25th May | 2019 | Saturday | 3:47:05 AM

दुई तिहाइको कोलाहल

राजन कार्की   POSTED ON : बैशाख १२, २०७६ (९:२० AM)

दुई तिहाइको कोलाहल

महात्मा गान्धी कुष्ठरोगीको सेवा गर्थे, परचुरे शास्त्रीलाई कुष्ठरोग लागेको थियो, गान्धी आफैँ उनको कुष्ठरोगको घाउ धोइदिन्थे । एकदिन धुरन्धर पण्डित सुन्दरलालले गान्धीलाई भने– बापु, मलाई कुष्ठरोगको ओखती थाहा छ । कालो सर्पलाई हा“डीमा हालेर खुब तताउने । जब सर्पको खरानीमात्र बा“की रहन्छ, त्यो खरानी महमा फिटेर मलम बनाएर लगाए कुष्ठरोग निको हुन्छ । गान्धी मुसुक्क हा“सेर भने– त्यसो भए मलाई नै हा“डीमा हालेर खरानी बनाऊ । म सर्पलाई त्यसरी मार्न सक्दिनँ ।

अर्को प्रसङ्ग छ चीनको । एक दिन सम्राटले कन्फ्युसियसलाई महान मान्छे देखाऊ भन्ने हुकुम दिए । कन्फ्युसियस महान मान्छे को हो भनेर खोज्न हि“डे । उनले मान्छेमा महान को हो पत्तालगाउन सकेनन् र दरबार फर्किंदै थिए । बाटोमा एउटा बुढो मान्छे कुवा खन्दै थियो । कन्फ्युसियसले सम्राटलाई त्यही बूढो मान्छे देखाइदिए र भने– सम्राट त्यो बूढो मान्छे, दुब्लो र पालतो पनि छ । परोपकारका लागि कुवा खनिरहेको छ, ऊ त्यसैमा आनन्दित छ । त्योभन्दा महान मान्छे अरू को हुनसक्छ ¤

नेपालका सन्दर्भमा देश रोगी छ, कुष्ठरोगीभन्दा पनि असाध्य रोगी । युवा छैनन्, गाउ“, बस्ती युवाविहीन हुन थालेका छन् । बूढा र बालबालिकाको देश बन्दैछ नेपाल । शासनसत्ताको बागडोर नेकपाको हातमा छ, तर असाध्यै रोगले ग्रस्त मुलुकको घाउ धोई पखाली गर्ने, सन्चो पार्ने कुनै प्रयास सरकारले गरेको छैन । जसरी फोहर पानीमा भैंसी आहाल बस्छ, सरकार त्यसैगरी अमानवीयता, भ्रष्ट, अनैतिकता, निष्ठाहीनता र आफन्तवादमा रमाइरहेको छ, उग्राइरहेको छ । सरकारमा कुनै गान्धी छैन । नेपालको राजनीतिमा कोही त्यागी छैन ।

नेपालमा राजा फालेर नवसम्राटको उदय भएको छ । कुनै कन्फ्युसियस छैन, जसले सम्राटलाई महान व्यक्ति देखाइदेओस् । ताकपरे संविधान, नत्र सडकगान गर्ने र लाभका लागि सबै सत्तापक्ष हुनसक्ने ल्याकत भएका छन्, महान बन्ने ताकत कसैमा देखिँदैन । सबैलाई महान भनाउने भ्रमले छोपेको छ । जो अ“ध्यारोमा बस्न रुचाउ“छ, ऊ उज्यालोको दुश्मन हो । भाले नबासे पनि उज्यालो हुन्छ भन्ने यिनले बुझेका छैनन् । समयले कहिल्यै सूर्य अस्त नहुने बेलायतलाई परिवर्तन गरिदियो, यस्ता मुढ शासकहरूलाई कसरी पर्खन्छ र ¤ समय अघि बढ्यो र राणा शासन गयो, समयले राजतन्त्रको अन्त्य गरिदियो, समय यिनलाई पनि कुल्चेर अघि बढ्छ ।

कसलाई थाहा छ समयले कसलाई उचाल्छ र कसलाई पछार्छ ¤ समय कुनै पार्टीको बन्दी छैन । समयको बन्दी सबै छन् । जे ल्याउ“छ समयले ल्याउ“छ । फास्ट ट्र्याकबाट २०७२ असोज ३ गते संविधान जारी गरियो । संविधानअनुसार चुनाव भयो, संघीयता आयो । तर, संविधानको यहा“सम्मको कार्यान्वयनले सुशासन आएन । संघीयता जनताले तिरेको करबाट पार्टी कार्यकर्ता पालित–पोषित हुने पञ्चदेवलको हण्डी अथवा सित्तैमा खान पाइने संस्कृत पाठशालाको खान्की पो बन्न पुग्यो ।

गर्नुपर्ने जनसेवा हो । राजनीति र प्रशासनको पहिलो कर्तव्य जनसेवा हो । जनसेवाका नाममा निजीसेवा शासन प्रशासनमा लागेको महारोग हो । जसरी ऐंजेरुले रुख सखाप पारिदिन्छ, त्यसैगरी अनैतिकताले राजनीतिमात्र होइन, प्रशासनमा समेत धोत्रो पस्दै गएको छ । 

राजनीतिलाई व्यवसाय र प्रशासनलाई शोषणको माध्यम बनाइएको छ । तेल पनि दे, घसी पनि दे भन्ने उखानझैँ तलब पनि खाने, कमिसन र घूस पनि खाने । देश टाट पल्टाउने भ्रष्टाचारको भाइरस सफा गर्न सकिएन भने यही रोगले देश निल्छ ।

भ्रष्टाचारकै कारण यतिबेला जन्मको आधारमा वंशजको नागरिकता वितरण भइरहेको छ । तराईका जिल्लाहरूमा नागरिकता लिन भारतबाट आएको ओइरो देखेर राजनीति र प्रशासन खुशी छन् । किन ? संसारमै नभएको नागरिकता वितरणको यो लूटको धन फुपुको श्राद्ध शैलीले आखिर जनसंख्या अतिक्रमणबाट नेपालीलाई अल्पमतमा पार्ने, तराईलाई विखण्डन गर्ने जग बसाल्ने काम भइरहेको छ । यो राष्ट्रघातमा समेत अदालतको समर्थन ¤ सर्वोच्च अदालत के भन्नु, सर्वदलीय अदालत । 

राजनीतिले बाटो बिराउ“दा, सरकारले गलत गर्दा, त्यसलाई रोक्ने र नेपालीको चाहनाको संरक्षण गर्ने दायित्व बोकेको अदालतमा समेत भागबण्डे नियुक्तिले न्यायसमेत आस्थाका आधारमा हुने खतरा भएको छ । भर्खरै आचारसंहिता जारी गरेको सर्वोच्चभित्रै कति यसको पालना हुन्छ, त्यो प्रतीक्षाकै विषय छ । मन्दिरजस्तो स्वच्छ र स्वतन्त्र होस् न्यायालय, आमचाहना यही छ । 

चुनावबाट पाँच वर्षका लागि आएको स्थिर सरकार छ । यो सरकारले जति पनि नकामहरू गरेको छ, जति पनि खान नहुने बर्जित फल खाएको छ, हुने विरुवाको चिल्लो पात कदापि होइन । सुडान काण्ड, सुन काण्ड, लडाकु भत्ताकाण्ड, नक्कली भ्याटकाण्ड, एनसेल काण्ड, ललिता निवास जग्गाकाण्ड, वाइड बडी विमानकाण्ड, प्रधान न्यायाधीशकाण्ड, कर फस्र्यौटकाण्ड, आयल निगमको जग्गा खरिदकाण्ड, मानव बेचबिखनमा राजदूतको संलग्नताकाण्ड, संवैधानिक निकायमा भागबण्डाकाण्ड, विप्लव र सिके राउत काण्ड, राष्ट्रघाती सन्धि र सीमा अतिक्रमणकाण्ड, स्रोतसाधन विदेशीको हातमा दिनेकाण्ड । काण्डै काण्डको कालो बादलमा रुमलिँदै सपना र भ्रम छरेर चलेको छ दुई तिहाइको नेकपा सरकार ।

अस्थिरता र अराजकताको प्रतीक बनेको छ नेकपाको सरकार । राष्ट्रिय राजनीतिक मुद्दाहरू धेरै छन्, सहमति र सहकार्य छैन, सर्जरी गर्नुपर्ने मुद्दाहरू क्रोनिक बनेर राष्ट्रै ढाल्ने जोखिम बढेर गएको छ ।

मै शक्तिशाली हु“ भन्ने, पैसा कमाउने, आफ्ना गुटलाई बलियो पार्ने, आफूले भनेजस्तो हुनुपर्छ भन्ने अहंकारको प्रदर्शन राजनीतिक महारोग हो । यो रोग नितान्त स्वार्थको रोग हो । विदेशीले नेपाली नेताहरूलाई यति बिघ्न स्वार्थी र सम्भ्रान्त जीवनशैलीको सा“चोमा ढालिदिएका छन् कि यिनीहरू हुकुमी शैलीमा अथवा झिँझाको सरदारको शैलीमा सरकार चलाउन खोज्दैछन् । आधुनिक नेपाल विधिबाट होइन, बलबाट चल्न चलाउन थालिएको छ । यो देख्दा लाग्छ बाघ भनेर चुनाव जिताएकाहरू त वनबिरालो पो सावित हुनथाले । 

नेकपाको सरकार र वनबिरालोमा कति भिन्नता छ ? यसको एउटै उदाहरण पर्याप्त छ– तीन वर्षमा आउनुपर्ने मेलम्ची १७ वर्षमा पनि आउन सकेन, ७ अर्बमा बन्नुपर्ने यो राष्ट्रिय प्राथमिकताको आयोजना पूरा हुन खर्बौंले नपुग्ने भयो ।

संक्रमणकालीन न्याय के हुने ? कुनै टुंगो छैन । जनयुद्धकारी शक्ति दोषमुक्त नभइकन सत्तामा छ । ऊस“ग दुई तिहाइको समर्थन पनि छ । उसले आफूअनुकूल कानुन बनाएर बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोगका माध्यमबाट त्यहा“ परेका ६३ हजार उजुरीको व्यवस्थापन गर्ने योजनामा काम गरिरहेको छ । विपक्षी सत्तापक्षजस्तो देखिन्छ र अन्तर्राष्ट्रिय रूपमा न्यायका पक्षधरहरू नेपालमा के हुनलाग्यो, दण्डहीनता बढाउन खोजियो भनेर आपत्ति प्रकट गरिरहेका छन् । नेपालमा रहेका २९ प्रकारका कूटनीतिक तप्का पनि यस बारेमा सतर्क देखिन्छन् । यति हु“दा पनि नेकपा आममाफीको तयारीमा जुटिरहेको छ । नेकपाको यो नीति अर्को घातक जीवाणु सलबलाएको रूपमा पनि हेर्न सकिन्छ ।

समष्टिमा जनयुद्ध र जनआन्दोलनको उपलव्धि के हो ? यो सवालको जवाफ भनेको १२ बु“दे सम्झौता हो । नेपालको राजनीति र सत्ता यही सम्झौताको परिक्रमा गरिरहेको छ । स्वाधीनता गलाउने, सार्वभौमिकता कमजोर पार्ने जडी कडी पनि यही हो । जम्माजम्मी उपलव्धि भनेको राजतन्त्रको अन्त्य गर्ने राजनीतिक घोषणा र हिन्दूराज्य फालेर क्रिश्चियन संसार गुलजार गरेर भ्रष्टाचार बढाउने तन्त्रमन्त्र पनि यही हो । योबाहेक नया“ कुन उपलव्धि देखियो ? जनताले सन्तोष गर्ने विषय के छ ? द्वन्द्व जारी छ । शान्ति र सन्तोष, समृद्धि र सुख कहा“ आयो ? सत्ताधारीको आ“गन सफा छ, आमनागरिक खप्परमा हात राखेर टोलाउन किन बाध्य छन् ?

संविधान, निर्वाचन र निर्वाचित सरकार कोरामिनमात्र भयो, जसले नेपालीत्व बचाउँनै सकेन । नेपालको हितमा बोल्ने नेता देखिन छाड्यो । खानु खुट्नु केही नपाउने आमजनता सत्ताधारीको लूट दर्शक बनेर हेर्न र व्यथित हुन बाध्य भइरहेका छन् ।

मानौँ टँुडिखेलको दक्षिणी कुनामा वर्ष वर्ष दिनमा मनग्गे खान दिन्छौँ, जनतालाई दुःख नदेऊ भनेर थान्को लगाएर राखिएको गुरुमापा भनेको नेकपाको सरकार हो । जो यतिबेला दुई तिहाइको प्रचण्ड मतले उन्मादी भएर जुरुक्कै उठेको छ । देशै कोलाहलमय बनेको छ ।

डाक्टरले राजनीति गर्ने, वकिलले कानुनको नौ सिङ देखाउने देश हो यो । तलब खाने कर्मचारी टे«ड युनियन खोल्छन्, शिक्षक, व्यापारी करोडमा सभासद् किनेर जनप्रतिनिधि बन्छन् । दोहोरो नागरिकता भएका, तस्कर भनेर चिनिएका व्यक्ति सरकार र संसद्मा पुग्ने देश, श्रीमती, साली, गर्लफ्रेण्डलाई सभासद् बनाउने पार्टीहरूले शासन चलाएको देश पनि यही हो । रेड पासपोर्ट बेच्ने छ“दै थिए, दर्जनौं सभासद मानव तस्करी गर्नेमा प्रमाणित नै भइसकेका छन् । हत्या, अपहरण, अपचलन, हिंसा, अमानवीय कार्यको दागलागेकाहरू जेल होइन, संसद, सरकारमा देखिन्छन् भने तिनले बनाएको बिधिले बिधिको शासन स्थापित गर्ला कि झिँझाका मंगलसेनले तर्साउला ? अनि देशमा हरेक दिन गाईजात्रा नभए के हुन्छ ? 

अरू राष्ट्रमा कानुन, इमान, त्याग, नीति, नैतिकता, लोकलज्जाको डरले विकास दौडिन्छ, नेपालमा सिण्डिकेट र सेटिङमा जे पनि हुने गरेकाले मंगलसेनको घोडामात्र कुद्छ । हाम्रा नेता र प्रशासनको विकास भनेको परीक्षण गर्दा गर्लम्मै ढलेको सांसद ठेकेदारले बनाएको सिक्टा सिंचाई आयोजनाको बा“ध हेरेपछि थप केही हेर्नै पर्दैन ।

भनिन्छ, अरू नशाभन्दा लागूऔषधको नशा कडा । लागू औषधभन्दा पनि राजनीतिमा सत्ताको नशा झन् कडा । १९३२ को जर्मनको नाजीवाद र नेपालको सत्ता राजनीतिमा कुनै अन्तर देखिन छाड्यो । पार्टीहरू दुर्योधनको अवतार बनेर लोकतन्त्रका मर्म र मर्यादामाथि निरन्तर प्रहार गरिरहेका छन् । पार्टीभित्रको मानसिकता सिंहदरवारको सत्ताभन्दा पर केही देख्दैन । त्यसैले जनताबाट यिनीहरू टाढिँदै गएका छन् । सत्ताको तिर्खा जति बढायो बढ्छ । सत्ता राष्ट्र र जनताका लागि होस् भन्ने बोध नगर्दा राष्ट्र संकटको भूमरीमा फस्यो । निकासशून्य अनेकन राजनीतिक मुद्दाहरू भड्खालो बनिसक्यो । यो भड्खालोको धारमा रेटिएर रगत बगाउनु पर्ने जोखिममा छौँ हामी ।

सारा राजनीतिको मर्मको विश्लेषण गरेर सौरभले लेखेका छन्–‘आफैँ माध्यम भएर जनताको छोरालाई शहीद बनाउ“छन् र शहीदका नाममा स्मृति प्रतिष्ठान दर्ता गराएर आफ्ना भाइ, भतिजा र रखौटीका नाममा राजधानीमा पा“चतारे शैलीका महल खडा गर्छन् ।’ नेताहरूले ऐनामा आफ्नो अनुहार एकपटक हेर्ने कि

Views: 110