7th December | 2019 | Saturday | 11:49:31 AM

लघुकथा : पुनर्मिलन

सीताआस्था ढुंगेल   POSTED ON : बैशाख १४, २०७६ (११:२२ AM)

लघुकथा  : पुनर्मिलन

उसको रातो डायरी पढेपछि म पागल जस्तै भएँ । यतिमिल्ने साथीले यसरी किन कुरा लुकाई ? मेरै प्रेमीसँग उसले प्रेम कसरी गरी ? कि उसको एकतर्फी प्रेम त होइन ? मेरो बारेमा केही शंका उठेर हुन सक्छ । उसले लामो डायरी लेखेर मैले देख्ने गरी टेबुलमा छाडेको । मैले माया गर्ने पनि रोहन । उसले मायागर्ने पनि रोहन ।

अरूलाई आफ्नो मान्छे सुम्पन सक्ने कत्तिसम्मको महानता मेरो । दुबैको प्रेम थियो या थिएन भन्ने अध्ययन नगरी आफूले माया गरेको मान्छे त्यागिदिएँ । मेरै साथी रुवाएर कसरी बिहे गर्नु ? ऊ पनि यौटी नारी हो । म पनि नारी । बरु उसैसँगै बिहे होस् । म एक्लै बाँचौला ।

सुधालाई सोधिनँ मैले । त्यो उसको प्रेम कथा । डायरी भएपछि पुग्यो । रोहनसँग असाध्यै गुनासो गर्नमन लाग्यो । किन दुई जनासँगै प्रेम गर्नु ? त्यही पनि साथी साथीबीचको सम्बन्ध तोड्ने गरेर । सुधासँग पनि म टाढिएँ । रोहनलाई पनि सम्पर्क टुटाइदिँए ।

दुई महिनापछि सुधाको रोहनसँग बिहे भएको खबर पाएँ । धेरै दुःखी भएँ । अब बिहे नगरी बस्ने निर्णय गरेँ ।

पढाइको शिलशिलामा राजधानी पुगेँ । यौटा सानो स्कुलमा शिक्षिका भएर अध्यापन गराउँदै खर्च बनाउँदै पढेँ । त्यही स्कुलमा एक दिन रोहन पनि शिक्षक भएर आयो । मसँग ऊप्रति धेरै गुनासो थियो । उसलाई देख्नासाथ आँखाबाट नथामिने गरेर आँशु बग्न थाले । आँशुमा साँचो प्रेम बगेको थियो । यही बुझ्यो रोहनले । मेरो सिउँदोमा सिन्दुर हे¥यो उसले । अविवाहित थिएँ म ।

रोहनले भाबुकभएर भन्यो, ‘मलाई बाटोमा छाडेर हिँडेकी मान्छे किन रुँनु यसरी ?’

‘तिमीले छाडेको, तिमीले सुधासँग बिहे गरेको चाहिँ मैले कसरी सहनु त ?’

त्यति बेला थाहा भयो । सुधाले बिहे गरेको रोहन र मेरो रोहन त फरक फरक पो रहेछन् ।


Views: 182

सम्बन्धित सामग्री: