7th December | 2019 | Saturday | 1:01:03 PM

विषादी प्रकरणमा प्रधानमन्त्री

देवेन्द्र चुडाल   POSTED ON : श्रावण १, २०७६ (९:४६ AM)

विषादी प्रकरणमा प्रधानमन्त्री

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीको सरकार विवादको घेरामा तानिएको छ । सरकारले गर्ने धेरै निर्णय विवादास्पद रहेका छन् । सरकारले हचुवाका भरमा निर्णय गर्ने गरेको हुनाले त्यस्ता निर्णय विवादास्पद बन्दै गएका छन् । सत्ताधारी दलकै नेता र सांसदहरूले समेत सरकारका निर्णयहरूको विरोध गरेका छन् । सत्ताधारी दलका सांसदहरूले नै आप्mनै पार्टीको नेतृत्वको सरकारले गरेका निर्णय स्वीकार गर्न सकेको छैन । निर्णय गर्नुअघि सरकारले पार्टीभित्र व्यापक छलफल र बहस गराएर निर्णय गरेको भए त्यस्ता निर्णयको बचाउ गर्न सबै लाग्नसक्थे तर त्यसो हुन नसकेको हुँदा सरकार विवादको भुँमरीमा रुमलिएको छ । 

केही दिन पहिला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आप्mनो पार्टीको संसदीय दलको बैठकमा भारतबाट आयातीत तरकारी र फलपूmलमा विषादी परीक्षण गर्ने निर्णय सरकारले गरेको बताएका थिए । नेपाल सरकारले विषादी परीक्षण गर्ने निर्णय गरेपश्चात् नेपालस्थित भारतीय दूतावासले असार १४ गते नै परराष्ट्र मन्त्रालयलगायत अन्य सरकारी निकायलाई चेतावनीयुक्त पत्र लेखेको थियो । प्रधानमन्त्री ओलीले आप्mनो पार्टीको संसदीय दलको बैठकमा त्यस विषयमा कहीँ कतैबाट पत्र नआएको बताएका थिए । दूतावासले असार १४ गते पत्र लेखेपछि सरकारले त्यही पत्रको आधारमा असार १८ गते नै विषादी परीक्षण रोक्ने निर्णय गरेको थियो । 

यसरी प्रधानमन्त्री नै झुटको खेतीमा लागेको हुनाले उनका मन्त्रीहरूसमेत झुटको सहारा लिन बाध्य भएका छन् । प्रधानमन्त्रीले आप्mनो पार्टीको संसदीय दलको बैटकमा बोलेका कुरा झुट भएको सावित भए पनि न त प्रधानमन्त्रीले सफाइ दिएका छन्, न त उनका तर्फबाट कुनै पदाधिकारीले नै । सञ्चारमाध्यममा उक्त पत्र सार्वजनिक भएपछि झुट लुकाउन नसक्ने अवस्थामा पुगेको सरकारका तर्फबाट मन्त्रिपरिषद्का प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले त्यस्तो पत्राचारलाई स्वाभाविकरूपमा लिनुपर्ने अभिव्यक्ति दिएका छन् । 

केही समयअघिदेखि हाम्रो राजनीतिमा झुट बोल्नु महानता हो भन्ने संस्कारको विकास भएको छ । त्यसैले यो सरकारले पनि झुटको सहारा लिने गरेको छ । जतिसुकै ठूला मान्छे भए पनि र जुनसुकै पदमा आसीन भएका भए पनि उनीहरू झुट बोल्न लाज मान्दैनन् । झुट बोलेर भए पनि सत्तामै टिकिरहन उनीहरू चाहन्छन् । संविधानमा व्यवस्था भएनुसार सत्य र निष्ठाको कसम खाएर मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेका व्यक्ति नै झुट बोल्छन् र झुट बोलेको प्रमाणित भए पनि जनतासँग क्षमा माग्दैनन् भने त्योभन्दा ठूलो अपराध केही हुन सक्दैन । 

झुट बोल्ने अपराध र अपराधीलाई कारबाही हुनुपर्छ । यदि, राजनीतिमा झुटकै सहारा लिएर राजनीति गर्ने हो भने त्यसले सबैभन्दा ठूलो घात राजनीतिमै पार्दछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री नै झुटको सहारा लिएर अघि बढ्ने हो भने उनको दलका नेताहरू समेत त्यस्तै झुटको सहारा लिन बाध्य हुन्छन् भन्ने प्रमाण विषादी परीक्षण काण्डमा देखिएको छ । कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले थप विवादाष्पद कुरा बोलेका छन् । 

प्रधानमन्त्रीले पार्टीको संसदीय दलको बैठकमा विषादी परीक्षण गर्ने उपकरण नभएको अभिव्यक्ति दिएकै भोलिपल्ट कृषिमन्त्री खनालले विषादी परीक्षण भइरहेको र उपकरणहरू कर्णाली प्रदेशबाहेक अन्य प्रदेश र काठमाडौं उपत्यकामा रहेको जनाएका थिए । उता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले सचिवहरूले आपूmलाई फसाएको बताएर उम्किने प्रयास गरेका थिए । 

मन्त्रीहरूले आपूmले पाएको अधिकारको प्रयोग नगरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराउने गरेका हुनाले त्यहाँ नीतिगत भ्रष्टाचार हुने गरेको छ । मन्त्रिपरिषद्का निर्णयका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाउन नसक्ने भएकाले मन्त्रिपरिषद्का बैठकबाटै सामान्य निर्णयसमेत गराउने गरिएको छ । त्यहीँ नीतिगत भ्रष्टाचार रहेको छ । 

मन्त्रीले सचिवहरूले आपूmलाई फसाएको अभिव्यक्ति दिनु गैरजिम्मेवारीपूर्ण हो । सचिव सरुवा भएर अर्को मन्त्रालयमा कार्यरत छन् । त्यसैले मन्त्रीले उनलाई यस्तो आरोप लगाएका हुन् । साँच्चै नै उनलाई सचिवले फसाएकै हुन् भने त्यसरी फसाउने सचिवहरूमाथि किन सरकारले कारबाही गर्न सकेन ? आपूmहरू पानीमाथिको ओभानो बन्न कर्मचारीलाई दोष लगाएर पदमा बसिरहनु मन्त्रीको नैतिक जिम्मेवारी होइन । गलत निर्णय फिर्ता लिनु परेपछि नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने हो । 

परराष्ट्र मन्त्रालयमा असार १४ गते नै पत्र पुगेको भए पनि प्रधानमन्त्रीका विश्वासपात्र मानिएकै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि दूतावासको पत्रका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिएनन् भनेर पत्याइहाल्ने आधार नभेटिएको हुनाले असार २१ गते बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले झुट बोलेको प्रमाणित हुन्छ । यदि, त्यो विषयमा प्रधानमन्त्रीलाई परराष्ट्रमन्त्री, कृषिमन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले जानकारी नगराएको भए त्यस्ता मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ र ? 

मन्त्रीहरू प्रधानमन्त्रीका सहयोगीमात्र हुन् । उनीहरूको काम भनेको प्रधानमन्त्रीलाई सहयोग गर्नु हो । महŒवपूर्ण विषयमा समेत प्रधानमन्त्रीलाई थाहै नदिएर प्रधानमन्त्रीलाई झुट बोल्न बाध्य पार्ने व्यक्तिहरू मन्त्री पदमा रहिरहन सक्दैनन् । प्रधानमन्त्रीले झुट बोेल्ने मन्त्रीहरूलाई कारबाही गर्न सक्दैनन् भने उनैले झुटो बोलेको प्रमाणित हुन्छ । 

सही कुरो लुकाएर झुट बोल्दा प्रधानमन्त्री ओली न आपूm इमानदार बन्नसके न त उनले देशको संघीय संसद्को तथा सांसदहरूको मानै राख्नसके । प्रधानमन्त्रीले झुट बोलेपछि त्यसैको सिको गर्दै अरू मन्त्रीले पनि झुटो बोले । यी सबै तथ्यहरूबाट ओली सरकार पनि भारतसँग झुकेको छ भन्ने प्रमाणित हुन्छ । 

लोकतान्त्रिक सरकार जनताको बलमा अडिने हो । पहिलोपटक प्रधानमन्त्री हुँदा ओली जनताकै बलमा अडिएका थिए । भारतले लगाएको नाकाबन्दीको सामना गरेका थिए । जनताले पनि उनलाई सहयोग गरेका थिए । ओलीले त्यसबेला बनाएको राष्ट्रवादी छविमा तिनै प्रधानमन्त्री ओलीले अहिले गैंती चलाएका छन् । 

जनताले निश्चित समयका लागि आप्mना प्रतिनिधि चुनेका हुन्छन् तर तिनै प्रतिनिधिले जनताको हितविपरीतका कार्य गर भनेर पठाएका हुँदैनन् । विषादी प्रकरणमा प्रधानमन्त्रीले आप्mनो पार्टीका सांसदहरूलाई मात्र ढाटेका छैनन्, नेपाली जनतालाई ढाँटेका छन् । सांसदहरू भनेका जनताका प्रतिनिधि हुन् जनताका प्रतिनिधिलाई ढाँट्नु जनतालाई ढाँट्नु हो । जनताको मौलिक हक खोस्नसक्ने अधिकार सरकारलाई छैन । कसैको सत्ता बचाइदिन र लम्बाइदिन जनताले विष खानुपर्ने वातावरण बनाइनु देशमाथिकै घात हो । 

विषादी प्रकरणले गर्दा प्रधानमन्त्रीकै नैतिकतामाथि प्रश्न उठेको छ । लोकतान्त्रिक प्रणालीमा झुट बोल्नु अक्षम्य अपराध मानिन्छ । राजनीतिमा नैतिकता हराउँदै गयो भने त्यसले समाजलाई नराम्रो प्रभाव पार्छ । पटकपटक झुट बोलेर कुर्सी त केही समयका लागि बचाउन सकिएला तर त्यो टिकाउ हुन सक्दैन । झुट बोल्ने बानी परेका राजनीतिज्ञले इमानदारीपन त देखाउन सकेनन्, सकेनन् अब आप्mना जनतालाई व्यक्तिगत स्वार्थमा लागेर मन्द विष सेवन गर्न बाध्य पार्दैछन् । 











Views: 116

सम्बन्धित सामग्री: