तथा पृथ्वीलाई प्रदूषणरहित बनाई जीवित प्राणीको भौतिक अस्तित्व कायम राख्न पनि भूसंरक्षणको गहन महŒव रहेको हुन्छ । 

त्यसैले नेपालमा वर्षेनी प्रमुख प्राकृतिक विपत्तिका रूपमा देखापरिरहेको बाढी, पहिरो र भूक्षयको समस्या रोकथाम अथवा न्यूनीकरण गरी भूसंरक्षणसम्बन्धी विविध कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन अहिलेदेखि नै सोच्नु बुद्धिमानीपूर्ण कार्य हो ।


Views: 124