19th October | 2019 | Saturday | 9:02:25 PM

विश्व पर्यटन दिवसको सन्देश

निनाम कुलुङ ‘मंगले’   POSTED ON : आश्विन १६, २०७६ (१०:०४ AM)

विश्व पर्यटन दिवसको सन्देश

हाल विश्वका प्रायः सबै मुलुकले पर्यटनलाई उद्योगको रूपमा मान्यता दिइसकेको छ । हाम्रो देशले भने केही वर्षअघि पर्यटनलाई प्राथमिकता प्राप्त उद्योग क्षेत्र भनी घोषणा मात्रै गरेको छ तर त्यो प्राथमिकताअनुसार काम गरेको छैन । पर्यटनसम्बन्धी नीतिनियम परिमार्जन गर्ने र नयाँ बनाउने काम भएको छैन । यसैगरी पर्यटन व्यवसायीलाई आयकर, भन्सार, भ्याटलगायत करहरूमा छुट र सहुलियत दिने नीति लिएको देखिँदैन । 

विश्वका अधिकांश मुलुकका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा राम्रो आमदानी लिन सकिने उद्योगको रूपमा पर्यटन उद्योगलाई लिने गरिन्छ । विश्वमा औपचारिक रूपमा पर्यटन व्यवासाय सुरु भएको पनि लगभग १८० वर्ष भएको छ । पर्यटन व्यवसाय औपचारिक रूपमा सुरु भएको सन् १८४१ मा हो । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपका निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । यो कम्पनी हालै टाट पल्टेको घोषणा भएको छ । त्यसअघि पनि विश्वका अनेकौं मानिसहरूले अनेक खालका भ्रमणहरू गरे होलान् । भ्रमणहरू फरक–फरक उद्देश्यका हुने गर्थे । 

थोमस कुकले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि पछाडि फर्केर हेर्नु परेन । यसरी आन्तरिकरूपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि कुकले सन् १८७२ मा दशजना बेलायती नागरिकलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशहरूको भ्रमण गर्न निस्किए । यसरी १८१ वर्षअघि थोमस कुकले थालनि गरेको यो कार्यक्रम त्यस यता विश्वका अधिकांश मुलुकका खर्बाैं मानिसहरूले अवलम्बन गरेका छन् ।  

नेपालको पर्यटनको सन्दर्भमा भन्ने हो भने, विदेशीहरूबाटै सुरु भएको हामीले स्वीकार्नुपर्ने हुन्छ । त्यसअघि त झन् कानुनीरूपमै विदेशीलाई नेपाल आउन र घुम्न बन्देज लगाइएको थियो । तीस वर्षे पञ्चायत कालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो त्यति भएन । उता सन् १९८९÷९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरूको संख्याले लाख नाघ्न थाल्यो । यसरी सन् १९८९÷९० को प्रजातन्त्रसँगै पर्यटन व्यवसायले पनि केही बढी महŒव पाएको मान्न सकिन्छ । 

यसबीच प्रजातान्त्रिके सरकारले पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारी तवरबाट खासै केही गर्न सकेन । हिमाल आरोहणबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (¥याफ्टिङ) मा जाने पर्यटकहरूलाई अनुमति दिएबापत उनीहरूबाट मनग्गे शुल्क असुल्ने, निषेधित क्षेत्रबाट त झनै महँगो शुल्क लिने गरेको छ । पर्यटन क्षेत्रमा सरकारले गरेको काम हामीले गर्वका साथ भन्न सक्ने र बाहिरबाटै देखिने भनेको ‘पर्यटन बोर्ड’ को गठनलाई लिन सकिन्छ । 

समग्रमा हेर्दा २०६२÷६३ को जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको भए पनि ती पर्यटकहरूले नेपालमा आएर गर्ने दैनिक खर्च र उनीहरूको नेपाल बसाइ भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यसैले हामीले नेपाल आउने पर्यटकहरूको संख्यामात्रै होइन, उनीहरूले गर्ने प्रतिव्यक्ति दैनिक खर्च र प्रतिव्यक्ति दैनिक नेपाल बसाइमा पनि बढोत्तरी ल्याउनेतर्फ पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । किनभने, हालसम्मको अवस्था हेर्दा नेपाल आउने विदेशी पर्यटकहरूको औसत दैनिक बसाइ १२.७ दिन (लगभग १३ दिन) मात्रै रहेको देखिन्छ । 

नेपाल आउने विदेशी पर्यटक बढ्दै जाने क्रम चल्दै गर्दा सन् २०१५ मा आएको प्राकृतिक विपत्ति (भूकम्प) र भारतको अघोषित नाकाबन्दीले गर्दा सो वर्ष सन् २०१४ को तुलनामा ३२ प्रतिशतले कमी भयो । त्यो बेला नेपाल आएका विदेशी पर्यटकहरूको तथ्यांक हेर्दा सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० जना विदेशीमात्रै नेपाल भ्रमण गरेका थिए ।

यसपछिका वर्षमा भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको छ । यही क्रममा नेपाल आउने विदेशी पर्यटकहरूको संख्या बढेमा सन् २०१९ मा १२ लाख ५०–६० हजारदेखि १२ लाख ८०–९० हजार पुग्ने अनुमान गर्न सकिन्छ । हालै नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको एक तथ्यांकअनुसार सन् २०१८ को ८ महिनाको तुलनामा सन् २०१९ को ८ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या झिनो मात्रै बढेको छ । 

यसरी हेर्दा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको संख्या लगातार बढ्दो क्रममा रहेको देखिन्छ । जुन सन्तोषको विषय हो । यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा रहे तापनि उनीहरूले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने हालसम्म पनि खासै बढेको देखिँदैन । 

एक तथ्यांकअनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने प्रतिदिन प्रतिव्यक्ति खर्च दैनिक सन् २०१७ को तुलनामा सन् २०१८ लगभग १८ प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०१७ मा नेपाल आएका विदेशी पर्यटकले औसत प्रतिदिन प्रतिपर्यटक नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर खर्च गरेका थिए भने सन् २०१८ मा विदेशी पर्यटक प्रतिदिन प्रतिव्यक्ति औसत दैनिक ४४ अमेरिकी डलरमात्रै खर्च गरेको देखिन्छ । 

त्यसैले हामीले ४०औं विश्व पर्यटन दिवसको अवसरमा तय गरेको नारा ‘टुरिजम एण्ड जब्सः अ बेटर प्mयुचर फर अल’ का साथै ‘क्वालिटी टुरिजम, क्वालिटी सर्भिस !’ भन्ने नारा पनि सँगसँगै ल्याएर व्यवहारमा लागू गर्ने प्रयास गर्नु सान्दर्भिक हुन्छ ।


Views: 107

सम्बन्धित सामग्री:

कथा : त्रिवेणी

राजेश अधिकारी : कार्तिक २, २०७६ (१०:०४ AM)