8th December | 2019 | Sunday | 9:02:32 AM

निरंकुशताउन्मुख शासन

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : असार ३, २०७६ (११:०३ AM)

निरंकुशताउन्मुख शासन

चालु संसद्मा दर्ता भएको गुठीसम्बन्धी विधेयकको विरोधमा राजधानीवासी अर्थात् स्थानीय समुदायले विरोध प्रदर्शन गरिरहेको परिप्रेक्ष्यमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ‘सामन्तवादविरोधी कानुन बनाउँदा कतै धक्का लाग्नु स्वाभाविक हो’ भन्ने प्रतिक्रिया दिएका छन् । उता प्रदर्शनकारीले भगवान्को नाममा चढाएको जग्गामा मोहियानी हक मासेको जिकिर गर्दै पछिल्लो विधेयकले गुठीको अस्तित्वै मासिने चिन्ता व्यक्त गर्दैछन् । विधेयक परम्परागत संस्कृति विरोधी रहेको उनीहरूको जिकिर छ । सरकारका प्रवक्ता भन्छन्– गुठी, हलिया, कमैयाजस्ता प्रथाले सामन्तवादको आर्थिक, राजनीतिक चरित्रको प्रतिनिधित्व गर्दै आएकोले यो सरकारले तिनलाई भत्काउन लागेको हो ।  

काठमाडौं उपत्यका र बाहिरको गुठीको अवस्था र सवाल फरक छ । तदनुरूप गुठीसम्बन्धी विधेयकले सामन्तवादी उत्पादन प्रणाली अन्त्य गरी भूमिहीन किसानका समस्या समाधान गरी समाजवादको बाटो लानेछ । सरकारमा बसेकाहरूको अवधारणा प्रतिक्रियाप्रति सरोकारवालाहरूको आकर्षण छैन भन्ने अनुभूत हुन्छ । गुठी संस्थासँग भएको १४ लाख रोपनी जग्गा र ३८ अर्ब रुपैयाँ नगदमाथि कुदृष्टि लगाउनेहरूले गुठी मास्ने योजना बनाएको अनुभूत हुन्छ । साथै, गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक विवादास्पद छ र अन्य विधेयकहरू जस्तै यसलाई पनि फिर्ता लिन दबाब छ ।

गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीका अनुसार यथास्थितिमा विधेयक पारित भएमा हिन्दू धर्म संस्कृति नै संकटमा पारेर क्रिस्चियन धर्मको अनुकूल बनाउन युरोपियनको निर्देशनमा यो पंक्ति प्रयत्नरत छ । सत्तरी जिल्लामा गुठीको जग्गा छ । पहाडतर्फ पाँच लाख ६१ हजार ९ सय ९० रोपनी र तराईतर्फ ६६ हजार ३ सय ३० बिघा जग्गा रहेको छ । राजगुठी २ हजार ८२ छन् । काठमाडौंमा ६ सय ५०, ललितपुरमा ३ सय १, भक्तपुरमा १ सय ६१ गरी काठमाडांै उपत्यकामा १ हजार १ सय १२ राजगुठी छन् । धनुषामा राजगुठी ८ सय ७५ वीरगञ्जमा ३ सय २०, सिरहामा २ सय ५४ बिघा जग्गा राजगुठी छन् । राजगुठीका देवस्थल ६२ जिल्लामा छन् । 

भारतको युपीमा बद्रीनारायण र केदारनारायण गरी दुई गुठी छन् । 

गुठी संस्थान ऐनले प्रत्येक जिल्ला वा स्थानीय निकाय अन्तर्गतका कार्यालयले आप्mनो जिल्लामा रहेका गुठीका काम कारबाहीको रेखदेख गर्नुका साथै देवस्थलमा रहेका प्राचीन मूर्ति गर्गहना आदि सम्पत्तिको रेखदेख गर्नुपर्ने कानुनी प्रावधान छ । तर, तिनको संरक्षण गर्न सकिएको छैन । भूमिसुधार मन्त्री उर्मिला अर्याल ऐन परिवर्तन गरी गुठी प्राधिकरणमा लैजाने अभ्यासमा छिन् । सरकार परम्परागत गुठीको खारेजीको मार्ग अवलम्बन गर्दै छ । सनातन धर्म तथा सभ्यता विरोधी पक्षधरहरू अर्थात् क्रिस्चियनका नगदी कार्यकर्ताहरू बाबुआमाको काजकिरिया नगर्नु, श्रद्धा र श्राद्ध नगर्नु, जनै चुडाएर मिल्काउनु भनेर तीसका दशकमा कम्युनिस्टका नामबाट उर्दी गरी हिँड्ने गर्थे । यस्तै, प्रवृत्ति माओवादीले गाईगोरू मारेर सामूहिक भोजभतेर गर्ने अभियान गाउँगाउँमा चलाएको घामझैं छर्लंग छ । 

पशुपतिनाथ, राष्ट्रपति, सेनापतिका विरुद्ध तम्सिँदा तत्कालीन प्रधानमन्त्री प्रचण्डले एक्कासि राजीनामा दिएर बाहिरिनु परेको थियो । त्यस्तै प्रकरणको गुठी संस्कृति उन्मूलनको अभियानले सामन्तवाद कि, मोहीवादको पक्ष लिन्छ वा प्रचण्ड प्रकरणको पुनरावृत्ति हुने पक्का छ । बहुदल तथा कांग्रेस कम्युनिस्टको राजनीति भ्रष्टीकरणले पतनोन्मुख छ । अहिले बाबुराम भट्टराई र उपेन्द्र यादवको अगुवाइमा वैकल्पिक शक्ति निर्माण हुँदै गरेको अनुभूत भइरहेको छ ।

नेकपाको हालको व्यवहारले परम्परागत सभ्यता संस्कृतिमा अतिक्रमण गरी गुठी मासेर आपूmहरू संलग्न भूमाफिया पोस्ने कसरतमा देखिएको छ । सनातन सभ्यतालाई कम्युनिस्टले ध्वस्त पार्छन् भन्ने अनुभूति आमनागरिकलाई भएको छ । नेकपा सरकार लुटको मतियार बनेको छ । जनकपुरमा महन्तले गुठीको सयौं बिघा जमिन आप्mनो स्वार्थमा प्रयोग गर्दा गुठी संस्थान लाचार छ । करिब १० लाख बिघा जमिन विभिन्न गुठीरअन्तर्गत रहेको छ भने उपत्यकामै एक चौथाइ जमिन विभिन्न गुठीअन्तर्गत रहेका छन् । मोहियानी हकको प्रावधान लगाएर कैयौं जमिन निजीकरण भएका छन् ।

महान् जमिनदार गुठी संस्थान भएको छ । सरकारले केस्रा केस्रा केलाएर संरक्षण गर्न नसकेको अवस्था छ । गुठीका अधिकारवालाभन्दा महन्त शक्तिशाली देखिन्छन् । गुठी सम्पत्ति विवादले धार्मिक युद्ध निम्त्याउने खतरा बढ्दै छ । अर्कोतिर मानव अधिकार र द्वन्द्व पीडितलाई न्याय दिलाउने नाममा सिआइए तथा युरोपियन युनियनसँगको नगदी कारोबारबाट एनजिओहरू घनिभूतरूपमा चलाएका ओली निकटका चरित्रहरूकै कारण पर्दापछाडिबाट उचाल्ने भ्रष्टहरू चम्केका छन् । जसको मुद्दा र एजेन्डामा देश चलेको छ । प्रचण्डलाई हेगको हाउगुजी देखाएर झुक्न बाध्य पार्दै छन् । 

जनयुद्ध गरेकै नाममा प्रचण्ड गुटबाहेकको अर्को गुट मोहन बैद्य, नेत्रविक्रम चन्द (विप्लव), बाबुराम भट्टराईहरूलाई किनारा लगाएर प्रचण्ड गुटका जनार्दन शर्मा, हरिबोल गजुरेल, नारायण दाहाल, कृष्णबहादुर महरा, वर्षमान पुन यतिबेला ओली गुटको भए भन्ने काम कुराबाट बुझिन्छ । कम्युनिस्टको नाममा धेरैजना डलर संकलनमा अग्रपंक्तिमा छन् । 

विचारमा, व्यवहारमा, संगतमा खोट भएको जान्दाजान्दै दलाल प्रवृत्तिहरूलाई केन्द्र सुम्पनु प्रचण्डका लागि काल बन्दै छ । दिनानाथ शर्मा र नारायण काजीहरूको योजनामा बालसैन्य लेनिन विष्टलाई विदेश भ्रमणका निम्ति वातावरण बनाउने एडभोकेसी फोरम र कनकमणि कम्पनी थिए । २०७५ साल जेठ २ गते ओली, दाहाल, विष्णु पौडेल र जनार्दन शर्माले पार्टी एकता प्रक्रिया सम्पन्न गर्न पाँच बुँदे सहमति गरेका थिए । 

युनिभर्सल पिस फेडेरेसनको टाँचा सर्दै त्यो ओलीमा लाग्नपुग्यो तर प्रचण्डसम्म पुगेन । एमालेको साविकको धन्दा झन् चर्केको छ । प्रचण्ड पनि माधवहरूको जस्तै परिवारवाद र आप्mनो गुटको हितमा लागेका छन् । हेगको हाउगुजी देखाएर ओली गुटलाई कमाउन सजिलो भएको छ । यस्ता प्रकारका प्रकरणले जनयुद्ध कालान्तरमा आएर धनयुद्धमा परिणत भयो । तर, न्यायपालिकाले धर्म संस्कृति सभ्यता मास्ने विषयलाई अदालतबाट छुटकारा नमिल्ने फैसला गरेको छ । तदनुरूप सरकार गुठी जगेर्नाका निम्ति जाँचबुझ आयोग गठनको तयारीमा छ । गुठी मास्दा सभ्यता मासिने प्रसंग आउँछ । 

क्रिस्चियन ट्रस्टबाट प्रभावित भएर गुठीको मर्यादा कायम राख्न कठिन हुनसक्छ । गुठीको उद्देश्य र क्रियाकलापमा गुठियारको अधिकार हुन्छ । धर्म र सभ्यता लोप नहुनेगरी काम गर्नु कर्तव्य हो । गुठी नाफा कमाउने संस्था होइन । धर्म संस्कृति सभ्यता, परम्परा, पर्व, संस्कारलाई निरन्तरता दिन पूर्वजले अपनाएको पद्धति हो । हाम्रो संविधानको धारा ४ (१) मा नेपाल राष्ट्रलाई धर्म निरपेक्ष भनिएको छ । गुठीमा विधर्मी संलग्न हुन पाइँदैन । नेपालमा धर्म परिवर्तन गराउने गरी कुनै गुठी, ट्रस्ट वा संस्था दर्ता हुन सक्दैन । 

संविधानको धारा २९० (१) मा गुठीका मूलभूत मान्यतामा प्रतिकूल असर नपर्नेगरी गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकार सम्बन्धमा अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने भनिएको छ । संविधानको यो व्यवस्था धारा ४ (१) को धर्म निरपेक्षता कार्यान्वयन गर्नका लागि गुठी कमजोर पार्न ल्याइएको हो वा प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित सनातन धर्म संस्कृतिको संरक्षणका लागि होे भन्ने पछि पेस र पारित गरिने कानुनले स्पष्ट गर्दै जानेछन् । छद्मभेषी प्रतिनिधिप्रति जनआक्रोश बढ्दै गएको छ, निराशा जारी छ । पार्टीहरूमा दशकौंदेखि तिनै व्यक्तिहरू पदासीन भइरहेका छन् । रुसमा कम्युनिस्ट सत्ता आएपछि एक शताब्दीदेखि विश्वमा कम्युनिस्ट राजनीतिको चहलपहल बढ्यो । 

विगत आधा शताब्दीदेखि कम्युनिस्टलाई विस्थापन गर्दै प्रजातन्त्र चल्दै आयो, भ्रष्टीकरणले यो पनि पतनोन्मुख छ । नेपालकै सन्दर्भमा भन्दा धूर्तहरूका हातमा शासन पुगेको छ । अमेरिका, रुस, पाकिस्तान, हिन्दुस्तानमा राष्ट्रवादीले दुईतिहाइ ल्याएर शासन गरिरहेका छन् । नेपालमा पनि राष्ट्रवादको आन्दोलन जारी छ । केवल कांग्रेस कम्युनिस्टका कार्यकर्ताहरूले रत्नपार्कजस्ता ठाउँमा बसेर राजा राजा भनेर गीत गाउँदा नबुझेकाहरू भ्रमित भएका छन् । राजाविनाको राष्ट्रवादले मात्र राष्ट्र, राष्ट्रियता, सनातन सभ्यताको रक्षा गर्न सक्छ । 

ब्वाँसाले पहिले गाईगोरुलाई कन्याउँछ । तिनले आनन्द मान्छन् । त्यहीबेला ब्वाँसाले तीन फन्का घुमेर तिनका आँखामा पिसाब फेरिदिन्छ । तिनका आँखा अन्डा फुटेझैं प्याट्ट फुट्छन् र त्यही मौका पारेर त्यसले तिनको संवेदनशील अंगबाट आन्द्रा, भुँडी र कलेजो झिकेर कुटुकुटु खान्छ । यस्तै, पराइधर्मी संस्कृतिका कार्यकर्ता तथा यहाँका अगुवाले पार्टी संगठनका नाममा नागरिकलाई अन्धो बनाएका छन्, तिनका आँखा फुटाएका छन् र त्यसैगरी तिनका कोमल अंगहरू कुटुकुटु खाइरहेका छन् । अब चाहिँ यिनलाई बाइबाई र राष्ट्रवादीहरूलाई हाइहाई गर्ने बेला आएको छ । 


Views: 110

सम्बन्धित सामग्री: