20th February | 2020 | Thursday | 10:02:20 AM

ज्वाइँलाई नागरिकता

स्वयम्भूनाथ कार्की   POSTED ON : आश्विन ६, २०७६ (९:५७ AM)

ज्वाइँलाई नागरिकता

भारतको खोज अर्थात् ‘डिस्कभरी अफ इन्डिया’ लेख्ने जवाहरलाल नेहरूको नाममा खुलेको विश्वविद्यालय छ जवाहरलाल नेहरू विश्वविद्यालय अर्थात् छोटकरीमा जेएनयु । यो २२ अप्रेल १९६९ (विसं २०२६ वैशाख १० गते) खुलेको थियो । त्यो विश्वविद्यालय अहिले लगातार चर्चामा छ । यसको कारण त्यस विद्यालयका अहिलेका तथा पहिलेका विद्यार्थीहरूको अनौठो सोच हो । 

त्यही विश्वविद्यालयका उत्पादन नेपालका सबैभन्दा धेरै आशा गरिएका अनि मौका पनि पाएका राजनीतिकर्मी डा. बाबुराम भट्टराई पनि हुन् । उनले प्रशस्त मौका पनि पाएका हुन्, अनेकौं फरक सोचअनुसारको कदम पनि चालेका हुन् । तर ती सबै असफल भएर वर्तमानमा उनी अस्तित्वको खोजीमा छन् । तापनि उनका समर्थकहरूको आशा भने टुटेको छैन ।

नेपालको वर्तमान संविधान निर्माणमा उनले सुडिनीको भूमिका खेलेका थिए । आफ्नो सुडिनित्व कालमै संविधान आओस् भनेर उनले एक वाक्यको भए पनि संविधान घोषणा गर्नुपर्छ भन्ने दबाब दिएका थिए । यो कुरा प्रमाणित किन गर्नु परेन भने उनी आफैँ यो कुरा स्वीकार गर्दै छन् । संविधान जारी भएलगत्तैै यो संविधानको आलोचक पनि उनै थिए । अहिले उनी विदेशमा विवाह गरेकी नेपाली चेलीको पति पनि नेपाली नागरिक हुनुपर्ने अद्भूत प्रस्तावको पक्षमा लागेको देखिन्छ । यो कुराको निमित्त कुनै पनि स्थान संविधानमा राखिएको छैन । 

धारा ११ को उपधारा (७) भन्छ ‘यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोवास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।’ अर्थात् भाञ्जाभाञ्जीलाई सशर्त अंगीकार गर्ने कुरा छ । यसमा ज्वाइँलाई पनि दाइजोबापत नेपाली नागरिकता दिने कल्पना गरिएको छैन । 

अब छोरीले विदेशीसँग विवाह गरेको अवस्थामा उनी जन्मदेशको नागरिक हुन्छिन् वा कर्मदेशको त्यो भने बहसको विषय हुन्छ । अब यहाँ प्रश्न उठ्छ यो मान्यताअनुसार भन्ने हो भने विदेशी बुहारी ल्याएमा छोरोसमेत विदेशी नै हुने भयो कि भएन ?

प्रश्न अनुचित लाग्न सक्छ तर नेपाली राजनीतिमा मुलुक हा“क्ने सरकारको मन्त्री भएका दुई महिला छन् । अरू पनि यस्ता उदाहरण हुन सक्छन् तर यी कुनै बेला दुई चर्चित नेतृको उल्लेख यहा“ मानमर्दन गर्न नभएर केवल उदाहरणको निमित्त मात्र हो । उनीहरूको राजनीतिक व्यक्तित्व, मुलुकप्रतिको आस्था आदि कुरा यस उदाहरणमा प्रयोग गरिएको छैन । केवल एक विदेशीसँग विवाह भएकी चेली र विदेशबाट भिœयाइएकी बुहारीको कुरा छ । 

सुजाता जोष्ट (कोइराला) नेपालको महŒवपूर्ण मन्त्रालय सम्हाली सकेकी नेपाली छोरी र जर्मनी बुहारी हुन् भने सरिता गिरी पनि मन्त्री पद सम्हाली सकेकी भारतीय छोरी र नेपाली बुहारी हुन् । यो यस्तो विलोम अवस्था हो जो एकैपल्ट हुनु भनेको अत्यन्त अद्भूत हो । 

विवाह भएकी चेली माइतीकै हुन्छिन् भने बुहारी घरकी हुन्नन्, बुहारी घरकी हुन्छिन् भने छोरी माइतीकी हुन्नन् । किनभने, एउटै विवाहिता महिला दुवैरूपमा हुन्छिन् छोरी पनि बुहारी पनि । विवाहपहिला माइतीमा सम्पूर्ण  अर्थात् भण्डारसम्म पहु“च हुने महिलाको विवाहपछि घरमा भण्डारमात्र होइन सर्वत्र स्वामित्व हुन्छ भन्न सकिन्छ तर हैकम त सासूको हुन्छ । उत्तर हाजिर छ त्यो सासू बुहारीको परिपक्व अवस्था हो । 

त्यसै भनिन्छ बुहारी भिœयाउनु, वर्तमान सूक्ष्म परिवारमा अर्धाङ्गिनी भिœयाउनु भनेको संस्कार भिœयाउनु हो । के यो अवस्था र सुविधा पुरुषलाई छ त ? छ यस्तो कुनै ससुराली जहा“ ज्वाइँलाई घर नै सुम्पेको अवस्था होस् ? अपवाद नै नहुने होइन । घरज्वाइँ पनि नभएका होइनन् तर त्यस्ता ज्वाइँहरूको सामाजिक प्रतिष्ठा हुने गर्दैन । महिलाको ससुराली हु“दैन, पुरुषको माइती हु“दैन । महिला वा पुरुष दुवैको कर्मक्षेत्र घर हो माइती र ससुराली होइन । 

नागरिकताको अवधारणा न यति हल्का हो न यसरी सूत्रबद्ध गर्न सकिने कुरा हो । नागरिकताको कुरो राष्ट्रको परिभाषासँग जोडिएको हुन्छ । यो राष्ट्रको परिभाषा कर्मकण्डी रूपमा २०१९ को संविधानदेखि नै निरन्तरता दिइएको छ । कर्मकाण्डी यसकारणले कि नेपाल राष्ट्र बन्ने नेपालीबाटै हो, त्यो नेपाली हो भन्ने चिन्न वा स्वीकार गर्न नागरिकताको प्रमाणपत्र दिइने हो । नेपाल राष्ट्र र नागरिकताको सम्बन्ध के हो भन्ने बुभ्mन नसकेको कुरा मान्न सकिने होइन । 

वर्तमान संविधानको घारा ३ ले राष्ट्र यसरी परिभाषित गरेको छ, राष्ट्र ः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रहेर एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । 

नेपाली नागरिकता पाउने सबै र नपाउने भए पनि यो परिभाषामा पर्ने सबै समिष्टरूपमा नेपाल राष्ट्र हो । यो परिभाषित हु“दाह“ुदै के नागरिता लहडको भरमा प्रसाद जस्तो बा“ड्न मिल्ने कुरा हो ? यदि हो भनिन्छ भने त्यो सोचमै विचलन छ अर्थात् जरा नै सडेको हो । जरै सडेपछि जति नै प्रयत्न गरे पनि त्यो विरुवा सप्रिँदैन । 

यो अवस्था वर्तमान राजनीतिको हो । यसमा यो वा त्यो भन्नुपर्ने कुरा नै छैन । एकैपटक दुई मुलुकको नागरिक हुने स्वतन्त्रता संसारमा कतै छ वा छैन त्यो खोजीको विषय हो तर प्यालेष्टाइनीहरूलाई बेघर पारेर बनाएको मुलुक इजरायलमा यहुदीहरूलाई यो सुविधा थियो भन्ने हल्ला थियो । यो कुरा कत्तिको सही हो त्यो भन्न सकिँदैन तर नागरिक हुन त्यो मुलुकको अपनत्व मुटुमा हुनुपर्दछ । योभन्दा फरक अरू सबै अवस्था तथा शर्तहरू भने तपसिलका कुरा हुन् ।

सतही तर्कको आधारमा यस्ता कुराहरूको छिनोफानो गर्ने हो भने त्यो मुलुक बिलाउन पनि सक्छ । तर यो कुराले अन्तर्राष्ट्रवादीहरूलाई फरक पार्दैन किनभने उनीहरूले राष्ट्रको सीमालाई नागरिक गौरव ठानेकै हु“दैनन् । राष्ट्रको अस्तित्वलाई उनीहरू एक प्रशासनिक एकाइमात्र ठान्दछन् । उनीहरूको अवधारणामा त सीमाविहीन विश्व छ । त्यो अवधारणमा राष्ट्रको अवधारणा उनीहरूलाई सङ्कुचित लाग्छ । 

केही अपवाद छोडेर जेएनयुका उत्पादन र उत्पादक अर्थात् अध्यापकहरू यही अन्तर्राष्ट्रवादले प्रभावित छन् । सिद्धान्ततः माक्र्सवाद पनि धेरथोर अन्तर्राष्ट्रवादमा आधारित छ । विश्वका मजदुर एक हौँ भन्ने आदर्शले मजदुरको कुनै राष्ट्र हुँदैन ऊ विश्वको हुन्छ भन्छ । प्रख्यात ‘कम्युनिष्ट पार्टीको घोषणपत्र’ मा माक्र्स र एङ्गेल्सले यो कुरा लेखेका पनि छन् ।

राष्ट्रबारेको व्यवहार नेपालका हरेक राजनीतिक दलको अन्तर्राष्ट्रवादतिर नै ढल्केको छ । तर, परिभाषा भने राष्ट्रवादको छ । जानेबुझेर यस्तो गरेको नहुनसक्छ तर भोटको राजनीति अनि केहीको निर्णयलाई वैधानिकता दिन टाउको गन्नुपर्ने अवस्थामा यो स्वाभाविकै हो । भगवान् त चाकरी नगरी घुस नदिई प्रसन्न हुँदैनन् भन्ने मान्यता बोक्ने समाजमा नफकाई आश नदेखाई र केही नदिई मतदाता रिझाउन सकिन्छ भन्ने सोच्न सकिँदैन । 

त्यसैले भोट पाउने सम्भावनालाई ध्यानमा राखेर नागरिकतालाई प्रसादजस्तो वितरण गर्ने हो । यसको विरोध कुनै राजनीतिक दलले गर्दैनन् बरु त्यो अवस्थालाई आफ्नो पनि पक्षमा कसरी पार्ने भन्ने उनीहरूको ध्यान हुन्छ । यसमा राष्ट्रवादको नाममा दोकान खोलेका राप्रपाहरू पनि सामेल छन् ।

यो अवस्था तिनीहरूको निमित्त विकराल हुनसक्छ जसको निमित्त नेपालले महŒव राख्छ, नेपाली हुनको अर्थ हुन्छ । जसलाई नेपाली हुनुको अर्थै छैन केवल ओठेभक्ति देखाउनु छ तिनीहरूलाई यसले केही फरक पर्दैन । विदेशी बसोवासको अनुमतिपत्र बोकेर ‘कमाउन’ नेपालमा उच्चलगायत विभिन्न पदमा बसेकाहरूलाई फरक पर्दैन । यसले फरक त्यो रैथाने तराइवासीलाई पर्छ जसलाई विदेशी ज्वाइँले रिडोपिडो गर्छ । निश्चित क्षेत्रको बासिन्दा भएको कारणले म नेपाली हु“ भनेर भन्ने तर नेपालमा अवसर छैन भनेर डिभी भर्ने वर्गलाई फरक पर्दैन । 

स्थायी बसोवास अनुमतिपत्र भएका महिला वा युरोपेली वा अमेरिकी महिलासँग विवाह वा विवाहको नाटक गरेर कथित स्वर्ग जाने इच्छा गर्नेलाई त नेपालले विदेशी ज्वाइँलाई नागरिता दाइजो दिने कानुन वरदानै लाग्न सक्छ । 

सारमा भन्ने हो भने यो सम्पूर्ण पद्दति नै सुधार्न नसकिने गरेर बिग्रेको छ । यसमा राजनीतिक वा शासन प्रणालीमात्र बिग्रेको होइन शैक्षिक, आर्थिक आदि सबै क्षेत्र बिग्रेको छ, अर्थात् जरा नै सडेको छ । जरा सडेको बालीको उपचार के हो भन्ने कुरा कृषिप्रधान देशका बासिन्दालाई थाहा छैन भन्नु पर्दैन । अब त्यो खराब बालीले थप बिगार गर्नुभन्दा पहिला जोत्न आवश्यक छ, एउटा गहिरो जोताइ । यस्तो जोताइ जसले यसलाई सड्नबाट जोगाउने कारक नै समाप्त पारिदेओस् ।

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 184