18th August | 2019 | Sunday | 3:00:50 AM

भयावह प्रतिभा पलायन

राजेशमान केसी   POSTED ON : बैशाख १५, २०७६ (११:५३ AM)

भयावह प्रतिभा पलायन


प्रतिभा पलायन एक मुलुकबाट अर्को मुलुकमा हुने बौद्धिक बसाइँ सराइ हो । अझ स्पष्ट रूपमा विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा हुने दक्ष जनशक्तिको बसाइँ सराइ प्रतिभा पलायन हो भन्न सकिन्छ । यथार्थमा प्रतिभा पलायन विकसित राष्ट्रहरूले विकासोन्मुख मुलुकबाट गर्ने बौद्धिक सम्पत्ति र प्रतिभाको एक प्रकारले चोरी नै हो । साँच्चै भन्ने हो भने विकसित मुलुकहरूले यसबाट दक्ष, बौद्धिक र क्षमतावान व्यक्ति लगिदिएर विकासोन्मुख मुलुकमा एक प्रकारको ठूलो बौद्धिक खडेरी नै खडा गरिदिएका छन् । 

खासगरी अमेरिका, क्यानडा, अष्टे«लिया, न्यु जिल्याण्ड र बेलायतजस्ता मुलुकहरूले विश्वभरिबाट दक्ष र सीपयुक्त व्यक्तिलाई बसाइँ सराइका लागि विभिन्न आर्थिक र अन्य अवसर प्रदान गर्दै आएका छन् । त्यसमा पनि संयुक्त राज्य अमेरिका धेरै लामो समयदेखि बसाइँ सराइबाट यसरी बौद्धिक प्रतिभा ग्रहण गर्ने सबैभन्दा ठूलो मुलुक बन्न पुगेको छ । अमेरिकाले हरेक वर्ष विश्वभरिबाट करिब पचास हजार मानिस ग्रहण गर्ने गर्छ । 

यो छनौट डाइभरसिटी भिसा अर्थात् डिभीको नाममा गर्ने गरिन्छ । तथापि डिभी चिट्ठा भनी नामकरण गरिए तापनि मूलरूपमा यो चिट्ठाकै आधारमा खोलिने र आप्mनो भाग्य चम्काउने खेल भने होइन । अर्थात् यस प्रक्रियाअन्तर्गत छनौट भएका सबै व्यक्तिले अमेरिका जाने अनुमति प्राप्त गर्छन् भन्ने होइन । यसरी डिभी चिट्ठा परिसकेका व्यक्तिलाई आवश्यक सबै प्रकारको पूर्वाधार पूरा भइसकेपछि मात्र अमेरिकी राजदूतावासले अन्तर्वार्ता लिने गर्छ र यदि त्यो व्यक्ति उनीहरूको आवश्यकता अनुरूप छ भन्ने उनीहरूलाई लागेपछि मात्र त्यस्ता व्यक्तिले डिभी चिट्ठामार्फत् अमेरिका जाने अनुमति पाउँछन् । त्यसैले यो प्रक्रियालाई एक किसिमले प्रतिभा पलायनकै माध्यमका रूपमा लिन सकिन्छ । 

उच्च शिक्षा तथा अन्य विभिन्न माध्यमाबाट अविकसित तथा विकासोन्मुख मुलुकहरूबाट उच्च प्रतिभावान व्यक्तिहरू विकसित मुलुकमा पुग्छन् । त्यहाँ राम्रो अवसर पाउनेहरू सामान्यतया आफ्नो मुलुक फर्किंदैनन् । 

त्यसो त मानिसहरू स्वभावतः आप्mनो गुणस्तरीय जीवनयापनको खोजीमा हुन्छन् । तर जब उनीहरू गुणस्तरीय जीवन यापनका लागि अर्थात् आर्थिक उपार्जनमा आफ्नो मुलुकमा उपयुक्त वातावरण पाउँदैनन्, देशमा राजनीतिक अस्थिरता कायम रहिरहन्छ तब विदेशी भूमिमा बसाइँ सराइ गर्न उत्प्रेरित हुन पुग्छन् । त्यस्तै जब सिंगो मुलुक आन्तरिक द्वन्द्वमा फस्छ र यसबाट खासगरी निम्न र मध्यम वर्गका मानिस उत्पीडित हुन पुग्छन् । नागरिक अधिकार र शान्ति सुरक्षाजस्ता आधारभूत मानवीय कुरासमेत गौंण बन्न पुग्छन् । यस्तो अवस्थामा पनि प्रतिभा पलायन बढ्छ ।

यस्तो अवस्थामा प्रतिभा पलायनले तीव्ररूप लिन थाल्छ । यसका साथै पश्चिमी मुलुकहरूको रहनसहन र मूल्य मान्यताको अन्धानुकरण गर्नु पनि प्रतिभा पलायनको एउटा प्रमुख कारण हो भन्न सकिन्छ । यसबाट पनि आफ्नो मौलिकता क्रमिक रूपमा लोप हुँदै जान्छन् र अन्ततः अरूको संस्कृति आफूमाथि लादिन पुग्छ । 

त्यस्तै कतिपय व्यक्ति पश्चिमा मुलुकको जीवनशैलीबाट, उनीहरूको शिक्षा प्रणालीबाट अनि विज्ञान र प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिबाट प्रभावित हुन पुग्छन् । जसले गर्दा उनीहरू पश्चिमी मुलुकमा बसाइँ सराइमा लालयित हुन पुग्छन् । त्यसो त केही विकसित मुलुकले छात्रवृत्ति, अनुदान, तालिम र संस्कृति आदानप्रदानको सुविधा पनि प्रदान गर्दछन् । यसबाट दक्ष जनशक्ति विकसित मुलुकमा पलायन हुन पुग्छ । परिणामस्वरूप विकसित मुलुकहरू झन्झन् सम्पन्न हुँदै जान्छन् भने हाम्रोजस्तो गरिब मुलुकहरू पछाडिको पछाडि नै पर्छन् । नेपाल अहिले प्रतिभा पलायनको यही अवस्थाबाट गुज्रिरहेको छ । विकसित मुलुकमा प्रवेश पाउनेहरू अधिकांश उच्च प्रतिभायुक्त युवाहरू हुने गरेका छन् । 

अल्पविकसित र विकासोन्मुख मुलुकका केही आशालाग्दा नवप्रतिभा आफ्नो देशमा कुनै अवसर नपाएर विकसित देशतिरै आकर्षित बन्ने गर्छन् । विडम्बना के छ भने हामी वर्षेनी अर्बौं रुपैयाँ खाडी मुलुकमा काम गर्ने नेपाली कामदारबाट स्वदेशमा विप्रेषणको रूपमा भिœयाउँदा दंग पर्छौं । तर आप्mनै मुलुकमा दिन प्रतिदिन बढ्दै गएको दक्ष र तालिमप्राप्त जनशक्तिको अभावतर्फ भने आँखा चिम्लेझैँ गरेर बस्छौं । नेपालजस्तो देशमा प्रतिभाशालीको मात्रै होइन श्रमिकको पनि पलायन तीब्र छ । 

हाम्रोजस्तो गरिब र विकासोन्मुख मुलुकका शिक्षित युवा समुदायले पश्चिमी मुलुकबाट छात्रवृत्ति र अनुदानको रूपमा अवसर प्राप्त गर्नु भनेको आफैंमा नराम्रो होइन । गरिब र जेहनदार युवाहरूले आप्mनो आर्थिक र वृत्ति विकास गर्ने महŒवपूर्ण अवसर प्राप्त गर्छन् । तर यसलाई सकारात्मक रूपमा तबमात्र लिन सकिन्छ जब उसले विकसित मुलुकबाट आपूmले सिकेको सीप, ज्ञान र प्रविधि पछि आप्mनै मुलुकमा उपयोग गर्छ र देशलाई समुन्नत तुल्याउन महŒवपूर्ण योगदान पु¥याउँछ । तर वास्तविकता त्यस्तो देखिएको छैन । 

उच्च शिक्षा र प्रविधि हासिल गर्न भनी बाहिरी मुलुकमा त ऊ पुग्छ तर जब ऊ पश्चिमी जीवनशैलीबाट विस्तारै प्रभावित हुँदै जान्छ र त्यहाँको खुला संस्कृति र रहनसहनबाट आकर्षित हुन थाल्छ तब उसलाई आपूm जन्मे हुर्केको समाजप्रति नै वितृष्णा उत्पन्न हुन थाल्दछ र अन्ततः ऊ स्थायी रूपमा त्यहीँ बसोबास गर्ने निचोडमा पुग्छ । 

यसरी प्रतिभा पलायन आज हाम्रोजस्तो गरिब र विकासोन्मुख मुलुकको लागि एउटा टाउको दुःखाइकै विषय बनिरहेको छ । अहिले भारतलगायत अन्य खाडी मुलुकहरूमा झण्डै ४० लाख नेपाली कामदारहरू विभिन्न क्षेत्रमा कार्यरत छन् । हुन त यसबाट हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई केही हदसम्म टेवा पु¥याइरहेको छ । नेपाली कामदारहरूले पठाउने गरेको विप्रेषणलाई नेपली अर्थतन्त्रको एउटा महŒवपूर्ण मेरुदण्डको रूपमा पनि लिने गरिएको छ । यसबाट राष्ट्रको समग्र आर्थिक सामाजिक जीवनमा परेको प्रतिकूल असरतर्फ चाहिँ हाम्रो ध्यान पुग्न सकिरहेको छैन । यो अत्यन्त दुःखलाग्दो कुरा हो । तसर्थ प्रतिभा पलायनको यो समस्यालाई यदि बेलैमा सम्बोधन नगर्ने हो भने मुलुकले ठूलो सामाजिक, आर्थिक र दक्ष जनशक्ति अभावको सामना गर्नुपर्ने कुरालाई नकार्न सकिँदैन । 

यसका लागि पहिलो कुरो त समस्याको मूल जरो के हो त्यसको सही पहिचान हुनु आवश्यक छ । किनकि, कुनै रोगको राम्रो उपचार गर्नुअघि सर्वप्रथम त्यसको सही निदान हुनुपर्छ । तबमात्र त्यसको उचित र प्रभावकारी उपचार हुन सक्छ । यस हिसाबले भन्नुपर्दा प्रतिभा पलायनको सबैभन्दा महŒवपूर्ण कारक तŒव भनेको हाम्रो विद्यमान त्रुटिपूर्ण शैक्षिक प्रणाली नै हो भन्न सकिन्छ । जसले शैक्षिक बेरोजगारहरूको संख्यामात्र बढाइरहेको छ । राष्ट्रको माग र आवश्यकतालाई परिपूर्ति गर्ने किसिमको प्राविधिक, व्यावसायिक अथवा सीपमूलक शिक्षाको विकासमा अझै जोड दिन सकिरहेको छैन । 

त्यसपछि अन्य कारकहरूमा प्रतिभाहरूको उचित कदर र पहिचान हुन नसक्नु अनि दक्ष र तालिमप्राप्त व्यक्तिले उपयुक्त रोजगारीको अवसर प्राप्त गर्न नसकी भौंतारिएर हिँड्नुपर्ने अवस्था विद्यमान रहनु हुन् । विज्ञान र प्रविधिमा भएका प्रगतिले पनि प्रतिभाशाली व्यक्तिहरूलाई विकसित मुलुकतिर आकर्षित गरिरहेको छ । आफ्नो देशमा विज्ञानको क्षेत्रमा अध्ययन अनुसान्धनको उपयुक्त वातावरण नपाएका प्रतिभाशाली व्यक्तिहरू बढी विदेशिने गरेका छन् । 

यी र यस्ता समस्याहरूतर्फ केन्द्रित रही कृषिमा आधुनिकीकरण, निजी क्षेत्रको सहयोग र सहकार्यमा वातावरणमैत्री उद्योगहरूको विकास, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र महिला, अपांग, दलित एवं उत्पीडितहरूको उचित शिक्षा र सीपमूलक तालिमको व्यवस्था एवं रोजगारीमा जोड दिनुपर्ने टड्कारो खाँचो देखिएको छ । राज्यले यसतर्फ बेलैमा ध्यान नपु¥याउने हो भने देशको स्थिति झन्झन् नाजुक बन्दैजाने र यसले मुलुकमा जटिल आर्थिक, सामाजिक समस्या निम्त्याई सिंगो मुलुक पुनः अर्को द्वन्द्वमा धकेलिन पुग्ने सम्भावनालाई नकार्न सकिँदैन । 


Views: 127

सम्बन्धित सामग्री:

कथा : रगतको साँघु

राजेश अधिकारी : श्रावण ३२, २०७६ (६:३१ AM)