19th November | 2019 | Tuesday | 1:33:52 PM

सम्पत्तिमा दोहोरो मापदण्ड

स्वयम्भूनाथ कार्की   POSTED ON : कार्तिक ४, २०७६ (११:२१ AM)

सम्पत्तिमा दोहोरो मापदण्ड

सामाजिक संरचना भएका धेरै प्राणीहरूमा आपूmलाई पछि चाहिने सामग्री वा खानेकुरा संग्रह गर्ने विषेशता हुन्छ । कमिला, माहुरीजस्ता जीवहरू त अभाव हुने समयको निमित्त संग्रह गर्दछन् भने सृष्टिको सर्वोत्तम प्राणीमा दरिएको मान्छेले भविष्य नसोच्ने कुरै भएन । मुसा, लोखर्केजस्ता जन्तुहरू खाद्य पदार्थको प्रचुरताको बेलामा वर्ष दिनभित्र खाद्य अभाव बेहोर्नुपर्छ भन्ने जानकारी राखेर जोहो गर्न पछि पर्दैनन् । मान्छेले भविष्यको सोचाइ राखेर जोहो नगर्ने त कुरै भएन ।

मानव जीवनको कठिनता बिर्सेर कोही जोहो गर्ने प्रयत्न गर्दैन भने त्यो अन्तमा मागी खाने हुन्छ । त्यसैले सम्पत्तिको जोहो गर्नु मान्छेको नैसर्गिक अधिकारमात्र नभएर मान्छे हुनुको परिचय पनि हो । सम्पत्तिको जोहो नगरी सबै पु¥याउँछु भनेर कसैले दाबी गर्छ भने त्यो झुट बोलेको हुन्छ ।

संसारको कुनै पनि मानिस सधैँ सर्वहारा हुन नचहानु उसको नैसर्गिक अधिकार तथा मानव हुनुको कर्तव्य पनि हो । अरूको सञ्चित सम्पत्ति खोसेर अर्कालाई पाल्नु अन्याय त हु“दै हो साथै जसलाई दिइन्छ त्यसलाई जीवनभरको निमित्त आसे बनाउनु हो । त्यस्तो आसे मान्छेको आत्मसम्मान मरेको हुन्छ, आपूm काम नगर्ने तर अर्काको खोस्ने अपराधी सोच विकसित हुन्छ । आवश्यकता र चाहना सकिनु मानव जीवनको अन्त्यमात्र नभएर मानवको प्रगतिलाई रोक्ने कारण पनि हो । दाम्लोले बाँधिएको पशु, पिँजडामा वा चिडियाखानामा बन्द पन्छी र कैदखानाको बन्दीलाई मात्र उसलाई बन्दी बनाउनेले पाल्नु पर्छ । 

जीवन यापनको र हेरचारको जिम्मा लिएर काम लगाउने पद्धति मध्ययुगीन दास प्रथाको अवशेष हो । फरक केवल के हो भने त्यस जमानामा दासका मालिक व्यक्ति हुन्थे अहिले मालिकको भूमिकामा राज्य छ । प्रकृतिको अस्तित्वको निमित्त संघर्ष र योग्यको स्थापनाको सिद्धान्तको विपरीत यस प्रकारको प्रयत्नले असन्तुलन र मानव सभ्यताको विनाश यात्राको आरम्भ गर्छ । 

मान्छेको आधारभूत विषेशताकै कारण बाहिर जे भने पनि ऊ भविष्यको निमित्त चिन्तित हुन्छ । कुनै न कुनै रूपमा संग्रह गर्ने प्रयत्न गरिरहेको हुन्छ । पु“जीपति वर्गबाहेक अरूको यसप्रकारको संग्रहलाई अपराध भन्ने बोध गराउन अहिलेका राजनीतिक दल, विभिन्न किसिमका अधिकारकर्मीहरू अनवरत लागिपरेका छन् । यसमा धेरैजसो सफल पनि भएका छन् तर उनीहरू आफैँ सम्पत्ति बढाउन दत्तचित्त छन् । सम्पत्ति संग्रहलाई अपराध साबित गर्न खोज्नेको सम्पत्ति भने सर्वसाधारणले भोग चलन गर्ने कल्पनासमेत गर्न नसकेको सुविधा भोग गर्छन्, सम्पत्ति संग्रह गर्छन् ।

आपूmले जे गरे पनि हुने र सर्वसाधारणले चाहिँ आचरणमा बस्नुपर्ने आग्रह, आग्रह होइन दुराग्रह हो । यस्तो दुराग्रहलाई नैतिक देखाउनुपर्ने अवस्था भयो भने आफ्नो अनुकूल नियम संशोधन गर्न उनीहरूलाई कतैबाट बाधा छैन । यसरी समाजमा दुईवर्ग देखा पर्न लागेका छन्, नियमभन्दा मथिका वर्ग र नियमभन्दा मुनिका वर्ग ।

आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित हुने आशामा नियमभन्दा मुनिका वर्ग नियमभन्दा माथिका वर्गको चाकरी गर्न बाध्य हुन्छन् । आफ्नो इच्छाविपरीत कुरामा पनि प्राणको मोह छोडेर मरिमेट्न प्रेरित गर्न आपूm वा आपूmसँग आश्रितको सुरक्षित भविष्यको मृगतृष्णा पर्याप्त छ । नियमभन्दा मथिका वर्गको स्वेच्छिक तथा बेदाम दास हुनुमा गौरव गर्ने यस्ता मान्छेहरू आफ्नो बुद्धि, विवेक सबै एकातर्पm पन्छाएर आफ्ना मालिकको कुरामा अन्धसमर्थन जनाउँछन् । 

यस प्रकारको दासत्व स्वीकार गर्न विवश तुल्याउने एकमात्र कारण सम्पत्तिसम्बन्धी दोहोरो मापदण्ड नै हो । हुन त यसलाई कसैकसैले शक्तिको अभिलाषा पनि भन्ने गर्दछन् तर शक्तिको आवश्यकता पनि भविष्यको सुनिश्चितताको निमित्त नै हुन्छ । भविष्यको सुनिश्चितता उसको संग्रहित सम्पत्तिमा हुने गर्छ । सम्पत्तिको अस्थिरता पैदा गर्न नसकेमा नियमभन्दा माथिका वर्गको वर्चश्व कायम रहन सक्दैन ।

कोही नियमभन्दा माथि हुनुहुँदैन भनेर आउन सक्ने विरोधको प्रतिरोध गर्न सक्ने क्षमता नहुने हुँदा अर्काको सम्पत्ति खोसेर तिमीहरूलाई दिन्छु भनेर आफ्नो पक्ष बलियो बनाउन सकिने तथा अन्यको निमित्त बनाएको नियम आपूmलाई पनि लागु भएमा आफ्नो अस्तित्व लोप हुने कारणले दोहोरो मापदण्ड अपनाउन उनीहरू विवश छन् । यसै गरेर भविष्यकै निमित्त सर्वसाधारण यिनीहरूको दासत्व स्वीकार गर्न बाध्य छन् ।

एउटा सर्वहारा आपूmलाई मध्यमवर्गमा लैजान हरसम्भव प्रयत्न गर्छ । एउटा मध्यमवर्गीय आपूmलाई पु“जीपतिवर्गमा लैजान शिरदेखि पैतालासम्मको बल लगाएर प्रयत्नशील हुन्छ । आपूm आफ्नो स्तरबाट तल खस्नु नपरोस् भनेर एउटा पु“जीपति प्रयत्न गरिराखेको हुन्छ । उसको यो प्रयत्नले पैदा गरेको रोजगारीको अवसरले अरूको भविष्य सुन्दर बनाउने आशा राख्छ । यसै प्रयत्नमा उनीहरूले गर्ने कामले उत्पादन बढ्छ । अन्योन्याश्रित सम्बन्ध भएका यी वर्गहरूको बीचमा आफ्नो अस्तित्व कायम गर्न सर्वहारावर्गको वकालत गर्दै आपूmलाई नियमभन्दा माथि ठान्नेहरू आउँछन् ।

यसपछि समाजको आफ्नो गति अवरुद्ध हुन थाल्छ । बढेको बेकारीको उपचारको निमित्त वैदेशिक रोजगारीको नाममा स्वजन तथा स्वदेशबाट टाढा पु¥याउने प्रयत्न सुरू हुन्छ तर जतिसुकै प्रयत्न भए पनि सर्वहारावर्ग सधैँ आफ्नो अन्धकारमय भविष्य चियाउँदै सर्वहारा नै भइरहन्छन् । सर्वहारावर्ग नभए आपूmलाई नियमभन्दा माथि ठान्नेहरूको अस्तित्व सम्भव छैन, तसर्थ सर्वहारा हमेसा सर्वहारा नै रहोस् भन्ने चाहनु यिनीहरूको वर्गीय चरित्र हो ।

पृथ्वीमा भएका हरेक प्राणी तथा वनस्पतिहरूको बा“च्ने नैसर्गिक हक हुन्छ । यो हक कुनै राजनीतिक विचारधारा वा राज्यबाट प्रदत्त होइन । प्रकृतिले आफ्नो नियमबाट नै यो हक हरेकलाई दिएको हो तर मध्यमवर्गको यो हकमाथि हमेसा आक्रमण भइरहेको छ । कल्याणकारी राज्य तथा समानताको नारा दिएर जनतामाथि शासन गर्न चाहने वा गर्नेहरू नै मध्यमवर्गको यो हकमाथि आक्रमण गर्ने गर्छन् । 

बुद्धिजीवी तथा अधिकारकर्मीहरू लोपोन्मुख जातिको नाममा जन्तु वा वनस्पतिको बा“च्ने हकको वकालत गर्छन् तर जब मध्यमवर्गको हकको कुरा आउँछ तब तिनीहरू चुप लाग्नेमात्र होइन बरू मध्यमवर्गलाई अपराधीसरह सजाय गर्नै पर्ने तर्क दिन पनि पछि पर्दैनन् । यसरी मध्यमवर्गलाई दबाउने काममा सहयोग पु¥याउने आपूm पनि सोही वर्गमा हुन्छ तर यसकोे हेक्का उसलाई रहँदैन । कालिदासले हा“गाको टुप्पामा बसेर फेद काटेभैmँ आफ्नो आधारमाथि नै चोट पु¥याउन उद्यत हुन्छन् यी बुद्धिजीवी तथा अधिकारकर्मीहरू ।

यो शक्ति पूजा गरेको फाइदा हुन्छ भन्ने भ्रममात्र हो । फाइदा पाउनेहरू यिनीहरूमध्येकै भए पनि केवल यही गरेको कारणले होइन । के के खोजिन्छ र के के हुन्छ भन्ने कुरा भुक्तभोगीले बताउन सक्छन् जो फाइदा खोज्न जान्छन् तर पाउँदैनन् । अब त यस्ता कुराहरू उनीहरूले सार्वजनिक पनि गर्न थालेका छन् ।

‘संघे शक्ति कलियुगे’ भन्ने उक्तिको ज्ञान भएका राजनीतिवाजहरू अनेक प्रकारको प्रपञ्च रचेर मध्यमवर्गलाई संगठित हुन दिँदैनन् । मध्यमवर्गलाई जात, सम्प्रदाय, क्षेत्र, भाषा इत्यादिमा विभाजित गरेर वर्गीय हितको निमित्त संगठित हुन सक्ने सम्भावना न्यून गरिएको छ । फुक्र्याएर, लोभ्याएर, डर देखाएर वा धम्क्याएर जसरी भए पनि फुट गराएर मध्यमवर्गको ध्यान अन्यत्र पु¥याउन सकेमा आपूmमाथि भएको आघात गर्नेलाई चिन्न सक्दैनन् र हमेशा आफ्नो दास भएर बस्छन् भन्ने राजनीतिवाजहरूको धारणा सही भएको छ ।


बा“च्न चाहिने न्यूनतम तŒवहरू प्राणीका सम्पत्ति हुन् । त्यो सम्पत्ति प्राप्त गर्न प्रयत्न गर्नु प्राणीको कर्तव्य हो । यो प्रयत्नमा लगातार असफल भए उसको अन्त्य अपरिहार्य छ । यसैगरी यो प्रयत्नमा लगातार सफल भएमा ऊ शक्तिशाली हुँदै जान्छ । अयोग्यहरूको विनाश गर्ने प्रकृतिको कठोरतम रूपलाई नबुझे पनि बच्न कोही पनि सक्दैन । एकातर्पm समान वितरणको खोक्रो नारामा मध्यमवर्गको सञ्चित सम्पत्ति हरणको बहाना खोजिँदैछ भने अर्कातर्पm तुरुन्त कमाएर ज्यान पाल्न पाउने अवस्थाको अन्त्य गरिँदैछ ।

आफ्नो प्रयत्नले उपलब्ध गरेर प्रयोग गर्न ठिक्क पारेको मल, बिउ कानुनको लाठो लगाएर खोसिन्छ । कलकारखाना, यातायातका साधनहरू तथा काम गरेर जीविकोपार्जन गर्ने अवसर खोस्नमात्र होइन सम्भव भएमा त्यसलाई बन्द गराइएको कुरा लुकाउन सकिन्न ।

देशभित्र यसरी बा“च्न पाउने अधिकारको हरण गरेर वैदेशिक रोजगारीको प्रलोभनमा विदेशिन बाध्य पार्ने क्रियाकलापले नेपालको अस्तित्व कहिलेसम्म सम्भव होला ? नेपालको अस्तित्व मेटाएर आफ्नो वर्चश्व कायम गर्न खोज्नेलाई नेपालको अस्तित्व नभएमा आफ्नो पनि अस्तित्व रहने छैन भन्ने ज्ञान नभएको भनेर मान्न सकिँदैन ।

मध्यमवर्गको शोषण र विनाश गरेर पुँजीपतिवर्ग वा सर्वहारावर्गमात्र रहन सक्छन् भन्नु भ्रममात्र हो । पुँजीपतिवर्ग र सर्वहारावर्ग दुवैको पालनकर्ता मध्यमवर्ग नै हो । उच्च वर्गको उद्योगमा मध्यमवर्गको श्रमले पनि उत्पादन गर्छ । नेपालजस्तो कृषिमा आधारित अर्थतन्त्र भएको देशमा अहिलेसम्म जति पनि विकास भएको छ त्यो मध्यमवर्गको तन, मन र धनले नै सम्भव भएको हो । पुँजीपतिको ध्यानको अधिकतम हिस्सा आफ्नो सुख सुविधामा र सर्वहाराको ध्यान आपूm बा“च्ने संघर्षमा नै जान्छ । प्रगति गर्ने र आफ्नो वर्गोन्नति गर्ने चहानामा अनजानमा पनि मध्यमवर्ग नै विकासको संवाहकको भूमिका पूरा गरिरहेको हुन्छ ।

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 150