25th August | 2019 | Sunday | 6:03:36 PM

अध्यात्म - शिवपूजनमा श्रावण नै किन ?

रूद्रनाथ खनाल   POSTED ON : श्रावण २५, २०७६ (११:२९ AM)

अध्यात्म - शिवपूजनमा श्रावण नै किन ?

रावणले त्रिकुटा पहाडमा ध्यान गरेर बसेका ब्राहृमणलाई शिवको नित्य सेवा गर्न भन्यो । सोहीअनुसार ब्राहृमणबाट शिवको नित्य पूजा सुरु भएछ । ती सेवा गर्ने ब्राहृमणको नाम बैजुनाथ ऋषि हो । 

पृथ्वीको उत्पत्तिसँगै ब्रहृमा, विष्णु, महेश्वरबाट सृष्टि, पालन र विनासको चक्रीय प्रणाली देवताहरूबाटै चलेको कुरा हाम्रा वेद, पुराण, उपनिषद् लगायतका विभिन्न ग्रन्थहरूमा भएको पाइन्छ । यो पङ्क्तिकार २०४१ सालमा देशको राजधानी काठमाडौंमा तनहुँबाट प्रवेश गरेपछि समान्य जागिरबाट जीविकोपार्जन गर्दै आइरहेको छ  । २०४३ सालमा एक महात्माबाट कुनै एक देवताका पूजा आराधनामा समय बिताउनु राम्रो हुनेछ भन्ने सन्देश प्राप्त भएपछि बाग्मती स्नान गरी आराध्यदेव पशुपतिनाथको पूजा आराधना गर्दै आएको छु । पूरै जीवन शिवभक्तिमा बिताउने निर्णय गरेको छु । प्रत्येक सोमबार मौन ब्रतमा रहने घोषण गरेको छु र तीन वर्ष मैले यसै गरी बिताएँ ।  

सधैँको सोमबार मौन ब्रत गर्न कठिन भयो र तीन वर्षपछि ब्रत तोड्ने निर्णय गरेँ तर उक्त दिन एक छाक साँझमा मात्र भोजन गर्ने निर्णय गरेँ जुन आजसम्म पनि निरन्तर छ । शिव भगवानसँग सम्बन्धित धेरै पुस्तक पढेँ । महात्माहरूका शिव महिमा सुन्ने गर्न थालेँ । मलाई शङ्कर भगवानप्रति अझगहिरो रुचि बढ्दै जान थाल्यो । 

लङ्काको राजा रावण शिवभक्त रहेछ । ऊ पूर्ण आचरणमा रहेर सम्पूर्ण ब्रहृमाण्डका देवी देवताहरूलाई समेत जितेर सर्वश्रेष्ठ राज गरेको रहेछ । ऊ लङ्काबाट नित्य कैलाश पुगी शङ्कर भगवानको स्तुति गरेर पुनः राज्यमा फर्कदो रहेछ । सधैँ जान कठिन भएकाले र उसकी आमाको पनि इच्छा भएको हुँदा सोहीअनुसार भालेनाथलाई प्रशन्न गरेर लङ्कामै राख्ने विचार गरेछ । 

त्यसअनुसार भोलेनाथको स्तुति गर्न लागेछ । भोलेनाथ प्रशन्न भई वरदान माग भनी आग्रह गर्नुभएछ । रावणले ‘भोलेनाथ हजुर मेरो देशमा गई बसिदिनु प¥यो सुनको मन्दिर बनाएको छु, त्यसैमा विराजमान हुनुहोस् । मलाई नित्य सेवा गर्न सजिलो हुन्छ’ भनेर वरदान मागेपछि भोलेनाथले ‘हुन्छ मलाई जहाँ लगेर राख्छौ म पृथ्वी रहेसम्म त्यही रहन छु लैजाऊ’ भन्ने आदेश भएछ । रावणले आफ्नो हत्केलामा भोलेनाथलाई कैलाशबाट लङ्कातर्फ लगेछ । 

अब शिवविना संसार कसरी चल्न सक्छ भनी इन्द्रलोकमा सम्पूर्णदेवी देवताको बैठक बसेछ । अब भोलेनाथलाई भेट्न रावणको अनुमति लिनुपर्ने भयो, यो हुनु हुँदैन, केही उपाय गरौँ भनी देवताहरूले रूप परिवर्तन गरेछन् । 

हनुमानजी रावणको पेटमा पिसाव बन्नुभएछ । अन्य देवताहरू पनि गाई–ग्वाला आदि भएछन् । सनातन धर्ममा दिशा पिसाब गरेपछि स्नान गर्नुपर्छ । अब रावणलाई जोडले पिसाब लाग्यो जमिनमा शिवलाई राख्न हुँदैन, शिवलाई हातमा लिएको हुँदा पिसाब गर्न पनि मिलेन । यस्तो अवस्थामा रावणले एकजना बालग्वालालाई देख्यो र भन्यो, ‘बालम म लङ्काको राजा रावण हुँ । यी मेरा हातमा भएका भोलेनाथ हुन् । मैले लङ्कामा लान लागेको हुँ । मलाई धेरै पिसाब लागिरहेको छ । भोलेनाथलाई केही बेर हातमा समाई दिनू, म पिसाव गरी स्नान गरेर आउँछु । जमिनमा नराख्नू’ भन्ने आदेश दिएछ ।

बालकले हवस् भनी हाँस्दै शिवजीलाई हातमा लिएछ । रावण केही पर गई पिसाब गर्न लाग्यो तर पिसाब सकिएन, धेरै दिनसम्म लगातार पिसाब गरिरहृयो । त्यहाँ पोखरी नै भयो । 

अब बालक पनि आत्तिन थाल्यो शिवलाई जमिनमा राखिदिएर घरतर्फ लाग्यो । अनि घरतर्फ लाग्नासाथ सूर्यास्त पनि भयो । गाईहरू पनि घरतर्फ लागे । रावणले पिसाब पनि फेरिसक्यो रावण फर्केर स्नान गरी भोलेनाथलाई लिन आउँदा जमिनमा राखेको देख्यो र बिलौना गर्न थाल्यो । ऊ त्यही बसेर पुनः ध्यान गर्न थाल्यो । पछि शिवजी प्रशन्न भई दर्शन दिनुभयो र रावणले सबै घटनाक्रम विस्तार ग¥यो र पुनः लङ्का जान आग्रह ग¥यो । तर, भोलेनाथले एउटै वरदान दुर्य पटक दिन मिल्दैन, म पृथ्वीमा रहेसम्म यहीँ रहन्छु, मलाई नित्य ३० दिनसम्म उत्तरबाहिनी गङ्गाको जल अर्पण गर्नू, उचित बरदान दिउँला भन्नुभएछ ।  

रावणले नित्य स्नान गरी उत्तरबाहिनी गङ्गाको जल शिवजीमा ३० दिनसम्म अर्पण ग¥यो । भोलेनाथ प्रशन्न भई रावणलाई उचित वरदान दिनुभयो । भोलेनाथले अब मेरो नित्य पूजामा एकजना ब्राहृमण राखी लङ्का जानू भन्नुभयो । रावणले त्रिकुटा पहाडमा ध्यान गरेर बसेका ब्राहृमणलाई शिवको नित्य सेवा गर्न भन्यो । सोहीअनुसार ब्राहृमणबाट शिवको नित्य पूजा सुरु भएछ । ती सेवा गर्ने ब्राहृमणको नाम बैजुनाथ ऋषि हो । 

यसरी बैजुनाथ ऋषिले भोलेनाथको प्रथमपटक र लामो समयसम्म सेवा गरेको त्योे शिवलिङ्गलाई बैजनाथ नामकरण गरियो । रावणले त्यसरी नित्य ३० दिनसम्म जल चढाएको महिमा श्रावण रहेछ । त्यसै समयबाट श्रावण महिनामा शिवजीलाई जल चढाउने प्रचलन चलेको हो । उक्त स्थानबाट नै यसको प्रथम सुरुवात भएको भन्ने प्रमाण फेला पारेपछि म पनि उक्त स्थानमा प्रथम पटक आजभन्दा २२ वर्ष अगाडि बस, रेल आदि प्रयोग गर्दै खाली खुट्टा जल अर्पण गर्न पुगेँ र यो नित्य २२ वर्षसम्म जारी राख्दै आइरहेको छु । 

रावणद्वारा स्थापित भएकाले यो शिवलिङ्गलाई रावणेश्वर महादेव पनि भनिँदो रहेछ । मेरो यो बाबाधाम (बैजनाथ धाम) यात्रा २२ औं पटकको हो । हामी हरेक वर्ष २५–३० जनाको सामूह बनाई हामी बाबाधाम जाने गर्छौं । यस वर्ष पनि ३२ जनाको टोली बाबाधाम जाने तयारी ग¥यौँ र त्यसको नेतृत्व मैले गरेँ ।

२०७६ श्रावण ५ गते तीर्थ यात्रा गर्न बैजनाथ धामतिर लाग्यौँ । बेलुका चार बजे वीरगञ्ज पुग्यौँ । हामीले भारतीय दूतावासबाट नेपाली बसको इजाजत लिएका थियौँ । सोही कागज भन्सारमा देखाएपछि विहार हुँदै जाने अनुमति पाइयो । मोतीहारीमा पहिलो बास बस्यौँ । बिहान सबेरै ५ बजे स्नान गरी हाम्रो यात्रा उत्तरबाहिनी गङ्गातर्फ अगाडि बढ्यो । साँझ ६ बजे सुल्तानगन्ज पुग्यौँ र खाना खाएर विश्राम ग¥यौँ । भोलिपल्ट बिहान ३ बजे उठेर उत्तरबाहिनी नदी गङ्गा स्नान गरी जल भरेर  हामी बैजनाथधाम तर्फ लाग्यौँ । 

त्यहाँ जल लिएर तीन–चार दिनको पैदल यात्रापछि मन्दिर पुगेर जल चढाउने मानिस दैनिक दुई लाख जति हुँदा रहेछन् । हामी बसमा गयौँ र १० बजे मन्दिर पुग्यौँ । मन्दिर परिक्रमा गरेपछि जल ढोकामा राखेको अर्धपात्रोमा जल चढायौँ । यसैगरी पार्वती गणेश, कुमार आदि धेरै देवताको मूर्तिमा जल अर्पण गरी नेपाली पण्डाकोमा केहीबेर विश्राम ग¥यौँ र वासुकीनाथ धामतर्फ लाग्यौँ ।

वासुकीमा पनि त्यसैअनुसार जल चढाउने काम भयो र हामी त्यहाँबाट झारखण्डस्थित दुम्का बजारमा बासबस्न गयाँै । दुम्का पुग्दा करिब ८ बजेको थियो । त्यहाँ एउटा धर्मशाला रहेछ । बस्न राम्रो सुविधा भएको तर खाना त्यहाँकै निःशुल्क खानुपर्ने नियम रहेछ ।

हामीसँग खाना बनाउने सामान खाद्यान्न र भान्सेसमेत थिए तर त्यहाँकै खाना खाएर विश्राम ग¥यौँ । भोलिपल्ट बिहान स्नान गरी हामी बनारसतर्फ लाग्यौँ । बाटामा मन्दिरमा ११ बजेतिर खाना बनाएर खायौँ र राति १० बजे बनारस स्वामी नरायण मन्दिर पु¥याँै । हाम्रो चौथो बास बनारसमा भयो । बिहान गङ्गाघाटबाट ८० घाटसम्म डुङ्गाबाट सयर गरी अवलोकन ग¥याँै र स्नान गरी पवित्र जल काशी विश्वनाथ धाममा चढायौँ । 

केही फल प्रसादी किनेर हामी त्यहाँबाट स्वामी नारायण मन्दिरमा गई भोजन ग¥यौँ र कानपुरतर्फ लाग्यौँ । हाम्रो लक्ष्य दिल्लीसम्मको थियो । साँझ कानपुर पुगी बास बस्यौँ । हाम्रा लागी यो ठाउँ अत्यन्तै नौलो थियो राति बास शर्मशालामा बस्यौँ । बिहान हामी आगरातिर लाग्यौँ । शुक्रबार परेकोले मुसलमानको ताजमहल खेलिएन र हामीले हेर्न पाएनौँ । 

त्यहाँबाट हामी मथुरातर्फ लाग्यौँ । मथुरा कृष्णको जन्मभूमि हो । त्यहाँ कङ्शको दरबार पनि रहेछ । उक्त ऐतिहासिक स्थल हेर्न अवसर जु¥यो र हामी पुनः बृन्दावनतिर लाग्यौँ । जहाँ कृष्ण भगवानको लीलाका विभिन्न आकृतिहरू देख्न सकिने रहेछ । सबै स्थानको अवलोकन गरी हामी राति त्यहीँ बास बस्यौँ । 

त्यसको भेलिपल्ट बिहान हामी दिल्लीतिर लाग्यौँ । हामी पहाडगन्जस्थित पर्ल प्यालेस होटलमा ३ रात बास बस्याँै । यात्राको दशौं दिन हामी दिल्लीबाट काठमाडौंतर्फै फिर्ता भयौँ । बाटोमा आगरा ताजमहल हेर्ने अवसर मिल्यो जुन विश्वको सातौँ आश्चर्यमा पर्ने रहेछ । त्यसपछि हामी लखनौतर्फ लाग्यौँ । रातिको बास लखनौ बसेर बिहान अयोध्या हुँदै गोरखपुर र बेलुका भैरहवा आइपुग्यौँ । 

बिहान सबेरै उठेर हाम्रो टोली देवघाटतिर लाग्यो  । करिब ११ बजे देवघाट स्नान ग¥यौँ । राति साढे आठ बजे हामी गौशाला, काठमाडौं आइपुग्यौँ 

बाबाधाम (बैजनाथधाम) साक्षत शिवको द्वादश ज्योर्तिलिङ्गको उत्पत्तिस्थान हो । सम्भव भएसम्म सबैले श्रावण महिना पारेर त्यहाँ पुग्दा पुण्य प्राप्त हुन्छ । सबैजनाले उक्त स्थानमा जल अर्पणको लागि जान वा पूजा अर्चना गरे पुण्य प्राप्ति हुन्छ ।





Views: 97