19th September | 2019 | Thursday | 3:08:40 PM

दक्षिणी एशियाको राजनीतिमा वंशवाद

श्रीमन्नारायण   POSTED ON : बैशाख १३, २०७६ (१०:३३ AM)

दक्षिणी एशियाको राजनीतिमा वंशवाद

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा हाल १७ औं लोकसभाको निर्वाचन हु“दैछ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्ताधारी भारतीय जनता पार्टी गठबन्धन, भारतको सबैभन्दा पुरानो राजनीतिक पार्टी भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन तथा भारतका क्षेत्रीय राजनीतिक पार्टीहरूको गठबन्धनबीच त्रिकोणात्मक चुनावी प्रतिस्पर्धा भइरहेको देखिन्छ । निर्वाचनपछि मोदीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सबै विपक्षी दलहरू एकजुट हुनसक्ने सम्भावना पनि रहेको देखिन्छ । चाँडै आउने निर्वाचन परिणामले प्रष्ट पार्ने नै छ । 

तर, यस निर्वाचनलाई मोदीले जनताका सेवक तथा वंशवादबीचको लडाइ“को रूपमा प्रचार गरिरहेका छन् । विपक्षी राजनीतिक दलका अधिकांश नेताहरूले परिवारवादको राजनीतिलाई निरन्तरता दिइरहेका छन् । मोदीको यस अपिलको प्रभाव पनि जनतामा परेको जस्तो देखिन्छ ।  वंशवादको राजनीतिलाई समर्थन गर्न देशका युवाहरू पनि तयार देखिँदैनन् । आमभारतीय मतदातालाई पनि मोदीको यस अपिलले आकर्षित गरेको देखिन्छ ।  

दक्षिणी भारतको कर्नाटक प्रान्तको राजधानी बेंगलुरूको दक्षिणी बेंगलुरू संसदीय निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीले दिग्गज नेता तथा त्यहा“बाट लगातार छ पटक चुनाव जितेका स्वर्गीय अनन्त कुमारकी पत्नी तेजस्विनी अनन्त कुमारलाई उम्मेदवार नबनाएर भाजपाले २८ वर्षीय युवा होनहार तेजस्वी सूर्यालाई उम्मेदवार बनाएका कारण त्यहा“का मतदाता पनि युवा अनुहारको समर्थनमा उभिएका छन् । यद्यपि त्यस निर्वाचन क्षेत्रबाट भारतीय कंग्रेसले आफ्नो महासचिव तथा दिग्गज नेता विके हरिप्रसादलाई तर्पmबाट उम्मेदवार बनाएको छ । यहाँको टक्कर हेर्न लायक हुनेछ । 

सन् २०१४ को निर्वाचनमा भाजपाले त्यस प्रदेशको २८ सिटमध्ये २० सिट जितेको थियो तर अहिलेको परिस्थिति विगतको भन्दा भिन्न छ । किनभने, पाँच वर्षअघि कांग्रेस, जनता दल (सेक्युलर) तथा भारतीय जनता पार्टीबीच त्रिकोणात्मक प्रतिस्पर्धा भएको थियो जबकि यसपालि प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता दल सेक्युलर तथा कंग्रेस गठबन्धनसित भाजपाले सोझो प्रतिस्पर्धा गर्नुपर्नेछ । 

जब भाजपाका युवा नेता तेजस्वी सूर्याले काश्मिरका भूतपूर्व मुख्यमन्त्रीहरू फारुख अबदुल्लाहका सुपुत्र उमर अब्दुल्लाह एवं मुपफ्ती मोहम्मद सइदकी छोरी महबुबा मुपफ्तीदेखि लिएर तमिलनाडुका मुख्यमन्त्री करुणानिधिका सुपुत्र एमके स्टालिन एक अर्कासित मिलेर मोदीलाई किन हराउन खोजिरहेका छन् भन्ने प्रश्न तेस्र्याउ“दा मतदाताहरू केहीबेर सोच्न बाध्य भइहाल्छन् । उनी कांग्रेसका अध्यक्ष राहुल गान्धी, उनकी आमा सोनिया गान्धी तथा बहिनी प्रियंका गान्धीमात्रै होइन कि कर्नाटकका दिग्गज नेता पूर्वप्रधानमन्त्री एचडी देवगोडा तथा उनका सुपुत्र एवं कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीको पनि चर्चा गर्न बिर्सिंदैनन् ।

तेजस्वी सूर्या युवा भएर पनि तथ्य एवं तर्कसहितका कुरा गर्नमा पोख्त छन् । भारतको एक चर्चित न्युज च्यानलमा तेजस्वी सूर्याले जवाहरलाल नेहरू विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष वामपन्थी विचारका कन्हैया कुमारसित रोचक बहस गरेका थिए । यस बहसलाई लाखौं भारतीयहरूले मन पराए । युट्युबमा हेर्नेहरू पनि लाखौं देखिए । यद्यपि भाजपाका वरिष्ठ नेता स्वर्गीय अनन्त कुमारकी पत्नी तेजस्विनी अनन्त कुमारले पनि विगत लामो समयदेखि सामाजिक कार्यहरू एवं राजनीतिक कार्यक्रमहरूमा समेत पनि सक्रिय भूमिकाको निर्वाह गर्दै आएकी छन् तर भाजपाले यसपालि युवा नेतामाथि बढी विश्वास ग¥यो चुनावी फलाफलको वास्ता गरेन । 

भारतीय राजनीतिमा गान्धी नेहरू परिवारको आप्mनो विशिष्ट पहिचान छ । भारतलाई विदेशी अंग्रेजहरूको सयौं वर्ष लामो शासनबाट मुक्ति दिलाउनमा यस परिवारले ठूलो भूमिका निर्वाह गरेको छ । यसको योगदान सर्वाधिक छ । भारत स्वतन्त्र भएपछि देशलाई एकसूत्रमा बा“धेर राख्नु ठूलो चुनौतीपूर्ण कार्य थियो ।

तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले छिमेकी राष्ट्रहरूसित सुमधुर सम्बन्ध बनाउने काम गरे । पण्डित नेहरूको शासनलाई भारतको इतिहासमा स्वर्णीम शासनकालको रूपमा चित्रण गर्ने गरिन्छ । पण्डित नेहरूकी सुपुत्री श्रीमती इन्दिरा गान्धीले पनि राजनीतिको धेरै सूक्ष्म एवं गहिरो अध्ययन गरेकी थिइन् । तत्कालीन भारतीय कंग्रेसका सफल प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै निजी अंगरक्षकले गोली हानी हत्या गरेका थिए । श्रीमती गान्धी अपेक्षाकृत कठोर स्वभावका राजनीतिज्ञको रूपमा मानिन्छिन् र भारतीय राजनीतिमा यसैगरी उनको चित्रण हुने गरेको छ ।  

श्रीमती इन्दिरा गान्धीको हत्यापछि उनकै सुपुत्र राजीव गान्धीले सरकारको नेतृत्व गरे । राजीव गान्धीको पाँच वर्षको कार्यलाई पनि सफलै मान्ने गरिन्छ । उनले कम्प्युटरको प्रयोगमाथि जोड दिएका थिए तर त्यतिबेलाका भारतका वामपन्थी एवं समाजवादी नेताहरूले यसलाई ठट्टाको रूपमा लिएका थिए । कतिपय इस्लामिक राष्ट्रहरूमा त प्रिन्टिङ प्रेसजस्तै कम्प्युटरलाई पनि केही कट्टर धार्मिक नेताहरूले इस्लामविरोधी मेशिनको संज्ञा दिएका थिए । यो बेग्लै कुरा हो कि यसको उपयोगिता र महŒव बुझेपछि अब सबैले यसको प्रयोग गर्न थालेका छन् । 

राजीव गान्धीको हत्या पनि दक्षिण भारतको एउटा निर्वाचन क्षेत्रमा चुनावी प्रचारको क्रममा भएको थियो । राजीव गान्धीकी विधवा सोनिया गान्धीले चाहेको भए सन् २००४ देखि २०१४ सम्म देशको नेतृत्व गर्न सक्थिन् तर उनले देशका चर्चित अर्थशास्त्री डा. मनमोहन सिंहलाई प्रधानमन्त्री बन्ने बाटो खुला गरिदिइन् । जसरी चीनको आर्थिक विकासमा त्यहा“का पूर्वप्रधानमन्त्री देंग जिआको पिंगको योगदानलाई महŒवपूर्ण मानिन्छ त्यसरी नै भारतको आर्थिक विकासमा पूर्वप्रधानमन्त्री पिभी नरसिंह राव र डा. मनमोहन सिंहको योगदान महŒवपूर्ण मानिन्छ । 

गान्धी नेहरू परिवारको चौथो पुस्ताको रूपमा राहुल गान्धीले कंग्रेसको नेतृत्व लिएका छन् । यस निर्वाचनमा कंग्रेसले सफलता हासिल ग¥यो भने यसको श्रेय राहुल गान्धीलाई नै जानेछ तर पार्टीले पराजय भोग्नुप¥यो भने राहुल गान्धीले अर्को पाँच वर्ष थप कडा परिश्रम गर्नुपर्नेछ । चुनावमा एक्लो कंग्रेसले बहुमत ल्याउने सम्भावना छैन । क्षेत्रीय राजनीतिक दलहरूको गठबन्धनमा आधा दर्जनभन्दा बढी व्यक्ति प्रधानमन्त्रीकै उम्मेदवार हुन् । तसर्थ राहुल गान्धीले सबैको समर्थन हासिल गर्नु तथा सबैको चित्त बुझाउ“दै शासन गर्न सहज हुनेछैन । मोदीले चुनाव हार्ने सम्भावना पनि कमै देखिन्छ । अर्को पाँच वर्ष पनि मोदी नै प्रधानमन्त्री हुने निकै बलियो अनुमान भारतमा छ ।

क्षेत्रीय पार्टीहरूमा उत्तर प्रदेशमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवकै परिवारबाट आधा दर्जन जतिले चुनाव लडिरहेका छन् भने विहारमा पनि लालु यादवको परिवारबाट दुई जनाले चुनाव लडिरहेका छन् । हाल भ्रष्टाचारको आरोपमा जेलमा रहेका लालु यादवको पार्टीको चुनाव प्रचारप्रसारको जिम्मा उनका कान्छा छोरा एवं विहारका भूतपूर्व मुख्यमन्त्री तेजस्वी यादवले उठाएका छन् ।

पश्चिम बंगालमा पनि मुख्यमन्त्री ममता बनर्जीले आप्mनो भतिजोलाई राजनीतिमा धेरै महŒव दिएको आरोप लाग्दै आएको छ । भाजपा तथा कम्युनिष्ट बाहेकका राजनीतिक पार्टीहरूमाथि परिवारवादको आरोप लाग्दै आएको छ । भाजपाका सहयोगी ठूला दलित नेता रामविलाश पासवान पनि पारिवारिक घेराबाट कहिल्यै बाहिर आउन चाहेनन् । यस निर्वाचनमा पासवानबाहेकका वंशवादको राजनीतिमा विश्वास राख्नेहरूले असफलता भोग्ने सम्भावना छ । 

श्रीलंकामा पूर्वप्रधानमन्त्री सिरिमाओ भण्डारनायकेका परिवारका सदस्यहरू अहिले पनि त्यहा“को राजनीतिमा मुख्य भूमिकाको निर्वाह गरिरहेका छन् । बंगलादेशमा पनि शेख मुजिबुर रहमान र जियाउर रहमानकै परिवारको वरिपरि त्यहा“को राजनीति केन्द्रित छ । 

पाकिस्तानमा लामो समयसम्म जुल्फिकार अलि भुट्टोको परिवार नै गैरसैनिक राजनीतिको केन्द्रमा देखिएको थियो तर केही अघि सम्पन्न निर्वाचनमा भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी तेस्रो स्थानमा खुम्चिएपछि अब पाकिस्तानको राजनीतिमा नवाज शरीफको परिवारले त्यो स्थान ओगट्न थालेको देखिन्छ । सानो देश माल्दिभ्समा पनि गयुम परिवारको वर्चस्व कायम छ । 

हाम्रो देशमा पनि कोइराला परिवारको भूमिका र महŒव अहिले पनि अग्रपंक्तिमा छ । आज पनि केही प्रतिशत नेपाली जनता कोइराला परिवारमाथि विश्वास राख्छन् । मधेसवादी दलका नेताहरू त बलजफ्ती आप्mनो परिवारका सदस्यहरूलाई राजनीतिमा स्थापित गराउँन चाहन्छन् । 

गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसका सभापति र देशका शक्तिशाली प्रधानमन्त्री रहेका बखत पनि उनकी छोरी सुजाता कोइराला सुनसरीमा पराजित भएकी थिइन् । तसर्थ अब नेपालमा पनि वंशवादी राजनीतिमाथि विश्वास राख्नेहरूले पराजय भोग्नुको विकल्प हुनेछैन । समानुपातिक कोटाको सिट अवश्य पनि परिवार एवं वंशवादी राजनीति गर्नेहरूको निम्ति सजिलो बाटो सावित भइरहेको छ तर जनताको प्रत्यक्ष मत हासिल गरेर वंशवादी राजनीतिलाई बढाउन कठिन हुनेछ ।

भारतका प्रधामन्त्री नरेन्द्र मोदीले वंशवादी राजनीतिका विरुद्धमा जुन अभियान चलाएका छन् त्यसको असर दक्षिण एशियाका बा“की देशहरूमा पनि पर्ने निश्चित छ । 

 


Views: 85

सम्बन्धित सामग्री:

सत्ताको अहंकार

राजन कार्की : आश्विन २, २०७६ (१०:०१ AM)

संविधान यात्रा

गोविन्द लुइँटेल : आश्विन १, २०७६ (९:५१ AM)