7th December | 2019 | Saturday | 11:44:33 AM

भिजन र भिजिलान्ते

राजन कार्की   POSTED ON : बैशाख १९, २०७६ (१०:३८ AM)

भिजन र भिजिलान्ते

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए, ‘समाज र सत्यका लागि जसले त्याग गर्छन्, ती वीर हुन् ।’ सत्ता राजनीति गर्नेका लागि लठ्ठिने मादक पदार्थ बन्यो, सत्तालाई अमृत ठानेर पिउनेहरूको भीडभाड छ । यो भीडमा आमनागरिक पचली भैरवको रथ नचाउ“दा किचिमिची भइहेका छन् । अझ बिस्केटको जात्रामा ढुंगा हान्ने राजनीतिक कर्मी र ढुंगाखाने दर्शक भएजस्तो भइरहेको छ । लोकतन्त्र मानौं पार्टीहरूको गठेमंगल हो, सत्ता जंगल हो र समाजमा जे भइरहेको छ, त्यो झिंझाको डाँकातन्त्र हो ।

महालेखाले जतिसुकै बेरुजु निकालोस्, अनियमितता देखाओस्, गैरजिम्मेवारीको पराकाष्ठा भयो भनोस् न, सत्ता भ्रष्टाचार गर्न हुन्न भनेर सतर्क हु“दै भएन । गल्ती सच्याउनुको साटो सरकार प्रेम सन्जेलजस्ता कर्मचारी र विजय लामाजस्ता पाइलट जो भ्रष्टाचारविरोधी र सुशासनका पक्षधर हुन्, तिनलाई समेत प्रताडित गर्न पो अघि स¥यो ।

समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउने ओली सरकारले सरकारको कमजोरीको कुरा उठाउने सबैलाई शत्रु ठानेर कारबाही गर्दै अघि बढेको छ । जो सत्तास“ग सेटिङमा काम गरिरहेको छ, तिनलाई मन्त्री ठानेपछि भिजनहीनहरूका लागि सत्ता भिजिलान्तेले खाने मादक पदार्थको कचौरा हुनु स्वाभाविक हो ।

सत्ताधारीले बिर्सेका छन्, जनताले राम्रो काम गरे स्याबासी दिन र नराम्रो गर्नेलाई सराप दिन सक्षम छन् । जनता उठ्दैनन्, उग्र भएर उठे भने तिनलाई शान्त पार्न मुस्किल हुन्छ । जनयुद्ध र जनआन्दोलनमा सहभागी जनतालाई बिर्सनु भनेको वर्तमान कालखण्डको सबैभन्दा दुर्भाग्यपूर्ण घडी हो ।

चेतना भया,  नेपाल राष्ट्र सकुनीको हस्तिनापुर होइन, धुतराष्ट्र शासनमा पुगे होलान्, दुर्योधन र दुशासनको पापाचार लामो समय चल्न सक्दैन ।

हो, अहिले कुनै कृष्णावतार देखिएको छैन । देखिन बेर लाग्दैन, देखिएपछि अर्को सशस्त्र युद्धभन्दा कडा महाभारत हुन सक्छ । अर्जुन निस्कन सक्छन्, भिजनहीन भिजिलान्ते चरित्रलाई अर्जुन वाणले नष्ट पार्नेछन् ।

जनतालाई सिस्नोपानीले पोलेजस्तो डाहा भइसकेको छ । जनतालाई का“डाले घोचेको पीडा बोध पनि भइसकेको छ । देश छटपटीमा परिसकेको छ । अर्जुन जन्मने यही माटोबाट हो, जन्माउने यिनै जनताले हो । ओली, प्रचण्ड, देउवा जन्मिन सक्छन् र जनतालाई झुक्याउन सक्छन् भने एउटा देशभक्त नजन्मेलान् ? त्यसो त यो माटोमा वीरहरूको गाथा ताजै छ । वीरंगनाहरूको साहस ज्युँदै छ ।

जनताको बलमा राजनीति गर्नेले समस्याको समाधान खोज्न अहंकार देखाउ“दैन । अहंकारबाट देश र जनताको कुनै पनि समस्याको समाधान निस्केको इतिहास छैन । सशस्त्र युद्ध र जनआन्दोलन गर्ने शक्ति अग्रगमनको धक्कु लगाएर नांगिँदै गएको छ । संघीय गणतन्त्रलाई सिन्डिकेट, सर्वदलीय भागबण्डातन्त्रमा परिणत गरिरहेको छ । अवधारणाले जनतालाई आकर्षित गर्न नसक्नेहरू, विचारले जनभावनालाई बा“ध्न नसक्नेहरू, निष्ठा र सिद्धान्तले देशको भविष्यको खाका कोर्न नसक्ने असक्षमहरू भिजनमा अपांग छन् र आफूलाई सक्षम देखाउन भ्रममा दौडिरहेका छन् ।

छारो प्रदूषण हो, धुलो रोग पनि हो, छारो उडाएर जनतालाई सधैँ छक्याउन सकिन्न, सत्य यही हो । सिंहदरबारमा २५, प्रदेशमा ७, जिल्लामा ७७, महानगरमा ६, उपमहानगरमा ११, गाउ“पालिकामा ४ सय ६०, वडामा ६ हजार ७ सय ४३ नया“ राजाहरू राज गरिरहेका छन् । यतिले पनि अझै धेरैलाई भाग पुगेको छैन । पहिले बाइसे र चौबीसे राजाहरू थिए, अहिले बढे छोटे कति राजाराजा । तिनका नन्दीभृंगी चतुष्टी गणहरूको त के हिसाब गर्नु ? यिनलाई जनताले घर ज्वाइ“ पालेसरह मानमनितो गरेर पालिरहनुपर्ने ?

यिनले राम्रो काम गरे त, जनतामा सेवाभाव राखे त राम्रै हुन्थ्यो, यिनको छाडा सा“ढे खान्की जनताले कर तिरेर पूर्ति गर्नुपर्ने । संघीय लोकतन्त्र त डोको बोक्नेमाथि मनको भार भइसक्यो ।

कर तिर्ने जनताको स्तर झन्झन् खस्कँदै गएको छ । जनतामाथि शासन गर्ने यी थरिथरिका राजाहरूको स्तर तल्लोबाट मध्यम, मध्यमबाट उत्तम र उत्तमबाट सम्भ्रान्त बन्दै गएको छ । जनताले जनताका लागि जनताद्वारा शासन गर्ने लोकतन्त्रमा लोकलाई सुकेनास लाग्ने र लोकनेता भनाउ“दाहरू मोटाउ“दै जाने, कस्तो उल्टो चला हो यो ?

सिंहदरबारको वातानुकूलित कोठामा बसेर हुम्ला, जुम्ला, डोल्पाको योजना कोर्ने योजनाविद् र रिसोर्टमा पा“चतारे भोजन डकारेर चेपाङलगायतका सीमान्तकृत भोकानांगा, पीडित जाति, समुदायका भविष्य निर्माण गर्नु अकर्मण्य कार्य हो । यसैको परिणाम हो, हुम्लाको ताजाकोट गाविसमा ज्वरो, झाडापखालाको ओखती नपाएर ११ जनाले अकालमा मर्नुप¥यो, दुई सय मृत्युस“ग जुधिरहेका छन् । १ सय २६ जातिको देशमा १५ जातिको हालीमुहाली हु“दा र १५ नेताले भिजनहीन भिजिलान्ते चरित्र देखाउ“दा देश बर्बादीको भीरमा पुगेको हो ।

न राष्ट्रियता बलियो भयो, न सीमा सुरक्षित छ । न सीमामा आवतजावत गर्ने नियमन छ, न नेपाली र विदेशी छुट्याउनु विधि नै । संविधान नामको राष्ट्रिय विधान छ, आफैंले बनाएको यो विधान न संसद्ले मान्यो, न सरकारले पालना ग¥यो । जता पनि पार्टीकै भागबण्डा । योभन्दा भिजिलान्ते काम के हुन सक्छ ?

ली क्वान युले गर्लम्मै दुर्गतिमा लडेको सिंगापुरलाई जुरुक्कै उठाए । त्याग र इच्छाशक्ति भनेको त्यस्तो हुन्छ । बन्दुकबाट शक्ति निकाल्नेहरू सत्तामा छन् । सत्तालाई बपौती पो सम्झिन थाले । न सत्ता कसैको थियो, न कसैको हुन सक्छ । जनताले जनताका लागि काम गर्छु भन्नेलाई सत्ता दिन्छ, गरेन भने टिपेर फालिदिन्छ । आज नेपाली कांग्रेस, राप्रपा र राजपा पाहा पछारिएझैँ पछारिएको शिक्षा नेकपाले लिनु बुद्धिमानी हुनेछ । भिजनको बिर्को उघारेर भिजिलान्ते स्वभाव त्याग गर्नुमा कल्याण छ । स्मरण रहोस्, ३५ वर्ष शासन गरेको पश्चिम बंगालको भाकपा सरकारलाई आखिर जनताले नै जरो उखेलेर फालिदिएका हुन् । ५८ डिग्रीको घाममा पग्लेको सडकको पिचमा नांगो खुट्टा गाडा तान्ने जनताले भाकपा मिल्काइदिए । आज सिंगो भारतमा भाकपा भात खाऊ“ कि थाल खाऊँको स्थितिमा पुग्यो कि, पुगेन ? चेतना रहोस् ।

राजतन्त्र निरंकुश भयो भनेर फाल्न जनता राजी भएका थिए । फाले पनि । तर, संघीय लोकतन्त्र जुन आयो, वसन्त पर्व बनेर आयो । यो पर्वलाई कम्युनिस्टले मुठ्ठीको माखो बनाएर हजम पो गरिरहेका छन् । राजतन्त्र कुशासन थियो, सामन्ती थियो भन्नेहरू नवसामन्त र सम्भ्रान्त बनेका छन् । लोकतन्त्र लोकको तन्त्र सावित हुनुपर्ने हो, लोक सर्वसत्ताराज र गुण्डाराजको सिकार बन्यो । पञ्चायतलाई कालरात्रि भनिन्थ्यो, बहुदलीय काललाई कुशासन भनेर डामियो, त्योभन्दा खराब र दुर्दान्त र सिन्डिकेट शासन व्यवस्था शीर्ष दलले आविष्कार गरेका छन् । यस्तो नग्न र नैतिकहीन शासन भनेको भिजनहीन भिजिलान्ते शासन नै हो ।

देशका प्रधानमन्त्री अध्यक्ष रहेको नेकपा अत्याचार, बलात्कार, तस्करी र ज्यानमारा लुक्ने गु“ड बनेको छ । अब त जग्गा दलाल, राजस्वमारासमेत यही गु“डमा देखिन्छन् । विधिहीनता, दण्डहीनताका कारक नेकपा नै हो । आप्mनो घोषणापत्र बिर्सने राजनीतिको अर्को नाम नेकपा हो । जवाफदेहीहीनता पनि नेकपा नै हो । मुखले जनादेशलाई मान्छु भन्नु ठूलो कुरा होइन, व्यवहारमा जनादेशको इज्जत राख्नसक्नु ठूलो कुरा हो । असफलताको तारेभीरबाट खस्न लागेको राष्ट्रलाई बचाउने, निर्माण गर्ने र समृद्ध बनाउनका लागि अवधारणायुक्त इच्छाशक्ति चाहिन्छ, राजनीतिक प्रतिबद्धता चाहिन्छ, इमानदारी र देशभक्ति चाहिन्छ, ली क्वान युजस्ता प्रचुर राष्ट्रवादिता भएको नेता चाहिन्छ । जुनपार्टी देशको सीमाको कुरा बोल्न सक्दैन, त्यो दल स्वाधीनतावादी रे । टुक्के र नाटके नेताहरूले ह“साए, खुब ह“साए ।

देश टाट पल्टेपल्टोस्, शिक्षा, स्वास्थ्य क्षेत्रलगायतमा कम्युनिस्टको व्यापार चम्केकै छ । एनजिओ, आइएनजिओले समानान्तर सरकार चलाएकै छ र मुनाफा नेकपाका नेताहरूले पाएकै छन् । युवा बेचिएर के भो, देश थिचिएर के भो, शासन र सत्ता नै सबथोक ठान्नेहरूको भिजिलान्ते स्वभावले अन्धकार बढ्दो छ ।

प्रधानमन्त्री केपी ओली १४ वर्ष जेल बसेको फुइ“की गर्छन् । उनी जेल देश र जनताका लागि बसेका हुन् कि, ज्यान जोगाएर कुनै दिन देश लुट्छु लुटाउ“छु भनेर ? जेल त दक्षिण अफ्रिकाका नेल्सन मन्डेला पनि बसेका थिए २९ वर्ष । उनले सत्ता त्याग गरेका थिए, जनताको दबाबमा मात्र स्वीकार गरे । उनकी पत्नी बिन्नी मन्डेलाले भ्रष्टाचार गरेको जनआवाज सुनेपछि उनले पार्टीबाट मात्र होइन, जीवनबाटै पत्नी बिन्नी मन्डेलाको परित्याग गरिदिए । मन्डेलालाई आज सिंगो दक्षिण अफ्रिकामा मात्र होइन, विश्वले प्रशंसा गर्छ । असली कमाइ यो प्रशंसा हो, ओली र प्रचण्डजी, तपाईंहरू घुँडा कमाइरहनुभएको छ । मलामी घटाइरहनुभएको छ ।

जनता र देशप्रतिको निष्ठा अमर हुनेरहेछ । तपाईंहरूको निष्ठा कता छ, आत्ममिमांशा गनुहोस् । राजनीति व्यापार होइन, व्यापारीको मुनाफा हुन्छ, देश हुन्न ।

देश चौबाटोमा छ । आज राष्ट्रलाई दह्रो आधार चाहिएको छ । त्यो आधार इमानदार नेताले मात्र दिन सक्छ । एकजना मात्र नेताले मन्डेलाको जस्तो धैर्यता, जियाउर रहमानको जस्तो भावना, गान्धीको जस्तो राष्ट्रियता, नेहरुको जस्तो त्याग, ली क्वान युको जस्तो प्रतिबद्धता, सनयात सेनको जस्तो अठोट देखाउने हो भने बर्बाद भइरहेको नेपालले त्राण पाउने थियो, देशको आधार बन्ने थियो ।


Views: 149

सम्बन्धित सामग्री: