19th September | 2019 | Thursday | 8:19:36 PM

द्विपक्षीय व्यापारका सम्भावना

डा.सुमनकुमार रेग्मी   POSTED ON : जेठ २८, २०७६ (१०:४० AM)

द्विपक्षीय व्यापारका सम्भावना

नेपाल र विश्वका अरू विभिन्न देशहरूसँग वर्षौंदेखि द्विपक्षीय सम्बन्ध रहिआएकोे छ । यी देशहरूले नेपालको द्विपक्षीय व्यापार, पर्यटन, लगानी तथा हवाई क्षेत्रका विकासमा सहयोग गर्दै आएका छन् । यी देशहरूले नेपालको दिगो विकासका साथै निर्माणलगायत अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् । काठमाडांैमा २५ मित्र राष्ट्रका दूतावास छन् । 

काठमाडौंमा भारत, चीन, अमेरिका, बेलायत, रुस, जापान, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, बंगलादेश, म्यानमार, फ्रान्स, जर्मनी, स्वीट्जरल्यान्ड, ब्राजिल, कतार, साउदी अरब, युएई, फिनल्यान्ड, इजिप्ट, इजरायल, मलेसिया, थाइल्यान्ड, दक्षिण कोरिया र उतर कोरियाका दूतावास छन् । डेढ वर्षअघिसम्म नेपालमा डेनमार्कको पनि दूतावास थियो । नेपालसँग दौत्य सम्बन्ध भएको र नभएका विश्वका देशहरूसँग विभिन्न क्षेत्रमा सहयोग हुँदै आएको थियो । चीनको हुवेई प्रान्त नेपालमा लगानी गर्न इच्छुक रहेको छ । नेपाल र चीनियाँ व्यवसायीहरूबीच आर्थिक व्यावसायिक सम्बन्ध हुँदै आएको छ । 

नेपाल र पाकिस्तानबीच बेलाबेलामा आपसी हित र चासोका विषयमा छलफल हुँदै आएको छ । दुई देशका नेताहरू भेटघाटमा आपसी सम्बन्ध अझ सुदृढ बनाउने कार्य हुँदै आएको छ । यस्ता भेटमा सार्कमा कुनै पनि सदस्य दुई देशबीचको समस्याले दक्षिण एसियाली संगठन सार्कको गतिविधिमा प्रभावित हुन÷नहुनेमा जोड दिँदै आएको छ । शान्तिपूर्ण वातावरणमा सार्क सुनिश्चित हुने र यसबाट नै यस क्षेत्रको आर्थिक विकास हुने औल्याउँदै आइएको छ । सार्कको १९औं सम्मेलन चाँडै हुने आशा गरिए पनि यद्यपि हुन सकेको छैन ।

नेपालका र थाइल्यान्डका उद्योग तथा वाणिज्य संघ तथा महासंघमार्फत उक्त दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्न सम्झौता हुँदै आएको छ । नेपालको आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न विदेशी लगानी आवश्यक भएको भनिँदै आएको छ । नेपालका लागि थाइल्यान्डको खाद्यान्नसम्बन्धी उद्योग, तयारी पोसाक क्षेत्रको लगानी अनुभव नेपाललाई चाहिएको औँल्याइएको छ । 

नेपाल र श्रीलंकाबीच आर्थिक सम्बन्ध विस्तारका लागि जोड दिँदै आएको छ । नेपाल र श्रीलंकाबीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्षगाँठका अवसरमा नेपाली उद्यमी तथा व्यवसायीबीच नेपालमा कसरी लगानी बढाउन सकिन्छ भन्नेबारे विचार आदानप्रदान भएको थियो । देशको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउन सन् २००६ मा दुई देशबीच नेपाल श्रीलंका चेम्बर अझ कमर्स एन्ड इन्डस्ट्रिजको स्थापना भएको थियो । दुई देशबीच पर्यटनको सम्भावना भए पनि सिधा उडान हुन नसक्दा वार्षिक हजारौं पर्यटक गुमाउनुपरेको छ । ७४ प्रतिशत बौद्ध धर्मावलम्बी भएको देश श्रीलंकाका नागरिकलाई लुम्बिनीसम्म ल्याउन सके यसले पर्यटन विकासमा सहयोग पु¥याउनेछ । 

नेपाल र जापानबीच सिधा हवाई सम्झौता भइसकेको छ । यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौता नवीकरण भइसकेको देखिन्छ । सम्झौतापश्चात् नेपालले नेपाल र जापानबीच सातामा १४ वटासम्म उडान हुने भनिएको छ । नेपाल र जापान सिधा उडान भएपछि नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटनको नेपाल आगमन हुन सहयोग पुग्नेछ । 

नेपाल र जापानबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भइसकेको छ । उक्त परामर्श संयन्त्रले बेला बेलामा नेपाल र जापानबीच सबै पक्ष र आयाममा बृहत् छलफल गर्दै जानेछ । नेपाल र म्यानमारबीच बेला बेलामा आर्थिक र व्यापारिक सम्बन्ध सुदृढ गर्न दुवै देशका व्यवसायी उत्सुक देखिँदै आएका छन् । म्यानमार नेपालसँगको व्यापारिक सम्बन्ध थप सुदृढ पार्ने मनसाय प्रकट गर्दै आएको छ । 

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका काम हुँदैै आएका छन् । साथै, समझदारीमा हस्ताक्षर पनि गर्दै आएका छन् । उक्त समझदारीमा नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सरकारीस्तरमा संयन्त्र बनाउने कार्य हुँदै आएका छन् । विद्युत्को उच्च माग भएपछि बंगलादेशले पछिल्ला वर्षमा विद्युत् आपूर्तिको बाटो खोज्दै आएको छ ।

अस्ट्रेलिया र नेपालका द्विदेशीय कूटनीतिक सम्बन्ध र नेपाली पर्यटन सम्भावनाबारे र सम्बन्ध विस्तार गर्ने सम्बन्धमा अस्ट्रेलिया र नेपाल एक अर्काको देशमा भ्रमण टोलीको आदानप्रदान गर्दै आएका छन् । अस्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ, पर्यटन लगायतका विषयमा सहयोगमा प्राथमिकता दिँदै आएको छ । नेपाल र ताजकिस्तानका निजी क्षेत्रको सहभागितामा लगानी प्रवद्र्धनको सम्भावना औँल्याइएको छ । यी दुई देशबीच केही योजनाअघि सार्ने भनिएको थियो । 

नेपाललाई ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा जर्मन सहयोग गर्न इच्छुक रहँदै आएको छ । नेपालको विभिन्न क्षेत्रमा जर्मनीले सहयोग गर्दै आएको छ । जर्मनले सम्पन्न भएको लगानी सम्मेलन २०१९ को कार्यान्वयनमा सहयोग गर्दै जाने भनेको छ । 

नेपालका विभिन्न क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्दै आएको छ । विगतमा युएसआइडीले विकास कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विगतमा मातृ तथा शिशु पोषण सुधार, जिल्लामा शिक्षा, पानी, सरसफाइ, स्वास्थमा पहँुच, कुखुरापालन तथा तरकारी खेतीमा निरन्तरता दिई कार्यक्रम सञ्चालन हुँदै आएको देखिन्छ । 

नेपाल ल्याटिन अमेरिकन देशसँग द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग सम्बन्धित साझा हितको प्रवद्र्धन गर्नेसम्बन्धी सहमति भएको छ । ल्याटिन अमेरिकन देशबाट नेपालमा लगानी प्रवेश गराउन पहल गर्ने, नेपालको व्यापारलाई ती देशसम्म विस्तार गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदानप्रदान गर्ने लगायतका विषयमा छलफल हँुदै आएको छ । 

ब्राजिलले संसद्मा छुट्टै विधानसहित नेपाललाई आप्mनो प्राथमिक मित्र समूहमा राखेको बुझिएको छ । नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले ब्राजिल तथा नेपाल संसदीय समूह गठन गरिएको छ । भौगोलिक कारणले निकै टाढा रहेको भए पनि आपसी सद्भावले दुई देशबीचको सम्बन्ध सुमधुर बन्दै जाने देखिन्छ । ब्राजिलले नेपालमा जलविद्युत् र पर्यटनका क्षेत्रमा लगानीको प्रयास गर्दै आएको छ । 

नेपालका वाणिज्य संघ तथा महासंघहरूले बेला बेलामा भएका विभिन्न देशहरूसँगको ६७ वटा चेम्बर अफ कमर्सका समझदारी पत्रको कार्यान्वयनले दुई देशीय व्यापार, लगानी र पर्यटनमा सहयोग पुग्ने विश्वास गरिएको छ । माथि व्यक्त विभिन्न देशसँगको विकास सम्बन्ध तथा सहयोग कार्यान्वयनमा ज्यादै कम रहेको कैयौं दशक पनि भइसक्यो । 

माथि चर्चा भएको नेपाल र अरू द्विपक्षीय लगानी, व्यापार प्रवद्र्धन, पर्यटनसम्बन्धी कदम हुँदाहुँदै किन नेपालमा व्यापार घाटा र अर्थिक वृद्धि हुन सकिरहेको छैन । यो हामीले गहनरूपमा मनन र चिन्तन गर्नुपर्ने विषयका रूपमा देखिएको छ । 






Views: 80

सम्बन्धित सामग्री:

सत्ताको अहंकार

राजन कार्की : आश्विन २, २०७६ (१०:०१ AM)

संविधान यात्रा

गोविन्द लुइँटेल : आश्विन १, २०७६ (९:५१ AM)