24th July | 2019 | Wednesday | 3:10:50 PM

हामी मासु खान्छौँ कि एन्टिबायोटिक !

डा. केदार कार्की   POSTED ON : चैत्र ३०, २०७५ (८:१८ AM)

हामी मासु खान्छौँ कि एन्टिबायोटिक !

एक्काइसौं शताब्दीको प्रवेशसँगै चिकित्सा विज्ञानले जनस्वास्थ्य क्षेत्र बिरामी उपचार गर्दै ब्यहोर्नुपरेको चुनौती भनेको बिरामीको उपचारमा प्रयोग गरिने चलनचल्ती तथा उत्तराआधुनिक एन्टिबायोटिक उपचार निष्प्रभावी हुनु मानिन्छ । यसो हुनुको मुख्य कारणा पशुपन्छीमा अनियन्त्रित रूपमा हुने गरेको एन्टिबायोटिक प्रयोगले ती पशुबाट उत्पादित पशुजन्य उत्पादनमा हुन जाने तिनको अवशेषको उपयोगको परिणतिको रूपमा लिइएको छ ।

अझ खाद्य शृंखलाका माध्यमबाट पशुमै एन्टिबायोटिक प्रतिरक्षा विकाश भएमा जीवाणु मानिसको शरीरमा प्रवेश गर्नसक्ने खतरा उत्तिकै छ । पशुपन्छीमा उपचारका क्रममा चाहिनेभन्दा बढी मात्रामा एन्टिबायोटिक प्रयोगले उत्पन्न समस्याले मानव स्वास्थ्यलाई त पिरोलेकै छ, यसका साथै पशुपन्छीहरूमा पनि रोकथाम गर्न अनि एन्टिबायोटिक पहिल्यै खुवाएपछि हलक्क बढ्छ भनी जथाभावी यसको प्रयोग गर्ने गरिएको छ । यसले गर्दा पशुपन्छी साँच्चै बिरामी पर्दा एन्टिबायोटिक दिएर उपचार गर्दा यो निष्प्रभावी हुने गरेको छ । यस्तो समस्याले कृषकमात्र होइन मै हुँ भन्ने पशुचिकित्सकहरू पनि रनभुल्ल परेका छन् ।

ब्याक्टेरियाले बनाउँछ निष्प्रभावी 

यसबारे भिन्न भिन्न सिद्धान्त छन् । उदाहरणका लागि सालमोनेला टाइफिमुरियम प्रजातिको ब्याक्टोरिया जुनसुकै खाले एन्टिबायोटिकको सम्पर्कमा आउँदा आफूलाई तुरुन्तै सुरक्षित पार्छ भने साल्मोनेला डबलिन भने त्यही खाले एन्टिबायोटिक लामो समयसम्म प्रयोग गर्दा पनि सम्वेदनशील रहन्छन् । त्यसैगरी स्ट्रेप्टोकोकस ओरियसका लागि पेनिसिलियम समूहको एन्टिबायोटिक प्रयोग गर्दा छोटो समयमा निष्प्रभाविताको समस्या देखापर्दछ भने, स्ट्रेप्टोकोकस निमोनिई प्रजातिमा यो समस्या देखा पर्न २० वर्ष लाग्नसक्छ ।

पशुपन्छाी उपचारका लागि फ्लुरोकुयिनोल समूहको औषधि प्रयोगमा ल्याउँदा कम्पाइलो ब्याक्टर प्रजातिका ब्याक्टेरिया तथा अप्रामाइसिन एन्टिबायोटिक प्रयोगमा ल्याउँदा इकोलाई तथा सालमोनाला प्रजातिका ब्याक्टेरियाले छिट्टै निष्प्रभावी पारे भने एम्पिसिलिनलाई निष्प्रभावी पार्न भने लामै समय प्रयोग गराएको हुनुपर्ने देखिन्छ । एकपटक प्रयोगपछि केही समय छाडी प्रयोग गर्दा ट्रासाइक्लिन समूहका एन्टिबायोटिकमा भने ब्याक्टोरियामा यिनको निष्प्रभावी गराउने क्षमता रहिरहने गर्छ । यसको विपरीत एमोपारसिन जस्ता एन्टिबायोटिकको हकमा भने यसको ठीक विपरीत हुने गर्छ । बिरामीलाई बिरामी परेपिच्छे एकै खाले एन्टिबायोटिकको प्रयोग गर्दा यस्तो समस्या बल्झिन सक्छ ।

निष्प्रभावी पार्ने क्षमता 

निश्चित तथा छोटो अवधिका लागि रोगअनुसार प्राय एन्टिबायोटिकको प्रयोग गरिन्छ । अर्कातर्फ निरोधात्मकरूपमा प्रयोग गराइने एन्टिबायोटिक पशुपन्छीका ठूला बथानमा उपचार गर्दा एन्टिबायोटिकको प्रयोग, पशुहरूको रोगको उपचार तथा रोगको नियन्त्रणजस्ता कार्यका साथै अधिक उत्पादन गरी आर्थिक लाभ लिनका लागि पनि यसको प्रयोग गर्न आवश्यक मानिन्छ । पशुपालन गरिने मुलुकमा पशुहरूको गोठको सरसफाइ तथा विभिन्न खाले सरुवा तथा संक्रामक रोगको नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गरिएका हँुदैनन् । 

यस्ता ठाउँमा पालेका पशुपन्छीलाई रोग लागिसकेपछि उपचार गर्न प्रयोग गरिने मात्राभन्दा कम मात्रामा एन्टिबायोटिक दिने हो भने पशुहरूको उत्पादकत्व स्थिर राख्न तथा वृद्धि गर्न सहायक हुने मानिन्छ । जनस्वास्थ्यका दृिष्टकोणले पनि यसरी एन्टिबायोटिकको प्रयोगले पशुपन्छीबाट साल्मोनेलाजस्ता विषाणु वातावरणमा प्रवाहित गर्न कम गराउने विज्ञको अनुमान छ । यसका साथै कुखुरामा अण्डा कुहिने रोग तथा बंगुरमा आउँमासी, झाडा पखालाका रोग नियन्त्रण गरेको पाइन्छ ।

उपचारात्मक एन्टिबायोटिकको प्रयोग छुट्टाछुट्टै जनावर वा सानो समूहका जनावरलाई प्रयोग गरिने मात्राभन्दा कम मात्रामा केही लामो समयसम्म प्रयोग गरिन्छ । अर्कोतिर उत्पादकत्व, शारीरिक तौलको द्रूत निकाश पशुपन्छीमा होस् भन्नका लागि एन्टिबायोटिक टाइलोसिन, भिरगिनियामाइसिन वा त्यस्ता तŒव जुन खासै एन्टिबायोटिक भनिने समूहमा पर्दैनन् प्रयोग गराइन्छ । जस्तै आएनोफोर समूहका औषधिहरू धेरै न्यूनमात्रामा लामो समयसम्म जनावर, गोठ, खोरमा रहेसम्म प्रयोग गराइन्छ ।

जनस्वास्थ्यको सुरक्षाको दृिष्टकोणले पशुजन्य उत्पादनमा एन्टिबायोटिकहरूको अवशेषको उपस्थितिले चुनौती सृजना गरेको छ । आज पशुपन्छी पालनका क्रममा एन्टिबायोटिकहरूको प्रयोग व्यापक भएको छ । सबै खाले प्रतिजैविक औषधीहरूको यदि लामो समय वा निर्धारित मात्राभन्दा बढी प्रयोग गरियो भने मानिस वा पशुपन्छी सबैमा यसले फाइदा पु¥याउनेभन्दा हानी गर्छ । यस्ता पशुबाट उत्पादित मासु तथा पशुजन्य पदार्थ हामीले प्रयोग ग¥यौँ भने प्रयोगकर्तामा पनि यसको प्रभाव देखिन थाल्छ । जथाभावी यी एन्टिबायोटिकको मनोमानी दुरुपयोग गर्नाले पशुमा रोग लागेर एन्टिबायोटिक प्रयोग गरी उपचार गर्दा औषधि त बिरामी निको पार्न निष्प्रभावी हुन्छ नै बरु त्यस्ता पशुबाट उत्पादन हुने पशुजन्य उत्पादनमा सञ्चय भई अवशेषको रूपमा रही ती उत्पादनसहित मानव शरीरमा प्रवेश गर्न सक्नेछ ।

मानव स्वास्थ्यमा एन्टिबायोटिक निष्प्रभाविताले सृजना गरेको समस्या पशुपन्छी पालन गर्दा ती पशुपन्छी बिरामी नपर्दै तथा बिरामी भएपछि पनि जथाभावी किसिम, मात्रा र समय सीमासम्म आवश्यक वा अनावश्यक एन्टिबायोटिक प्रयोग गर्दा संक्रमण गर्नसक्ने जीवाणु मानिसको शरीरमा प्रवेश गरी वासस्थान बनाउन सक्छ । त्यसो नभए पशुजन्य उत्पानमा अवस्थित एन्टिबायोटिकको अवशेष पशुजन्य खाना हुँदै मानिसको शरीरमा प्रवेश गरेर हाम्रो शरीरमा व्याक्टेरियाले उक्त एन्टिबायोटिकविरुद्ध सहनशीलताको क्षमता विकाश गर्नसक्छ । जसका कारण मानिस कुनै कारणले बिरामी हुनपुगे तिनलाई उपचार गर्न दिइने एन्टिबायोटिक निष्प्रभावी हुनजाने सम्भावना रहन्छ । विश्वको सबै ठाउँमा यो समस्या देखिएको छ ।

पशुपन्छी बधपछि ती पशुका तन्तुमा एन्टिबायोटिकको अवशेषको अवस्थितिको विश्लेषण गर्ने हो भने हाम्रा पशुपालन क्षेत्रमा के कस्ता समूहका एन्टिबायोटिकहरूको प्रयोग, उपयोग, दुरुपयोग भएको यकिन गर्न सकिने छ । जसअनुसार उत्पादन थलोमै यी रसायनको प्रयोगको न्यूनीकरण, निषेध, तथा नियमन गर्ने हो भने यो समस्या आधा समाधान हुन्छ ।

पश्चिमी मुलुकमा यो प्रक्रिया कानुनीरूपमा थालनी भएको छ । त्यसैले त्यहाँ निषेधित एन्टिबायोटिक समूह हाम्रो एग्रोभेट पसलमा आधुनिक, अति प्रभावशाली, सबैखाले पशुपन्छीका रोगब्याधीका लागि रामवाँण जस्तो बनी व्यापक छन् ।

तिनको मात्रा, अवधि, तरिका आदिबाट प्रयोगको कति पछि यसको अवशेष पशुपन्छीको शरीरबाट विसर्जन हुन्छ भन्ने थाहा पाएरमात्र पशुजन्य उत्पादन उपयोग गर्न सुरक्षित हुन्छ । तर यसबारे सूचना दिन आयातकर्ता, बिक्रेता तथा पशु स्वास्थ्य प्रविधिक, पशुचिकित्सक तथा विज्ञ सबैले आवश्यक ठानेका छैनन् ।

समस्याको न्यूनीकरण 

जनस्वास्थ्यमा एन्टिबायोटिक निष्प्रभावकारिता समस्या न्यूनीरकण गर्न हालको पशुपालन व्यवस्थापनमा सुधार तथा प्रचलित सरुवा तथा संक्रमक रोगहरूको नियन्त्रण एवं रोकथाम गर्नुपर्ने हुन्छ ।

मासु तथा अन्य पशुजन्य पदार्थको उत्पादन, प्रशोधन, स्वास्थ्य, सफा, स्वच्छ वातावरणमा गर्ने सुनिश्चितता तथा पशुपन्छीबाट मानिसमा सर्ने रोगबारेमा पशु उत्पादन मानिसको उपभोगको लागि तयार गर्ने बेलामै उचित निगरानी गर्ने हो भने आधा जनस्वास्थ्य सुरक्षित हुनेछ । यसबाहेक मानिसको उपचार हुने थलो, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथामिक उपचार केन्द्र, जिल्ला, क्षेत्र, उपक्षेत्र अनि विशिष्ट उपचारका लागि सञ्चालनमा रहेका नर्सिङहोममा कार्यरत स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरूले एन्टिबायोटिक प्रयोगले मात्र सबै प्रकारका रोग निको हुन्छन् भन्ने सोच त्यागी जुन बिरामीलाई, जुन समूहको एन्टिबायोटिक उपयुक्त मात्रा र अवधिका लागि चाहिने हो त्यसरी नै प्रयोग गर्नुपर्छ ।

युरोपियन युनियन तथा पश्चिमा मुलुकमा पशुपालनमा रोग नियन्त्रण एवं तौल तथा उत्पादन वृद्धिका लागि प्रयोग गरिने एन्टिबायोटिकको प्रयोग कानुनले निषेध गरेको छ । पशुपन्छी पालनमा स्वच्छता तथा सफाइ एवं स्वस्थताको स्थितिको व्यवस्थापकीय सुधार यसको उत्तम विकल्प हुनसक्नेछ । 

यसको लागि विभिन्न खाले इन्जाइम, जैविक, अम्ल प्रोबायोटिक्स, प्रिबायोटिक, माइकोटक्सिन वाइन्डर, वनस्पतिजन्य, आयुर्वेदिक औषधि, तथा तेल अनि रोग सहन सक्ने क्षमता अभिवर्धक औषधिको नियमित प्रयोगमात्र गर्ने हो भने त्यो एन्टिबायोटिकको प्रयोग प्रयोजनहीन हुनसक्छ । यसका लागि पहिला पशुचिकित्साकर्मी तथा विज्ञ चिकित्सकहरूको चिन्तनमा परिवर्तन आवश्यक छ ।

प्रिवायोटिक, प्रोवायोटिक अनि टक्सिनवाइन्डरयुक्त औषधिको प्रयोगले पशुको शरीरमा पुगेपछि त्यहाँ रहेका स्वास्थ्यमा असर पु¥याउने जीवाणु, विषाणुलाई विस्थापति गरी शरीरबाट बाहिर निकाल्न मद्दत पु¥याउँछ । यसबाहेक त्यस्ता शरीरलाई क्षति पु¥याउने सूक्ष्म जीवलाई आवश्यक पर्ने आहारा तथा पोषक तŒव प्रयोगबाट रोक्छ भने पशुमा आहाराबाट प्राप्त हुने पोषक तŒवको अत्यधिक उपभोग गराउन मद्दत पु¥याउँछ । जसका कारण पशुन्छी पनि हृष्टपुष्ट अनि तन्दुरुस्त हुन्छन् ।

अर्कोतर्फ जैविक अम्ल तथा तिनका नुनजन्य गुणको कारण पशुपन्छीको दानापानीमा प्रयोगको उपादेयताका बारे विगत २५ वर्षको वैज्ञानिक अध्ययन अनुसन्धानको निचोड झन् आशलाग्दो छ । यिनको दानापानीमा यसको प्रयोगले ब्याक्टेरिया वंशवृद्धिमै अवरोध पु¥याउँछ नै दानापानीसँग मिसिएर पुगेको यो रसायनले पशुपन्छीको पेट र आन्द्रामा अवस्थित ती सूक्ष्म जीवाणुलाई समेत नष्ट पार्छ ।

त्यसमा थपिएको इन्जाइम, वनस्पतिजन्य औषधि अनि रोग रोक्नसक्ने क्षमतावद्र्धक औषधिको नियमित प्रयोग गर्ने हो भने हाम्रा पशुपन्छीलाई रोग कम लाग्छ । त्यसो भएमा किन अन्यत्र प्रयोगहीन भनेको महँगो एन्टिबायोटिकमा खर्च किसानले गर्नुप¥यो ? यी औषधि पशुको शरीरमा नै प्रयोग भइसक्ने हुँदा यिनको अवशेष तिनबाट उत्पादित पशुजन्य उत्पादनमा अवशेषका रूपमा सञ्चय पनि हुँदैनन् । अनि हाम्रा पशुजन्य उत्पादन विशुद्ध जैविक (आर्गानिक) उत्पादन हुन जान्छ, जुन जनस्वास्थ्यका लागि सुरक्षित पनि हुन्छ ।

जलवायु परिवर्तन, भूवाष्पीकरण, ग्लोबल वार्मिङले पिरोलेको यो भूमण्डलमा अवस्थित मानव समुदाय, पशुपन्छी तथा बोटबिरुवाकै लागि गुणात्मक स्वास्थ्य जीवन कसरी प्राप्त गर्ने भन्ने बडो जोखिमपूर्ण चिन्ताको विषय यस क्षेत्रमा कार्यरत जनस्वास्थ्यकर्मीमा रहेको छ । यसकालागि हाल अत्यधिक मात्रामा प्रचलनमा रहेको एन्टिबायोटिकहरूको प्रयोग, दुरुपयोग अनि अति उपयोग कसरी न्यून गर्ने वा निषेध, नियमन गर्ने भन्ने सबैको साझा चिन्ता हो । साथै यसको विकल्पमा प्रयोग गर्न सकिने लाभदायक, सुरक्षित औषधिको प्रयोग कसरी प्रोत्साहन गर्ने भन्नेबारे औचित्य पुष्टि गर्नेबारे चुनौती पनि छ । 

यसका लागि मुलुकमा भित्रिने सबै प्रकारका औषधिजन्य रसायन, त्यसका प्रष्ट विवरण, तिनको आधिकारिक व्यक्तिबाट सिफारिस भई आएपछि मात्र प्रयोग, पशुपन्छीमा त्यसको प्रयोगपछि तिनबाट उत्पादित पशुजन्य पदार्थ जनसमुदायको उपयोगका लागि बिक्री गर्ने अवधि एन्टिबायोटिकको किसिमअनुसार तोकिनु उचित हुन्छ । 

एन्टिबायोटिकको अवशेषको अवस्थितिको विश्लेषण गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था गर्नुका साथै मानिसको स्वास्थ्यमा असर पार्ने मात्रा तथा स्तरमा एन्टिबायोटिकको अवशेष भेटिएमा त्यस पशु, पशुपालन क्षेत्रबाट उत्पादन भएका पशुजन्य पदार्थ मानवीय उपभोगका लागि निषेध गर्नुपर्छ । यति गर्न सकियो भने मात्र जनस्वास्थ्य सुरक्षित हुन्छ ।


Views: 104