19th September | 2019 | Thursday | 9:25:55 PM

नेपालमा मोदी भय

स्वयम्भुनाथ कार्की   POSTED ON : जेठ २७, २०७६ (१०:११ AM)

नेपालमा मोदी भय

भारत नेपालको छिमेकी देश हो । योसँग हाम्रो दौत्य सम्बन्ध पनि छ । त्यसैले, भारत मित्र देश पनि हो । भारतको अरू केही छिमेकी देशसँग सम्बन्ध राम्रो छैन तर त्यस्तो शत्रु देश होइन नेपाल । दुई ठूला भूगोलबीच रहेको नेपाल राष्ट्रनिर्माताको सोचमा ‘दुई ढुंगाबीचको तरुल’ भयो । 

यो नै नेपालको छिमेकी नीतिमध्येको सबैभन्दा उपयुक्त नीति थियो । ढुंगाभन्दा कमलो तर गतिशील तरुल हुन्छ । यो ढुंगाको कापमा पसेर पनि आप्mनो अस्तित्व कायम राख्छ साथै आपूmलाई विस्तार पनि गर्दछ । पुल बनेमा आपूm खाल्टो हुन्छ, चक्कु बनेमा ढुंगामा घोटिएर भुत्ते हुन्छ । त्यसैले, शान्तिपूर्ण सहअस्तित्वको यो तरुल सिद्धान्त आपसी सम्बन्धको पञ्चशील सिद्धान्तको मूल हो । 

यो कुरा आधुनिक पञ्चशील सिद्धान्तको प्रणेता नेहरुको मुलुकले छिमेकीहरूको सम्बन्धमा मानेन । भारत हमेसा यो क्षेत्रको ठुल्दाजु हुने मनसाय राख्छ । यो कुरा भारतमा जसको सत्ता भए पनि फरक पर्ने छैन । हो, कोही ठुल्दाजुले हप्काउनुपर्छ भन्ने कार्यनीति अपनाउलान्, कोही गुलियो चटाएर ठुल्दाइ बन्ने कार्यनीति राख्लान् । सन् २०१४ मा भाजपा सत्तामा आउँदा अब त छिमेकीहरूले शान्तिपूर्ण सहअस्तित्वको आशा गरेका थिए । त्यो एक कार्यकालभरि नै अनुभूत भएन । 

बरु ‘नाटो’, ‘वारसा’ आदि जस्तै शैलीमा आएको ‘बिमस्टेक’ ले पञ्चशीलमा आधारित ‘सार्क’ ओझेल प¥यो । त्यसैले, २०१९ को भाजपा सरकारको पालामा छिमेकी व्यवहार कस्तो होला भन्ने अनुमान गर्न आवश्यक नै छैन । पुरानो हप्कीको शैली बदलेर डा“ट्ने अनि फकाउने ठुल्दाइभन्दा फरक हुँदैन भन्ने देखिसकिएको छ ।

सुगौली सन्धिमा ठक्कर खाएको नेपाललाई कूटनीतिक चातुर्य आवश्यक छ भनेर जंगबहादुरले सुरु गरेको नेपाल बेलायतसँगको सम्बन्धले नेपालले युद्धको बाटो छोडेको हो । चतुरतापूर्वक नेपाललाई जोगाएर गुमेको भूमि केही मात्रामा भए पनि फिर्ता गर्न यो नीति सफल भयो । तर, कालान्तरमा जंगबहादुरको गद्दी सम्हाल्नेहरू गद्दी बचाउन ‘कम्पनी सरकार’ गुहार्ने पनि भए ।

यसले नेपालको दुवै छिमेकीसँग सन्तुलित सम्बन्धलाई अलिकति कम्पनी सरकारतर्पm तान्यो । भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएर जेलनेल खप्ने नेपाली नेताहरू भारतीय राजनीतिसँगै आबद्ध थिए । नेपाली शासक अर्थात् राणा शासक भने कम्पनी सरकारसँग नजिक थिए । रक्त समिश्रण गरे पनि पिँजडाको सुगै बनाएर राखे पनि राजा जनआस्थाले शक्तिहीन भएका थिएनन् । यही राजशक्तिलाई निषेध गर्नाले त्यो शक्तिलाई मद्दत गर्दा नवनिर्मित भारतीय संघलाई अनुकूल हुने भयो ।

२००७ देखि २०१७ को पूरा राजनीतिक घटना क्रममा भारतीय सोच नेपालमाथि थोपरिन खोजेको प्रस्ट देखिन्छ । अरब मुलुकहरूको भ्रमणमा रहेका राजाले आप्mनो भ्रमणलाई असर पर्नसक्ने भनेर इजरायलसँगको दौत्य सम्बन्ध केही दिन ढिलो गर्नुभन्दा नेपालका प्रधानमन्त्रीले मानेनन् । तर, तिनै प्रधानमन्त्रीले पाकिस्तानसँगको दौत्य सम्बन्ध गा“स्नुभन्दा पहिले भारतीय प्रधानमन्त्रीको सहमति लिन आवश्यक ठाने । 

यो कुरा बिपी कोइरालाले आप्mनो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । ठुल्दाजुको कस्तोसम्म हैकम रहेछ भन्ने कुरा त्यो किताब पढ्दा छर्लंग बुझिन्छ । २०१७ सालको कदमपछि भारतीय संसद्मा उठेको नेपालको विषय, हालै नेपाली कांग्रेसका नेताहरूले सार्वजनिक गरेको भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालका राजा महेन्द्रलाई लेखिएका पत्रहरू त्यो कदम भारतीय हितविपरीत थियो भन्ने सावित गर्न पर्याप्त छन् ।

अंग्रेजको ‘फुटाऊ र राज गर’ को नीतिअन्तर्गत फुटाइएका हिन्दू र मुसलमानहरू भारतमा शताब्दीयौंपछि पनि जोडिन सकेका छैनन् । इसाईहरूको आक्रमक धर्म प्रचारले उनीहरूलार्ई अरूले हेर्ने तरिका फरक छ । यो भारतमा मात्र होइन संसारभरी नै छ । स्वतन्त्रतापछिको भारतका सत्ताधारीहरूले पनि यो फरक कायम राखे । अनौपचारिक रूपले मुलुकको नाम हिन्दुस्तान अर्थात् हिन्दूहरूको स्थान भने पनि हिन्दू विरोधलाई कट्टरताका नाममा जीवित नै राखे । 

नेपालका सबै दलका नेताहरू, सामाजिक ठहरिएका व्यक्तित्वहरू, घोषित, स्वयंघोषित, अघोषित बुद्धिजीवीहरू भारतको त्यो शक्तिका नजिकका वा उत्पादन हुन् भन्न हिचकिचाउनुपर्ने अवस्था छैन । त्यसैले, उनीहरूको निमित्त भने भारतमा भएको सत्ता परिवर्तन कतै शासन व्यवस्था परिवर्तन नहोस् भन्ने चिन्ता छ ।

यो हिन्दू शब्द नै भ्रान्तिपूर्ण छ किनभने जसलाई हिन्दू भनेर सम्बोधित गरिन्छ त्यसका कुनै पनि शास्त्रमा हिन्दू भन्ने उल्लेख पाइँदैन । तर, केहीले आपूmलाई हिन्दू भन्ने मानेका छन् र केहीले आपूmलाई अहिन्दू मान्छन् । धेरैजसो वैदिक कर्मकाण्ड परम्परा भएका सनातनी हिन्दूहरू आपूmलाई नै भनेको ठान्छन् । त्यसभन्दा बाहेक अरूलाई उनीहरू हिन्दू नभएको मान्न सिकाइएको छ । हिन्दू शब्दको उत्पत्ति र अर्थ खोज्ने हो भने यो धर्म नभएर संस्कृतिक परम्परा हो भन्ने बुझाउँछ । 

कुनै कालखण्डभन्दा पहिले सिन्धु नदीपूर्व भएका समग्र संस्कृति तथा परम्पराहरूलाई एकमुष्ट हिन्दू भनिएको पाइन्छ । आधुनिक मान्यताअनुसार हिन्दू भन्नाले कर्मकाण्डी आस्तिक मात्र समेटिन्छ । सबैको देखाइमा भारतीय जनता पार्टीले भन्ने गरेको हिन्दुत्व भनेको त्यसै कर्मकाण्डीहरूको आस्थालाई मात्र भनेको मान्छन् ।

यो कर्मकाण्डी आस्थामा नेपालमा पनि लगातार चोट पर्दै छ । त्यसैले, शत्रुको शत्रु आप्mनो मित्र भन्ने सूत्रअनुसार भाजपाको अनुहार हुन पुगेका मोदीलाई आप्mनो तारणहार देख्न पुगेका छन् । भाजपाका मोदीले भारतको सरकारप्रमुख पद सम्हालेका छन् । त्यसैले, उनले सबै कुरालाई भारतको हितले नाप्छन्, यो उनको पहिलो जिम्मेवारी हो, कर्तव्य पनि हो । सुरुदेखि वर्तमानसम्म अर्थात् कम्पनी राजदेखि अहिलेसम्म भारतीय सत्ता आप्mनो यो जिम्मेवारीबाट डगेको छैन । 

त्यसैले, ज्यादा उत्साहित हुनुपर्ने कारण छैन, हिन्दू अधिराज्य भनेका कारणले त बिल्कुलै होइन । किनभने, २०१९ सालको संविधानले नेपाल हिन्दू अधिराज्य घोषणा भएपछिको आठ महिनामा नै १९१० को मनुस्मृतिमा आधारित मुलुकी ऐन खारेज गरेर सबै समान भएको नया“ मुलुकी ऐन २०२० लागू भएको थियो । तर, धर्मको आधारमा सबैलाई लाग्ने कानुन अझैसम्म नेपालमा बनेन ।

सारमा भन्ने हो भने एक स्वतन्त्र नेपाली र एक स्वतन्त्र नेपाललाई भारतमा हुने सत्ता परिवर्तन वा शासन परिवर्तनले कुनै ठूलो असर पर्दैन । तर, सामाजिक अभियन्ता र बुद्धिजीवीहरूलाई भने निकै फरक पर्दै छ । सानोतिनो फकर होइन आधार नै हल्लने फरक पर्दछ । आप्mनो विश्लेषणभन्दा फरक भाजपाको परिणामले उनीहरूको भोक निद्रा हराएको छ । 

बहुसंख्यक भनिएका र बहुसंख्यक भएकै कारणले अरूको निमित्त हमेसा त्यागै मात्र गर्न विवश बनाइएकाहरूले खप्न छोडेको संकेतको रूपमा बुभ्mनु उनीहरूको डर हो । त्यसैले, धार्मिक साम्प्रदायिक भावना भड्काएर फेरि पहिलेको अवस्था ल्याउन सकिन्छ कि, भनेर गरिने प्रयत्नमा नेपाललाई पनि मुछ्ने अभियान चलेको देखिन्छ ।

मोदीबाट भयाक्रान्त भएकाहरूबाट सुरू गरिएको नया“ शब्द हो ‘गोबर पट्टी’ । यो शव्द अपमानजनकरूपमा प्रयोग गरिएको छ । यसको अर्थ लगाइन्छ गाईलाई खसी बाख्राभन्दा फरक देख्ने जमात । अब भन्न आवश्यक छैन कि, यो अन्तर्गत को–को पर्दछन्, भारतका धर्मभिरु हिन्दूहरू मात्र पर्दछन् कि, नेपालको तराईका मधेसी भनिने नेपालीहरू पनि । एकमुष्टमा गरिएको यो गाली वा दिइएको यो तक्मा तराईवासी वैदिक धार्मिक समूहलाई पक्कै राम्रो लाग्दैन । केही नगन्य घटना भए पनि नेपालमा हिन्दू र गैरहिन्दूबीच झडप भएका छैन । 

तर, यस्ता बुद्धिजीवीहरू भुसको आगोभैmँ वैमनस्यताको विष पैmलाउन तत्पर छन् । त्यसमध्येको एक विष हो यो ‘गोबर पट्टी’ । मोदी भय कसैको विवशता होला । भारतीय राजनीतिमा कसैको पुनरागमन गराउनु अभीष्ट होला, तर ‘गोबर पट्टी’ शब्दले भारतमा दण्ड दिएको त्यो शक्तिले नेपालमा पनि दण्ड नै पाउनसक्छ । बेलैमा सावधान भएर यस्ता शब्द प्रयोगबाट बचेको राम्रो ।

(कार्की विराटनगरबाट लेख्छन् ।) 


Views: 123

सम्बन्धित सामग्री:

सत्ताको अहंकार

राजन कार्की : आश्विन २, २०७६ (१०:०१ AM)

संविधान यात्रा

गोविन्द लुइँटेल : आश्विन १, २०७६ (९:५१ AM)