18th August | 2019 | Sunday | 3:11:56 AM

प्रकृतिको काखमा हाम्रा व्यवहार

स्वयम्भुनाथ कार्की   POSTED ON : बैशाख १६, २०७६ (५:१९ AM)

प्रकृतिको काखमा हाम्रा व्यवहार

प्राकृतिक तरिकाले जीवनयापनको कुरा हुनेबित्तिकै अनौठा विचार, कल्पना, चित्र आदि मानसपटलमा आउँछ । आ“खाको फरक क्षमता भएकाहरूको टोलीले हात्ती छामेर फरकफरक परिभाषा गरेसरह हुन्छन्, ती परिकल्पना वा चित्रहरू । डिस्कभरी जस्ता टेलिभिजनका कतिपय कार्यक्रमहरूले यस्ता विचित्र सोच आउने बनाउ“छ । आदिम प्रविधिको नाममा वर्तमानमा भएका औजार सुविधा आदि प्रयोग नगरी जीवनको भद्दा कल्पनामा आधारित कार्यक्रमका भिडियोहरू यस्ता टेलिभिजनका निमित्त पैसा कमाउने मेलो हुन्छ । हाँसोउठ्दो त तब हुन्छ जब यस्ता भिडियोमा ढुंगाका औजारहरू प्रयोग गरेर स्विमिङपुल बनाएको देखाइन्छ । यदि आदिमकालको पुनारावृत्ति गर्न खोजिएको भए त्यो बेलाको जीवनयापनमा पक्कै स्विमिङपुल, पानी छान्ने ट्यांकी आदि थिएनन् । 

त्यसैले यो भद्दा कल्पना हो । विलियम हाना र जोसेफ बारबराले सिर्जना गरेको कमिक ‘दि फिल्टस्टोन’ को कल्पना जस्तै जसमा ढुंगे युगको कल्पनामा हात्तीको सु“डले नुहाउने सावरको काम गर्छ, ढुंगामा खोपेर पत्र लेखिन्छ र खोपेरैै त्यसमा सही गरिन्छ । केही कमी भयो भने पश्चिमाहरूको वातावरण र आधुनिकता बीचको विवाद गर्ने संगठनहरू छ“दैछन् । वातावरण संरक्षणको नाममा, प्राकृतिक वस्तुहरूको प्रयोगका नाममा एक पक्षले अतिशयोक्तिपूर्ण अभियान चलाउँछ । त्यस्तै अर्को पक्षले बढ्दो जनसंख्यालाई खाद्य सामग्री आपूर्तिको नाममा सम्पूर्ण कृषिकर्म नै आफ्नै कारखानामा तयार गरिएका मल, बिउ, दबाई आदिमा मात्र भर पर्ने बनाउन अभियान चलाउँछ । 

यस्ता व्यापारिक प्रतिष्ठानहरूको यो व्यापारिक स्वाथ्र्य हानिकारक देखिएको अवस्थामा त्यो रोक्न पैmसला भएका उदाहरणहरू पनि छन् । तर केही समयमा कानुनी छिद्र, नेता तथा कर्मचारीतन्त्रमा प्रभाव आदिको सहायताले फेरि आउने गर्छन् ।

यो दोहोरो लडाइँमा वंशानुसूत्रलाई नै मर्मत गरेको अर्थात् जेनेटिकल्ली मोडिफाइड बिउ, वर्णशंकर बिउ अर्थात् हाइब्रिड, पछि काम नलाग्ने बिउ अर्थात् टर्मिनेटर टेक्नोलोजीका बिउ उत्पादकहरू छन् । रासायनिक मल, कीटनाशक, झारनाशक आदिको प्रयोगको महिमा गाउने विज्ञहरूको एक पिँढी नै तयार भएको छ । रासायनिक मल, वर्णशंकर बिउको नाममा वंशानुसूत्र मर्मत गरेका बिउहरूको नोक्सानी यस्ता विषेशज्ञहरूले विस्तारै बुभ्mदैछन् । अरू प्राकृतिक तरिका अपनाउन सल्लाह दिए पनि अन्तिम विकल्पको रूपमा त्यही रासायनिक प्रयोगकै सल्लाह दिन्छन् । त्यसको विरोधमा अग्र्यानिक अर्थात् प्रांगारिक खेती, वातावरण बचाउ अभियान, फोहोर सफा गर्ने अभियानहरू आफूले समाजमा उच्चकोटीको योगदान गरेको दम्भ आदि साथ छन् । 

यस्ता आपसी द्वन्द्वहरूमा सचेतना कार्यक्रमहरूले धेरै कुरा सिकाएका छन् । त्यसैले प्रकृतिको काखको महŒव धेरैले बुझेका छन् । बुझेको मात्र होइन यसैको अभियानमा लागेका पनि छन् । तर यसमा पनि अतिशयोक्तिले जितेको छ । प्रकृतिमा सहजै उपलब्ध सम्पत्तिको सट्टामा जैविक मलहरू, जैविक विषादी आदिका उत्पादकहरू प्रसस्त निक्लिएका छन् । जो काम प्रकृतिचक्रको रूपमा सहजै हुने गर्छ र करिब विनामूल्य उपलब्ध हुन्छन् त्यसलाई उच्च प्रविधिको प्रयोग गरेको जस्तो गरेर उत्पादन गरी महँगो मूल्य असुल्नेहरू प्रसस्त छन् । जैविक सडन पद्धति अर्थात् एरोविक डिकम्पोजिसनले चौध–पन्ध्र दिन मलभित्रै बनाउँछ त्यही अजैविक तरिका अपनाएमा त्यो समय तीन चार महिना लामो हुन्छ । तर अग्र्यानिक डिकम्पोजर भनेर छिट्टै मल बनाउने दबाईको व्यापार फस्टाएको छ ।

रासायनिक मल, कीटनाशक आदि प्रयोग नभएको भनेर त्यसलाई महŒव दिने संस्कारको पनि विकास भएको छ । यस्ता उत्पादहरूको मोल धेरै पाउन तथा विदेश पठाउन यो प्रांगारिक हो भनेर प्रमाणीकरण पनि हुने गरेको छ । यस्ता प्रमाणीकरण गर्ने, अनुगमन गर्ने विदेशी निकायहरू छन् । अर्थात् प्रकृतिको काखमा बस्नु भनेको सामान्य जीवनयापनभन्दा अलग कुरा हो सामान्यभन्दा महँगो हो भन्ने अवधारणको निर्माण भएको छ । यसै कारणले प्रकृतिको काखभन्दा टाढा भएको अवस्थामा हुने हानीसँग सबै परिचित छन् तर प्रकृतिको काखमा आउन अन्य कुनै सहायता वा सहायक सामग्रीको खोजी अवचेतनले गरिरहेको छ । त्यसैले यस्ता अभियानमा लागेकाहरूको त के कुरा र स्वयं प्रशिक्षकहरूले नै व्यावहारिक रूपमा प्रयोग गर्न नसकेको अवस्था छ । 

यो एक स्वाभाविक प्रक्रिया हो, यसलाई अपनाएको कुरा प्रदर्शनयोग्य तŒव हु“दैन । जसरी कसैले पिरामा पलेटी मारेर हातले मुछेर खाएको कुरा प्रदर्शन गर्न योग्य हुँदैन तर त्यही कुरालाई होटल व्यवसायीले राम्रो कमाइको माध्यम बनाउन सक्छन् । पिरामा बसेर थालको वरिपरि कचौराहरूको घेरा लगाएर खानु युवा पुस्ताका लागि रहर र आकर्षणको कुरा हुन्छ । अझ त्यसमा कोदाको ढिँडो, सिस्नुको तरकारी, गाभाको अचार भयो भने त एक छाकलाई हजारांै तिर्न पनि तयार हुने प्रवृत्ति देखिएको छ । तर जुन ठाउँमा तल्लो वर्गको मुख्य खानै त्यही छ उसको निमित्त त्यसमा कुनै आकर्षण हुुँदैन । उस लागि त मसिना चामलको भात उसको पहु“चबाहिरको सितनसँग टेबलमा राखेर कुर्सीमा बसेर खानु सपना हुनसक्छ । 

प्रकृतिले सबै कुरा नै करिब करिब सित्तैमा दिएको हुन्छ । प्रकृतिले सबैको निमित्त उपभोग्य सामग्री उत्पादन गरेको हुन्छ । जो चिन्ने र प्रयोग गर्ने तरिका मान्छेले भुल्दै गएको छ । बाहिर छानिएर बोतलमा राखिएको पानी, घरमा त्यही पानी जारमा किनेर वा युभी, आरओजस्ता नामले बजारमा आएका छान्ने यन्त्रबाट छानिएको पानी प्रयोग गर्नेहरू सबै छन्, केही अपवाद भने होलान् तर उनीहरू आजभन्दा बीस वर्ष पहिले केही अपवादका छोडेर यस्तो पानी प्रयोग गर्दैनथे । त्यो बेला पानी उमालेर छानेर प्रयोग गर्नु नै पर्याप्त हुन्थ्यो । प्रकृतिसँग जति टाढा हुनसक्यो त्यति नै सुसंस्कृत, आधुनिक हुने होडमा मान्छेले आफ्नो प्रतिरोध क्षमता गुमाउँदैछ । 

सबैजसो धर्म, सम्प्रदायमा प्रकृतिको पूजा हुन्छ । आजकाल कसैले आफूलाई मात्र प्रकृतिपूजक भने पनि ऊ प्रकृतिपूजक रहेन । किनभने प्रकृति पुज्नु भनेको कर्मकाण्डमात्र होइन प्रकृतिको सकेसम्म उपभोग गर्नु पनि हो । त्यो आफूलाई आवश्यकभन्दा बढी उपयोग गर्नु वा कब्जा गर्नु भने अपराध हो । यो अपराधको सजाय मान्छेले पाउँदै आएको छ । केही दशक पहिले नियमित आउने बाढी, हावाहुरी, भुइँचालो आदिले त्यसबेला गरेको क्षति र त्यो जति नै वा त्योभन्दा कम तीव्रता भएका यिनै कुराले गर्ने क्षति धेरै बढेको छ । किनभने प्रकृतिको काखमा हु“दा यस्तो क्षतिप्रतिको सहन क्षमता बढी हुन्छ तर अहिले त्यो शक्ति धेरै घटेको छ ।

प्रकृतिलाई मान्छेले चिन्न छोडेको छ । यो पा“चको परिधि भनेको त्यही प्रकृतिलाई फेरि चिन्ने, प्रकृतिको उपहार उपभोगले आफ्नो जीवनशैली सहज बनाउने एक सोच हो । प्रकृतिको काखमा रमाउन प्रकृति चिन्नुपर्छ । प्रकृति चिन्नु र प्रकृतिको काखमा रमाउनु भनेको फेरि आदिम युगजस्तै गुफामा बस्न जानु होइन । विज्ञान र प्रविधिले दिएको सजिलोपना त्याग्नु पनि होइन । प्रकृतिको उपहारको अपव्यय नगर्नु हो । आफूलाई प्रकृतिको प्रतिद्वन्द्वी ठानेर जथाभावी वर्तमान सन्तुलन भत्काउन बन्द गर्नु हो । 

सबै चिजजस्तै मान्छे पनि प्रकृतिको अंग हो । अंग प्रतिद्वन्द्वी हुनै सक्दैन, यदि भयो भने त्यो नासिएर जान्छ । कतै प्रकृतिमा असन्तुलन भयो भने उसले नया“ तरिकाले सन्तुलन कायम गर्छ । यो नया“ सन्तुलनमा कतिपय अंगहरू समाप्त हुन्छन् र कतिपय नया“ अंग पैदा हुन्छन् । वैज्ञानिकहरू अहिलेको हिमाल कुनै कालमा समुद्र थियो भने समुद्रको तल कुनै समयमा अग्ला हिमाल थिए भन्छन् ।

प्रकृति पा“च शक्तिको परिधिमा हुन्छ । त्यो पा“चलाई सनातनमा पञ्च महाभूत या पञ्चतŒव भनिन्छ र यी पा“च तŒवलगायत आफू वरिपरिको कुरा अध्ययन गरेर प्रकृतिको आवश्यक र उपयोगी दोहन गर्ने जीवन पद्धतिको सोचलाई पा“चको परिधि नाम दिइएको हो । यो टुक्राटुक्रमा विभिन्न तरिकाले र पात्रहरूले उठाउने गरेको जस्तो कुरा होइन । खेतीपातीको कुरा यसमा आउँछ तर यो प्रांगारिक खेती होइन, फोहोरको कुरा आउँछ तर यो फोहोरमैला व्यवस्थापन होइन । त्यसै नगरेर जमिनमुनिको, जमिनमाथिको पानीको कुरा आउँछ तर यो वर्षात्को पानी सञ्चय होइन । 

यो यिनीहरूभन्दा धेरै भेग कुरा हो तर यिनीहरूभन्दा सरल कुरा हो । किनभने यसमा व्यक्ति आफैं शिक्षक हो, औजार हो, प्रणाली विकासकर्ता हो । सम्पूर्ण विश्वको सोच राखे पनि अरूले होइन आफ्नो सामथ्र्यले आफ्नो भागको काम वा जिम्मेवारी पूरा गर्ने अवधारणा हो ।

यी पञ्चमहाभूत आकाश वा अन्तरीक्ष, पृथ्वी वा जमिन, अग्नि वा तेज वा सूर्य, वायु वा हावा र जल वा पानी अदिको परिधिभित्र प्रकृति भएकाले मान्छे पनि स्वतः त्यसैभित्र पर्छ । यिनीहरूको उपस्थिति र प्रभाव चिन्ने त्यसमा आधारित अवयवहरू महसुस गर्ने कार्य प्रणालीको बारेमा थप छलफल निरन्तर राख्न आवश्यक छ । यस भागमा भने पा“चको परिधिको उपस्थितिमात्र हुनुपर्छ । कंक्रिटको जंगलमा बस्दा प्रकृतिसँग टाढा होइन्छ भन्ने सोच सही होइन । जहा“ भए पनि जसरी भए पनि सबै यो पा“चको परिधिभित्रै हुन्छन् । 

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 110

सम्बन्धित सामग्री:

कथा : रगतको साँघु

राजेश अधिकारी : श्रावण ३२, २०७६ (६:३१ AM)