27th June | 2019 | Thursday | 4:34:17 AM

घट्दो राजनीतिक सम्मोहन

स्वयम्भुनाथ कार्की   POSTED ON : जेठ ६, २०७६ (६:३७ AM)

घट्दो राजनीतिक सम्मोहन

भनिन्छ, सम्मोहन एक यस्तो विधा हो जुन जान्नेले अरू सबैलाई लठ्ठ बनाउन सक्छ । अर्काको मस्तिष्कलाई नियन्त्रण गरेर अवास्तविक संसारमा पु¥याइदिन्छ । सोचलाई नियन्त्रण गरेर आगोले भिजाउ“छ, पानीले डढाउँछ भन्ने पनि सत्य हो भनेजस्तो अवस्थामा पु¥याइदिन्छ । यस्तो वास्तवमा हुनसक्छ वा सक्दैन वा त्यस्तो कुनै विद्या छ कि, छैन निश्चयतापूर्वक भन्न सकिँदैन । तैपनि, साइमन्द्री पढेकाले यस्तो सम्मोहन वा मोहनी लगाउन जानेका हुन्छन् अरे भन्ने जनश्रुति छ । 

दृष्टिबन्द, मायाजाल आदि पैmलाउन सक्ने काल्पनिक नायक या नायिकाको बारेमा अनेकौं दन्त्य कथाहरू पनि छन् । विज्ञानमा केही मात्रामा सम्मोहनको प्रयोग भए पनि त्यो यस्ता जनश्रुतिसँग मेल खाने खालको हुँदैन । यसरी कसैलाई सम्मोहन गर्न लामो प्रक्रिया छ । अनुसन्धानमा प्रयोग हुने नार्को टेस्ट सम्मोहनको एक प्रयोग हो तर यो भनिए जस्तै तुरुन्त हुन सक्दैन । त्यस्तै, सामूहिक सम्मोहन पनि हुँदैन । सबैभन्दा शक्तिशाली सम्मोहक धार्मिक आस्था हो । यसको सम्मोहनमा अरू कुनै सम्मोहन चढ्न कठिन छ । त्यसपछिको सम्मोहन भने राजनीतिक आस्था हो । कम्युनिस्टहरू धर्मलाई अफिम भन्छन् भन्ने कुरा यसै प्रसंगको हो । भौतिकवादको नाममा धार्मिक आस्थालाई प्रतिस्थापन गर्ने सिद्धान्त केवल कम्युनिजममा छ । धार्मिक आस्थाले अरू आस्थालाई व्यक्तिको मनमा दोस्रो स्थानमात्र दिन्छ । त्यसैले, धार्मिक आस्थालाई अफिम भनेर हटाउन सकियो भने आफू स्थापित हुन सकिन्छ भन्ने सोचेरे यो कुरा भनियो । 

सुरुसुरुमा यो उग्रतापूर्वक स्थापित गर्न खोजिए पनि कालान्तरमा त्यसो होइन यसो पो भनेर लिपापोती गर्न कर लागेको छ । नेपालमा पनि हाल स्खलन भएको माओवादी विद्रोह कालमा धार्मिक आस्थामा अनेकन हमला भएकै हो । त्यसैको बलमा परिचय कमाएकाहरू अहिले धार्मिक केन्द्र, धार्मिक आयोजन आदि चहार्दै हिँडेको प्रत्यक्ष छ । जातपात, छुवाछुत मानिनु हु“दैन भन्ने वामपन्थीहरूकै घर चुल्होमा विभेद भएका घटनाहरू पनि कहिलेकाहीँ सुन्न पाइन्छ । यहा“ स्खलन भएको माओवादी विद्रोह भनिएकोमा आपत्ति हुनसक्छ । त्यसैले, किन यसो भनियो भन्ने कुरा प्रस्ट गर्न आवश्यक छ ।

पहिलो कुरा विद्रोह क्रान्तिमा परिणत हुन विद्रोहको सम्पूर्ण विजय हुनुपर्दछ । राज्यसत्ता बदल्न, राज्य प्रणाली बदल्न भनेर सुरु गरेको विद्रोह त्यही सत्ताले विनानिर्वाचन दिएको संसदीय हैसियत लिएर समाप्त भयो । भारतमा दस्युरानी फुलनदेवीलाई संसद् सदस्य बनाएजस्तो पनि भएन । उनलाई समाजवादी पार्टीले निर्वाचन लडाएर जिताएको थियो । 

अब रणनीतिक कदमले लक्ष्यमा पुग्ने भन्ने झिनो सम्भावना पनि छैन । किनभने, माओवादी नै अर्को दलमा विलय भइसकेको छ । त्यस दलभित्र आप्mनो अलग वर्चश्व कायम गर्न सकिन्छ कि भन्ने सोचले दुई अध्यक्ष, अनि तल्ला तहमा आनुपातिक भागबण्डा नै भए पनि जसको विरुद्धमा रक्तपात गरिएको थियो त्यसैमा विलय भइसकेपछि यसलाई स्खलन नै भन्न सुहाउँछ । 

त्यसबाट चोइटिएर युद्ध जारी छ भन्ने समूहहरू अब त्यो सम्मोहन पैदा गर्ने हैसियत राख्दैनन् । पहिलेका आफ्नै भएकाहरूले सत्तामा बसेर आपूmलाई लुटेरा सावित गर्न लागेपछि आफूसँग राजनीतिक लक्ष्य र सोच छ भन्ने सावित गर्न नै हम्मेहम्मे पर्नेछ । त्यसमाथि जुन सरकारको विरुद्ध विद्रोह गरेको छ त्यसै सरकारको कर बुझाएन भनेर गरिएको हमलाले विप्लव समूहले आफूलाई राजनीतिक समूह भनाइ नसक्ने सम्भावना समाप्त पार्दै छ । 

सामान्य तर्क हो, यदि सरकारले कर उठाएर त्यसबाट जनताको भलो हुन्छ भन्ने त्यो समूहलाई लागेको छ भने विद्रोह गर्नुपर्ने कारण के ? पहिले माओवादीलाई राजनीतिक शक्ति हो भनेर विश्वमा नै स्थापना गराउन गिरिजाप्रसाद लागेका थिए । प्रख्यात कोइराला परिवारको हस्तीका रूपमा विश्वले गिरिजालाई चिन्थ्यो तर गिरिजापछि विश्वले कसलाई चिन्छ ?

बिपीको पिँढीपछि अब कोइराला परिवारमा त्यो सम्मोहन छैन । अन्य ठूलादल भनिएका कम्युनिस्टहरूको विश्व मञ्चमा कुनै परिचय भएको जस्तो देखिँदैन । यदि, हुने थियो भने अन्य मुलुकहरूमा गरिएको नेपालको औपचारिक भ्रमणहरूमा प्राप्त अनिवार्य स्वागत सम्मानलाई मुलुकमा उपलब्धिको रूपमा प्रचार गर्न यत्रो मिहिनेत गर्नु पर्दैनथ्यो । आफ्नो महŒव छ भन्ने जनाउन बाक्लै विदेश भ्रमण गर्नु पर्दैनथ्यो । फलाना देशबाट फलाना सहयोग ल्याइयो, फलाना देशको प्रमुखबाट यति सहयोग झारियो जस्ता कुराहरूले मुलकको महŒव र सम्मान बढ्दैन । यसले त दुईपक्षीय या बहुपक्षीय कुराहरूमा नेपाल हमेसा याचकको रूपमा देखापर्छ । अब यो भन्न आवश्यक छैन कि याचकमा ज्यादा आत्मसम्मान हुन्छ कि दातामा ।

राजनीतिक सम्मोहनले लगातार विगतका झन्डै पौने शताब्दीदेखि जे सपना देखाउन खोजिएको थियो त्यो अब टुट्न लागेको छ । नेपाली कांग्रेस वृत्तमा धेरै श्रुतिहरू चलेका छन् । तीमध्ये एक हो राजा महेन्द्रले विकासको निमित्त प्रजातन्त्र आवश्यक छैन भने अरे, अनि बिपीले प्रजातन्त्रविना विकास सम्भव छैन भने अरे । राजा महेन्द्रले लागू गरेको पञ्चायत जनस्तरसम्मको प्रजातन्त्र हो वा बहुदलीय संसदीय व्यवस्था जनस्तरसम्मको प्रजातन्त्र हो ? त्यसको विवेचना यहा“ लक्ष्य होइन तैपनि बहुदलीय संसदीय व्यवस्थाले पुनस्र्थापना भएको केही समयमै रक्तरन्जित विद्रोह खेप्नुपरेको थियो । नत्र यो गणतन्त्रको संवैधानिक राष्ट्रपतिले अभ्यास गरेभन्दा कम शक्ति अभ्यास गरेका राजा वीरेन्द्रको विरोधमा हतियार उठाउनुपर्ने कारण के थियो ? त्यो तत्कालीन विद्रोहका कमान्डरले जवाफ दिनुपर्छ ।

राजनीतिक स्वतन्त्रता भनिएका यत्रा वर्षसम्म त्यो छनक देखिएन । बरु मुलुक थप भुँमरीमा फस्यो । अहिलेसम्म प्रजातन्त्रको नया“ नाम लोकतन्त्रलाई ‘संस्थागत गर्ने महाअभियान’ चल्दै छ । तीन दशक हाराहारीसम्म दलहरूको सम्मोहन कायम छ । त्यसैले जनता अब त छिट्टै संस्थागत गरेर आप्mनो निमित्त राज्यले काम गर्ला भनेर पर्खेको छ । तर, अब बिस्तारै त्यो सम्मोहन टुट्दै गएको छ । विगतलाई गाली गरेर सम्मोहित गर्ने अस्त्र भुत्ते हु“दै गएको छ । अब जनता नेताहरूबाट इतिहास पढ्दा–पढ्दा दिक्क मान्न थालेका छन् । यस्ता भाषणहरूमा पहिले मन्त्रमुग्ध हुने श्रोताहरू अब हाई काढ्न थालेका छन् ।

अर्को अस्त्र जनतालाई स्वप्नलोक देखाउने पनि अपनाइँदै छ तर यो अस्त्र दिगो भने हुन सकेको छैन । काम देखाउन अति उत्साहमा चारैतर्पm भत्काइएका संरचनाहरूको आधारमा बसेर जनता धेरैबेर स्वप्नलोकमा बस्न सक्दैनन् ।

विराटनगर जो महानगर भएको छ, अहिले प्रदेश–१ को राजधानी पनि भएको छ । यसमा भएको एक मात्र सरकारी अस्पतालमा पुग्ने बाटो भत्काएको आधा वर्ष भइसकेको छ । आपत्कालीन उद्धारमा प्रमुख भूमिका हुने अस्पताल जहाँसम्मको पहु“च एक सेकेन्ड पनि रोक्न युद्धकालमा पनि हिम्मत हुन्न थियो त्यो शान्ति कालमा ६ महिनाभन्दा धेरै समयदेखि अवरुद्ध छ । यस्तैखाले अवस्था वर्तमानमा नेपालभरी छन् ।

कर्मचारीहरूले आप्mनो बुढेसकालमा विपन्नताको चिन्ताले भ्रष्टाचार गर्नु नपरोस् भनेर निवृत्तिभरण दिइन्छ । त्यो सरकारलाई आर्थिक बोझ भएपछि भविष्यको चिन्तामा अतिरिक्त आम्दानीको निमित्त कर्मचारीले के गर्लान् सोच छैन । बेलामै जोहो नगर्ने मूर्ख र जोहो गर्ने बुद्धिमान भनिने अवस्थामा भविष्यप्रति चिन्तित राष्ट्रसेवकहरूले कस्तो काम सम्पादन गर्लान् त्यसमा ज्यादा सोच्नै पर्दैन । राजनीतिक पद धारणा गर्नेले केही समय पदमा रहेको आधारमा नै आजीवन सुविधासहित निवृत्तभरण पाउने तर आप्mनो जीवनको ऊर्जाशील समय राष्ट्रसेवामा बिताउनेले भने भविष्यको चिन्ता आफैँ गर्नुपर्ने कुरा उचित मान्न सकिँदैन । 

सामाजिक सुरक्षा भनेर ज्येष्ठ नागरिकहरूलाई भत्ताको स्वाद चखाइएको छ । कुनै अवस्थामा त त्यो चौमासिक आउने भत्ताले नियमित दबाइ पनि पुग्दैन । यसलाई पनि अनेक बहानामा सीमित गर्ने सोच आर्थिकरूपले उचित नै होला । तर, राजनीतिक दलसम्बद्ध र नेताको निकट भएको कारणले राज्यबाट उपचार खर्च लिने गरेको देख्दा राज्यको नजरमा सबै बराबर भन्ने कुराको पोल खुल्छ । हुन त नेकपा आफूलाई यो भत्ताको दाता सम्झन्छ किनभने यो निर्णय मनमोहन सरकारका पालामा भएको थियो । तर, भत्ताको आर्थिक दायित्व त नेकपाको कोषमा छैन, राज्यकोषमा छ । 

आगामी निर्वाचनमा सत्ता पाउन मुख मिठ्याएर बसेको प्रतिपक्ष नेकपाको सरकारले जति यसलाई सीमित गर्छ त्यति नै सन्तोष मान्नेछ । निवृत्तभरण रोक्ने निर्णय गर्ने अर्थमन्त्री नेकामा नै छन्, भत्ता रोक्न राजनीतिक घाटा हुने भएकोले मात्र नसकेका हुन् । नेकपाले नै रोके आनन्द ।

अब राजनीतिक नेतृत्वसँग त्यो सम्मोहन शक्ति छैन । सर्वसाधारणको कुरा त परै जाओस् अब उनीहरूका कार्यकर्ता पनि सम्मोहनको त्यो दाम्लोबाट मुक्त हु“दै छन् । प्रदेशको राजधानी र नामको बारेमा दलीय सहमति गरेर त्यसअनुसार गर्न दिएको आदेशको प्रभाव कम रहृयो । हिृवपको विरोधमा जाने चेतावनीले नेताहरूको सम्मोहन कमजोर पारेको छनक दिएको छ ।

लामो समय लगाएर कायम गरेको मायाजाले आप्mनो उत्कर्षमा आएर मुलुकको आधार नै समाप्त गर्न उद्यत भयो । त्यसैले, अब जनता मोह निन्द्राबाट बिउ“झिँदै छन् । त्यो छनक प्रस्ट देखिँदै छ । कुनै कुरामा नेता संलग्न छन् भने व्यवस्था अनि शासन पनि यसमा संलग्छ छ । जनता पूर्वाग्रही भएर नै त्यसको विरोधमा लाग्छन् । अर्को पक्ष जो भए त्यसको पक्षमा आवाज उठ्दै छ । 

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 108