13th December | 2019 | Friday | 4:13:33 PM

किरात धर्मगुरु आत्मानन्द र उँधौली पूजा

कमला आङदेम्बे   POSTED ON : मंसिर १६, २०७६ (११:२० AM)

किरात धर्मगुरु आत्मानन्द र उँधौली पूजा

किरात धर्मावलम्बीहरूको धर्मगुरु आत्मानन्द लिङ्देनज्यूको जन्म २०११ साल मंसिर १८ गते शुक्रबार शुक्ल पक्ष नवमी तिथि, पुनर्वसु नक्षत्र, कन्या लग्न, कुम्भ राशि, भव करण, सौम्य योगको शुभ मुहूर्तमा इलाम जिल्ला इभाङ ५, चुक्चीनाम्बाको अगौटे गाउँमा भएको हो ।

सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दका पनाति पिता पुण्यप्रसाद र माता चन्द्रमायाका जेठा छोराका रूपमा जन्मनुभएका आत्मानन्दलाई आमाको दूध नखाएकाले बाख्राको दूध खुवाएर बचाइएको हो । उहाँले कहिल्यै जाँड, रक्सी, मद, मांस जन्मसिद्ध सेवन गर्नुभएन । शिशु छँदै आमा दोस्रो विवाह गरी छाडेर गएकीले उहाँ बजू जोगमायाको काखमा हुर्कनुभयो । ब्रहृमचार्य सन्यासी व्रतमा बस्ने प्रतिज्ञा रहेकी महिलालाई ब्रतभंग गराई फाल्गुनन्दले आफ्नो भतिज टेकबहादुरसँग विवाह गराउँदा म तिम्रै कोखमा पुनर्जन्म लिन्छु भन्ने प्रतिज्ञाअनुसार आत्मानन्द पुनः अवतार हुनुभएको हो भन्ने बजू जोगमायाको भनाइ चिरस्मरणी छ ।

ज्योतिषीय नाम सोमबहादुर नाबालाक अवस्थादेखि नै अर्काको आत्मा देख्ने आत्मादर्शी भएकाले आत्मा–आत्मेबाट आत्मानन्द हुनु भएको हो । बालक इलामको माई, देवमाई र महामाईको बीच त्रिवेणी फुल्लुगीं पूण्य भूमिमा सिद्धि गरी तागेरा निंवाभूमाङ्को साक्षात्कार दर्शन पाइ आफ्नो अवतरणको शंखघोष गर्नुभएको हो । तागेरा निंवाभूमाङ्को दूत, मुहिगम अङसीमाङ फाल्गुनन्दको पुनः अवतारका रूपमा अधिकारिक घोषणा गरी किरात धर्मगुरुको आसनमा पदासीन हुन पुगी महागुरुको अपुरो कार्य पूरा गर्न वाणी दिँदै आफ्नो अवतरणको अर्थसार दिनुभएको छ । ब्रहृमाज्ञान प्राप्तिपश्चात् २०२७ भदौदेखि माघसम्म ६ महिना पाँच चेला भूलाका साथ पुनः तपस्या गरी दुईदुईपटक महासिद्धि शक्तिका ब्रहृमाज्ञानी आत्मानन्द त्रिकालदर्शी कालान्तरमा त्रिकालज्ञ भनी प्रख्यात हुनुभयो ।

तपस्या, ध्यानी आत्मासाधकीले ७ पटक कुम्भकर्ण फक्ताङलुङ दर्शन गर्नुभएको छत । दक्षिणमा महासागरसम्म तीर्थव्रत गर्नुभएको छ । गुरुले २०३२ साल माघ २३ गते पवित्रहाङमा साँवासँग देवविवाह गरी प्रणय बन्धनमा बाँधिइ चारपुत्र ६ सुपुत्रीका अभिभावक बन्नुभयो । अतिमहŒवपूर्ण क्षण २०५१ साल माघ ३ र ४ गते दुई दिन १००८ दियो कलश बालिएको दैविक विशिष्ट खुलामञ्चबाट दशौं हजार भक्तजनको बीचमा सार्वजनिकरूपमा विश्वका राजनीतिक, दैविक, धार्मिक, सांस्कृतिक, विश्व ब्रहृमाण्डमा घट्ने महाप्रलयजस्ता घटनाहरूको भविष्यवाणी गर्नुभयो ।

यस वाणीमा पृथ्वीको महाप्रलय, पुनर्सृष्टि, भारत पाकिस्तान युद्ध, भारत राज्य टुक्रिने, अमेरिकाको शक्ति घट्ने, युरोपियन राष्ट्रहरू चकनाचुर हुने, मानव विध्वंशकारी तेस्रो विश्वयुद्ध हुने, महा आँधीबेहरी, महाबज्र चट्याङ झर्ने, शक्तिशाली धर्महरू समाप्त हुने, महाभूकम्प आउने, सूर्यको ताप बढ्ने, हिमाल पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायब हुने, भयंकर महाअनिकाल हुने, शक्तिशाली राजाहरू समाप्त हुने, अदृष्यरूपी पचास आत्मायानहरू पृथ्वीमा झरेको, चीनमा जातीय युद्ध हुने र विश्वमा ५० लाखमात्र जनसंख्या रहने, अन्ततोगत्वा ज्ञानीहरूको ज्ञान र धनीहरूको धन पनि हराउने, विश्वमा एउटै सत्ययुग दर्शन सुरु हुने र विश्वले आफूलाई सोध्ने दिन नजिकिँदै छ जस्ता जनता, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय घटनाक्रमको लामो देववाणी बोल्नु भई विश्वप्रसिद्धि पाउनुभएको छ । नेपालका एकमात्र त्रिकालयज्ञ, आत्मादर्शी, आत्माज्ञानी, ब्रहृमाज्ञानी, ब्रहृमसमाधी प्राप्त ज्ञानगुरु, मुन्धुमी भाषामा ‘माङलिङ्मा, माङ्ओप्मा, माङ्केप्मा, तागेरा निङ्वाभूमाङ्केप्मा, मुहिगुम अङ्सिमाङ् माङ्धक कुधक’ हुनुभएको छ ।

उहाँकृत मिसन किरात धर्म तथा साहित्य उत्थान संघ किरात चोःत्लुङ अङ्सिमाङ्गेन्ना सेवामार्फत किरात धर्म दर्शन, संस्कृति, साम्जिक मुन्धुमहरू चीन, हङकङ, भारत, भुटान, बर्मा, युके अमेरिका, रुस, र अरबियन मुलुकसम्म फैलिएका छन् । २०५८ को राष्ट्रिय जनगणनामा ८,१८,१०६ जनाले किरात धर्म लेखाइ राज्यको चौथौं दर्जामा स्थापित राष्ट्रिय धर्मगुरु राष्ट्रिय शक्तिका रूपमा स्थापित हुनुहुन्छ । उहाँको गरिमामय नेतृत्वमा २०५७ साल कार्तिक २४–२६ किरात धर्म अन्तर्राष्ट्रिय प्रथम महासम्मेलन २०६७ चैत्र २१–२३ गते दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन त्रिदिवसीयरूपमा सम्पन्न भेलाले सात बुँदे काठमाडौं घोषणा पत्र जारी संसारसामु किरात धर्मको ज्योति, प्रकाश पार्नुभई किरात धर्मलाई अन्तर्राष्ट्रियकरण गर्न सफल हुनुभएको छ । जहाँ १० मुलुकको सहभागिता थियो ।

सिद्धिशक्तिका संवाहक ज्योतिपुञ्ज योगदर्शीको जन्मभूमि चुक्चीनाम्वामा भए पनि कर्मभूभि माङ्सेवुङ बनाउनु भएको धर्मगुरुको मूल उद्देश्य मानव मोक्ष, शान्ति र मानव एकतामा आधारित छ । ठूला वडाको आदर, सानुलाई कदर र शत्रुलाई पनि माया गर्नुपर्छ । राज्य सञ्चालन शासन, प्रशासन र अनुशासन पक्रियामा सन्तुलन ल्याउन र मानव जीवनलाई महामानव धरातलमा रूपान्तरण गर्न आदिम अध्यात्म, साम्यवादबिना सम्भव छैन, राज्य ब्रेडले नभई ब्रेनले र ब्रहृमाज्ञानले सञ्चालन गर्नुपर्छ, यही तागेरा निङ्वाभूमाङ्को ूुलसन्देश बताउनुहुने गुरुको सत्य, अहिंसा, दया र शान्ति नै हाम्रो अस्त्रशस्त्र र धर्म हो । धर्मलाई आध्यात्मसँग, आध्यात्मलाई विज्ञान एवं विश्व ब्रहृमाण्डसँग जोडेर भौतिक मानव कसीमा अवतरण गर्नु योगीजन धर्मगुरुहरू र राज्यधिकारहरूको साझा कर्तव्य भएकाले संसारमा देवविद्या र राजविद्यानै सर्वश्रेष्ठ सर्वशक्तिमान् तŒव हुन् । त्यो भन्दा अदृश्य शक्ति ईश्वरीय शक्ति अजेय हुन्छ भन्ने धारणा गुरुदेवको उचाइ गहिराइ रहस्यमय छ ।

गुरुदेवको वरद नेतृत्वमा देशभित्र र बाहिर सयौं मन्दिरहरू स्थापित भइसकेका र इलाम बाँझो–९ माङ्सेबुङ केन्द्रीय धार्मिक स्थलमा आरोग्यशाला, योगशाला, ध्यानशाला, मुन्धुमशाला, ज्योतिषशाला, विज्ञानशाला, ज्ञानशाला, जपशाला, तपशाला, शिक्षाशाला, दीक्षाशाला आदि भव्य मन्दिर निर्माण गरी मुन्धुमहरू प्रतिपादन गर्ने पूर्वतयारीमा लागिपर्नुभएका गुरुको ब्रहृमविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउन सके नेपाल, नेपालीजनता र विश्व मानव सौभाग्यशाली बनेर र अमनचयन कायम गरी सुःख शान्तिले बाँच्न पाउने छौँ ।

भाषा, लिपि, धर्म, संस्कृति र इतिहास हाम्रो पहिचान हो भन्ने धर्मगुरुको लाखौँलाख संख्यामा आबद्ध छन् र हजारौँ अनुयायी माङ्सेवासावाहरू पुजारी, पण्डित, पुरोहितहरू उत्पादन भएका छन् । उहाँको जन्मदिनसँगै अर्को महŒवपूर्ण चाड किरात पर्व, उँधौली पूजा पनि मानिन्छ ।

किरात पर्व उँधौली पूजा

किरात जनजातीय संस्कृतिक दुई महŒवपूर्ण उँधौली र उँभौली चाड प्रकृतिमय छन् । उँधौली पूजालाई मुवेक्वा चेःसोक सेवाको विशिष्ट स्थान छ । किसानवर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा निङ्वाभूमाङ्लाई चढाउने प्रचलन नै कालान्तरमा उँधौली वन्न गएको ऐतिहासिक पर्वसँगै आत्मानन्द जन्मोत्सव एक सिक्काका दुई पाटा भई स्थापित भएर मनाउन लागिरहेका छन् ।

यही पुण्यतिथिमा आध्यात्मिक भविष्यदर्शी, महाज्ञानी, अलौकिक शक्तिका संवाहक किरात धर्मगुरु आत्मानन्द सेइङको ६६ औं जन्मोत्सव तथा उँधौली चाड २०७६ मंसिर १८ गतेका दिन किरात धर्मावलम्बीहरूको घर आँगनमा कोसेढुंगा साबित गराउन मंगलमय शुभकामना सन्देश बोकेर सम्माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख आतिथि र उपनेता सुवासचन्द्र नेम्बाङको विशिष्ट अतिथिका रूपमा आउनुभई मनाउने पूर्ण तयारीमा बीसौं हजार भक्तजनहरूको माझमा धर्मगुरुको नुमाङ्गेन्ना शुभजन्मोत्सव एवं उँधौली चेःसोक सेवामा गरिमामय आवागमन हुने अवसरले लोकतान्त्रिक मुलुक वास्तविक समावेशी साबित भएको छ ।

जीवस्व शरदःशतम्

नित्य शुद्ध निराभासं निराकारं निरञ्जनम् ।

नित्य बोध चिदानन्दं गुरोब्रहृमा नमाम्यहम् ।।

मेन्निमाङ मेन्धमाङ निस्सेःमाङ सेक्खामाङ कुनोमाङ आनोमाङ तागेरा निङ्वाभूमाङ् इङघङ केसेःबा मुहिगुम अङ्सिमाङ् फाल्गुनन्द रे चइत्नारा, इत्थुङ्गेन् याङ्मोकुनारा केधान्छिङ्वा, थाकथाकु आत्मानन्द सेइङ् माङधङकुधक, ङासिगेन कुयाम्वेकुधक्खेओ, नोमावातामावा, माङ्वाहाङ्वा कुङ्मा, माङ्सीहाङ्सिङ् कुसिङ्निप्मा माङ्लिङ्मा माङ्केप्मा माङ्ओप्मा ओत् तागेरा निङ्वाभूमाङ् केप्मा हुक्से हुक्फाक नोनिङ्वा तोन्दुङ्लो । शान्ति, सेवारो, तियाहा, जय ।

धर्मगुरु आत्मानन्द– चिरायु रहून् !

किरात धर्मको– जय !!


Views: 65