18th January | 2020 | Saturday | 6:34:21 PM

राई जात नभएर पगरीमात्र

निनाम कुलुङ ‘मंगले’   POSTED ON : कार्तिक २९, २०७६ (१०:१८ AM)

राई जात नभएर पगरीमात्र

नेपालका भाषाविद्हरू खासगरी विसं २०५८ र २०६८ मा मातृभाषीका रूपमा आएका भाषाहरूको तथ्यांकबारे अहिलेसम्म वास्तविकता के हो भनेर हेर्नु र केही बोलेका पनि छैनन् । 

नेपालमा प्राडा माधव पोखरेल, प्राडा टंक न्यौपाने, प्राडा दानराज रेग्मी, प्राडा नोबलकिशोर राई, प्राडा चतुरभक्त राई, प्राडा तारामणि राईलगायतका प्राडाहरू विषयविज्ञ भएर पनि केही लेख्दैनन्, किन ?

प्राडा दानराज रेग्मी र प्राडा तारामणि राईले २०६८ को जनगणनाका बारे लेखेका छन् तर प्राडा माधव पोखरेल, प्राडा टंक न्यौपाने, प्राडा नोबलकिशोर राई, प्राडा चतुरभक्त राई आदिले नेपालका भाषाभाषीबारे केही लेखेका छैनन् । 

नेपालका भाषा वा भाषाविज्ञानका बारेमा लेख्दा माथिका दुई प्राडाहरूले कथित राई जातिबारे प्रष्ट भएर हो वा नभएर हो जहिले पनि एक जाति राई वा राई–किरातीको २८ भाषा भन्ने आशयको लेख लेख्ने गरेका छन् । के ती भाषाविज्ञानका प्राडाहरू साँच्चै राईका २८ वटा मातृभाषा हुन्छन् भन्ने बारेमा प्रष्ट छन् ? यदि उनीहरू यसबारे प्रष्ट छन् भने ती कुन कुन हुन् र कस्ता हुन्छन् भनेर तिनले प्रष्ट पार्नु आवश्यक छ । २०५८ र विसं २०६८ को जनगणनाबारे छलफल हुनु पनि नितान्त आवश्यक छ ।  

वास्तवमा राई नेपालको कुनै जाति नभएर विगतमा खासगरी नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरूलाई उनीहरूको भूगोलसमेत फुटाएर वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ, बान्तावालगायत खम्बुलाई ‘राई’, पल्लो किरातका लिम्बु र लाप्चालाई ‘सुब्बा’, मधेसका थारूलाई ‘चौधराई’ वा ‘पटवारी’ (हाल चौधरी) दिइएको पद वा पगरी मात्रै हो । यस्तो ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ पनि ठेकी, बेठी, भूमिकर आदि निश्चित रकम तिरेर मात्रै पाइन्थ्यो । 

यसरी यी पद वा पगरी पाएका मान्छेलाई जिम्मावाल र तालुकदार पनि भन्ने गरिन्थ्यो । उनीहरू मातहत विभिन्न काम कारबाही गर्नेगरी थरी, कारबारी, बहिदार वा बैदार, करता, माथा, टहले, गौरुङ आदि पनि नियुक्त हुन्थे । यसरी ऊ बेला ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ पद वा पगरी पाएका मान्छेहरू वा उनीहरूका सन्तानलाई अहिले पनि गाउँघरमा ‘फलानो जिम्मावाल वा फलानो तालुकदारका छोरा वा नाति’ भन्ने प्रचलन हटिसकेको छैन । 

जस्तै हाल नेपाली साहित्य, गीत, संगीत, गायन आदिमा चल्तापूर्जा रहेका र अधिकांश काठमाडांैमै रहेका मुकारुङ खलकका बाबुबाजे परशुराम राई ५२ पगरीका ठूला राई थिए । तिनले भ्mयाले दरबार बनाउँदा केन्द्रमा उजुरी नै परेको थियो किनकि राई भनेको राजा नभएर राजासरहको पदमात्र थियो । 

त्यसैले राजाले जस्तो राईले कहाँ ५२ भ्mयाले दरबार बनाउन पाउनु ! अतः उजुरी गर्नेले तालुकवाला मान्छे वा जाँचकी लिएर आउनुअघि नै एउटा भ्mयाल हटाएर लिपपोत गरे नत्र त हँुदाखाँदाको त्यत्रो ५२ पगरीको ठूलो राई पद जान्थ्यो । उस्तै परे धनकुटाका ‘राई’ रिदामा र ‘राई’ रामलीहाङको नियति भोग्नुपर्ने पनि हुन सक्थ्यो । त्यस्तै संखुवासभा जिल्लाको धुपु गाउँका जुद्धबहादुर राई अमाली (कानुन हेर्ने) राई पनि ठूला राई थिए । 

उता डा शिवकुमार राई जो विसं २०६५ को प्रचण्ड सरकारमा राष्ट्रिय योजना आयोगमा सदस्य भएका थिए । सन् २००७ को विश्व आदिवासी दिवसको कार्यक्रममा प्mलोर ओपन भएपछि यो पंक्तिकारले राई जात होइन, यसलाई जात मान्दा ‘२२ देखि २६ भाषी किरातीहरूको जातीय पहिचान हराउन आँटेको छ’ भनी प्रष्ट्याएपछि उनले ‘भाइ, तपाईंले साह्रै राम्रो कुरो उठाउनुभयो । मेरा बाबु पनि ठूला राई थिए ।

विसं २०३३÷०३४ सालमा नापी आयो । रैतीहरूले पनि जग्गा आप्mनो नाममा दर्ता गर्ने क्रममा नामको पछाडि राई लेख्न चाहे तर मेरा बाबुले ‘म पो राई हँु, यी मेरा रैती÷ढोक्रेहरू कसरी राई हुन्छ ?’ भनी रैतीहरूलाई राई लेख्न नदिने अड्डी कसे । त्यसपछि रैतीलाई राई लेख्न दिने कि नदिने ? भनी छलफल गर्न ५÷६ दिनसम्म त पञ्च–भलाद्मीहरूको भेलै बस्यो । तर, आखिरमा मेरो असली राई बाबुको केही लागेन, हार भयो’ भनेर बताएका थिए ।

त्यसैले भाषाविज्ञानका प्राडाहरूले कथित राई जाति र राई भाषाबारे लेख्दा सकेसम्म स्थानीयस्तरमा गएर गहन ढंगले अध्ययन गरी लेख्नु प¥यो, नभए हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनामा आएको तथ्य–तथ्यांकहरूलाई आधार मानेर लेखे पनि भयो । विसं २०५८ को राष्ट्रिय जनगणनामा ६ लाख ३६ हजार जनसंख्या भएको राई, विसं २०६८ को राष्ट्रिय जनगणनामा १५ हजार घटेर ६ लाख २० हजारमा झरे । जब कि १० वर्षको अवधिमा १ लाख बराबर ४ हजार मात्रै राईको जनसंख्या बढे तापनि २४ हजार चानचुन बढेर ६ लाख ६० हजार हुनुपर्ने होइन र ? यस बारेमा भाषाविज्ञानका प्राडाज्यूहरूको धारणा के छ ?

राई जात नभएर पद वा पगरीमात्रै हो भनेर डोरबहादुर विष्ट, जनकलाल शर्मा, सरदार भीमबहादुर पाँडे, शिवकुमार श्रेष्ठ, भूपध्वज थोमरोसलगायत स्वदेशी लेखकहरू र एडिन भ्यान्सिटार्ट, चाल्र्स म्याक्डग्लसलगायत धेरै विदेशी लेखकहरूले पनि प्रशस्तै लेखेका छन् । 

अर्को कुरा विश्वको कुनै पनि देशमा आप्mनो अलग्गै मातृभाषाबिनाको आदिवासी जनजाति हुन सक्दैन । भाषाविज्ञानका प्राध्यापक र डाक्टरहरूले यो कुरातर्फ पनि ध्यान दिनु आवश्यक छ ।


Views: 222

सम्बन्धित सामग्री:

भोलिका तिमी हौ

रसिकदेव : माघ ४, २०७६ (१०:३६ AM)