6th December | 2019 | Friday | 6:07:41 AM

पूर्वराजामाथि दुराग्रह

देवेन्द्र चुडाल   POSTED ON : श्रावण २८, २०७६ (१२:१६ PM)

पूर्वराजामाथि दुराग्रह

सत्ताधारी नेकपाका दुई अध्यक्षमध्येका एक पुष्पकमल दाहालले पत्नी सीता दाहाललाई घुमफिर गराउन दुबई गएर स्वदेश फर्किएपछि उपत्यकाबाहिर गएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट हटाउने धम्कीपूर्ण अभिव्यक्ति दिए । दाहालको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक आलोचित भयो । संविधानले प्रत्येक नेपाली नागरिकलाई मुलुकभर स्वतन्त्रतापूर्वक घुमफिर गर्न, बन्दव्यापार गर्न, भेटघाट गर्न अधिकार दिएको छ । पूर्वराजा अहिले संविधानको परिधिभित्रै छन् । यस्तो अधिकार उपभोग गर्ने हक उनलाई पनि छ । दाहाललाई आपत्ति कुन आधारमा हो, प्रस्ट छैन । सञ्चार जगत्ले नागरिकहरूको आवाजको प्रतिनिधित्व गरेको हुन्छ । पूर्वराजा पनि यसै अन्तर्गत हुन् । शक्तिमा रहेका नेताहरूले जे बोले पनि र जे गरे पनि हुने अनि शक्तिमा नहुनेले अपमान खेप्नुपर्ने, प्रतिक्रियावादी र प्रतिगमनकारी भने आरोप खेप्नुपर्ने अवस्था त लोकतन्त्र होइन । लोकतन्त्र सबैका लागि बराबर हुन्छ । 

माओवादीले चलाएको १० वर्षे हिंसात्मक आन्दोलनमा कतिको ज्यान गयो, कतिको अंगभंग भयो, कति विस्थापित भए र कति भौतिक क्षति भयो यहाँ विवरण दिइहरनु पर्दैन । पीडितमध्येका कति आज पनि न्यायको माग गर्दै छन् । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग अलपत्र छन् । यता त्यही हिंसात्मक आन्दोलनका नायक कुन भौतिक सुविधा उपभोग गर्दै छन् भन्ने आमनागरिकलाई थाहै छ । राज्यका निकायहरूमा उनका परिवारका सदस्यहरूको उपस्थिति कस्तो छ भन्ने पनि थाहै छ । हिंसात्मक आन्दोलनमा तिनै नायकका आदेश पालना गरेर बन्दुक र बारुद बोक्नेहरू धेरै आजसम्म सडकमा छटपटाएर बसेका छन् । उपचार खर्च नभएर गोलीका छर्रा शरीरमा लिएर बाँच्न बाध्य भएका छन् । 

हिंसात्मक युद्धका दिनमा शत्रु मनेका विदेशी शक्तिहरू आज मित्र भएका छन् । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद हावामा विलीन भएको छ । दाहालका लागि अमेरिका र भारत पानीपँधेरो भएको छ । राज्य शक्तिमा पुग्न आज त्यही भारतको सहयोग चाहिएको छ जसका विरुद्ध सुरुङयुद्धको धम्की दिएका थिए । आज दाहाललाई आप्mनो शक्तिको बोध हुन थालेको छ त्यसैले उनी बेला न कुबेला धम्कीको भाषा बोलेर आप्mनो उपस्थिति र शक्ति प्रदर्शन गर्न थालेका छन् ।  

२०६२÷६३ सालमा भएको आन्दोलनको एजेन्डामा ‘सक्रिय राजतन्त्र अन्त्य’ मात्र भनिएको थियो । धर्मनिरपेक्ष राष्ट्र बनाउने त कतै कुरै थिएन, न त जनताको माग नै थियो । एकाएक जनताको मत बेगरै धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो अनि गणतन्त्र पनि । यो दुवैमा लोकमतको उपहास भएको छ । नेपालमा हिन्दू धर्ममा विश्वास गर्नेहरूको संख्या ९२ प्रतिशतभन्दा बढी छ । यसलाई पूरै बेवास्ता गरियो । दाहालले हिन्दू धर्म सामन्तीहरूको धर्म हो भने । अहिले मुलुकमा सबैभन्दा ठूला सामन्त दाहाल नै देखिएका छन् । उनका अभिव्यक्तिहरू सद्भाव बिथोल्ने खालका छन् । नागरिकसरह भएर बसेका पूर्वराजामाथि अनेक शंका गर्नु, उनीसँग डराउनु र भ्रम फैलाउन खोज्नु आवश्यक छैन । 

रातारात धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर नेपाली जनताको भावनामा चोट पु¥याइएको छ । हिन्दू धर्मावलम्बीहरूको अपमान गरिएको छ । यति हुँदा पनि सनातन हिन्दू दर्शनले विद्रोह गरिहालेको छैन । त्यसैले, आजका नेतामा संयमको खाँचो छ । पूर्वराजाको शक्तिले केही पनि हानी गर्नेवाला छैन । उनीविरुद्ध बेला न कुबेला ढोल बजाउनु आवश्यक छैन । दाहालले यसो गर्नु उनको दुर्भावना प्रकटीकरण हो । गणतन्त्र कार्यान्वयन गर्नमा पूर्वराजा ज्ञानेन्द्रको सहयोगको त प्रशंसा पो हुनुपर्ने हो । राज्यले उनलाई सम्मान गर्नुपर्ने हो । उनले जे पर्ला भनेर एकपटक शक्ति परीक्षण गर्न खोजेको भए के हुन्थ्यो होला ¤ अध्यक्ष दाहाल ¤ एकपटक कल्पना गर्नुहोस् त । सेनापतिलाई बर्खास्त गर्ने निर्णयले तपाईंलाई कहाँ पु¥याएको थियो, त्यो पनि एकपटक स्मरण गर्नुहोस् । राजसंस्था त सेनाको परमसेनाधिपति नै थियो । सत्ताधारी दलका अध्यक्ष उल्टै ज्ञानेन्द्रको आवास नै खोस्ने, सुरक्षा दस्ता हटाउने धम्की पो दिँदै छन् । यहाँभन्दा ठूलो दुराग्रह के हुन सक्छ ¤

त्यसैले, राजाले गणतन्त्र सहजै स्वीकार गरेर कार्यान्वयनमा सहयोग गरेको कुरा नेपाली राजनीतिक इतिहासका सुनौलो अक्षरले लेखिनेछ, आज सत्ताधारी नेकपाका अध्यक्ष दाहाल र उनका विवेकहीन अनुयायीहरूले नमाने पनि । नेपालका शाहवंशीय राजाले कहिल्यै पनि जनताको हित विपरीतको काम गरेनन् । त्यही शाह वंशका एक उत्तराधिकारी ज्ञानेन्द्र शाहले सत्ता त्यागेरै पनि आप्mनो वंशको परम्परा कायम राखे । तिनै पूर्वराजा आज देशमा यताउता घुम्छन्, दिन बिताउने मेलो गर्छन् । यसमा आपत्ति जनाउनुपर्ने र राजतन्त्र फर्काउन षड्यन्त्र देख्नुपर्ने कारण नै छैन । के पूर्वराजा ज्ञानेन्द्रको सक्रियता र षड्यन्त्रले गल्र्याम्मै ढल्नेगरी कमजोर छ गणतन्त्र ? के नेताहरूलाई आफैँले नेतृत्व गरेको गणतन्त्रको शक्तिमा विश्वास छैन र ज्ञानेन्द्रसँग डराएका ? 


Views: 145