25th August | 2019 | Sunday | 5:16:51 PM

कुरा घरखर्च व्यवस्थापनको

कृष्णहरि बास्कोटा   POSTED ON : श्रावण २९, २०७६ (१०:२७ AM)

नेपालीको घर व्यवहार सञ्चालनको कुशलतासँग जोडिएको खर्च व्यवस्थापनका केही व्यावहारिक पक्षको विश्लेषण गर्ने जमर्को यो लेखमा गरिएको छ । आदर्श घरपरिवार त्यो हो जसका सबै सदस्य प्रत्यक्षरूपमा रोजगारी वा स्वरोजगारमार्फत अर्थोपार्जनमा संलग्न छन् । यसको ठीकविपरीत एउटाले आर्जन गर्ने र परिवारका सबै सदस्यले खर्च गर्ने भएपछि केही न केही असन्तोष भइहाल्छ । घरअगाडि तरकारी लिएर साइकलवाला आइपुग्यो । पत्नी पर्स लिएर तल झरिन् । 

पति टोकरीबाट तरकारी छानेर तौल गराउन थाले । पत्नीले भाउ सोधिन् । पतिले छनोट गरेका तरकारी महँगा थिए । टोकरीमा सस्तो दरका तरकारी पनि थिए । पत्नीले पतिले छनोट गरेका तरकारीको सट्टा अर्का थरिका तरकारी लिने तर्क अघि सारिन् । दुवैबीच केही समय सामान्य विवाद भयो । अन्त्यमा, पतिले छनोट गरेका केही महँगा तरकारी र पत्नीले छानेका अन्य दुई÷तीन थरिका सस्ता तरकारी खरिद गर्ने सहमति भयो । पत्नीले पैसा तिरिन् । 

पति अवकाश प्राप्त व्यक्ति थिए । आफूले पैसा तिर्नुपर्ने थिएन । सस्तो र महँगोको ख्याल गरेनन् । पत्नी जागिरे थिइन् । उनैको तलबले घर धानिएको थियो । उनले पैसाको महŒव बुझेकी थिइन् । यसर्थ, उनले मौसम अनुसारको ताजा एवं सस्तो मूल्यको तरकारी छनोट गरिन् । पतिले महँगो, बेमौसमको र कोल्ड स्टोरबाट झिकेको, अखाद्य रङमा चोपलिएको तरकारी छनोट गरेका थिए । 

दशैंको टीका लगाउने कार्यक्रममा घरपरिवार भेला भए । पतिले दक्षिणाका लागि पर्स खोले, खाम तयार गरे । भान्जाभान्जी, छोरीका लागि १५५ का खाम तयार गरे । पत्नीले नाखुस व्यक्त गरिन् । वर्षमा एकपटक आउने दशैंको दक्षिणामा पनि कन्जुस्याइँ गरेको भनेर पतिसँग कचकच गरिन् । पतिले बाध्यता बताए । आखिर ती खाममा रकम थपिएर टीकाको दिन दक्षिणामा प्रयोग भए । 

साँझ पतिले आपूm आर्थिकरूपमा रित्तिएको घोषणा गरे । भोलिपल्ट उनीहरू ससुराली÷माइती गए । टीका थापेपछि पति पत्नी दुवैले दक्षिणा पाए । पतिले आपूmले पाएको दक्षिणा पनि पत्नीलाई थमाए र बाँकी दशैंका दिनको दक्षिणा व्यवस्थापन गर्न आग्रह गरे । घर फर्किएपछि पत्नीले आपूmले माइतमा ५० र पतिले एक सय रुपैयाँ दक्षिणा पाएको दृष्टान्त देखाउँदै भान्जाभान्जी र छोरीका लागि ५० रुपैयाँ र ज्वाइँहरूका लागि एक सय रुपैयाँको खाम ठीक पारिन् । 

तिहारमा देउसी र भैलीको रौनक बढ्यो । पति बेरोजगार थिए । दैनिक मौजमस्तीमा रहन्थे । मापसे गर्थे, तास खेल्थे र हार्थे । पत्नीको काँधमा घर व्यवहारको जिम्मेवारी थियो । उनी जागिरे थिइन् । मासिक तलबले घर खर्च, छोराछोरीको फि र पतिको पाकेट खर्चको व्यवस्थापन गर्थिन् । पति सबैलाई घर आँगनमा देउसी÷भैली खेल्न बोलाउँथे । आपूm मेचमा बसेर हेर्थे, हातमा बियरको सिसी लिन्थे । 

प्रत्येक देउसी÷भैली टोलीलाई पाँच सय, हजार दिन पत्नीसँग झगडै गर्थे । तिहारको टीका लगाउँदा दिदीबहिनीलाई महँगा उपहार र नोटका बिटा दिनु पर्छ भन्थे, आपूm ‘खाते’ होइन भन्थे । पत्नीलाई भने तिहारमा उनका दाजुभाइले खासै दक्षिणा नदिने हुँदा मसला, मिठाई, फलपूmल किन्न रोक्थे । पत्नीले खर्च व्यवस्थापनको असजिलोपना प्रकट गरेमा घरजग्गा, खेत बेच्ने कुरा गर्थे । बैंकबाट ऋण पाउँछु भन्थे । केही जोड नचलेमा यस्ती पत्नीसँग आप्mनो घरबार नचल्नेसम्मको धक्की दिन्थे । पत्नी हरेक समस्यासँग जुधेर तिहारको गौंडो तर्थिन् । आखिर खुकुरीको चोट अचानोले नै सहने न हो ¤

एउटा परिवार आप्mनो मोटर चढेर ‘लङ ड्राइभ’ मा निस्कियो । ठाउँ ठाउँमा चिया, खाजा र खाना खाए । दुई ठाउँमा चिया पिएको र भुक्तानी गरेको दृश्य फरक–फरक देखियो । पहिलो स्थानमा मोटर रोकियो । सबै परिवारका सदस्यले चिया पिए । कसैले फ्रुटी र कसैले चिप्स तथा चुइगम पनि लिए । 

परिवारका मुख्य व्यक्तिले एक हजार रुपैयाँ दिँदै पसलेलाई कति भयो भनी प्रश्न गरे । परिवारका एउटा अर्का सदस्यले तपाईं ट्वाइलेट जानु भनी फिर्ता पैसा आपूmले लिए । हिसाब बुझाएनन् । पसलेले चार सय लिनुको सट्टा सात सय लिए । तीन सय फिर्ता आएको रकम आफैँले लिन पाएकोमा ती परिवारका सदस्य खुसी भए । अनाहकमा तीन सय बढी गएको हेक्का कसैलाई पनि भएन । 

अर्को घटना, दुईजना प्रेमीप्रेमीका जस्ता देखिने जोडी ट्याक्सीबाट झरे । एउटाले पाँच सयको नोट दिए । ड्राइभरले पैसा फिर्ता दिँदै थियो । सान देखाउन अर्का पार्टनरले तानेर लिएर गए । फिर्ता पैसा ट्याक्सी ड्राइभरले नै राखे । एउटा होटलमा बियराले बिल लिएर आए । एउटाले बिल र पैसा दिए । बियराले पैसा फिर्ता नल्याउँदै पैसा तिर्न नपरेकाले पैसा तिर्नेलाई तानेर होटल बाहिर निकाले । काउन्टरबाट फिर्ता ल्याएको रकम बियरा आफैँले राखे । यसरी नेपाली समाज बिस्तारै ‘बाच्छाको मुखमा न गाईको थुनमा’ उखान चरितार्थ पार्न उद्यत् रहेको अनुभूति हुन थालेको छ । सायद सुकुलगुण्डा प्रवृत्ति भनेको यस्तै हुनुपर्छ । 

एक जोडी पशुपति पुगे । पशुपतिको भ्रमण सकिएपछि बाटामा माग्नेहरूले हात थापे । जोडी मध्येका एकले अर्कालाई माग्नेलाई पैसा दिन आग्रह गरे । निजले मसँग खुद्रा छैन, दशको नोट मात्रै छ भने । अर्काले दशकै दरले माग्नेलाई रकम दिन आग्रह गरे । उनले दिए । अर्को पटक पशुपति जाँदा जोडीमध्ये अर्काले माग्नेलाई रकम बाँड्नुपर्ने भयो । उनले पहिला दशको नोटबाट एक एकको सिक्का साटे । त्यसपछि उनले माग्नेलाई पैसा बाँडे । 

एकपटक आफन्तमा मानिस बिरामी परे । बिरामी हेर्न एक जोडी घरबाट निस्किए । बाटोमा मोटर रोके । फलपूmल किन्ने सल्लाह भयो । दुई÷तीन सयको फलपूmल किनेपछि पाँच सयको के फिर्ता लिनु भनी प्रस्ताव भयो । पाँच सयकै फलपूmल किने । केही महिनापछि अर्का आफन्त बिरामी परे । फेरि हेर्न जानुप¥यो । फलपूmल किन्नुप¥यो । 

जोडीमध्ये एकले पाँच सय दिए र फलपूmल किनेर ल्याउन आग्रह गरे । एक प्रकारले ठेक्कामा प्राप्त पाँच सयबाट करिब तीन सयको फलपूmल किनेर जोडीमध्ये एकले फिर्ता रकम आफैसँग राखे । यसको सन्देश हो, आफैँले खर्च गर्नु परे कन्जुुस्याइँ गर्ने, अर्काले बढी खर्च गरोस् भन्ने अपेक्षा गर्ने । आखिर रकम बँचे पनि खर्च भए पनि त्यो रकम ती जोडी दुवैको संयुक्त हो । धनमाथि दुवैको समान अपनत्व नभएको मात्रै हो ।

एक परिवारको घरमा पाहुना आउने भए । पत्नीले आवश्यक सामानको सूची टिपाइन् । पतिले सूची बनाए । परिमाण भन्न पत्नी अग्रसर भइन्, पति नसुन्ने भए । पत्नीले तीन किलो किन्नु पर्ला भनेमा पति तीन किलोले पुग्दैन भन्ने भए । पत्नीले एक पाउ भनेको वस्तु पति आधा किलो नभई पुग्दैन भन्न थाले । आपसमा ठाकठुक परेपछि पति सामान किन्न निस्किए । कुस्तले सामान किनेर ल्याए । 

भव्यताका साथ पाहुनाको सत्कार भयो । खानेकुरा बढी भयो । पाहुना गएपछि पत्नी भाषण गर्न थालिन्, मैले धेरै नल्याउनू भनेको होइन भन्न थालिन् । पति मौन बसेर जित्न थाले । सोही घरमा दुई÷चार महिनापछि पुन अर्काथरि पाहुना आउने भए । पुरानै कुरा दोहोरियो । पति र पत्नी किन्नुपर्ने सामानको सूची बनाउन थाले । किन्ने वस्तुको परिमाण लेख्ने समयमा पुनः ठाकठुक पर्न थाल्यो । 

पत्नीले पाँच किलो भनेमा पति त्योभन्दा कम भन्न थाले । पत्नीले आधा किलो किन्नुपर्छ भनेमा उनी एक पाउले पुग्ने तर्क गर्न थाले । आखिर पसल गएर सामान खरिद गरियो । पाहुनाको भव्य स्वागत सत्कार भयो । पाहुना घरबाट गएपछि खाना बढी भएको देखेर पतिले गनगन सुरु गरे । मैले भनेकै थिएँ, धैरै किन्नु पर्दैन भनेर, व्यर्थैमा खेर गयो भन्न थाले । पत्नी गनगन सुन्न नसकेर सुत्न गइन् । आखिर के भएको थियो भने पहिलोपटक पतिका दाजुभाइहरू पाहुना भएर आएका थिए । दोस्रो पटकका पाहुना पत्नीका माइती थिए । 

आखिर ती सबै पाहुना पतिपत्नीका लागि समान थिए । पाहुनाका लागि सामान खरिद गर्दाको रकम पति पत्नीको संयुक्त थियो । यो र यस्ता घटनाबाट सबै घर परिवारले बुझेर आप्mनो घर व्यवहार र खर्च व्यवस्थापनमा समझदारी कायम गरे, दुवैजनासँगै बसेर लेखपढ गरे र दुवै बीचको प्रेम र आदर घनिभूत बनाएका खण्डमा यस प्रकारको असमझदारी हटेर जान्छ र खर्च व्यवस्थापन पनि हुनसक्छ । 


Views: 64