25th August | 2019 | Sunday | 5:30:26 PM

मोदी–२ को नेपाल नीति

  POSTED ON : श्रावण २४, २०७६ (१०:३२ AM)

मोदी–२ को नेपाल नीति

श्रीमन्नारायण

दक्षिणी छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रचण्ड बहुमतसहित लगातार दोस्रो पटक सत्तामा आएका छन् । झन्डै पा“च दशकपछि भारतका कुनै प्रधानमन्त्रीले लगातार दोस्रो पटक बहुमत हासिल गरेर सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । ‘नेभर फस्र्ट’ को नीतिलाई उनले निरन्तरता दिने निश्चित नै छ । नेपाल, श्रीलंका र भूटान उनको निम्ति सर्वाधिक प्रिय मित्रराष्ट्रहरूको सूचीमा रहेका छन् । 

सम्भवतः धार्मिक र सांस्कृतिक समानता यसको एउटा ठूलो कारण बन्न सक्छ । आप्mनो पहिलो कार्यकालमा उनले चारपटक नेपालको भ्रमण गरेर यो साबित गरिदिएका छन् कि नेपाल उनको निम्ति सर्वोच्च प्राथमिकतामा छ तथा नेपालको राजनीति स्थायित्व, स्थायी शान्ति र द्रूत विकासको चाहनाबाहेक नेपालमा उनको थप कुनै रुचि छैन । फेरि पनि चाँडै नेपाल आउने चर्चा छ । 

भारतको नाम सुन्ने बित्तिकै त्यसमा अनर्थ मात्रै देख्नेहरू प्रत्येक कुरालाई आप्mनो हिसाबले विश्लेषण गर्न स्वतन्त्र छन् तर मोदी तथा मोदी सरकारको नियतमाथि शंका गर्नुपर्ने कारण रहेको देखिँदैन । 

हालै राजधानी काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा मोदीका विश्वासपात्र तथा सत्ताधारी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भारतले नेपालको एकता, अखण्डता तथा सार्वभौमिकताको सदैव सम्मान गर्दै आएको र भविष्यमा पनि सम्मान गर्ने प्रस्ट पारेका छन् । 

नेपालको सम्बन्धमा भारतको ग्रान्ड डिजाइनबारे नेपाली छापाहरूमा समय समयमा प्रकाशित हुने गरेको समाचारबारे पनि टिप्पणी गर्दै उनले नेपालविरुद्ध भारतको कुनै रहस्यमय डिजाइन नभएको तथा नेपाल एक सार्वभौमसत्तासम्पन्न देश भएकोले नेपालको विकासमा भारत हेल्पिङ हृयान्ड मात्रै भएरसहयोग गर्न चाहेको बताए । नेपालको राजनीति र विकासको मोडेल नेपालले तय गर्ने हो । नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप गर्न नचाहेको र मोदी सरकारको वर्तमान नीति भनेको नेपालको राजनीतिक स्थायित्व, स्थायी शान्ति तथा समग्र विकासमा सहयोगी भूमिका निर्वाह गर्नु मात्रै रहेको हो । 

नेपालको सम्प्रभुतालाई भारतले सधैँ सम्मान गर्ने नीति लिएको छ । नेपाल एउटा स्वतन्त्र देश हो तथा उसले आप्mनो इच्छाअनुसार काम गर्न र वैदेशिक सम्बन्ध अगाडि बढाउन स्वतन्त्र रहेको छ । नेपालको विकास र समृद्धिमा भारतको पनि हित रहेकाले एउटा असल छिमेकीको नाताले भारतले नेपाललाई पनि सुखी अवस्थामा देख्न चाहेको धारणा पनि उनले राखे । नेपालसित समानता र परस्पर हितमा आधारित साझेदारीमा भारतले सम्बन्ध विकसित गर्न चाहेको उनले प्रष्ट पारे । नेपालसित भारतको परम्परागत बहुआयामिक सम्बन्ध रहेको तथा सभ्यता देखिको यो सम्बन्ध अझ बढी विस्तार हुन सकोस् तथा दुई देशको सम्बन्ध सुदृढ बनाउन भारतले आप्mनो तर्पmबाट हरसम्भव सहयोग गर्ने विश्वास पनि उनले दिलाउले प्रयास गरे । 

नेपाल र भारत दुवै देश मिलेर लगानी, शिक्षा, वातावरण र आविष्कारको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता रहेको छ । यसमा दुवै देशको हित सुनिश्चित हुनुपर्ने धारणा राख्दै उनले दुवैतर्पm ‘विन विन’ को परिस्थिति निर्माण हुनुपर्ने विचार व्यक्त गरे । नेपाल भारतबीच विश्वास र आपसी समानताका आधारमा सम्बन्ध विकसित हुनुपर्ने बताउ“दै उनले दुवै देशबीचका सबै विषयमा सहमति कायम हुन नसक्ने तर सम्बन्ध सुदृढ गर्नुको विकल्प पनि नरहेकाले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए । 

नाटो मुलुकका सबै देशबीच पनि सबै विषयमा सहमति कायम नभए जस्तै दुई देशबीच पनि केही विषयमा सहमति नहुनुलाई अस्वाभाविक मान्न सकिँदैन तर दुबै देश असल छिमेकी मित्रराष्ट्र भएका कारण आपसी सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए । भारत सदैव नेपालको एकताको पक्षमा रहेको तथा नेपाललाई दबाउने नियत भारतको नरहेकोले अनावश्यक आशंका नगर्न पनि उनले आग्रह गरे । 

भारतमा हालै सम्पन्न संसदीय निर्वाचनमा सत्ताधारी भारतीय जनता पार्टीले प्राप्त गरेको सफलताको चर्चा गर्दै मोदी सरकारको आर्थिक नीतिका कारण देश प्रगतिपथमा लम्किदै गएको तथा भारतको विकासगाथाबाट नेपालले पनि धेरै थोक सिक्न सक्ने तर्क उनले दिएका थिए ।

ऊर्जा तथा जलसम्पदाको मामिलामा विश्वको दोस्रो ठूलो देश मानिएको नेपालले स्रोत एवं साधनको अभावका कारण नै अहिले पनि भारतबाट बिजुली आयात गरिराख्नुपरेको अवस्था छ जब कि हामीभन्दा सानो देश भुटानले आप्mनो जलसम्पदाको सदुपयोग गरी भारतमा बिजुली निर्यात गर्नुका साथै आप्mनो अर्थतन्त्रलाई समेत बलियो बनाउने काम गरिसकेको छ । वर्तमान अवस्थामा सार्कमा प्रतिव्यक्ति आयको मामिलामा ऊ सबैभन्दा अगाडि छ । 

हाम्रो देशमा जलसम्पदाको उपयोग गर्दा कतै राष्ट्रियता त गुम्ने होइन भन्ने धारणालाई बढी महŒव दिने काम भयो । जलसम्पदा प्रयोगको कुरा गर्दा सधैँ भारत देखाएर तर्सिने र तर्साउने काम भयो । फलस्वरूप जलसम्पादा उपयोगमा नेपाल धेरै पछि प¥यो । यद्यपि भारतसित भएको विद्युत् व्यापार सम्झौताका कारण तथा प्रसारण लाइन निर्माणका कारण अब नेपालमा उत्पादित बिजुली भारतमा बिक्री गर्न सकिन्छ ।

माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् परियोजना कार्यान्वयनमा आएपछि नेपालले पनि आप्mनो आवश्यकता पूरा गरी बिजुली निर्यात गर्न सक्नेछ । प्रसारण लाइनको निर्माणका कारण नेपालले अन्य देशमा पनि बिजुली निर्यात गर्न सक्नेछ तर अब भारतलाई नेपालको बिजुली चाहिएको छैन । 

ऊर्जाबारे बोल्दै डा. विजय चौथाइवालेले भारत अब बिजुलीमा आत्मनिर्भर भइसकेकोले नेपालको जलविद्युत् उत्पादनमा भारतको इच्छा नरहेको र अब भारतलाई ऊर्जाको अभाव पनि नहुने भएका कारण नेपालको जलविद्युत्मा लगानी कसले गने, विद्युत् प्रसारण लाइन कसले र कसरी बनाउने जस्ता विषयवस्तु पनि छन् यस्तो अवस्थामा नेपालमा उत्पादित विद्युत् कसरी लिने भन्ने जटिल प्रश्नको समाधान पनि खोज्नुपर्ने अवस्था रहेको छ । मोटामोटी रूपमा नेपालको बिजुलीमा अब भारतको चासो नरहेको उनको धारणा रहेको देखियो । 

मोदी सरकारको परराष्ट्रनीतिको बारेमा उनले भारत, जापान, रुस, चीन र अमेरिकासित सहकार्य बढाएको तथा आफ्नो आन्तरिक एवं विदेश नीतिलाई एकीकृत गर्दै लगेको हो । साढे तीन दशक पुरानो क्षेत्रीय संगठन सार्कको अन्योलग्रस्त भविष्यबारे टिप्पणी गर्दै उनले भारत सार्कको विकासप्रति पनि गम्भीर रहेको छ तर पाकिस्तानले भारतको काश्मिरलगायत कतिपय ठाउ“मा अस्थिरता पैmलाउन खोजेकोले जबसम्म पाकिस्तानले आतंकवादीहरूविरुद्ध ठोस एवं प्रभावकारी पाइला चाल्दैन तबसम्म सार्कको भविष्य अन्धकारमय नै रहने धारणा उनले व्यक्त गरे । 

भारत अहिले जी–२०, संघाई सहयोग संगठन, ब्रिक्स, आशियान तथा बिमस्टेकलगायतका क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संगठन एवं मञ्चहरूमा प्रभावकारी भूमिकाको निर्वाह गरिरहेको छ । नरेन्द्र मोदीको नेतृत्वमा सरकार अस्तित्वमा आएदेखि भारतको परराष्ट्रनीति बढी प्रभावकारी र आक्रामक देखिन थालिएको छ । वर्तमान अवस्थामा भारत र चीनबीचको सम्बन्ध पनि सुदृढ तथा सकारात्मक दिशामा नै रहेको छ । दुबै देशबीचको द्विपक्षीय व्यापार निकै तीव्र गतिमा बढेको छ । भारतले विश्वका प्रायः सबै ठूला एवं शक्तिराष्ट्रहरूसित सुमधुर सम्बन्ध बनाएको छ ।

भारतको सत्ताधारी भारतीय जनता पार्टीको विदेश विभाग प्रमुखको यस भ्रमणले कतिपय आशंकाहरू समाप्त पार्ने काम गरेको छ । नेपाल भारत मैत्री समाजद्वारा आयोजित विचारगोष्ठीमा देशका प्रायः सबैजसो ठूला दलका नेताहरू, परराष्ट्र मामिलाका विज्ञहरू तथा मिडियाकर्मीहरूको बाक्लो उपस्थिति रहेको उक्त विचारगोष्ठीका वक्ताहरूले जोड दिएका थिए । उनीहरूले दुई देशबीचको सम्बन्ध अझ बढी प्रगाढ बनाउनुपर्नेमा जोड दिए । 

हुन त कुनै पनि देशको परराष्ट्रनीति स्थायी प्रकृतिको नै हुने गर्छ । सरकार परिवर्तन भएस“गै परराष्ट्रनीतिमा पनि परिवर्तन आउ“छ भन्ने छैन । त्यही भएर भारतका तत्कालीन प्रधानमन्त्री अटल विहारी वाजपेयी सार्क सम्मेलनमा काठमाडौं आउ“दा, नेपालको सम्बन्धमा वाजपेयी सरकारको नीति अपेक्षाकृत बढी सहयोगी साबित हुने प्रश्न पत्रकारहरूले उनलाई गरेका थिए । यसपछि वाजपेयीले भारतका सबै सरकारहरूले नेपालसित सुमधुर सम्बन्ध बनाउन चाहेको तथा नेपालको विकासमा सहयोगी पनि साबित भएकाले उनको सरकारले पनि सोही नीति अनुशरण गर्ने गरेको बताएपछि नेपाली पत्रकारहरू किंकर्तव्यविमूढ भएका थिए । 

तथापि मोदी सरकार नेपालप्रति अलि बढी नै उदार देखिएको छ । डा. विजय चौथाइवालेले नेपाल भारत सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुपर्नेमा जोड दिए । नेपाल भारत सम्बन्धलाई बलियो बनाउन यस्ता किसिमका गोष्ठीहरू हुनु स्वागतयोग्य कुरा हो ।


Views: 57