19th November | 2019 | Tuesday | 1:28:42 PM

कथामा नैतिक शिक्षा

कृष्णहरि बास्कोटा   POSTED ON : कार्तिक २, २०७६ (१०:०२ AM)

कथामा नैतिक शिक्षा

हामीले सधँै परिवर्तनउन्मुख सोच–धारण गर्नुपर्छ । समय गतिशील छ, यो जान्दाजान्दै पनि हामी समयको गतिसँग बग्न सक्तैनौँ र दुःखी हुन्छौँ । जो हृयारी उइण्डोको सिद्धान्तअनुसार हाम्रो जीवनको चारवटा पाटो छ । पहिलो, आपूmलाई र अरूलाई पनि थाहा भएको खुला स्वभाव हो । यसको आत्मसमीक्षा गरी असल पाटोलाई निरन्तरता दिनुपर्छ र खराब पाटो सुधार गर्नुपर्छ । दोस्रो, आपूmलाई थाहा भएको तर अरूलाई थाहा नभएको लुकेको क्षमता हो । यसलाई आफैँले अरूसामु प्रकट गर्नुपर्छ र प्राप्त प्रतिक्रियाका आधारमा अघि बढ्नुपर्छ । तेस्रो, आपूmलाई थाहा नभएको तर अरूलाई थाहा भएको आफ्नो स्वभाव हो । यसमा अरूबाट सल्लाह, सुझाब, टिप्पणी सुनेर आपूmलाई सुधार्नु वा अघि बढाउनुपर्छ । चौथो, आपूmलाई र अरूलाई पनि थाहा नभएको अन्धकारको पाटो हो । यसलाई बिस्तारै चिर्दै जानुपर्छ । यर्थाथमा जो मानिस परिवर्तनको सोचतर्फ अग्रसर हुन्छ, उसले नै मानिसहरूको मन जित्न सक्छ र सफल बन्न पुग्छ ।

चाणक्यले बत्ती निभाए झैँ उच्च नैतिकता प्रकट गर्नुपर्छ भन्ने एउटा कथा मननीय छ । एक साँझ राजाले राजगुरु चाणक्यलाई वैदेशिक नीतिको मस्यौदा तयार गरिदिन अनुरोध गरेछन् । उनले राजाको प्रस्ताव स्वीकार गरेछन् । त्यसको केही क्षणमा चाणक्यको कुटीमा राजाका सिपाहीहरू आइपुगे । उनीहरू सानो टेबुल, बस्न कुसन, लेख्न मयूरको प्वाँख र मसी तथा राँको बत्ती लिएर आएका रहेछन् । चाणक्यको अनुमतिले यी सबै बस्तु कुटीभित्र सजिए । राजाका सिपाहीहरू बाहिरिएपछि चाणक्य लेख्न थाले । सोही समयमा चाणक्यका पुराना मित्रले ढोका ढक्ढकाए । केही क्षण कुटीमा बस्ने र भलाकुसारी गर्ने अनुमति मागे । चाणक्यले प्रस्ताव सहर्ष स्वीकार गरी आप्mना मित्रलाई कुटीभित्र आसन ग्रहण गराए । मित्रले कुरा सुरु गर्न लागेको बुझेर चाणक्यले हत्तपत्त राँको बत्ती निभाए अनि सामान्य पिलपिले टुकी बाले । 

चाणक्यको यस्तो व्यवहारले मित्रको मनमा कुरा खेल्यो । उनले सोधे, के म आएको तिमीलाई मन परेन ? त्यति उज्यालो कुटी तिमीले एकाएक अँध्यारो बनायौ । म बस्नु उचित छैन भने अनुमति पाऊँ, म बाहिरिनेछु । चाणक्यले आप्mना मित्रलाई नम्रतापूर्वक सम्झाए । अघिको बत्ती राजाको कामका खातिर थियो । अहिले म उनको काम गर्दै छैन । उनको काम नगरेका बखत उनको बत्तीको उज्यालो किन लिनु भनेर मैले भिक्षादानबाट ल्याएको तेलको दियो बालेको हुँ भनी प्रष्टीकरण दिए । यसबाट मित्रको हृदयमा चाणक्यको उचाइ अझ बढ्यो । 

हामीले यस्तै नैतिक उचाइ लिनुपर्छ । यो अरूले के गरे भन्ने सोचबाट सम्भव छैन । मैले के गर्नुपर्छ भन्ने कर्तव्य बोझबाट सम्भव हुने कुरा हो । 

राजा रणजीत सिंहको जस्तो कोमल हृदय हुनुपर्छ भन्ने अर्को किम्बदन्ती पनि उत्तिकै दामी छ । एक दिन राजा साँझको हावाखान टहलिँदै थिए । अचानक राजाको अगाडि एउटा ढुङ्गो आएर बजारियो । सिपाहीहरू चारैतिर दौडिए । उनीहरूले चारजना बालक पक्रेर ल्याए । उनीहरूले राजाको ख्याल नगरी ढुंगा हानेको आरोप लाग्यो । सिपाहीहरूले राजासँग यिनीहरूलाई कस्तो सजाय दिने भनेर सोधनी गरे । बालकहरू काप्न थाले । राजाले ती बालकहरूसँग सोधेर ढुंगा हान्नुको कारण बुझे । यर्थाथमा ती बालकहरूले बेल झार्न रूखमा ढुंगा हानेका रहेछन् । त्यसमध्येको एउटा ढुंगो राजाको अगाडि बर्जिएको रहेछ । कुरा बुझेपछि राजाले यी अबोध बालकहरूलाई दण्ड दिने होइन, बरु तिमीहरू ठूला छौ, यिनीहरूलाई दुई–दुई वटाका दरले बेल झारेर खानदेऊ भन्ने निर्देशन दिए । राजाको आज्ञापालन भयो । बालकहरू खुसी भएर घरतिर हिँडे । सिपाहीहरू पनि राजाको कोमल हृदयबाट प्रभावित भए । 

हामीले अरूको मनमा स्थान बनाउन यस्तै कोमल हृदय उजागर गर्नुपर्छ ।

विश्वमा प्लेग रोग फैलियो । यसबाट धैरैले ज्यान गुमाउन थाले । यसको उपचार विधि पहिल्याउन प्लेगबाट मृत्यु भएको एक जना बिरामीको पोष्टमर्टम गर्नुपर्ने भयो । जुन चिकित्सकले सो काम गर्दथ्यो, उसलाई प्लेग सर्ने र मृत्यृ हुने अवस्था देखियो । यस कामका लागि डा. हेनी गायन अगाडि सरे । उनले पोष्टमार्टमको माध्यमद्वारा प्लेगबाट बिरामीलाई बचाउन सकिने उपचार पद्धति पहिचान गरे । यस अवस्थासम्ममा उनी पनि प्लेगरोगी भइसकेका थिए । सोही रोगबाट उनको मृत्यु भयो तर आज पनि विश्वमा प्लेगको उपचारबाट नयाँ जीवन पाउनेले डा. हेनी गायनलाई सम्झिन्छन् । यसरी आपूm मरेर पनि अरूलाई बचाउने हिम्मत र अठोट भएका मानिसको पथमा हिड्नु नै परिवर्तनउन्मुख सोच हो भन्नु फरक नपर्ला ।

अकबर र वीरबलको रूप ठूलो कि गुण ठूलो भन्ने एउटा किस्सा यहाँ सान्दर्भिक हुनेछ । अकबर रूपको पक्षमा उभिए भने वीरबल गुणको पक्षमा । राजालाई यो कुरा प्रमाणित गरेर देखाउनुपर्ने जिम्मेवारी वीरबलको काँधमा आयो । एकदिन ठूलो संख्यामा सेनासहित मरुभूमिको बाटो हँुदै राज्यको सिमान निरीक्षण गर्न जानुपर्ने भयो । मरुभूमिको निकै तातोमा लामो समय हिँडेपछि राजासहित सबै थाके । केही समय सुस्ताउने, आराम गर्ने, थकाइ मार्ने सहमति भयो । राजालाई सेनाले सुनको सुराहीमा बोकेको पानी दिए । राजाले पानी पिए, जुन तातो थियो, धित मरेन । 

राजाले वीरबलसँग अर्को पानी पिउने इच्छा प्रकट गरे । वीरबलले सेनालाई माटोको सुराहीको पानी राजालाई दिन अह्राए । सो पानी पिएपछि राजा तृप्त भएर वीरबललाई धन्यवाद दिए । मौकाको ताकमा रहेका वीरबलले राजाको अगाडि सुन र माटोको सुराही राखे । सुनको सुराही मूल्यवान थियो, टल्किएको थियो । माटोको सुराही एक प्रकारले मूल्यहीन थियो । देख्दा पनि कुनै आकर्षण थिएन तर गुणका हिसाबले मरुभूमिमा पानी चिसो राख्न सक्षम थियो । राजाले रूपको भन्दा गुणको महŒव बुझे । 

हामीले पनि वीरबलले झैँ मौकामा मानिसको, वस्तुको र समयको गुण पहिचान गर्न सिक्नुपर्छ । यसका लागि आफ्नो सोच्ने तरिकामा समयसापेक्ष परिवर्तन गर्नुपर्छ ।

कुनै एक समयमा खोलाको दुई किनारामा एक महिला र एक पुरुषको कुटी थियो । ती समवर्ती थिए । पुरुष जोगी थिए । सधँै धुनी जगाएर भगवानको भजन कीर्तनमा लिप्त रहन्थे । महिला एकल थिइन्, दुःखी थिइन् । प्रत्येक दिन हातमुख जोर्न अनेक कर्म गर्थिन् । जोगी प्रत्येक दिन बिहान उठ्दा महिलाको कुटी देख्थे । महिलालाई देखेर दिक्क मान्थे । आज पनि मेरो दिन अशुभ भयो भनेर चिन्तित हुन्थे । कहिलेकाहीँ त जोगी मनमा खालोमा बाढी आएर ती महिलाको कुटीसहित उनलाई बगाइदिए पनि हुन्थ्यो भन्ने ठान्थे । यी महिलालाई छिटै नर्कमा हाल्न पाए पनि हुन्थ्यो भन्नेसम्मको पुकारा गर्थे । 

ती महिला भने प्रत्येक बिहान उठेर जोगीको कुटीतिर हेरेर खुसी हुन्थिन् । जोगी देखिएपछि प्रणाम गर्थिन् । आपूmले भगवानको नाम लिन नसके पनि जोगीलाई देख्दा आपूmलाई पनि पुण्य भएको ठान्थिन् । उनी कतै यो खोलामा बाढी आयो भने पनि आफूतिर आओस्, जोगीतिर नजाओस् भन्ने पुकारा गर्थिन् । उनको मनमा जोगीलाई स्वर्ग पठाउन पाए पनि हुन्थ्यो भन्ने विचार जागृत हुन्थ्यो । 

एवम्रितले दिन बिते । एक दिन सय वर्ष पूरा भयो र यमराज ती महिला र पुरुष दुवैलाई लिन आए । यमराजले दुवैको मुत्यु भएको घोषणा गरे । पुष्पविमानमा राखेर स्वर्ग र नर्क जाने मूलद्वारतिर पु¥याए । गेटमा पुगेपछि दुवैको बहिखाता हेरियो । बहीखातामा चारवटा सूचकांकमा अंक दिने व्यवस्था थियो । जसअनुसार जोगीले सधैँ भगवानको नाम जपेकाले २५ पूर्णांकमा शतप्रतिशत अंक पाए । महिलाले भने शून्य अंक पाइन् । 

खोलो बाढी आएमा महिलालाई बगाओस् भन्ने जोगीको सोचाइ रहेकाले अर्को २५ पूर्णांकमा उनले शून्ना अंक पाए । महिला भने सधैँ जोगीतिर बाढी नपसोस् भन्ने सोचाइ राखेवापत उनले पूर्णांक २५ मा शतप्रतिशत अंक पाइन् । अर्को सूचकांकमा सधैँ एकल महिलाको अनुहार हेर्नु परेकाले दिन अशुभ भएको ठानेवापत जोगीले शून्ना अंक पाए । प्रत्येक दिन जोगीको अनुहार देखेर दिन शुभ भएको ठानेवापत महिलाले पूर्णांक २५ नै पाइन् । अन्तिम सूचकांकमा सधैँ जोगी स्वर्ग जाओस् भन्ने पुकारा गरेवापत महिलाले पूर्णांक पाइन्, यी महिला नर्कमा परून् भन्ने पुकारावापत जोगीले शून्ना अंक पाए । 

यस प्रकारको हिसाबपछि यमराजले निर्णय सुनाए, जोगी तिम्रो अंक १०० मा २५ मात्रै भयो । कम्तिमा ५० अंक नकटाई स्वर्ग पठाउन नमिल्ने हुँदा तिमी नर्कमा प¥यौ । यमराजका सिपाहीले जोगीलाई नर्कतिर धकेली दिए । यमराजले महिलातिर फर्किएर भने तिम्रो ७५ अंक आयो, बधाई छ, तिमी स्वर्गमा पर्ने भयौ । स्वर्गका परीहरूले ती महिलाको हात समातेर उनलाई स्वर्गतिर लगे ।

यसरी अर्काप्रतिको असल सोचको परिणाम असल नै निस्कियो । साथै अर्काप्रतिको खराब भावको परिणाम खराब नै निस्कियो । यस कटू सत्य नैतिक शिक्षारूपी कथाबाट सिकेर आपूmमा सकारात्मक परिवर्तन ल्याउन प्रयास गरौँ । 


Views: 87