24th February | 2020 | Monday | 9:16:55 AM

कविता : भन उसले किन सताइरहन्छ ?

पदम दाहाल   POSTED ON : मंसिर ७, २०७६ (११:०३ AM)

कविता : भन उसले किन सताइरहन्छ ?

छिमेकी घरको कालो बिरालो आएर 

मेरो निवासको चुलोभित्र

जीऊ तताउनुको नाउँमा घुस्रिएको छ

र,े नानी बाबुलाई राखिदिएको

कचौराको बुबु रित्याउने दाउमा

चुपचाप चुपचाप घुरेर च्याइरहेको छ ।

बेला कुबेला टर्चलाइटझैँ टिल्ल झिलिल्ल पर्ने गरी

हेरिरहेको छ अत्यास लाग्ने सेता आँखा पल्टाएर

हात चाटीचाटी आफ्नै

शरीर सुम्सुम्याइरहेको छ ।

लुकाएर बोलीको म्याऊ भित्रभित्रै

कपटपूर्ण चालको पर्खाइमा 

अवसर खोजिरहेको छ, 

एकै सासमा झम्टा मार्ने

दुधमुखेलाई साँचेको

खान्कीको पुरानो स्वादमा पल्किएर

खेल खेलिरहेको छ 

खान्की समाप्त पार्ने 

हो, निदाएको बहानामा निःशब्द

मिठ्याएर जिब्रो टुलुटुलु हेरिरहेको छ

घुटुघुटु थुक निलिरहेको छ !

समयको निष्पन्दतामा 

परेवाको गञ्जतिर सायद 

हामफाल्न सोचिरहन्छ 

कलिला बचेरा नामेट पारेर 

एकै झम्टामा 

हाम पार्न खोजिरहन्छ ।

ओहो ! कति अभ्यस्त छ ऊ

पर्देशिने मानिसका बाटो काटेर

साइत बिथोल्न,

कति धूर्त छ ऊ

गुपचुप चुपचाप र दाउपेचमै

कसैको सामान हत्याउन÷फुत्काउन ।

ऊ बाटो हेरिरहन्छ

दसगजा र जंगेपिलर ढलाउने

मौका छोपिरहन्छ, 

कैले लिपुलेकदेखि लिम्पियाधुरासम्म

र कुनै बेला कालापानी र सुस्तामा

झम्टा मारिरहन्छ

हेप्नुको पराकाष्टामा 

अटेरमटेरमा मौकाबाजी नियालेर

उही कालो बिरालाको चालमा 

कुचेष्टा र अपशकुन भोगाइरहन्छ ।

भैरहन्छ निर्मम 

जन्मजात शत्रुझैँ बनिरहन्छ आक्रान्त

पु¥याइरहन्छ कुठाराघात 

मेरा संवेदनशील अंगमा 

बनाइरहन्छ मर्मान्तक 

मेरो अन्तस्करणमा 

भन उसले किन सताइरहन्छ मलाई ?

मादी, संखुवासभा


Views: 91

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)