7th December | 2019 | Saturday | 12:07:52 PM

गुरु, विद्यार्थी र गुरु दक्षिणा

जनार्जन पौडेल   POSTED ON : असार ३१, २०७६ (११:१९ AM)

गुरु, विद्यार्थी र गुरु दक्षिणा

गुरु शब्दको अर्थ अन्धकार नाश गर्ने भन्ने हुन्छ । आज तिनै मान्यजन अर्थात्् गुरुहरूको सम्झना गर्ने दिन अर्थात् आषाढ शुक्ल पूर्णिमा हो । व्यास ऋषिलाई गुरुजनका प्रतीकका रूपमा मान्ने गरिएको छ । पराशरका पुत्र कृष्ण दैपायन व्यास ऋषिको जन्मदिन अर्थात् आषाढ शुक्ल पूर्णिमालाई नै गुरु पूर्णिमाका रूपमा मनाउने गरिएको छ । आजको दिन आपूmलाई शिक्षादीक्षा दिने गुरुलाई आदार सत्कारस्वरूप मानिने, पुजिने र मीठा–मीठा खानेकुराहरू दिएर मनाइने गरिएको छ ।

छिमेकी देश भारतका कतिपय ठाउँमा त गुरुपूर्णिमालाई नै व्यास पूर्णिमा भन्दै आजकै दिनदेखि नै नयाँ शैक्षिकसत्रको शुभारम्भ गर्ने गरिएको पनि पाइएको छ । 

अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी शिक्षाको ज्योतिले नाश गरी उज्यालो फैलाउने हुँदा गुरुको महŒव परापूर्वकालदेखि नै ठूलो रहेको दर्शाइएको छ । ज्ञानविनाको भौतिक शरीर ढुंगा माटोको डल्लोसरह हो । आमाबावुको संयोगबाट उत्पति भएको एउटा शिशु मानवको शरीरमा ज्ञानको विजारोपणपश्चात् मात्र उसको ज्ञानमय शरीरको पुनर्जन्म हुन्छ, तिनै ज्ञान दिने व्यक्तिलाई गुरु भन्ने गरिएको हो । कतिपय शब्दमा मानवलाई गुरु शिक्षापश्चात् पुनर्जन्म भएको पनि भन्ने गरिएको छ । तसर्थ, आमाबाबुबाट प्राप्त भौतिक शरीर नष्ट हुन्छ तर गुरुबाट ज्ञान प्राप्त ज्ञानमय शरीर अमर हुन्छ । गुरु र शिष्यको बीच अटुट सम्बन्धको विकास भएको हुन्छ ।

मानिस जन्मेदेखि मृत्युपर्यन्त जहिले पनि विद्यार्थी नै रहन्छ । मान्छे कुनै विषयमा जतिसुकै निपुण हुन खोजे पनि सबै विषयमा निपुण कोही हुनै सक्दैन । त्यसैले शास्त्रमा भनिएको छ ‘गुरुब्रम्हा गुरुविष्णु गुरुदेव महेश्वर ः गुरु साक्षात परंव्रम्ह तस्मै श्री गुरुवे नमः’ । महाभारतमा गुरुजनको भनेर व्यापक अर्थ गरिएको छ । गुरुजन भन्नाले अध्यापन गराउने अध्यापकका अतिरिक्त अन्य मान्यजनजस्तै माता, पिता र पितामह आदि पनि पर्दछन् । गुरु वर्गले नै ज्ञानमार्गमा अग्रसर गराउँछन् । 

मन, वचन शरीर, वाणी, इन्द्रिय तथा बुद्धिलाई नियन्त्रण गरेर शिष्यले गुरुबाट शिक्षा हासिल गर्नुपर्छ, गुरुसेवाबाट कुनै पनि शिष्य विमुख हुनुहँुदैन । अहंकार र अभिमान त्याग गरी गुरुआज्ञा पालन गरी सुश्रुषा गर्नु नै शिष्यहरूको परम कर्तव्य हो । गुरुले पनि आप्mना शिष्यहरूप्रति माया ममता देखाउने एवं पुत्रवत् पालना गर्नु पर्दछ । 

गुरु हुनलाई स्कुल कलेजमा गएर पढाएर औपचारिक शिक्षा नै दिनुपर्छ भन्ने छैन । जो कोहीलाई पनि कसैले केही ज्ञान दिन्छ भने त्यसलाई त्यसले गुरुको रूपमा मान्नु पर्दछ । नेपाली समाजमा गाडी चालकलाई पनि गुरुजी भन्ने चलन छ । सहचालकलाई गाडी चलाउन सिकाउने भएकाले उसले गुरुजी भन्दाभन्दै अरूले पनि त्यसै भनेका हुन् । ज्ञानगुनका कुरा जोसँग पनि सिक्न सकिन्छ । सिकाउने त्यही व्यक्ति गुरु हुन्छ । 

पौराणिक कालमा एकजना दत्तात्रय नामका ऋषि थिए । तिनले किटपतंगादी चौबिसवटा गुरु थापेका थिए रे ? त्यसमध्ये माछा, मौरी, परेवा, पिंगला, सर्प, पानी, आकाश, सूर्य, चन्द्रमा आदि प्रमुख थिए । यीमध्ये सबैबाट यिनले केही न केही महŒवपूर्ण कुरा सिकेकै कारण यिनले यति धेरै गुरु थापेका थिए । यिनका २४ वटा गुरुमध्ये दुईवटा गुरु माछा र वेश्याको बयान यस प्रकार छ । 

दत्तात्रयले भनेका छन्, ‘जिब्रोका वशमा पर्नु हुँदैन भन्ने माछाबाट बुझेँ । अर्काको आश गर्नु हँुदैन भन्ने वेश्याबाट बुझेँ । अर्थात् माछाले आहारा आयो भनेर स्वादलिँदै आहाराबाहेक अरू केही नदेखि हान्निएर खान खोज्दा बल्छीमा पर्छ अरे अनि अर्काको आश गर्दागर्दै बेश्याको जवानी पूरै सकिन्छ । यसबाट गुरु भनेका सानोतिनो ज्ञान दिने पनि मानिन्छन् । 

भगवान्् श्रीकृष्णले एकदिन आप्mना गुरु सान्दीपिनीलाई गुरुदेव धेरै वर्ष पढियो हजुरलाई के गुरु दक्षिणा टत्र्mयाऊँ ? भन्दा सान्दीपिनीले मलाई त केही चाहिँदैन, केही दिने नै भए तिमीहरूकै गुरुआमालाई सोध भनेछन् । गुरुआमाले अरू थोक त मलाई केही चाहिएको छैन दिने नै भए मेरा पूर्वकालमा मरेका दुईजना छोरालाई बिउँताइदेउ भनिछन् । अनि भगवान् श्रीकृष्णले गुरुआमाका मरेका छोराहरू ल्याएर गुरु दक्षिणाको रूपमा दिएछन् । 

पौराणिक कालमै एकलव्य निषाद भन्ने एकजना राजकुमार थिए । उनी आप्mनो गुरु द्रोणाचार्यप्रति असिम आस्था र श्रद्धा राख्थे । उनले द्रोणाचार्यको गुरुमूर्ति स्थापना गरेर जंगलमा धर्नुविद्याको अभ्यास गरे र उनी अद्वितीय धर्नुधारीको रूपमा कहलिए । उनले गुरु दक्षिणाको रूपमा द्रोणाचार्यलाई आप्mनो दाहिने औंला काटेर दिएर गुरु दक्षिणाको अद्वितीय दृष्टान्त पेस गरेका थिए । 

गुरुहरू शिष्यलाई यस्तो चाहियो उस्तो चाहियो भनेर भन्दैनन् शिष्यहरूले नै कर गरेर गुरुको आवश्यकता बुझेर गुरु दक्षिणा दिन्छन् । गुरुहरूले पनि शिष्यहरूको आग्रहलाई नकार्न नसकेर लिने गरेको पाइन्छ । हिजोआज गुरुकुलको जस्तो गुरु र विद्यार्थीबीच न आत्मीयता छ न घनिष्टता नै । हिजोआजका विद्यार्थीहरूले गुरुलाई गाली गर्ने गुरुसँग झगडा गर्ने गरेको पाइन्छ । आजको शिक्षा व्यावसायिक भएका कारण यस्तो भएको हो । आजका विद्यार्थीमा नैतिक शिक्षा र अनुशासनको कमी हुँदै गएको छ । यसका लागि घरपरिवार, समाज, स्कुल र कलेज सबै जिम्मेवार छन् । 

घरमा बाबुआमालाई आदर गर्न सिकेका बच्चाले स्कुलमा शिक्षकलाई आदारभाव राख्छन् । अन्यथा उनीहरूबाट यस्तो अपेक्षा गर्न सकिँदैन । वास्तवमा गुरुले दिएको शिक्षा अनमोल हुन्छ भन्ने विद्यार्थीले बुझ्नुपर्ने हुन्छ । 

शिक्षकले विद्यार्थी पठाएबापत आप्mनो र परिवारको गुजारा धान्नका निम्ति केही पारिश्रमिक लिनुपर्दछ । त्यो त गुरुकुलमा पनि दक्षिणाको चलन थियो । त्यसका अतिरिक्त गुरु र गुरुआमालाई समेत पुग्नेगरी दाल, चामल र घिउ नुन आदि पु¥याउने त्यसबेला पनि चलन थियो । 

गुरु र चेलाको सम्बन्ध भनेको नङ र मासुको जस्तो हुनुपर्दछ । विद्यार्थीले आप्mना गुरुप्रति गर्व गर्नुपर्दछ । गुरुले आप्mनो शिष्य अर्थात् विद्यार्थीप्रति गौरव गर्नुपर्दछ । तर, अफसोच हिजो आज गुरु र चेलाबीच पहिलाजस्तो न सुमधुर सम्बन्ध नै छ न अटल विश्वास नै छ । हिजोआज त यी दुई वर्ग आपसमा विपरीत वर्गजस्तै देखिएका छन् । हिजोआज हामीले गुरुले विद्यार्थी र विद्यार्थीले गरु कुटेका कैयांै घटनाहरू सुन्ने गरेका छाँै । गुरु र विद्यार्थीबीचको घनिष्ठता र आत्मीयता अहिले बिरलै देख्न पाइन्छ । यसका लागि जिम्मेवार पक्ष पनि दुवै हुन् । 

किनकि, गुरुहरू पनि हिजोआज विद्यार्थीका बारेमा त्यति धेरै चिन्तित देखिँदैनन् । गुरुहरू पैसाको पछि लागेर ज्ञानलाई पैसामा तुलना गर्न लागेका छन् भने विद्यार्थीहरू चाहिँ बढी भौतिकवादी भई गुरु र ज्ञानको वास्तविक महŒव नबुझी गुरुलाई अबहेलना गरिरहेका छन् । तसर्थ, आजको आवश्यकता र यसपालिको गुरु पूर्णिमाको सन्देश भनेको गुरु र शिष्यबीच बढ्दै गएको दूरीलाई कम गरी सम्बन्धलाई सुमधुर बनाउनु हो । 

हाम्रो वर्तमान शिक्षा प्रणालीले उच्चचरित्र भएको जनशक्ति उत्पादन गरेको छ कि छैन भन्ने कुरा र विद्यार्थीहरूले स्वावलम्बनको शिक्षा कत्तिको पाएका छन् भन्ने कुरामा भर पर्छ । अहिले यो कुरा खोतल्ने बेला भएको छ । वर्तमानका विद्यार्थीहरूको गुरुहरूप्रति सकारात्मक धारणा बनाउने बेला पनि यही हो । वर्तमान शिक्षा प्रणाली नै नराम्रो भएको कारणले विद्यार्थी वर्ग उदण्डतर्फ उन्मुख भएका छन् । 

मनसा, कर्मणा गुरुसेवामा समर्पित हुने सत्पे्ररणा दिनका लागि नैतिक शिक्षामा पनि जोड दिनुपर्छ । यसतर्फ सोच्दै विद्यार्थी, अभिभावक एवं शिक्षकले आआप्mनो कर्तव्य निर्वाह ग¥यौँ भने अझै पनि विद्यार्थीहरूलाई नैतिक चरित्रवान् बनाउन सकिन्छ र गुरुपूर्णिमाको महŒव वृद्धि गराउन पनि सफल भइन्छ । 


Views: 175

सम्बन्धित सामग्री: