18th August | 2019 | Sunday | 3:20:43 AM

एकादेशमा सिक्किम थियो

शम्भु निरौला   POSTED ON : श्रावण ४, २०७६ (६:२२ AM)

एकादेशमा सिक्किम थियो

कुरो हाम्रो देशको होइन । छिमेकी देशको हो । केही वर्षअगाडि सिक्किम भन्ने देश थियो । पूर्ण स्वाधीन । सार्वभौमसत्ता सम्पन्न । राजतन्त्रात्मक । हिमाली राज्य । पहाडी राज्य । नेपालजस्तै सुन्दर जैविक विविधताले सुसम्पन्न ।

सिक्किमको स्वतन्त्र अस्तित्व धेरै वर्षसम्म रहृयो । नामग्याल वंशले सत्ता चलाउँदै रहृयो । जवाहरलाल नेहरू सन् १९६४ मा बितेपछि उनकै छोरी इन्दिरा गान्धी भारतमा प्रधानमन्त्री भइन् । उनी आफ्ना छिमेकी राष्टहरूप्रति बाउभन्दा अनुदार थिइन् । साम्राज्यवादी सोचकी थिइन् । सिक्किममाथि उनको गिद्धे नजर प¥यो । उनले एकचोटि, ‘मेरे पिताजी ने नेपाल, भुटान और सिक्किम को भारत मे न मिलाने का बडा दुःख् फर्माया है ।’ भनेकी थिइन् । यसबाट के बुझिन्थ्यो भने आफ्ना बाउले गर्न नसकेको काम आफू गर्न चाहन्थिन् । सन् १९७१ मै भुटानले चलाखीपूर्वक संयुक्त राष्ट्रसंघको सदस्यता लिइसकेकाले कतै सिक्किमले पनि त्यसो नगरोस् भन्ने उनी चाहन्थिन् । सिक्किमका अन्तिम राजा पाल्देन थोन्दुप नामग्याल जसलाई छोग्यालसमेत भनिन्थ्यो उनले अमेरिकी महिलासँग बिहे गरेका थिए । यिनकी श्रीमती सुन्दर र महŒवाकांक्षीसमेत थिइन् । आफू सिक्किमकी शक्तिशाली महिला हुन चाहन्थिन् । एकचोटि एउटा जर्नलमा उनले इन्दिरा गान्धीको कटु आलोचना गर्दै सनसनीपूर्ण लेख प्रकाशित गरिन् । सो लेखमा उनले ‘भारतले सिक्किमको महŒवपूर्ण खरखजाना तथा प्राकृतिक सम्पदा लुटेर खाएको छ । त्यो अविलम्ब फिर्ता हुनुपर्छ ।’ भनेकी थिइन् । यो लेखले ईन्दिरा गान्धी रिसले आगो भइन् । सिक्सिमलाई आफ्नो भूभागमा मिलाउन रअलाई जिम्मा दिइन् । रअ अब विस्तारै आफ्ना गतिविधि सिक्किममा बढाउँदै गयो । सिक्किममा पनि एककिसिमको जन असन्तुष्टि थियो । नेपाली भाषीहरूको असन्तुष्टि चुलिँदै थियो । अन्तरकलह बढ्दो थियो ।

अर्का पात्र जो सिक्किम विलयका महानायक, देशभक्षक पाल्देन लेन्दुप दोर्जे थिए । उनको सिक्किम नेसनल कंग्रेस पार्टीलाई र यिनलाई मज्जाले नचायो रअले । लेन्दुपलाई राजाविरोधी आन्दोलन चर्काउन जति पनि पैसा आउन थाल्यो । राजाले जस्तै लेन्दुपले बेल्जियमकी गोरी युवती एलिजा मारियासित लगनगाँठो कसेका थिए । यिनकी श्रीमती उधुम राम्री थिइन् । उनी सिक्किमकी ‘प्रथम महिला’ बन्न उद्यत् थिइन् । अर्की अमेरिकी युवती होप कुक जुन राजा नामग्यालकी श्रीमती । उनी पनि सिक्किमकी शक्तिशाली महिला बन्न उद्यत् । यी दुइटैलाई उकास्न थाले भारतीय गुप्तचरले । पहिला दोस्राको खैलाबैला तेस्राको लाभ भन्ने उक्ति चरितार्थ भयो सिक्किमको संप्रभूतामाथि ।

सन् १०७० मा लेन्दुपले राजाविरोधी आन्दोलन चर्काए । भारतीय जासुसी संस्थाहरूले पैसा खन्याए । छोग्याललाई भारतप्रति अगाध भरोसा थियो । भारत भने दिनानुदिन सिक्किमलाई कमजोर बनाउँदै आफ्नो अधिनस्थ भूभाग बनाउन चाहन्थ्यो । लेन्दुप दोर्जेलाई उच्च सुरक्षा र सेवासुविधा दिएको थियो भारतले । उनी दिल्ली जाँदा विमानस्थलदेखि रातो कार्पेट ओछ्याएर संसद भवनसम्म लगिन्थ्यो । उच्च मानसम्मान र आथित्य दिइन्थ्यो । उनी मज्जाले गोटी बनेका थिए भारतको ।

सन् १९८३ मा सिक्किममा प्रजातान्त्रिक आन्दोलन चरमोत्कर्षमा पुग्यो । लेन्दुपले नेतृत्व गरेको पार्टीका सयौं कार्यकर्ताले सिक्किम राजदरबारलाई घेरा हाले । छोग्याल आफू बौद्धमार्गी भएकाले कुनै पनि विद्रोहीमाथि गोली नचलाउन भनेका थिए । करिब तीन सयमा रहेको सिक्किम गार्डसले कुनै पनि प्रतिक्रिया जताएन । यसरी आन्दोलनले उग्ररूप लिएपछि राजा नामग्यालले कुरो मिलाई दिन भारतलाई गुहारे । भारतलाई के खोज्छस् काना, आँखो भनेजस्तो भयो । रत्ति पनि ढिलाइ नगरी इन्दिरा गान्धीले बिएस दास भन्ने कूटनीतिज्ञको अगुवाइमा एउटा टोली सिक्किम पठाइन् ।

टोली सिक्किम पुगेलगत्तै आन्दोलन स्थगन भयो । राजा, लेन्दुपको पार्टी र भारत सरकारबीच त्रिपक्षीय सम्झौता भयो । यो सम्झौताले राजाको अधिकारमाथि व्यापक कटौती ग¥यो । अधिकारहरू खोसिए । सिक्किम अब इण्डियाको सहराज्य जस्तै भयो । यी सबै गतिविधि राजाले टुलुटुलु हेर्नुको विकल्प थिएन ।

सन् १९७४मा आमनिर्वाचन भयो । लेन्दुपको पार्टीले सबै सिट जित्यो । बत्तीस सिटमध्ये सिनेकपाले एकतीस सिट जितेको थियो । लेन्दुपको पार्टीले सरकार बनायो । अब भारतलाई आफ्ना गतिविधि अगाडि बढाउन सजिलो भयो । सिक्किमलाई भारतको एसोसिएट राज्य बनाउने भन्ने विधेयक संसदमा प्रस्तुत भयो । त्यो विधेयक अंग्रेजी भाषामा लेखिएको थियो । त्यसमा दश÷बार पन्ना थिए । संसद सदस्य अंग्र्रेजी जान्दैनथे । उनीहरू कतिपयलाई नेपाली लेखपढ गर्न नै गाह्रो थियो । उनीहरूले नबुझी सही गरे । 

अब सिक्किम जनमत संग्र्रहमा जाने भयो । जनताले रोज्नुपथ्यो भारतमा विलय हुने वा स्वतन्त्र रहने भनेर । जनमतसंग्रह घोषणाको ४८ घण्टाभित्र चुनाव भयो । नतिजा निकालियो भारतमा विलय हुने भनेर । विसं २०३२ साल वैशाख १ गते भएको जनमत संग्रहले सिक्किम भारतमा विलय भयो । सिक्किम भारतको २२औं राज्य । लेन्दुप दोर्जे मुख्यमन्त्री भए ।

जनमत संग्रह भएलगत्तै भारतीय सेनाले दरबारलाई घेरा हाले । सानो संख्याको सिक्किम गार्डसलाई राजाले गोली नचलाउनू भन्ने आदेश दिए । राजालाई बन्दी बनाइयो । ठूलाठूला गाडीमा सिक्किम गार्डसलाई राखेर लगियो । सन् १९७९ मा भएको विधानसभाको चुनावमा लेन्दुप दोर्जेको सिक्किम नेस्नल कांग्रेस पार्टीको लज्जास्पद हार भयो । एकै सिट जित्न सकेन । लेन्दुपको राजनीतिक जीवन सकियो । उनलाई देश बेचेको आरोप लाग्यो । नरबहादुर भण्डारी मुख्यमन्त्री भए जो नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा राख्न सफल भए ।

लेन्दुपलाई अब छटपटी सुरु भयो । भारतीयहरूले वास्ता गर्न छाडे । नेताहरूले भेटै दिएनन् । पहिले रातो कार्पेट ओछ्याउने गरेका लेन्दुपलाई अब खोसेलाको पिरा पनि दिइएन । उनी अब पछुताउन थाले । गुम्बामा गएर गुमनाम जिन्दगी जिउनु उनको नियति बन्यो । एलिजको पनि निधन भयो । उनको प्रथम महिला बन्ने सपना पनि तुहृयो । लेन्दुपको निधन भयो । एकजना राष्ट्रघाती व्यक्तिको अवसान भयो । उनको मृत्युमा भारतले कुनै समवेदना दिएन ।

लेन्दुपलाई युगयुगसम्म राष्ट्रघातको आरोप लागिरहृयो । यसरी लेन्दुप भारतको उपयोगमा परे । जब काम सकियो तब घुएँत्रो बने ।

Views: 76

सम्बन्धित सामग्री:

कथा : रगतको साँघु

राजेश अधिकारी : श्रावण ३२, २०७६ (६:३१ AM)