20th July | 2019 | Saturday | 9:28:42 AM

कम्युनिष्टको विगत र आगत

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : असार १०, २०७६ (७:२७ AM)

कम्युनिष्टको विगत र आगत

संसारमा सर्वप्रथम फ्रान्सको राजधानी पेरिसमा सन् १८७१ मा कम्युनिष्ट शासन ७२ दिन (सवा २ महिना) टिक्यो, जसलाई पेरिस कम्युनका नामले दुनियाँ जान्दछन् । यसको एक शताब्दीपछि सन् १९१७ मा महान लेनिनको नेतृत्वमा रूसमा समाजवादी क्रान्ति भयो, समाजवादी राज्यव्यवस्था र सरकार स्थापना भयो । सोभियत सत्ता स्थापना भयो । सोभियत सत्ताले विश्व महाशक्तिको स्वरूप ग्रहण ग¥यो, प्रतिस्पर्धामा अमेरिका छँदैथियो ।

विश्वको एकपक्षीय शक्ति सोभियत सत्ता करिब एक शताब्दी टिक्यो, अर्थात् सन् १९९१ डिसेम्बर २६ का दिनमा सोभियत संघ विघटन भयो । संघमा आबद्ध विभिन्न देश छुट्टिए, स्वाधीन भए । जर्मनी बीचमा पर्खाल लगाएर पूर्व र पश्चिम जर्मनी भएर खण्डित भएका थिए । त्यहाँको कम्युनिष्ट शासन पनि पतन भएर दुवै जर्मनी एकीकृत भए अर्थात् पर्खाल भत्कियो । यसप्रकार विश्वभर कम्युष्टि शासन गल्र्यामगुर्लुम एकपछि अर्को ढल्दै गर्दा नेपालमा चाहिँ नाम र झण्डा कम्युनिष्टको, काम चाहिँ माफियाको रिमोट कन्ट्रोलमा पुँजीवादी व्यवस्थाको सूत्रपात भयो । नेपाली कम्युनिष्टहरू यूरोपियनहरूबाट सञ्चालित क्रिस्चियनहरू थिए, अर्को शब्दमा भन्दा अन्तर्राष्ट्रिय क्रिस्चियन पार्टीको नेपाल च्याप्टरमा सरिक थिए ।

नेपालमा सञ्चालित हजारौं एनजिओहरू सबै क्रिस्चियन नीति अनुरूपका कार्यकर्ता हुन्, एनजिओकर्मीहरू प्रकारान्तरले गुप्तचरका रूपमा उपभोग भइरहेको त्यसका जागिरदालाई थाहा हुँदैन । विश्वमा कम्युनिष्ट शासन ढल्दै गर्दा नेपालमा कम्युनिष्टको साइनबोर्ड देखाएर क्रिस्चियनवाद लागू गर्दै थिए । जति गुप्त राख्न खोजे पनि अन्ततः सत्य उजागर भयो । इण्डो प्यासिफक तथा होली वाइन प्रकरणले यसलाई छताछुल्ल पा¥यो । नेताहरूले बाउआमा मर्दा काजक्रिया किन गरेनन् भन्ने प्रश्नको रहस्योद्घाटन भयो । उनीहरूको विभिन्न देश सयरका कारण पनि अब छ्यांगै भएको छ । 

प्रत्येक क्रान्तिसँगै प्रतिक्रान्तिको बीज अंकूरण भएर आएको हुन्छ । सोभियत सत्ता अर्थात् कम्युनिष्ट पार्टीको नेतृत्वको समाजवादी भनिएको व्यवस्थाको विघटन कुनै विदेशी पुँजीवादी फौजी आक्रमणको परिणाम थिएन । यो त शक्तिशाली सोभियत कम्युनिष्ट पार्टीका सर्वोच्च नेता (महासचिव) तथा सोभियत संघका राष्ट्रपति गोर्वाचोभले र अर्का कम्युनिष्ट नेता बोरिस एल्तसिनसँग मिलेर गरिएको प्रतिक्रान्ति थियो । सोभियत संघ विघटनको घोषण गर्नुभन्दा केही महिनाअगाडि ई. १९९१ को अगस्तमा गोर्वाचोभ र बोरिस एल्तसिन मिलेर सोभियत कम्युनिष्ट पार्टीमाथि नै प्रतिबन्ध लगाएका थिए । 

सोभियत संघ विघटन हुनुभन्दा अगाडि पूर्वी युरोपका समाजवादी भनिएका देशहरूमा एकपछि अर्को गर्दै सन् १९९० तिर (२०४६ सालतिर) पुँजीवादी व्यवस्था स्थापना भयो । युगोस्लाभिया, चेकेस्लोभाकिया, पोल्याण्ड, पूर्वी जर्मनी, हंगेरी, बुल्गेरिया जस्ता देशमा विभिन्न खाले जनआन्दोलन र चुनावबाटै समाजवादी व्यवस्था बर्खास्त गरेर पुँजीवादी व्यवस्था स्थापना गरियो ।

रूमानियामा अझ अगाडि बढेर आन्तरिक सशस्त्र संघर्षको माध्यमबाट कम्युनिष्ट शासन व्यवस्थालाई मशानघाटमा पु¥याएर खुला पुँजीवादी व्यवस्था स्थापना गरे पनि विभिन्न कम्युनिष्ट देशले कोल्टे फेरे जसरी हाल नेपालले पनि त्यही पदचिहृन लिँदैछ । त्यसमा पनि नाम एउटा काम अर्कै गर्दै आइरहेको छ । नेपालमा सम्झौता गरेर आउनेहरूले दिएको रवाफ गालामा गाजल लगाए जस्तो हुन्छ । सधैँलाई कम्युनिष्ट शासन अफाप हुँदोरहेछ भन्ने विगतको अनुभवले बुझाएको छ । एकपटक सारफेर गर्न घालघोल पार्न लेनिनको र माओको जस्तो कम्युनिष्ट शासन विज्ञान सम्मत हुनजान्छ तर निरन्तर भयो भने अभिशाप बन्छ । नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा पञ्चायती शासनभन्दा पनि यो निम्न गुणस्तरको भएको भुक्तभोगीलाई प्रत्यक्ष अनुभव छ । 

सन् १९१७ मा लेनिनको नेतृत्वमा रूसमा क्रान्ति सम्पन्न भएपश्चात् रूसमा तीव्र विकास भयो । रूसको गृहयुद्धमा पुँजीवादी सरकारलाई सहयोग गर्न आठ साम्राज्यवादी देशका सेनालाई समेत हराएर रसियन कम्युनिष्ट क्रान्ति सम्पन्न गरेका थिए । औद्योगिक क्रान्ति, कृषिमा सामूहिकीकरण र यान्त्रिकीकरण एवं विद्युतीकरण आदिको माध्यमबाट विभिन्न क्षेत्रमा आमूल परिवर्तन गरेर विश्वलाई नै छिटो गतिमा तीव्र विकास गर्ने नयाँ सिद्धान्त र बाटो यस क्रान्तिले देखायो । यसले हिटरलरको विश्व विजयको लक्ष्यसहितको साम्राज्यवादी दोस्रो विश्वयुद्धलाई पराजित गरेर विश्व क्रान्तिमा नयाँ योगदान दियो । 

यसले मुठीभर पुँजीपतिहरूको लोकतन्त्रको जामा पहिरिएको कथित संसदीय लोकतन्त्रका विरुद्ध बहुसंख्यक उत्पीडित जनताको समाजवादी लोकतन्त्रात्मक नयाँ व्यवस्थाको उदाहरण विश्वसामु प्रस्तुत ग¥यो । यसप्रकार दोस्रो विश्वयुद्ध (१९४५ ई.) पछि पहिलो शक्तिशालीको तहमा उदाएको अमेरिकासँग टक्कर लिने शक्ति बनेर सोभियत संघ उदायो । हाल पदासीन राष्ट्रपति पुटिन पुनः सोभियत सत्तालाई पुनर्जीवन दिने प्रयत्नमा छन् । 

यूरोपियन कम्युनिष्ट सत्ता एवं परित्यक्त सोभियत कम्युनिष्ट सत्ताले विश्वका कम्युनिष्ट प्रेमीलाई सन् १९४६ देखि यी उपदेश दिएको छ ः (क) माक्र्सवादी–लेनिनवादी राजनीतका मुख्य तथा आधारभूत सिद्धान्तहरूको परित्याग । (ख) सोभियत संघ र पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरूले वर्गीय पार्टी र वर्गीय सत्ता तथा वर्गीय सरकार जस्ता माले मुख्य सिद्धान्तै परित्याग । (ग) कम्युनिष्ट पार्टीलाई सबै जनताको पार्टी र समाजवादी सत्तालाई सबै जनताको सत्ता भन्ने नवसंशोधनवादी सिद्धान्तको आविष्कार आदि । 

माक्र्सवादको मुख्य निर्देशित लाइफ लाइन सिद्धान्त शोषक र शोषित एउटै पार्टी वा संगठनमा बस्नै सक्तैनन्, बसे भने कम्युनिष्ट पार्टी भएन । नेपालमा एकअर्काका आहारा सर्प, विच्छी, भ्यागुता एकै ठाउँमा रहनाले निश्चल र स्थिर छन् । (घ) हात्तीका विरूद्ध स्यालहरू एकजुट हुनुपर्छ, एउटै पार्टी हुनुपर्छ । (ङ) नेकपालाई दलाल नोकरशाही पुँजीवादी वर्गले कब्जा गरिसकेको छ । समाजवादी व्यवस्थामा शत्रुतापूर्व वर्ग नरहने हुँदा वर्ग संघर्षको औचित्य नै हुँदैन, वर्ग समन्वयको उपादेयता रहन्छ । (च) तत्कालीन नवसंशोधनवादी कम्युनिष्ट देशहरूमा समाजवादी अर्थतन्त्रका सबै शाखाहरूमा व्यक्तिगत स्वार्थका लागि समाजवादी सम्पत्तिको दुरुपयोग गर्ने, व्यक्तिगत स्वार्थका लागि भ्रष्टाचार गर्ने, कालोबजारी गर्ने, सत्ताको दुरुपयोग गरेर व्यक्तिगत फाइदा लिने । यस्ता पुँजीवादी नवबुर्जवा वर्गविरूद्ध संघर्ष गर्न नपर्ने सिद्धान्त लिनाले कम्युनिष्ट पार्टी र सरकार नै पछि गएर कम्युनिष्ट खोल ओढेका त्यस्ता नवबुर्जवा वर्गको कब्जामा पर्न गयो । कम्युनिष्ट नेता कार्यकर्ताहरू नै नवबुर्जवा वर्गमा रूपान्तरित भए । पोलिटब्युरो एवं केन्द्रीय कमिटीका सदस्यहरू नै शोषक सामन्त वर्गमा परिणत हुँदैआएका छन् । उनीहरू भ्रष्टाचार काण्डमा मुछिएका छन् । सुन काण्ड, वाइडबडी काण्ड, एनसेल करछली काण्ड, भूमि काण्ड जस्ता अनेकौंं काण्डमा उनीहरू मुछिएका छन् । भूमाफियाको ग्य्राण्ड डिजाइनमा गुठी विधेयक ल्याएर लाखौं बिघा जग्गा खाने योजना बनाइयो तर ‘ज्वाइँ न स्वाईं अगुल्टाले च्वाईं’ भन्ने उक्ति चरितार्थ गर्दै काठमाडौंवासीले प्रदर्शन गरे । बाध्यतावश सरकारले एकपछि अर्को गर्दै विधेयक फिर्ता लियो । हाल सरकार अलोकप्रिय हुँदैगएको छ । कांग्रेस–कम्युनिष्ट पार्टी अर्थात् संसदीय प्रणालीप्रति जनतामा वितृष्णा बढ्दै गएको छ । उन्नाइसांै शताब्दीमा कम्युनिष्ट शासन रूसमा प्रादुर्भाव भएपछि एक शताब्दी कम्युष्टि शासन विश्वमा चर्चित रहृयो, विभिन्न देशमा कम्युनिष्ट शासन उदायो पनि । विश्वको एक महाशक्ति सोभियत सत्ता विघटन कालखण्डमा विश्वका विभिन्न देश डेमोक्रेसीको पक्षमा देखिए ।

नेपाललगायत अनेकौं देश संसदीय राजनीतिक प्रणालीको अभ्यासमा लागे । नेपाललगायत देशहरूमा राजनीतिज्ञहरूले बहुमतको आडमा संगठित रूपमा भ्रष्टाचार गर्ने र आआफ्ना मुलुकलाई रित्याउने बदनियत राखेका कारण डेमोक्रेसी बाईबाई, राष्ट्रवाद हाई हाई भन्ने अवस्था आएको छ । निर्वाचन पनि मितव्ययी ढंगको समानुपातिक प्रणालीबाट सांसद चयन गर्ने सोच बढ्दै गएको छ । भ्रष्टाचार न्यून गर्ने भने पनि सयगुणा बढेको छ । जो सबभन्दा बढी भ्रष्ट छ, अख्तियारमा उही नियुक्त हुन्छ र आफूसहित सबै भ्रष्टको संरक्षण गर्छ । यसप्रकार नियुक्ति प्रक्रिया नै गलत छ । जिन्दगीभर भ्रष्टाचार गरेकालाई रिटाएर भइसकेपछि पनि विभिन्न पदमा नियुक्त गर्ने नियमै भ्रष्टाचारमैत्री नियम हो । 

दिल्लीमा लोकपाल विधेयक ल्याएर भ्रष्टाचार उम्मूलन गर्ने कोसिस गरियो । नेपालमा पनि अख्तियार जस्ता संस्थाको सञ्चालनमा स्वतन्त्र व्यवसायीलाई प्रतिस्पर्धाबाट छानेर करारमा नियुक्त गर्ने नियम नीति अवलम्बन गरिनुपर्छ । मिडिया स्वतन्त्र निर्भिक निष्पक्ष हुनुपर्छ, लोभीपापी बन्नु हुँदैन । सुशासनको निम्ति कम्तिमा यति हुनुपर्छ । दलाल नबनी विज्ञापन मात्र छाप्दा ठूला मिडियाले इज्जत सम्मान पर्याप्त आर्जन गर्थे । 

मिडिया राष्ट्रको रक्षक बनेर बढ्यो भने राष्ट्रवादको माहोल सिर्जना हुनसक्छ । अमेरिका, रूस, भारत, पाकिस्तानमा राष्ट्रवादी राजनीति प्रयुक्त छ । त्यहाँ कांग्रेस कम्युनिष्टको गुञ्जयस छैन । नेपालमा कांग्रेस र कम्युनिष्टका एजेन्टले रत्नपार्कमा राजाको गीत गाएर राष्ट्रवादको बदनाम गरिरहेका छन्, राजाविनाको राष्ट्रवादले तथा राष्ट्रवादी जनताले मात्र राष्ट्रको रक्षा गर्न सक्दछन् । कम्युनिष्टको विगत र वर्तमान हेर्दा नेपालमा उनीहरूबाट राष्ट्रवादको कुनै संरक्षण हुन सक्दैन ।

Views: 74