27th June | 2019 | Thursday | 4:54:17 PM

देवता र दुर्योधन

राजन कार्की   POSTED ON : जेठ ९, २०७६ (७:१० AM)

देवता र दुर्योधन

सशस्त्र युद्धले जीवन र अमानवीय मृत्युलाई नजिकबाट देखायो, चिनायो । ११ वैशाख ०६१ सालमा सशस्त्र युद्धसमेत मिसिएर बनेको जनआन्दोलनका सामु जब राजा झुके, त्यसलाई वसन्त परिवर्तन भनियो । जनताको रहरलाग्दो जनआन्दोलनको जा“गर र जनताको जित भएको इष्र्यालाग्दो परिवर्तन । यही थियो लोकतन्त्र ।

यो परिवर्तनको १२ वर्षपछि इजरायली विद्वान् नेपाल आए र जाने बेलामा अनुभव सुनाए, ‘के छैन नेपालमा, सबै छ, पृथ्वीको स्वर्ग हो नेपाल । नेपाली नेतामा इच्छाशक्ति र इमानदारी नहु“दा नेपाल दुर्गतिको कारण बनेको रहेछ ।’

पछिल्लो समय प्रधानमन्त्रीसहितका संवैधानिक प्रमुखहरूको निवास बालुवाटारको जग्गा माफियाकरण भएछ, खरिद गरेछन्, सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलले । सञ्चारमन्त्री सरकारका प्रवक्ता, उनले विष्णु पौडेल ठगिएछन्, उनलाई क्षतिपूर्ति दिनुपर्छ भनेर बिलापमात्र गरेनन्, सबैले सुन्नेगरी भाषण गरे । प्रधानमन्त्रीले महासचिवको दोष छैन भनेर आफैँ अदालत बनेर सफाइ दिए । यति भइसकेपछि प्रधानमन्त्री अध्यक्ष रहेकै पार्टीका वरिष्ठ नेता भीम रावलले महासचिव मुछिएको बालुवाटार जग्गा प्रकरणमा छानबिन हुनुपर्छ भनेर माग गरेका छन् ।

नेकपाका होनहार नेताहरू जसले शिक्षा, स्वास्थ्यमा लगानी गरेर मुनाफाखोर बनेका छन्, एनजिओ आइएनजिओमा बसेर समानान्तर सरकार मात्र होइन, राष्ट्र र जनता दोहन गरिरहेका छन्, तिनीहरू कम्युनिस्ट हुनै सक्दैनन् भनिरहेका छन् । तर, प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड नव सम्भ्रान्त, नव राजा बनेर माफियाकरणमा दंग परेका दृश्यहरू एकपछि अर्को सार्वजनिक भइरहनुले नेकपा निरंकुशतातिर लागेको प्रमाण बनेको छ ।

३३ किलो सुन काण्ड होस् कि, चार अर्ब ३५ करोड वाइडबडी जहाज खरिद प्रकरण होस्, ठूला करदातालाई कर माफी होस् कि, एनसेल काण्डमा नेता र कर्मचारीको संलग्नता होस्, न्यायाधीश, राजदूत नियुक्तिदेखि कुनै पनि निर्णयमा सरकार नीतिगत र ठाडो भ्रष्टाचारमा चुर्लुम्मै डुब्दै गएको छ । यसकारण त बुद्धिजीवीहरू ०६३ सालको जनआन्दोलनको सफलताबाट प्राप्त वसन्त परिवर्तनमा ढुसी लागेको, खिया परेको, ढल बनेको, एकतामा फाटो हालेको, भेग, जाति, भाषाका आधारमा राष्ट्र विखण्डनवादीलाई सघाएको, यो त स्वागत होइन, धिक्कार गणतन्त्र पो आएछ भन्न थालेका छन् ।

राष्ट्र एकीकरणको ठूलो उपलब्धि हासिल भएपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहका भाइले आप्mनो भाग राज्य मागेको प्रसंग इतिहासमा छ । पृथ्वीनारायण शाहले राज्य अभिभाज्य हुन्छ, राज्य भाग लगाउने वस्तु होइन । जसले राज्य टुक्य्राउन खोज्छ, उसको गर्धन छिनाल्छु भन्ने जवाफ दिएपछि यो विवादको अन्त्य भएको थियो ।

स्मरण रहोस्, स्पेनबाट सानो भूभाग क्याट्लोनिया टुक्र्याउन खोज्दा प्रधानमन्त्री म्यारिआनोले भाषा, भेष, जात वा भेगका आधारमा राज्य टुक्र्याउन खोज्ने राष्ट्रघाती हुन्छ, उसले क्षमा पाउ“दैन भन्ने घोषणा गरेका थिए । हाम्रा प्रधानमन्त्री नेकपाका अध्यक्ष ओली र प्रचण्ड सीमा अतिक्रमणमा बोल्दैनन्, १९५० को सन्धिका बारेमा पनि मौन छन् र विदेशीलाई नेपालको नागरिकता पञ्चदेवलको हड्डी बा“डे जसरी बा“डिरहेका छन् । मधेस अलग देश भन्नेस“ग घा“टी जोडेर, एक मधेस एक प्रदेश नभए एक नेपाल पनि रहन्न भन्नेस“ग मिलाप गरिरहेका छन् । मानौं नेकपालाई सत्ता मफतमा मिलेको बिर्ता होस् ।

नेकपाले बिर्सेको सत्य के हो भने माओले त्यसै महेन्द्रलाई विश्वास गरेका थिएनन् । विश्वले त्यसै नेपालको असंलग्नताको सराहना गरेको थिएन । आज नेपालको व्यक्तित्व कौडीका भाउमा पुगिसक्यो, अमेरिकाले बोलाएर इन्डो प्यासिफिकको सेन्टरमा छ नेपाल भनेर दवाब मात्र दिएको छैन, केही नेतालाई १५ दिने तालिम र लोभमा फसाएर नेपालस्थित अमेरिकी राजदूतले सामाजिक सञ्जालमा अन्तक्र्रियासमेत दिन थालिसकेका छन् । यही सिलसिला चिनिया“ र भारतीय राजदूतले सियानलियाओ र मनकी बात भनेर सुरु गरे भने नेपालको हालत कहा“ पुग्ला ? परराष्ट्र छ, यो सब तमासा हेरिरहेको छ । गरिमा र महिमा, मर्यादा र अनुशासन केही नरहने भयो । दोष हाम्रो सोचमा छ, शासन र क्षमतामा छ ।

कार्लमाक्र्सले किन भीमसेन थापाको नाम लिएका थिए ? यो जान्न डा. केशरजंग रायमाझीको पुस्तक पढ्नुपर्छ । पृथ्वीनारायण शाहको विदेशनीति, आन्तरिक नीति र आत्मनिर्भरतासहितको स्वाभिमान नीतिबारे माक्र्सको अर्थशास्त्रमा देख्नेहरू कति छन् कति ? आज मदन भण्डारी सम्झने र जबज नीतिमा हिँडेको एमाले नेकपाको का“चुलीमा प्रवेश गर्नासाथ बिर्सेको छ । जबजको पहिलो नीति थियो, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरिनेछ । त्यही नेकपाले मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारलाई जेल हाल्ने र दण्ड दिने नीति अख्तियार गर्दै छ ।

भर्खर आर्थिक कूटनीतिक योजना तयार गरेको नेकपाको सरकारले भारत र चीनलाई प्राथमिकतामा राख्ने, वैदेशिक रोजगारीलाई प्राथमिकता दिने, हलिउडका सेलिब्रिटी र बेलायती राजपरिवारलाई भ्रमण गराउने उल्लेख गरेछ । नेपालको अर्थतन्त्र भनेको माटो, पानी, हिमाल, नदीनाला, उत्पादन र उन्नति हो भन्ने नै बिर्सेछ । कुनै पनि संवैधानिक निकायले काम गरिरहेको छैन, सरकारमा सक्षमता र कर्मशीलता नभएपछि यसैगरी भताभुंग चाला देखिने हो, देखिएको छ ।

सडकबाट २० वर्षे गाडी हटेनन्, सिन्डिकेट जस्ताको त्यस्तै छ, ठूलाले कर नतिर्ने परिपाटी झन् बलियो बनेको छ, अब त सुमार्गीले समेत कर तिर्दिनँ भनेका छन् । अदालतले लगानीका लागि भिœयाएको आफैँले पठाएको कालोधन फिर्ता गर्न दिएको आदेश राष्ट्र बैंकले पालना गराउन सकेन । सरकार छ भने कहा“ छ ? संविधान कार्यान्वयन भएको यही हो ?

योजना नभएको योजनाकार, विचार र अवधारणा नभएको नेता, मिलोमतो प्रशासन, निष्ठा र अनैतिक नेतृत्वको पछि लागेको मुलुकको दुर्गति मात्र हुन्छ । प्रगतिका लागि साहसी, राष्ट्रप्रति जस्तोसुकै त्याग गर्नसक्ने आ“ट भएको, अक्कल निकाल्न सक्ने हिम्मत चाहिन्छ । जनआन्दोलनले गणतन्त्रको चस्का ल्यायो, गणतन्त्र चलाउन सक्ने हिम्मतवाला कोही पनि देखिएनन् । परिवर्तन त भयो, देश भ्रष्टाचारी पापको पोखरी पो बन्न पुग्यो ।

जनतालाई झुक्याउनकै लागि राजधानीलाई सिंगापुर बनाउने कुरा कांग्रेसले ०४७ सालमै गरेको हो । कांग्रेसले राजधानीलाई दिनको तीन पल्ट धोइ दिने धक्कु पनि लगाएको थियो । जनताले पूर्ण बहुमत दिए । त्यसपछि १२ वर्षसम्म कुशासन चलायो । यो कांग्रेसलाई कम्युनिस्टले यसरी धुस्नु बनाएर दुरुपयोग गरिदियो कि, आज कांग्रेस सडकमा छ, कम्युनिस्ट सरकारमा ।

जब–जब पापाचार बढ्छ, श्रीकृष्णको उदय हुन्छ । अन्धा धृतराष्ट्रको खुनी अ“गालोबाट श्रीकृष्णकै चलाखीले बचाएको महाभारत पढेका नेपाली आज धृतराष्ट्ररूपी शासनको अन्त्यका लागि कुनै श्रीकृष्णावतारको प्रतीक्षामा छन् । यति बेला जुनप्रकारको जंगलीतन्त्र चलिरहेको छ, जनताप्रति जवाफदेहिताको अन्त्य गरिएको छ र संवैधानिक स्वतन्त्रतासमेत अपहरणमा परेको छ । यसको अन्त्य कुनै राजनेताको अवतरण नभएसम्म सम्भव छैन । सलाम गर्न लायक नेताको खडेरीले देशलाई दशाको सागरमा हेलिदिएको छ ।

राष्ट्र खिइ“दो छ, नेताहरू खाइलाग्दा देखिँदै छन् । राष्ट्र चुसेर डकार्नेहरू राजनेता मै हु“ भन्ने दम्भ देखाइरहेका छन् । यथार्थमा दुर्योधन चरित्र भनेको यही अहंकार हो । राष्ट्र जुरुक्कै उचाल्ने नेता खोजेको, भ्रष्टाचार र अनैतिकता पो बोकेर सुइँकुच्चा ठोकेका छन् । वर्तमान नेपालको सत्य यही हो ।

फोहोरको गन्धमा रुमलिएका कीराको आप्mनै संसार हुन्छ । उसलाई स्वर्ग र अमरत्व भनेको फोहोर मात्रै हो । उसले जनताको, सभ्यता, शिष्टता, शालिनताको सम्मान गर्न नसक्नुको पीडा देशले भोगिरहेको छ ।

भारतकै कुरा गरौँ गान्धीले भारतलाई स्वतन्त्रता दिलाए । चाहेको भए उनी अकंटक राज्य गर्न सक्थे । उनी कहिले पनि सत्तामा उक्लेनन्, चर्खा च्यापेर खादी आदर्श स्थापित गरे । लन्डनमा सिएको लुगा पेरिसमा धोएर लगाउने सामन्त नेहरु सत्तामा पुगेपछि उनले आप्mनो आनन्द भवन नै राज्यलाई सुम्पिदिए । त्यही भारतमा लालबहादुर शास्त्री पनि सत्तामा पुगे । आज पनि भन्ने गरिन्छ, त्यागका नाम महात्मा गान्धी, दानका नाम लालबहादुर शास्त्री ।

फुटपाथे नेताहरू आज अर्ब, खर्बका मालिक बनेका छन् । राजनीति पसल बनेको छ र नेता पसले । व्यापारीलाई नाफाकै चिन्ता हुन्छ । यही कारण नेपाली नेतामा राष्ट्र उठाउने, राष्ट्र चिनाउने, राष्ट्र बनाउने राष्ट्रिय भावना, त्याग र प्रतिबद्धता पटक्कै छैन । यिनीहरूलाई पोस्टमार्टम गर्ने हो भने यिनको आन्द्राभु“डीबाट भ्रष्टाचार र नैतिकहीनता, जनघात र राष्ट्रघात मात्र भेटिनेछ ।

भनिन्छ, व्यापारीको न देश हुन्छ, न जिम्मेवारी । व्यापारीको धर्म मुनाफा हेर्नु हो । जो निष्ठा नै जान्दैन, उसले के नया“ नेपाल बनाउ“छ ? लाटाको देशमा गा“डो तन्नेरी ? संघीय गणतन्त्र नेपाल जनतामारा, देशघातक व्यवस्था बन्दै छ । प्रधानमन्त्रीले धादिङ पुगेर भाषण गरे, ‘एउटा देशमा एउटा सरकार एउटै हुन्छ ।’ सिंहदरबार गाउ“–गाउ“ पुग्यो भनेर ७६१ सरकारको परिकल्पना अहिले आएर अनावश्यक भार र गलगा“ड बन्न पुगेको छ ।

हामीले खोजेको प्रत्येक नेताको आ“खामा राष्ट्रको झण्डा होस्, हरेक नेताको छातीमा राष्ट्रको धुकधुकी चलोस्, नेपाली नेता भन्नासाथ देशभक्तिको झलक मिलोस्, प्रत्येक जनताको मुहारमा देशको टलक देखियोस् । यी सब सपना केवल सपना नै रहे । राजनीतिले शासन, प्रशासनलाई भ्रष्टाचारको भाङ पिलाएर कुशासनको महामारी चलाइरहेको छ । लोकतन्त्र लुटको धन फुपूको श्राद्ध बन्यो ।

जनता देवता हुन्, जनप्रतिनिधि दुर्योधन बनेका छन् । देवता र दुर्योधनको द्वन्द्व चर्किएको छ । नतिजा समयलाई थाहा छ । समयले भन्ला– नेपालको भाग्य र भविष्यमाथिको दुर्योधन चरित्रले निम्त्याएको युद्धको परिणाम के हुन्छ ।

Views: 130