18th August | 2019 | Sunday | 2:36:15 AM

पासाङल्हामुको सम्झना

निनाम कुलुङ ‘मंगले’   POSTED ON : बैशाख १५, २०७६ (११:५६ AM)

पासाङल्हामुको सम्झना

विसं २०६२/६३ को तेस्रो जनआन्दोलनबाट आएको परिवर्तनपछि नेपालमा पनि धेरै महिलाहरूले विभिन्न अवसरका लागि अगाडि बढ्ने मौका पाएका छन् । विगतमा प्रधानन्यायाधीश, सभामुख, उपसभमुख, उपसभामुख, उपप्रधानमन्त्री लगायत विभिन्न गरिमामय पदमा महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

त्यस्तै यहाँ प्रथमपटक हिमाल आरोहण जस्तो साहसिक काम गरेर नेपाली महिलाहरूको नाम उचो राख्न सफल तथा अदम्य साहसकी प्रतिमूर्ति स्वर्गीय पासाङल्हामु शेर्पाका बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ । नेपाली महिलाहरूमाझ उनको शान र मान अर्कै छ । 

खासगरी संसारकै उच्च हिमशिखर सगरमाथा अर्थात् चोमोलुङमा विभिन्न देशका विदेशी चेलीहरूले चढिसकेको भए तापनि नेपालमै रहेको, नेपालकै गौरव सगरमाथा अर्थात् चोमोलुङमा भने पर्वतारोहणको लामो समयसम्म पनि कुनै नेपाली चेलीले चढ्न सकेका थिएन । यही कुरालाई हृदयंगम गरेर नै स्वर्गीय पासाङल्हामुले सन् १९९० देखि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने प्रयास गरिन् । 

यसरी सन् १९९०, १९९१, १९९२ र, १९९३ गरी चौथोपटकसम्मको लगातारको प्रयासमा उनले ८,८४८ मिटर (२९,०२९ फिट) अग्लो हिमशिखर सगरमाथा अर्थात् चोमोलुङमा चढेर देखाइन । त्यो दिन थियो ‘सन् १९९३, अप्रिल २२ ।’

उनले सगरमाथातर्पm लाग्नुअघि एक प्रेस वक्तव्य प्रकाशित गर्दै भनेकी थिइन्, ‘देशको इज्जत र प्रतिष्ठा बढाउने सोचाइ राख्नु मेरो रहर होइन, बाध्यता हो । मान्छेले न जन्मदा केही ल्याएको हुन्छ, न मरेर जाँदा केही लगेर जान्छ । यही सत्यलाई हृदयंगम गरी मैले सगरमाथा चढेरै छाड्ने अठोट लिएकी हुँ । मेरा सन्तानहरूको मायाभन्दा पनि नेपाली महिलाहरूको तर्फबाट देशको नाम राख्ने अठोट लिएको छु ।’ उनले अन्त्यमा उनको अभियानलाई साथ दिने प्रायोजकहरू, हौसला बढाइदिनेहरू, प्रचार–प्रसार गरिदिनेहरू प्रति हार्दिक आभार व्यक्त गरेकी थिइन् । 

स्मरण रहोस्, उनको टोलीमा नन्दा राई र लाक्पाफुुटी शेर्पा पनि थिए । उनको टोलीका सरदार सोनाम छिरिङ शोर्पा (रोल्वालिङ, दोलखा) को अहिलेसम्म अत्तोपत्तो छैन । यदि फ्रेन्च नागरिक (टिम लिडर) मार्क बर्टार्डले १९९०, अक्टोबरमै साउथकोल भन्दामाथि जान दिएको भए सायद त्यही बेला उनले सगरमाथा अर्थात् चोमोलुङमामाथि विजय प्राप्त गर्न सक्थिन् । अरूको खटन–पटनमा (खासगरी विदेशी टोलीमा सम्मिलित भएपछि उक्त टोलीका टोली नेता नै सर्वेसर्वा हुने भएकाले र टोली नेताले जे चाहृयो त्यही हुने भएकाले नै पासाङल्हामु आफै छुट्टै टोली बनाएर अगाडि बढेकी थिइन्) हिँंड्नु पर्ने र जे भन्यो त्यही मान्न वाध्य हुनुपर्ने भएकोले सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने अभियान आफैँले चलाइन् ।

उनले सगरमाथा अर्थात् चोमोलुङमा चढ्नुअघि नेपालकै पिसाङ पिक, ६०९१, याला पिक ५,८०० र फ्रान्सस्थित माउण्ट ब्लँ (सेतो हिमाल) ४,८०७ पनि सफलतापूर्वक चढी सकेकी थिइन् । पासाङल्हामुले सगरमाथा अर्थात् चोमोलुङमा चौथो पटकको प्रयासमा सफलतापर्वक चढेसँगै उनले उतै चोला फेर्न विवश भइन् ¤ अर्थात् चौथोपटकको सफलतासँगै उनी आफ्नो भौतिक शरीरलाई पनि सगरमाथा अर्थात् चोमोलुङमामै सदाका लागि विसर्जन गर्न बाध्य भइन् । हिम शृंखलाभित्र छिनछिनमा फेरिने हुने मौसमीका कारण देशकै ‘रत्न’ पासाङलाई प्रकृतिले जबरजस्ती चुँडायो । 

नाबालक छोराछोरी र श्रीमानभन्दा पनि देशको निम्ति भनेर जीवन समर्पण गर्न तयार भएकी थिइन् पासाङल्हामु । तर, तत्कालीन सत्तासीनहरूले पासाङल्हामुले देश र जनताको लागि गर्न लागेको साहसिक काम बुभ्mन नसक्दा उनले अनाहकमा जीवन गुमाउनु प¥यो । वास्तवमा उनी देशकी त्यस्ती वीरङ्गना थिइन्, जसको अन्तरहृदयमा केवल देशको लागि केही गरेर देखाउने दृढ इच्छा थियो चाहे त्यसमा जीवनकै बलिदान गर्नुपर्ने जोखिम किन नहोस् । त्यही दृढताको फलस्वरुप पासाङल्हामुले संवत् २०५० वैशाख १० गते (१९९३, अप्रिल २२) का दिन विश्वकै सर्वोच्च शिखर सगरमाथा अर्थात् चोमोलुङमा प्रथम नेपाली महिलाका रूपमा राष्ट्रिय झण्डा फहराइन् । 

पासाङल्हामुले आपूmले पाएको सफलताको रस्वादन गर्न र शुभ सन्देश नेपालीहरूमाझ फैलाउन नपाउँदै शिखरबाट फर्कने क्रममा आफ्नो नाम इतिहासमा सदाका लागि अमर–अजर राख्दै र, प्रकृतिको अगाडि हार मान्दै देह त्याग्न गरिन् । सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा बाटोमै उनको निधन भयो । उनका सहयोगी तथा टोलीमा सरदारका रुपमा खटिएका सोनाम छिरिङ शोर्पा (रोल्वालिङ, दोलखा) को त अहिलेसम्म अत्तोपत्तो नै छैन । 

मृत्युपछि भने पासाङल्हामुको लाशमाथि राजनीति गर्न सबै अघि सरे । जिउँदो हुँदा वास्ता नगर्ने नेपाल र नेपालीको स्वाभाव र चलन अनुसार हजारौं–हजारले लामबद्ध भएर वीरङ्गना पासाङल्हामुप्रति श्रद्धाञ्जलि अर्पण गरे, शवयात्रामा सामेल भए । अरू त अरू नै भए, पासाङल्हामु सगरमाथा चढ्न जाँदै छिन् भनेर थाहा पाउँदा पाउँदै पनि समाचार छाप्न गाह्रो मान्ने÷नछाप्ने विभिन्न (त्यो बेला रेडियो र टेलिभिजन भने सरकारी मात्रै थियो) पत्रपत्रिकाहरूले समेत मरेपछि अगाडि आए । केही पत्रपत्रिकाले त सम्पादकीय लेखे । नेता, पत्रकार, कवि, लेखकहरूले पासाङल्हामुको सम्झनामा लेख लेखे, कविता लेखे । चित्रकारहरूले चित्र कोरे । शोक पुस्तिकामा अनेक गुणगानले भरिपूर्ण शब्दलंकार भरे । बिस्तारै पासाङल्हामु सबैको मानस–पटलबाट टाढा हुँदै गइन् । हुँदाहुँदा हिजोआज त विरलै मान्छेहरूले मात्रै उनको सम्झना गर्लान् ¤ 

सगरमाथातर्पm जानुअघि उनले एक अन्तर्वातामा भनेकी थिइन्, ‘सगरमाथा आरोहणको सफलतापछि पर्वतारोहण सम्बन्धी तालिम केन्द्र खोल्नेछु । पर्वतारोहण सम्बन्धी पुस्तकहरू प्रकाशित गर्नेछु । त्यसको बिक्रीबाट आएको रकमले पर्वतारोहण प्रशिक्षणमा खर्च गर्नेछु । शेर्पा लगायत अन्य पिछडिएका महिला एवम् केटा–केटीहरूको छात्रवृत्तिको व्यवस्था गर्नेछु ।’

पासाङल्हामु हामीमाझ नरहे तापनि काठमाण्डौको धुम्बाराहीमा स्थापित ‘पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान भवन’ ले उनको स्मृतिलाई सदैव दिगो राख्ने प्रयास गरेको छ । पासाङल्हामुको स्मृतिलाई ताजा राख्न ‘पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान’ ले हरेक वर्ष खुला वाल क्लाइम्बिङ प्रतियोगिता लगायतका कार्यक्रमहरू गर्दै आएको छ । तत्कालीन सरकारले पासाङल्हामुलाई २०५९ बैशाखमा ९ गते नेपालको ‘१५ औं राष्ट्रिय विभूति’ घोषणा ग¥यो । त्यसअघि नै ‘नेपाल तारा’ ले पनि विभूषित गरेको थियो सरकारले । सरकारले पासाङल्हामुलाई राष्ट्रिय विभूति घोषित गरेकोमा केही अनुदारवादी रुझान राख्नेहरूले रुचाएनन् ।

सरकारले काठमाडौं–त्रिशुली सडक खण्डलाई पनि पासाङल्हामु मार्ग नामकरणा गरेको छ । साथै उनको योगदानको मूल्यांकन गरी सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको थियो । उता निजी क्षेत्रले पनि पासाङल्हामुका नाममा कलेज खोलेको छ । त्यस्तै काठमाडांै महानगरपालिकाको विभिन्न गल्ली, टोल र सडकहरूको नाम पनि पासाङल्हामुको नाममा राखिएको छ । नार्कले धान र गहुँको बिउ पनि पासाङल्हामुको सम्मानमा राखेको छ । तत्कालीन सरकारले ७ हजार ३१५ मिटर अग्लो जाक्सम्बा हिमालको नाम पनि ‘पासाङल्हामु चुली’ राखेको छ । झापाको धुलाबारीमा पासाङल्हामुको नाममा रंगशालाको नाम राखिएको छ । काठमाडौं–त्रिशुली–धुन्चे सडकको नाम पनि पासाङल्हामु सडक नामकरण गरिएको छ । 

उनको सपनालाई यथार्थमा परिणत गर्न र उनको सम्झना ताजा बनाई राख्न ‘पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान’ का साथै सरकारले उनका सामान्य र सजिलै पूरा गर्न सकिने बाँकी सपना पनि व्यवहारमा लागू गर्दै जान सकेमा नै वीरंगाना पासाङल्हामुप्रति उनको २६ औं स्मृतिको अवसरमा सच्चा सम्मान र श्रद्घाञ्जलि दिइएको ठहरिने छ ।

[email protected]

 


Views: 79

सम्बन्धित सामग्री:

कथा : रगतको साँघु

राजेश अधिकारी : श्रावण ३२, २०७६ (६:३१ AM)