19th November | 2019 | Tuesday | 1:19:08 PM

अमेरिका–चीन व्यापार युद्ध

डा. सुमनकुमार रेग्मी   POSTED ON : कार्तिक ३, २०७६ (४:०३ PM)

अमेरिका–चीन व्यापार युद्ध

विषय प्रसंग : ३१ जुलाई २०१८ देखि जारी अमेरिका–चीन व्यापार युद्धको अन्त्यको उपाय निकाल्दा चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताको वार्ता अमेरिका र चीनमा पटकपटक हुँदै आएको छ । कहिले त वार्ता ओझेलमा पर्दै आएको पनि देखिन्छ । व्यापारमा समस्या देखिएको भन्दै पटकपटक अमेरिका र चीनको धेरै रकमका सामानमा कर वृद्धिमा होडबाजी चल्दै आएको छ । दुवैले एकपछि अर्को गर्दै एकअर्काका वस्तुमा कर वृद्धि गर्दै आएका छन् । अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशको कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरेको आरोप लगाउँदै आएको छ । यस्तो आरोप चीनले अस्वीकार गर्दै आएको छ । 

चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको थियो तर महिनौंदेखि कतिपय सामान नकिनेको आरोप अमेरिकाले लगाउँदै आएको छ । भनिन्छ चीनसँगको समस्या नै विश्वासघात हो । अमेरिकाले सुरुदेखि नै तनावमा रहेको वार्तालाई सहजीकरण गर्न सहयोग नगरेको भन्ने आरोप लाग्दै आएको छ । अमेरिकाले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील देशको दर्जा हटाउने चेतावनी दिँदै आएको छ । 

गत सेप्टेम्बरमा अमेरिकाले चुनाव अगाडि चीनसँग व्यापार सम्झौता गर्न सक्ने बताइएको छ । चुनावलगत्तै चीनसँग व्यापार सम्झौता हुन सक्ने भनिएको छ । चीन अमेरिका राष्ट्रपतिको आगामी कार्यकालमा ट्रम्प नै दाहोरिने अनुमान गरेको छ । यदि सन् २०२० को चुनावपछि यो सम्झौता भएमा झनै कडा सर्तमा हुने देखिन्छ । यदि चुनावपछि यो सम्झौता भएमा यो सम्झौता ठूलो हुने मानिएको छ । यस किसिमको सम्झौता योभन्दा पहिले कहिल्यै नभएको भनिन्छ । 

अमेरिका र चीनबीच हुँदै आएका वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रबीच विगत १४ महिनादेखि चलिरहेको व्यापार युद्ध अन्त गर्ने नै विषय हुनेछ । अमेरिका र चीनबीचको व्यापार वार्ता जनवरी २०१८ देखि पटकपटक चरणचरणमा हुँदै आएको छ । यस्तो वार्ता कहिले अमेरिका र कहिले चीनमा भएको छ । वार्ताद्वारा तनाव सुल्झाउने उद्देश्यले दुवै देशबीच अनेक चरणमा वार्ता भए पनि समस्या समाधान भएको छैन । दुवै देशबीचको व्यापार विवाद सुुल्झाउन व्यापार वार्ता हुँदै आएको छ । यस्तो वार्तामा बौद्धिक सम्पत्ति, प्रविधि हस्तान्तरण, कृषि, सेवा, खरिद र कानुन कार्यान्वयनलगायतका विषयमा छलफल हुँदै आएको छ । हरेक पटकका व्यापार वार्तापछि दुवै देशले कर बढाउने भन्दै आएका छन् र बढाएका पनि छन् । हालसम्मको वार्ताले सकारात्मक परिणाम दिएको छैन ।

अमेरिकी प्रविधि चीनले, बौद्धिक सम्पतिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीका लागि खुला नगरेको आरोप अमेरिकाले चीनलाई लगाउँदै आएको छ । गत ११ मेमा अमेरिकाले २५ प्रतिशतका दरले २०० अरब डलरका सामानमा कर बढाएकाले विश्वका यी दुई ठूला अर्थतन्त्रले विश्वमा नै हलचल ल्याएका छन् । यसले विश्वमा तनाव पनि ल्याएको छ । यसले धेरै तेल खपत गर्ने देशलाई पनि असर पार्दैै आएको छ । 

चीन र अमेरिका बौद्धिक सम्पति र प्रविधिका मुद्दाहरूमा वास्तविक व्यापार वार्तामा लागिपरेका देखिन्छन् । अमेरिकाको माग सबै सम्बोधन हुने गरी अमेरिका र चीन व्यापार सम्झौता हुन नसक्ने केही अमेरिकीहरू बताउँछन् । अमेरिकाले २५० अर्ब डलरका सामानमा यही १ अक्टोबरदेखि बढाउने भनेको कर केही समयका लागि राकिएको भनिएको छ । 

विचारणीय पक्ष : चीनले अमेरिकासँग आफू लामो अवधिको लागि व्यापार युद्ध लड्नका लागि तयार रहेको चेतावनी दिँदै आएको छ । चीनले अमेरिकामा विश्वबाट रेयर अर्थ आपूर्तिमध्येको ८० प्रतिशतको हिस्सा ओगट्दै आएको अवस्थामा चीनले रेयर अर्थको आपूर्तिका उद्योगका नीतिहरूका सँगालो सार्वजनिक गर्ने भन्दै आएको छ । चीनले प्राकृतिक स्रोतलाई अमेरिकाविरुद्ध हतियारका रूपमा प्रयोग गर्न सक्ने चेतावनी पनि दिँदै आएको छ । १७ वटा तŒवका रेयर अर्थका सम्मिश्रणको पदार्थ स्मार्टफोन, हस्पिटल स्क्यानर, परमाणु ऊर्जा स्टेशन र एलइडी लाइटका लागि प्रयोग हुँदै आएको छ । 

अमेरिकामा आयात हुने रेयर अर्थमा २०१४ देखि २०१७ सम्मको अवधिमा चीनको हिस्सा ८० प्रतिशत रहेको थियो । चीनले यस्ता खनिजका बिक्रीमा प्रतिबन्ध लगाउने चेतावनी दिँदै छ । त्यसै अनुरूप अमेरिकाले पनि यसको विकल्पका रूपमा तयार रहेको जनाउँदै आएको छ । अमेरिकाले चिनियाँ हुवावे कम्पनीमाथि अमेरिकी कम्पनीबाट पार्टस् र प्रविधि खरिद गर्न रोक लगाएपछि रेयर अर्थलाई हतियारका रूपमा प्रयोग गर्ने विचार चर्चामा आएको थियो । चीनको रणनीतिक स्रोत भएका कारण प्रस्तावित नीतिको रेयर अर्थको प्रयोग र प्रवद्र्धनमा विशेष जोड र मूल्य राख्ने बताउँदै आएको देखिन्छ । 

चीन र अमेरिका हरेक पटकका वार्तामा सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा परामर्शद्वारा ताजगी ल्याउन चाहान्छन् । व्यापार युद्धपछि चीन र अमेरिकाबीच १२ चरणभन्दा बढी वार्ता भइसकेका छन् । १४ महिनाभन्दा बढीको अमेरिका र चीनबीचको व्यापार युद्धको विषय जी १९ समूहमा राख्दा वा अन्तर्राष्ट्रियकरण गर्दा पनि समाधान भएको छैन । समाधान हुने संकेत पनि देखापरेको छैन । हरेक पटकका वार्ता यी दुई देश सम्बन्ध विस्तारका लागि नयाँ दिशा तय गर्ने र सहकार्य, समन्वय र स्थायित्वका साथ अघि बढाउने बताउँदै आएका छन् तर प्रगति सकारात्मक छैन ।

 

टुंगिएला व्यापार वार्ता ः विगत सवा वर्षदेखि जारी अमेरिका तथा चीन व्यापार युद्ध अन्त्यका लागि सम्भावित उपाय निकाल्न दुई देशबीच पटकपटक भएका बैठक रचनात्मक भनिँदै आएको छ । व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनबीच एकआपसमा एक–अर्काको खर्बौं डलर बराबरका सामानमा कर वृद्धि गर्दै आएका छन् । अमेरिकाले चिनियाँ सामानको निर्बाध र खुकुलो प्रवेशका कारण व्यापार सन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिका प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ । यस्ता आरोप लगाउनमा अमेरिका अगाडि देखिन्छ । अमेरिकाले चीनकै पक्षमा निर्णय लिइआएको जिकिर पनि गर्ने गरेको छ । चीनले भने वार्तामात्रै भएको भन्ने गरेको छ । चिनियाँ पक्षकै कारणले सम्झौता हुन नसकेको आरोप अमेरिकाको छ । 

जापानमा भएको दुई देशबीचको वार्ता महŒवपूर्ण तथा प्रभावकारी भएको दुवै पक्षले बताएका थिए । केही सहमतिको कुरा पनि आएको थियो । दुई पक्षीय सम्बन्ध र सहकार्य नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको थियो । पटकपटक अवरुद्ध भएको वार्ता सुरु गर्न अमेरिका र चीन सहमत भएका भनिएको थियो । यो भेटवार्ता जापानमा जी २० को शिखर सम्मेलनमा भएको थियो । एकातिर वार्ता सकारात्मक भनिएको थियो भने अर्कातिर यसै सम्मेलनमा अमेरिकाले चीनमाथि थप कर वृद्धि गर्ने प्रतिक्रिया दिएको थियो ।

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिँदै आएको छ । यो अवसरको फाइदा उठाएर भारतले अमेरिका र चीन दुवै देशमा रसायन तथा ग्रेनाइटसहित ३५० थरीका उत्पादन निर्यात गर्न सक्ने भनिएको छ । अमेरिका र चीनबीच व्यापार युद्ध भइरहेको अवस्थामा भारतले यी दुई देशमा निर्यात गर्न सक्ने वस्तुका पहिचान गरेको देखिन्छ । अमेरिका र चीन दुवै देशले एकअर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क लगाउँदै आएका छन् । यसकारण व्यापार युद्ध नियमित हुँदै आएको छ । 

व्यापार युद्ध भारतका लागि अमेरिका तथा चीनमा निर्यात बढाउने ठूलो अवसर भएको छ । डिजेल, एक्स रे, ट्यूब तथा केही रसायनसहित १५१ थरिका उत्पादन भारतले चीनमा निर्यात गर्न सक्ने भनिएको छ । पहिले चीनले यी वस्तुहरू अमेरिकाबाट आयात गर्दै आएको थियो । अमेरिकाले केही वस्तुहरू व्यापार युद्धअगाडि चीनबाट आयात गर्दै आएकोमा युद्धका दौरान अमेरिकाले यस्ता वस्तु भारतबाट आयात गर्दै आएको देखिन्छ । अमेरिका र चीनबीचको युद्धले भारतलाई फाइदा भइरहेको छ । 

कुनै मुलुकलाई क्षणिक फाइदा भए पनि यस प्रकारको व्यापारयुद्ध चाँडै अन्त्य नभए विश्व अर्थतन्त्रमै असर पर्न सक्नेछ । 


Views: 109