20th July | 2019 | Saturday | 8:53:07 AM

चिनियाँ सांस्कृतिक क्रान्ति

स्वयम्भुनाथ कार्की   POSTED ON : असार २, २०७६ (६:३५ AM)

चिनियाँ सांस्कृतिक क्रान्ति

केही वर्षदेखि चीनले आप्mनो प्राचीन संस्कृति, परम्परा रीतिरिवाजहरू खोज्दै छ । यो आशयका समाचारहरू बाहिरिँदै छन् । पाँच दशक पहिले अध्यक्ष माओको विचारधाराअनुसार परम्परामा प्रहार गर्न निक्लने राता रक्षक अर्थात्् रेड गार्ड उत्पादन गर्ने विद्यालय थिए । अहिले हजारौं विद्यालयहरूमा पुरातन सभ्यता, संंस्कृति खोज्न विद्यार्थी तल्लीन छन् भन्ने समाचारहरू आएका छन् । जनगणतन्त्र चीन अब फेरि विश्वमा आफ्नो आर्थिक साम्राज्य खडा गर्ने प्रमुख दाबेदार हो । त्यसैले, कसैले महान्् कदम भनेको अनि कसैले अमानवीय कदम भनेको चीनको ‘सर्वहाराको महान्् सांस्कृतिक क्रान्ति’ पुनः चासोको विषय हुनु अस्वाभाविक होइन । 

उसै पनि पाँचदेखि २० लाखसम्मको ज्यान गएको भनिएको त्यो १० वर्षे सांस्कृतिक क्रान्ति विश्वले भुल्नु हुँदैन । त्यो युगमा पनि लामो धान्न नसकेको सांस्कृतिक क्रान्ति र पूरा निमिट्यान्न पार्न नसकेको चीनको परम्परागत गौरवको प्रतीक हो । परम्परा तथा संस्कृतिजस्ता कुरा मास्न सकिँदैन भन्ने कुराको यो एउटा उदाहरण हो । त्यसै पनि खसीबोका त काट्दा विरोध गर्ने अहिंसावादीहरूको बोलवाला भएको संसारमा अरू कसैले कुनै पनि रूपमा चीनको त्यो ‘सर्वहाराको महान्् सांस्कृतिक क्रान्ति’ फेरि सम्भव छ भन्ने मान्नु हु“दैन । त्यो क्रान्तिको उपलब्धि के भयो के भएन भन्ने मूल्यांकन चिनियाँ जनताले गर्ने हो । यदि, उनीहरू त्यो युगको कुरो उनीहरू उल्ट्याउँछन् भने यो कुरा उनीहरूको मूल्यांकन नै हो । अनि संसारमा कसैलाई पनि त्यो इतिहास दोहो¥याउन हुँदैन भनेर सजग गराएको नै हो । 

राम्रो भने पनि नराम्रो भने पनि ‘सर्वहाराको महान् सांस्कृतिक क्रान्ति’ कठोरै थियो । पुराना भत्केको जगमै नया“ सिर्जना हुन्छ भन्ने साम्यवादी सोचअनुरूपको त्यो क्रान्ति थियो । माओको देखाइमा पुरानोको चार खम्बा थिए । ती खम्बा नढाली सामन्तवाद ढल्ने थिएन । अनि सामन्तवाद नढली साम्यवादी चीन सम्भवै थिएन । यो गर्न माओको चिनियाँ कम्युनिस्ट पार्टी एक्लो थिएन, पर्याप्त शक्तिशाली पनि थिएन । चीन सम्राज्य सानाठूला जमिन्दार, धनपतिहरूको स्वायत्त क्षेत्रको रूपमा कैयांै टुक्रामा विभाजित थियो । यसैले, अव्यवस्था थियो, अव्यवस्थामा सबैभन्दा पीडित जनता हुन्छन् । त्यसैले जनता पीडित थिए । त्यसको विरुद्धमा सनयात सेनले १० अक्टोवर १९१९ मा कोमिन्ताङ पार्टी खोले । च्याङ काई सेकको सैनिक नेतृत्वमा यो जनताको लडाइँ लड्दै थियो । त्यसको करिब अढाइ वर्षपछि १ जुलाई १९२१ मा माओले चीनियाँ कम्युनिस्ट पार्टी खोले ।

कोमिन्ताङ र चीनियाँ कम्युनिस्ट पार्टीबीच चलेको गृह युद्धको विवरण त्यहा“ असान्दिर्भिक हुन्छ । च्याङ काई सेक फमोसा टापु पलायनपछि ताइवान र जनगणतन्त्र चीन बन्यो । त्यो गृह युद्धमा माओले कम्युनिस्टको वर्गशत्रु मानिने सानादखि ठूलासम्मका जमिनदार, धनपतिहरूको साथ लिएका थिए । समग्रमा बुर्जुवा भनिने त्यो वर्गले पार्टीमा प्रभाव जमाएको माओले देखे । यो प्रभावको निराकरण दुरुह हु“दै गएको थियो । समाजवादी सुधारका काम गर्न पार्टीमा प्रभावशाली भएका बुर्जुवाहरूको कारणले सम्भव नभएको ठानियो । त्यसैले, करिब करिब मध्यमार्गी जस्तो कदमको घोषणा भयो ‘महान् अग्रगामी छलाङ वा उफ्राइ’ भनेर । 

सन् १९५८ देखिका चार वर्ष अर्थात्् १९६२ सम्ममा यो कदमले सकारात्मकता भन्दा पनि अर्थतन्त्रलाई नकारात्मकतातर्पm लग्यो । यही कालखण्डमा नेपालका बिपी कोइरालाकोे चीनमा अनौपचारिक भ्रमण भयो । उनको आत्मवृत्तान्तमा त्यो बेलाको चीनको झलक पाउन सकिन्छ ।

मूलतः यो कदम वा योजना कम्युन प्रणालीमा आधारित थियो । कम्युन प्रणालीलाई सहजरूपमा बुभ्mन एक बस्ती वा गाउँलाई नै एक संयुक्त परिवार भनेर बुभ्mदा सहज हुन्छ । एक यस्तो परिवार जसमा सबैले सबैलाई बराबरको व्यवहार गर्छन् । इमानदारीपूर्वक सुखदुःख घाटा नाफामा हिस्सेदार हुन्छन् । सबै परिस्थितिको मिलेर सामना गर्दछन् । अर्थात् यो ससाना परिवारलाई संयोजन गराएर बनाइएको ठूलो परिवार जस्तो हो । त्यसैले, सामूहिक खेती, समाजको सामाजिकीकरण अर्थात् एक परिवारमा विलय, सामाजिकीकरणले तीव्र औद्योगिकीकरण अनि सबै स्रोत साधनको स्वामित्व समाजको । माक्र्स ऐन्गेल्सको साम्यवादी परिकल्पनाको यो समाजिक व्यवस्था आदर्श व्यवस्था हो तर व्यावहारिकरूपमा यसले प्रतिफल दिन सकेन । जीवनस्तर सुधारिनुको साटो थप खस्कियो । त्यसैले, यसलाई निरन्तरता दिइएन । असफलतालाई ढाकछोप गरेर रूपान्तरण गर्न आरम्भ गरियो । 

यो असफलताको दोष निश्चितरूपमा पार्टीभित्र रहेका भनिएका बुर्जुवाहरूको थाप्लोमा आउने भयो नै । थप सुधारका कदमहरूमा भा“जो हाल्ने तत्वको रूपमा पनि निसाना तिनै हुनुपर्ने थियो र भए पनि । 

अध्यक्ष माओका विचाधाराहरू छापिएका ‘रातो किताब’ युवाहरूको हातहातमा पुग्यो । त्यसले उनको भावी कदम अर्थात् ‘सर्वहाराको महान् सांस्कृतिक क्रान्ति’ सम्भव हु“दै गयो । पुरानो नभत्काई नया“ सम्भव छैन भन्ने कुरामा विश्वास गर्ने युवा तयार भए जो पछि ‘राता रक्षक’ अर्थात् रेड गार्डका रूपमा आपूmलाई राष्ट्रप्रति समर्पण गर्नसमेत तयार भए । महान् अग्रगामी उफ्राइ समापनपछिको करिब चार वर्षको समय यसै गरेर बित्यो । पुरानो संस्कृति ध्वस्त पारेर नया“ संस्कृति बसाउने काम भएकाले पनि होला यो सांस्कृतिक क्रान्तिको नाम आयो । यसलाई सघाउन सर्जकहरू तयार भए । लिन ब्याओ (प्याओ) जस्ता सहायकहरू तयार भए ।

त्यसपछि, नया“ युगलाई बाधा दिने तŒवका ४ खम्बा अर्थात् १. पारम्परिक रीतिरिवाज २. पारम्परिक व्यवहार, तरिका ३. पारम्परिक संस्कृति ४. पारम्परिक चिन्तन भत्काउने घोषणा भयो । १६ मे १९६६ मा अन्ततः सर्वहाराको महान् सांस्कृतिक क्रान्ति आरम्भ भयो । 

यसको पहिलो निसानामा तिनै वर्ग परे जसले कोमिन्ताङलाई हराउन चिनियाँ कम्युनिस्ट पार्टीलाई सबै तरिकाले सहयोग गरेका थिए । राष्ट्रिय उत्पादन प्रशस्त घटेको थियो । त्यसलाई सुधार गर्न विद्यालयहरू बन्द गरेर युवाहरू गाउँ गाउँमा खटाइए । जहा“ उनीहरूले राता रक्षकको रूपमा ती चार खम्बा ढाल्नुको साथै बुर्जुवाहरूलाई जसरी भए पनि रूपान्तरण गर्नु थियो । आवश्यक परेमा ‘सफाया’ पनि गर्नु थियो । अध्यक्ष माओको प्रचार गर्नु थियो । छिन्नभिन्न हुन लागेको कम्युन सम्हाल्नु थियो । त्यसका निमित्त ‘सहरी युवा, ग्रामीण क्षेत्र’ नारामा यसरी युवा खटाइए । उपलव्ध भित्तामा सांकृतिक क्रान्तिको नारा, पोसाकमा अध्यक्ष माओको फोटो अंकित ब्याच, कार्यस्थलमा माओको तस्वीर अनि हातमा या गोजीमा माओ वचनको रातो किताब, यो तत्कालीन चीनको बाहिर देखिएको नक्सा थियो । 

नेपालका राजा महेन्द्रको चीन भ्रमणको बेलामा उनको कोटमा पनि माओको ब्याच लगाउन खोजिएको थियो भनिन्छ । त्यसपछि नेपालमा पनि राजारानीको ब्याचको चलन चलाए राजा महेन्द्रले । त्यो बेलाको समकालीन विश्व माओको यो प्रचार शैलीले प्रभावित भएको थियो । धेरै मुलुकहरूमा प्रचारका यी शैलीहरू अपनाउन थालिएको थियो । सांस्कृतिक क्रान्तिको अर्को पाटोको सूचना जो त्यति सुन्दर थिएन चीनबाट बाहिर आउन कठिन थियो । तैपनि धेरथोर चुहिने नै गर्दथ्यो ।

थलोकिलो पनि सम्झना नरहने गरेर पुरानो संस्कृति, सोच व्यवहार बदल्न सम्झाएर बुझाएर सम्भव थिएन । त्यसैले, त्यसको निमित्त उग्र कार्यप्रणाली अपनाइयो । धेरै मान्छे मरे । स्वयं माओले करिब तीन वर्षमै त्यो क्रान्ति सकिएको घोषणा गर्नुप¥यो । तर, विधिवतरूपमा समाप्तिको घोषणा भए पनि लिन ब्याओ (प्याओ) को काल १९७१ सम्म त्यसको उग्रता कायम रहृयो । त्यसपछि माओकी पत्नी समेतको ‘ग्याङ अफ फोर’ ले माओको जीवनपर्यन्त यसलाई जीवित राखिन् । माओपछि देङले त्यो समूहलाई कारबाही नै गर्नुप¥यो । पारम्परिक संस्कृतिको कुरा त परै जाओस् माओभन्दा पहिलेको चीनको बारेमा जानकारी सहज छैन । 

स्थापित परम्परा तथा त्यो परम्परा धान्ने संरचनाहरूलाई पहिले अनुत्पादकको नाममा प्रहार गरियो । दोस्रो चरणमा त्यसमा सुधारको कुरा उठाइयो । परम्परासँग जोडिएका भौतिक संरचना ध्वस्त पार्ने परम्परा मान्न बाधा दिने काम प्रशस्तै भए । भेटिएका सबैजसोलाई ध्वस्तै पारियो । त्यसपछि त्यो कुराको समर्थनमा लाग्नेहरू घटेपछि बा“की रहेकालाई कारबाही गरियो । यस्ता कारबाहीहरू क्रूर थिए । अर्कोले टाउको उठाउन नसकोस् भनेर त्यो क्रूरताको प्रचार धेरै भएको भेटिन्छ । एक प्रकारकालाई आक्रमण गर्दा अरूलाई भावनात्मकरूपमा त्यसबाट अलग गर्ने कार्यशैली अपनाइएकोले संयुक्त प्रतिरोध भएन । त्यो कारबाहीमा सार्वजनिक अपमान, कब्जामा लिएर थुन्ने, चरम यातना दिने, श्रम सजाय, उत्पीडन, सम्पत्ति खोस्ने र कष्टदायक तरिकाले मार्नेसम्मका वर्णनहरू चुहिएर आएका छन् ।

कुनै बेलामा यसरी समाप्त पारिएका परम्परा, संस्कृतिहरूलाई वर्तमान चीनले आप्mनो गौरवको रूपमा चिन्दै र खोज्दै गरेको छ । १९६६ देखि १९७६ सम्मको सांस्कृतिक क्रान्तिका डोबहरू पुरिँदै गएका छन् । अबको चीनले माओको गुणगान कम गरेको देखिन्छ । त्यो कालखण्डले स्थापना गर्न खोजेको सामाजिक आर्थिक आदि संस्कारलाई निरन्तरता दिएको देखिँदैन । बरु विश्व बजारलाई हल्लाउन सक्ने बल उसँग छ । निश्चय नै यो कम्युनमा आधारित उत्पादन प्रणाली अर्थात् सामूहिक प्रणालीले भएको होइन । सम्पूर्ण भत्काएर बनाइएको समाजिक संरचना दिगो हुँदैन । संस्कार, परम्परा, रीतिरिवाज आदिको जगमा त्यो समाज अडेको हुन्छ । यो कसैले परिमार्जन गर्ने होइन परिमार्जन हुने स्वचालित तरिका छ । जसमा सरकार, नेता, शासन प्रणाली होइन त्यही समाज तथा जनताको प्रमुख भूमिका हुन्छ । 

(कार्की विराटनगरबाट लेख्छन् ।)

 


Views: 76