25th August | 2019 | Sunday | 5:21:19 PM

डरलाग्दो बालहिंसा

शुभराज पोखरेल   POSTED ON : श्रावण २२, २०७६ (१०:३९ AM)

डरलाग्दो बालहिंसा

नेपालका लाखौँ बालबालिका अझै पनि जोखिमपूर्ण अवस्थामा बाँच्न बाध्य छन् । आइएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाख बालश्रमिक छन् जसमा सवा छ लाखभन्दा बढी जोखिमपूर्ण श्रम बाध्य छन् । कृषि, घरेलु श्रम, रेष्टुरेन्ट तथा साना होटल चिया पसल, भरिया, इटा भट्टा, गलैँचा, निर्माण सडक जीवन, माग्ने, यातयात क्षेत्र, मनोरञ्न क्षेत्र, सर्कस, मसाज सेन्टर, यौन व्यवसाय, बाटोमा पत्रिका तथा सामान बेच्नेदेखि जुत्ता पालिस गर्ने ठाउँहरूमा बालबालिकाले श्रम गरेको देख्न सकिन्छ । अझ भनौँ, जहाँ श्रम हुन्छ त्यहाँ बालश्रमिक पनि छन् । 

हाम्रो समाजमा बालश्रमको प्रयोग निकै लामो समयदेखि हुँदै आएको पाइन्छ । बालश्रम सबैभन्दा सस्ता हुन्छ । यसमा न ज्यालाको कुनै निश्चित मापन हुन्छ नत काम गर्ने समयावधि । जस्तोसुकै काम लगाउँदा पनि कुनै पनि प्रतिक्रिया विना लुरुलुरु काम गर्ने, कुनै पनि कुराको माग नहुने सजिलो र सस्तो श्रमको रूपमा नेपालमा बालश्रमको दुरुपयोग हुँदै आएको छ । अशिक्षित तथा चरम गरिब परिवारको विवशताको फाइदा उठाउँदै अबोध बालापनामाथि नारकीय दुव्र्यवहार, शारीरिक, मानसिक तथा श्रम शोषणको निकृष्ट स्वरूप हो बालश्रम । 

हाम्रो समाजमा जब बालश्रम तथा बालदुव्र्यवहारको विषय उठ्छ तब बालिकामाथि मात्र बढी दुव्र्यवहार र यातना हुने कुराको चर्चा हुन्छ । एकहदसम्म यो सत्य पनि हो । यौन दुव्र्यवहार, यौनशोषण र घरेलु श्रमक्षेत्रमा बालिकामाथि भएका अनगिन्ती दुव्र्यव्यवहार तथा यौन शोषणका विषयलाई हेर्दा यो यथार्थ हो । वास्तवमा बालिकाहरूजस्तै बालकहरूले पनि श्रमक्षेत्रमा पीडित र नारकीय जीवन गुजार्नु परेको छ । समग्र श्रम क्षेत्रलाई विश्लेषण गर्ने हो भने पनि अत्यन्त जोखिमपूण (निकृष्ट) बालश्रमको क्षेत्रहरूमा बालिकाभन्दा बालकश्रमिकहरू धेरै छन् । निकृष्ट बालश्रम क्षेत्रमा घरेलु बालश्रम र यौन व्यवसायमा बालिकाको संख्या धेरै छ । सडक बालबालिका, यातायात, निर्माण, बधशाला, भरिया, जुत्ता पालिस, सडकमा सामान बिक्री, बालबिज्याइँ, इटाभट्टा, कुलत, अपहरण आदिमा बालिकाकोे भन्दा बालकको संख्या धेरै छ । 

केन्द्रीय बालकल्याण समितिले २०७५ मा सडकबाट उद्धार गरेका ८७३ बालबालिकामा ७८३ जना बालक र ९० बालिका थिए । यसैगरी यातायात क्षेत्रबाट उद्धार गरिएका ५९ जना सबै बालक थिए । एक वर्षमा हत्या गरिएका तथा सडक दुर्घटनामा मृत्य भएका ४९ जनामा २७ जना बालक र २२ जना बालिका थिए । यसैगरी अपहरणमा परेका १७ जना बालबालिकामा १२ जना बालक र ५ जना बालिका हुनुले श्रमक्षेत्र लगायत हाम्रो समाजमा बालकहरू पनि अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको स्पष्ट हुन्छ । 

तथ्याङ्कहरूले हाम्रो समाजमा बालिकाभन्दा बालकहरू पनि अत्यन्त जोखिमपूर्ण जीवन जिउन बाध्य भएको यर्थाथ पुष्टि गर्छ । श्रम शोषण, हिंसा, परित्यक्तता, अपहरण, यौन दुव्र्यवहार÷पेडोफिलले मूलत बालकहरूमाथि नै यौन दुव्र्यवहार गरेका घटना हाम्रासामु छन् । अझ डरलाग्दो पक्ष जोखिमयुक्त श्रमक्षेत्र जस्तै ः सडक, यातयात, बधशाला, चिम्नी, सडक पीच, निर्माण व्यवसाय र भरियाजस्ता श्रम क्षेत्रमा अत्यधिक बालकको प्रयोग भइरहेको छ । साथीको लहैलहै तथा बहकाउमा लागेर परिवार छोड्ने, कुलतमा लाग्नेदेखि बालबिज्याइँमा पर्नेको संख्या पनि उल्लेखनीयरूपमा बालकहरूकै बढी हुनु अझ डरलाग्दो अवस्था हो । पुरुषप्रधान समाजको स्वरूपले पनि फिरौती लगायतका कारण अपहरणमा बालकहरूकै प्रयोग हुनुले हाम्रो समाजमा बालकहरू हरेक कोणबाट जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको प्रष्ट हुन्छ ।

संविधानत नाम (पहिचन) र राष्ट्रियताका साथ विना भेदभाव स्वतन्त्र पूर्वक बाँच्न पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण मौलिक अधिकारको रूपमा रहेको छ । बालबालिकालाई श्रममा लगाउनु अपराध हो । अझ जोखिमपूर्ण काममा लगाउनु जघन्य अपराध हो । यतिहुँदा हुँदै पनि नेपालमा बालश्रम यथार्थता हो । बालक र बालिकामाथि हुने हिंसा र शोषणलाई बालिकामाथि भएका यौन हिंसा तथा यौनजन्य दुव्र्यवहारले मात्र चर्चा पाउँदा बालकहरू कम जोखिममा रहेको भन्ने अनुभूति हुनु पनि बालकहरू थप जोखिममा पर्नु हो । पछिल्लो समयमा नेपालसरकारले कम्लरी मुक्त घोषणा गरी थारु समुदाका बालिकालाई घरेलु श्रमबाट उद्धार गर्दा त्यहाँ बालकहरू सोही स्वरूपको श्रम गरिहेको चर्चा समय समयमा हुने गरेकोछ । घरेलु श्रमिकका रूपमा बालिकाको ठाउँमा बालकहरूको प्रयोग बढ्दै गएको छ । यहाँ हामीले नेपाल बालश्रम मुक्त समाज निर्माणमा अग्रसर भइरहेको अवस्थामा बालिकाको ठाउँमा बालकलाई श्रममा लगाउँदा आँखा चिम्लनु आफैँमा द्विविधायुक्त हुन्छ । 

अपहरण, सडकजीवन, बिज्याइँ, लागु पदार्थ दुव्र्यसनी, यौनकार्य, कुलत, अत्यधिक शारीरिक श्रम, भरिया, साना होटल रेष्टुरेन्ट, यातयात, निर्माण, बधशाला जस्ता मानसिक, शारीरिक र बौद्धिक रूपमा अत्यन्त जोखिमपूर्ण श्रमक्षेत्रमा बालकहरूले भोगेका जोखिम र उनीहरूको भविष्यको बारेमा सोच्न ढिला भइसकेको छ । सडकमा बस्दा उसको भोगाइ र त्यहाँबाट उसको मनमस्तिष्कमा पर्ने प्रभाव त्यहाँबाट सिक्ने कुलत, तथा दुव्र्यसन, दुव्र्यसनी तथा बिज्याइँमा परेर उसको जीवनरि पर्ने असर तथा मनोसामाजिक समस्या, जोखिमयुक्त कामबाट हुने दुर्घटना, जस्तै ः अग्ला भवनबाट खस्न सक्ने, क्षमताभन्दा बढि भारी बोक्दा शारीरिक विकासमा असर, सडक पीचमा हुने रसायनको असर, बधशालमा काम गर्दा पर्ने मनोसामाजिक असरजस्ता अत्यन्त डरलाग्दा विषयहरूमा अहिल्यै नसोच्ने हो भने त्यस परिस्थितिबाट हुर्केका बालकहरू युवा अवस्थामा कस्ता बन्लान् ¤ मनन गर्न ढिलो नगरौँ ।

त्यसैले जोखिमका क्षेत्रमा संलग्न हुन बाध्य बालबालिको जीवनको रक्षा र उनीहरूको आधारभूत पोषण, स्वास्थ, शिक्षा, र संरक्षणको विषयलाई बालक भएकै कारण नजरअन्दाज गर्नु देशलाई अधोगतिमा धकेल्नु हो । 

बालबालिकाको संविधान र कानुन प्रदत्त हकको सार्थक उपभोग गराउने दायित्व हरेक सचेत नागरिक र समुदायको हो । जहाँ बालश्रम छ त्यहाँ प्रश्न उठाउ, सरोकारवालाहरू समक्ष पु¥याऔँ । राज्य र सरकारलाई आफ्नो दायित्व पूरा गर्न गराउन सधैँ प्रश्नहरू गरौँ । हरेकले आफ्नो ठाउँबाट पहल गरेमा बालश्रमिकको उद्धार राहत र संरक्षणमा सरकार तथा राज्य उनीहरूको संरक्षण र विकासको लागि लाग्न बध्य हुनेछ । कुनै पनि बालबालिका विना भेदभाव विकास गर्ने अवसरबाट विमुख हुनु नपरोस् । पोषण, स्वास्थ्य, शिक्षा, संरक्षणको अधिकारबाट बन्चित भई यौन दुव्र्यवहार तथा शोषण, हिंसा, श्रमशोषण, दुव्र्यवहार, तथा संरक्षणविहीन अवस्थामा बालबालिका देखेमा हरेकले आआप्mनो ठाउँबाट आवाज उठाऔँ । प्रश्न गरौँ । कुरा गरौँ । यो नै बालबालिको संरक्षण र बालश्रम अन्त्यको प्रारम्भ बिन्दु हुनेछ । 

Views: 211