24th August | 2019 | Saturday | 12:10:25 AM

निम्छरोले उजागर गरेको कुण्ठा

स्वयम्भुनाथ कार्की   POSTED ON : बैशाख ३०, २०७६ (४:४८ PM)

निम्छरोले उजागर गरेको कुण्ठा

नेपालमा धेरै यस्ता संकेतहरू देखापर्दै छन् जसले जनताका असन्तोष बढ्दै गएको संकेत गर्छन् । जुन असन्तोष वा रिस, घृणा बाहिर निक्लदैन र भित्रभित्रै रहिरहन्छ, त्यसले पैदा गर्ने भाव कुण्ठा हो । यो कुण्ठा जब मौका पाउँछ तब बाहिर निक्लने गर्छ । त्यसका लागि केवल सानो कारण चाहिन्छ । प्रधानमन्त्रीले संसद्मा बोलेको तीन दिनपछि सभामुखले प्रधानान्त्रीको भाषणबाट केही शब्द हटाउने आदेश दिनुप¥यो । 

दलतन्त्रको संसद्मा शब्दको जुहारी चल्ने नै गर्छ । बलजप्mती पनि हुने नै गर्छ । घेराउ नाराबाजी आदि सामान्य कुरा हुन् । किनभने, जुन प्रणाली स्थापित छ, त्यसमा संसद्मा बहुमत प्राप्त वा प्राप्त गर्न सक्ने दलले सरकार बनाउँछ । यसरी अघोषितरूपमा संसद् सरकार प्रमुखको सहायक हुन्छ । 

दलतन्त्रमा कुनै सांसदको पनि स्वतन्त्र अस्तित्व र मत हु“दैन, हुनलाग्यो भने सचेतकको कोर्रा अर्थात् हिृवपले त्यसो हुन दिँदैन । कुनै प्रस्ताव वा चर्चाको विषय पारित हुन्छ वा हुँदैन, यसको पक्षमा कति र विपक्षमा कति होलान् भन्ने कुरा अनुमानै गर्नु पर्दैन । पहिले नै कुन कुन दलको के धारणा छ भन्ने कुराले परिणाम बताएको हुन्छ । 

संसद्भित्र हुने छलफल केवल कर्मकाण्ड नै हुन्छ । यो खुला गोप्य हो कि सत्तापक्षको प्रस्ताव पारित हुन्छ, विपक्षीको प्रस्ताव अस्वीकृत । कुनै कुरा पारित हुन रोक्न वा पारित गराउन विपक्षी वा प्रतिपक्षीले गर्न सक्ने एकमात्र उपाय यसलाई सञ्चार माध्यममा ल्याएर जनताको दबाब सिर्जना गर्नु हो । त्यो गर्न प्रतिपक्षलाई संसद्मा हलचल ल्याउनैपर्छ, आवश्यक भए भा“डभैलो पनि गर्नुपर्छ । 

संसद्को मर्यादा राख्न खटिएका मर्यादापालकहरूको काम त्यो भा“डभैलोमा शारीरिक तथा भौतिक क्षति हुन नदिनु हो । संसद्मा कुर्सी तोडिएका माइक भा“चिएका एक अर्कालाई मुक्का प्रहार गरिएका दृश्यहरू नेपालका मात्र होइनन् संसद्को बहुमतले सरकार बनाउने हरेकजसो देशका हुन् । यसमा संसदीय मर्यादा त परै जाओस् हाटबजारमा नशाको तालमा मस्तले बोल्ने जस्ता शब्द अपशब्दहरू पनि प्रयोग हुन्छन् । त्यसैले, सभामुख वा सभाध्यक्षको विवेक वा सदस्यको मागले यस्ता शब्द संसदीय अभिलेखबाट मेटाउने आदेश दिने गर्छ । 

कुनै दल चोखा छैनन्, आफू प्रतिपक्षमा हु“दा त्यही व्यवहार देखाउँछन् अनि सत्तामा भएको बेला सदाचार र शिष्टाचार देखाउँछन् । तर, बजेट प्रस्तुत गर्न रोस्टममा जानबाट अर्थमन्त्री नै रोकिनु, हातपात हुनु र बजेटको ब्रिफकेस नै च्यातिनु भने नेपालको संसद्मा बाहेक अन्यत्र सायदै भएको होला ।

त्यस्तै, सरकार प्रमुखको वक्तव्यबाट कुनै शब्द हटाउने आदेश दिन विवश हुनु पनि सम्भवतः विश्व संसदीय इतिहासमा पहिलो घटना होला । ती प्रयुक्त शब्दहरू कति अमर्यादित थिए वा थिएनन् भन्ने विवचना यहा“ सन्दर्भको विषय होइन । प्रतिपक्षको चर्को हल्ला र विरोधका बीच नै प्रधानमन्त्रीको जवाफ दिने कार्यक्रम अगाडि बढाएका सभामुखले अन्ततः ती शब्द हटाउने आदेश दिनु विवशताको प्रमाण हो । 

अर्थको हिसाबले निम्छरो शब्द त्यत्ति आपत्तिजनक नहुनसक्छ । तीन दिन सत्तापक्षले र सभामुखले यसलाई जनचर्चाको विषय बन्न दिनुको अर्थ आप्mनो पक्षमा जनसमर्थन जटाउनु नै थियो । तर, यसले उल्टो असर ग¥यो, बाहिर सभामुखको जस्तो आलोचना भयो त्यो पनि बिरलै हुनेमध्येको एक थियो । त्यसपछि एक प्रकारले तामेली गरेको विषय आपैmँले उठाएर शब्दहरू हटाउने आदेश दिनु आप्mनो नाक जोगाउने प्रयत्नको रूपमा लिइएको पनि हुनसक्छ ।

नूर गिरेको, आत्मबल हराएको वर्तमान प्रतिपक्षले आप्mनै दल तथा नागरिकहरूको लगातारको छेड सहनुपरेको छ । कुनै मामिलामा पनि अडिग हुन सकेको छैन, हरेक मामिलामा उसले ‘उल्टो डोको’ बोक्नु परेको छ । यसले उसका कार्यकर्ताहरूको मनोबल गिरेको छ । त्यसैले, यो संसद् सत्र उसले आप्mनो उपस्थिति देखाउने, कार्यकर्ताहरूको मनोबल बढाउने अवसरको रूपमा प्रयोग गर्नुपर्ने भएको छ र गर्ने प्रयत्न पनि गरेको छ । 

रचनात्मक वा सार्थक विरोध गर्ने क्षमता उसले हराएको छ । संगठन सुुषुप्त भएको अनुभूति भएर नै ‘जागरण कार्यक्रम’ गरेको कुरामा शंका गर्नुपर्ने आवश्यकता छैन । यस्तोमा सरकार प्रमुखको वक्तव्यबाट केही शब्द अमर्यादित भनेर अभिलेखबाट हटाउन लगाउनसक्नु उसका निमित्त ठूलो उपलब्धि हुनसक्छ । तर, नागरिकले त्यसलाई पनि प्रतिपक्षको उपलब्धि मानेको संकेत देखिएन ।

अर्थात् नागरिकमा यो वा त्यो नभनी सबै दलहरूप्रति कुण्ठा व्याप्त छ । यहा“सम्म कि, यी सबै दलभन्दा अलग विचार राख्ने भनेर आपैmँलाई घोषणा गर्ने राप्रपाले पनि नागरिकहरूको सोचमा कुनै फरकपन ल्याउन सकेको छैन । यो समग्रमा नया“ नेपालप्रतिको कुण्ठाको परिणाम हो । तीनै तहका सरकार भनिने संरचनाहरूमा निर्वाचित पदाधिकारीहरू छन् । तर, जनता आपैmँले मत दिएको पदाधिकारीहरूको मिचाहा व्यवहारले आजित हु“दै जा“दै छन् । यो कुण्ठा कुनै एक अवयवप्रति मात्र होइन समग्र प्रणालीप्रति हो । त्यसैले, कसैले चर्को स्वरले पदाधिकारी, दलका नेता अनि आसेपासे आदिलाई गाली गरेमा त्यो नायक, महानायक हुन्छ, पूजनीय हुन्छ । जनता उसैलाई जिम्मेवार पदमा देख्न चाहन्छन् । 

यसरी प्रख्याति पाउने व्यक्तित्वहरूमध्ये को राष्ट्रपति, को प्रधानमन्त्री, को अर्थमन्त्री आदि हुनुपर्छ भनेर सामाजिक सञ्जालमा बहस हुन्छ । कल्पनामा पनि फलाना प्रधानमन्त्री, होइन ढिस्काना प्रधानमन्त्री भनेर चर्को बहस हुन्छ । कोही प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने कुरा चर्काउँछन्, कोही सरकारी तामझामको आलोचना गर्छन् । 

यहाँसम्म कि ‘न्याय हराए गोर्खा जानु’ भन्ने उक्तिको उत्तराधिकार बोकेको नेपालको न्यायपालिका पनि बिस्तारै जनअविश्वासको छाया भोग्न थालेको छ । अर्थात् कार्यपालिकामा विश्वास, व्यवस्थापिकामा भरोसा र न्यायपालिकामा आस्था घट्न थालेको छ । त्यसैले, कुनै काम वा कदमको आलोचना विवेचना हु“दैन कुनै एक शब्दलाई लक्ष्य बनाएर चा“दमारी (हतियार अभ्यासको क्रममा गोली चलाउने काम) गर्दछन् ।

पाखा लगाइएका राजदम्पतीको ४९औं वैवाहिक उपलक्ष्य र गणतन्त्रका पिता भनिने पुष्पकमल दाहालको ५०औं वैवाहिक उपलक्ष्य केही दिनको फरकमा सम्पन्न भए । पहिले राजदम्पतीको वैवाहिक उपलक्ष्य आयो, हर्षले मुस्कानसहित सामान्यरूपले मनाएका तस्वीर सञ्चारमाध्यममा आए । पछि, पुष्पकमल जोडीले पुनर्विवाह गरेर आप्mनो विवाहको दिवस मनाए । 

कुनै बेला आफन्तको वैवाहिक समारोहमा राजाको नाचलाई अस्वाभाविक देखेर आलोचना गरिएको थियो, त्यही आलोचना गर्ने प्रमुख पात्र पुनर्विवाह गरेर खुसी खोज्दै गरेको देखियो । यो सबै सामान्य जीवनयापनका प्रक्रिया हुन् । यसको आधारमा आलोचना गरिनु वा टीकाटिप्पणी गर्नु उचित हुँदैन । 

एक जो राजसंस्थाको निमित्त संविधानसभाले निर्णय गर्ने भन्ने अन्तरिम संविधानको व्यवस्थामा पर्खन सकेन । जसरी भए पनि बरु घोषण अहिले गर्ने र त्यसको अनुमोदन भने संविधानसभाको पहिलो बैठकले गर्ने भन्ने जिद्दी कायम गर्नसक्यो । अर्को जो परम्परादेखि अविच्छिन्न राजपरम्परालाई छोड्दै जनताको इच्छा भनेर पाखा लाग्न तयार भयो । 

यी दुई विपरीत ध्रुवका नायकहरूको जीवनशैली जनअभिरुचिका कारण बन्छन् नै । एकको सरकारी तामझाम अर्काको सामान्य जीवनयापन सरकारी पदले फरक हुने नै भयो । एक पुर्खादेखिको निरन्तरता अनि दायित्व त्यागेर बसेको छ, अर्को युगान्तकारी परिवर्तन गर्न सफल भएको महानायक भनाइएर बसेको छ । यी दुवैको अनुहारमा सन्तोषको छाया कसकोमा छ, कसकोमा पश्चातापको छाया छ ? जनचासो यतातिर तानिने नै भयो ।

त्यसैले, दुवैका ती अवसरका तस्वीरहरू एकै ठाउँ राखेर अनेकौं प्रतिक्रियाहरू व्यक्त भइरहेका छन् । 

यो ‘निम्छरो’ शब्दको अर्थ आपत्तिजनक नहुनुपर्ने हो । त्यसभन्दा धेरै निम्छरा शब्दहरू प्रयोग भएका छन् । प्रधानमन्त्री आप्mनो भाषण रोचक बनाउन यस्ता अनेकौं शब्दहरू प्रयोग गर्ने गर्दछन् । उनका यस्ता शब्दहरूमा हा“सोका पर्राहरू छुट्ने गर्छन् । अहिलेसम्मको सोच यस्ता शब्दहरूको समर्थनमा जनता हा“स्ने गर्दछन् भन्ने थियो भने अब त्यो बदल्नुपर्ने भएको छ । यो हा“सो आल्हादको भन्दा उपहासको हो कि, भन्ने प्रश्न संसद्भित्र प्रयोग भएको निम्छरो शब्दले भोग्नुपरेको हविगतले देखाएको छ । आमसभा या सभाहरूका भाषणको प्रतिक्रियामा कुण्ठा व्यक्त गर्ने माध्यम ह“ुदैन । 

तर, तीन दिनसम्म पनि संसद्मा प्रयोग गरिएको निम्छरो शब्दले समर्थन नपाउनु निश्चय नै कुण्ठा हो । गणितीय दुईतिहाइको सरकार बा“की चार वर्षसम्म हल्लाउन कसैले सक्दैन । अब यो सरकार प्रमुखको रोजाइ हो कुण्ठा बढाउने कि घटाउने । जे होस् जनतामा कुण्ठा रहेछ र त्यो व्यक्त पनि हुन लागेछ भन्ने कुरा त निम्छरो शब्दले उजागर गरेको छ । मान्ने नमान्ने जो विचार ।


(कार्की विराटनगरबाट लेख्छन्)


Views: 125

सम्बन्धित सामग्री:

बाढी र हामी

श्रीमन्नारायण : भदौ ६, २०७६ (८:४७ AM)