13th December | 2019 | Friday | 3:39:24 PM

राजाको नाच र ‘अगुवा’ को छटपटी

स्वयम्भूनाथ कार्की   POSTED ON : मंसिर १६, २०७६ (११:२१ AM)

राजाको नाच र ‘अगुवा’ को छटपटी

पाखा लगाइएका नेपालका राजा बेलाबेलामा चटक झिक्छन् । केही समय चर्चाको चुली पसग्छन् र एकाएक गुप्तवासमाजान्छन् । केही दिनपछि फेरि एकाएक चर्चामा आउँछन्, त्यो पनि पारिवारिक समारोहमा नाच्दै रमाउँदै । एक व्यक्तिसरह, एक सम्पन्न परिवारसरह उनी रमाएको, हा“सेको नाचेको आफैँलाई अधिकारकर्मी भन्ने एक–दुई जनालाई औडाहा हुन्छ । हुन त नेपालमा नागरिक समाजको अगुवा, अधिकारकर्मी आदि हुन कुनै मापदण्ड पूरा गर्नु पर्दैन । केवल केही ठूला भनिने सञ्चारमाध्यमहरूको कृपा भए पुग्छ । उनीहरूले नागरिक अगुवा, नागरिक समाजको सदस्य भनिदिएपछि भइगयो । 

आजकल त त्यो पनि आवश्यक छैन, युट्युबेहरूको ध्यान ताने पुग्छ । उनीहरूको कमाइका निमित्त भरसक झगडा गर्ने, सम्बन्धित असम्बन्धित कुराहरू एकोहोरो भट्याउने स्वघोषित विदुषकहरूलाई अनौठा पदवी दिएर, राजनीतिक विश्लेषक बनाएर युट्युबेहरू कमाइ गर्छन् । यता युट्युबेको कमाइ उता स्वघोषितको चर्चा, दुवैलाई फाइदा । 

यो नयाँ प्रवृत्तिले आन्दोलनताका सञ्चारमाध्यममा छाएका, चर्चाका चुलीमा पुगेकाहरू अगुवाहरू अचेल चर्चाविहीन भएका छन् । पहिले पहिले जस्तो जे घटना भए पनि उनीहरूलाई टेलिभिजनका संवाद कार्यक्रममा बोलाउन छोडिसकिएको छ । उनीहरूले जुन ‘सुनौलो भविष्य’ देखाएर जनता मख्ख बनाएका थिए त्यसको कुनै छनक देखिएको छैन । ‘नाफा गर्ने चुत्को साउँसमेत फुत्क्यो’ भन्ने अवस्थामा जनता पुगेका छन् । बिस्तारै जनताले उनीहरूलाई ठगजस्तो व्यवहार गर्न थालिसकेका छन् । अनि फस्टाएका छन् नयाँ ‘अगुवा’ ।

राजनीतिक नेताहरूलाई जनताले करिब करिब दुत्कारेका थिए । उनीहरूको आन्दोलनमा सय जना पुग्न पनि हम्मेहम्मे भएको थियो तिनीहरूको जमानी यस्तै नागरिक समाजका अगुवा, अधिकारकर्मीहरू बसेका थिए । यो कुराको प्रमाण त्यसबेलाका समाचार संग्रहहरूमा भेट्न सकिन्छ । उनीहरूका सबै कुरा जनताले पत्याए, आफ्नो मनबाट निकालिसकेका नेतालाई फेरि मनभित्र बसाए, उनीहरूलाई सत्तामा पु¥याए तर जनताले के पाए ?

पाखा पारिएका राजालाई मान्नुपर्छ, हिजो पनि यस्ताहरूलाई चर्चा कमाउन उनैले विषय दिएका थिए । वर्तमानमा पनि तंग्रिन उनैले विषय दिएका छन् । कुरो ठूलो पनि होइन, धेरै चर्चाको शिखरमा भएपछि एकाएक गुप्तवास सरह बसेका राजा निकै लामो अन्तरालमा सार्वजनिक स्थलमा देखिए । ठमेलको कुनै डिस्कोमा सपरिवार पुगे । आफ्नो रुचिको गीतमा रमाए, नाचे केहीबेर रमाइलो गरे अनि फर्के ।

हो, उनको रुचिको गीत ‘कान्छाले कान्छीलाई लग्यो, वनको बाटो लाल्टिन बालेर’ थिएन । उनको रुचि ‘रातो र चन्द्र सूर्य’ थियो जो त्यसबखत रात्रि क्लबमा बज्यो । लामो समयदेखि कुनै विषय नपाएर खुम्चेर बसेका आफूलाई अधिकारकर्मी हौँ भन्नेहरूलाई मानौँ यसले खजानै प्राप्त भयो । गद्दीमा हु“दा पनि राजा साधारण मान्छे नै हुन् भन्ने गरेका उनीहरूलाई यो कुरा राजोचित लागेन । 

राजोचितमात्र नलागेको मात्रै होइन ठमेलको रात्रि क्लबमा सपरिवार रमाइलो गर्दा राजाले प्राप्त गणतन्त्रविरुद्ध षडयन्त्र गरेको देख्न पुगे । अनि सुरु भयो लामो एकालाप, निन्दा पुराण, हुन त यो उल्लेख गर्न जरुरी थिएन भन्दै जाने जतिको आरोपको बौछार । मानौँ राजाले त्यो पनि गद्दीबाट हटाइएका राजाले हा“स्न हुँदैनथ्यो । उनी नाच्न हुँदैनथ्यो । उनको रमाउन पाउने अधिकार छैन । अझ नाच्दा कोट फुकालेको त अपराध नै भयो । मानाँै, डिस्कोमा नाचेरै उनले आफ्नो सत्ता फर्काउने भए । 

पाइण्टमा ग्यालिस लगाएका राजालाई ‘मेरा नाम जोकर’ का राज कपुर नै देख्न पुगे । योभन्दा बौद्धिक दरिद्रता अरू केही हुन्छ र ? आज तिनको कुरा नै जनता सुन्न चाहँदैनन् । धेरै जनता राजसंस्था पाखा लगाउने कामको पुनरावलोकन गर्न चाहन्छन् । यस्तै किसिमका विचार, तर्क विर्तकहरू सबैजसो जमघटमा शून्य समयको विषय हुन्छ । यस अवस्थामा ‘भदौमा आ“खा गुमाएको डिंगो’ जस्तै सधैँ हरियो देखेर हुन्छ र ? 

के लेख्दैछु के बोल्दैछु भन्ने ख्याल पनि नभएकाहरू आफ्नै प्रयत्नले राजालाई सबै किसिमको जिम्मेवारीबाट मुक्त गरिएको भुल्छन् । गणतन्त्रको झण्डै १२ वर्षपछि राजाले लिपुलेकका बारेमा के बोले भनेर खोज्छन् भने तिनीहरूको बुद्धिस्तरमा दयामात्र गर्न सकिन्छ । हो, यदि राजाले बोल्नुपर्ने र गर्नुपर्ने हो भने फेरि गद्दीमा राख अनि प्रश्न गर । होइन भने देशको कानुनअनुसार उनको हैसियत आम नागरिकसरह हो । अनि किन तर्सिनु ?

अहिले आफ्नो कुनै क्रियाकलापले कतै नेपालको संविधान उल्लंघन नहोस् भनेर हमेसा सावधान राजालाई कुन हैसियतले प्रश्न गरेको हो ? संसारको कुनै पनि मुलुकको इतिहासमा राजालाई भूपू या पूर्व भनिएको छैन । तर, यो मुलुकको संविधान मान्ने एकमात्र नागरिकका रूपमा राजाको सचिवालयबाट निक्लने विज्ञप्तिमा पूर्व लेखिएको हुन्छ । के यो संविधानको सम्मान होइन ? 

राजालाई नेपालमा बस्न दिएका छौँ भनेर यस्ता अगुवाहरू अर्को हास्यास्पद कुरा पनि गर्ने गर्छन् । तत्कालीन गृहमन्त्री त्यो पनि निर्वाचनमा पराजित गृहमन्त्रीलाई राजाले सोधेका होइनन् मलाई कुन स्थान दिन्छौ, वास कहाँ दिन्छौ भनेर ? यो कुरा राजाले होइन तिनै निर्वाचन पराजित कृष्ण सिटौलाले लगातार भन्दैछन् त । त्यसमाथि नारायणहिटी छोड्ने बेलामा गरेको पत्रकार सम्मेलनमा म कुनै हालतमा नेपाल छोड्दिनँ, ममाथि अन्यायपूर्णरूपले लगाएका आरोपहरू जाँच गर । श्रीपेच र राजदण्ड अन्नतकालसम्म नासो राख भनेर बुझाएका हुन् । राजालाई नेपालमा बस्न दिएको होइन कि नेपाल निकाला गर्न नसकेको भने हो । घटनाक्रम, तथ्य अनि त्यसको विश्लेषणले प्रष्ट बताएको कुरा भने यही हो ।

पाखा लगाइएका राजाको हैसियतले प्राप्त सबै सम्पत्ति नेपाल ट्रष्टमा सारिएको छ । नेपाल ट्रष्टबाट त्यस्ता सम्पत्ति बिक्री–वितरण भइरहेको हल्ला पनि बेलाबेलामा आउने गरेको छ । स्वयं नेपालको इतिहासको धरोहर भएको नारायणहिटी दरबार संग्रहालयमा परिणत गरिएको छ । त्यतिमात्र होइन अब त्यहा“ रेष्टुरेण्ट र होटल खोलिने भन्ने हल्ला पनि व्याप्त छ जसमा सरकारको कुनै किसिमको प्रतिक्रिया आएको छैन ।

त्यसमाथि केहीले भने अहिले सबैभन्दा धेरै कर तिर्ने व्यावसायिक प्रतिष्ठान भएका राजालाई मगन्तेका रूपमा प्रक्षेपण गर्दैछन् । लाग्छ, नेपालमा नया“ आदर्श मापदण्ड बनेको छ । त्यसअनुसार धन नै महŒवपूर्ण हो, त्यसको तुलनामा आदर्श, स्वाभिमान आदि तुच्छ कुरा हुन् । यस्तै किसिमका कुराहरू संलग्न भएर स्वघोषित अधिकारकर्मीहरूको लेख विवेचना आउने गर्दछ । आफूलाई अगुवा भन्नेहरूको योभन्दा ठूलो पतन अरू के हुनसक्छ र ?

गद्दी खोसिएका राजाले पनि बुभ्mनुपर्ने हो कि अब उनलाई सा“च्चै देशको माया भए आफ्नो कुरा स्पष्ट गर्नुपर्छ । अब जनता के चाहन्छन् भनेर भन्ने छुट उनलाई छैन ? यत्रा वर्षमा जनतासँग पक्कै अन्तक्र्रिया भयो होला । भएको छैन भने अब हुनुपर्छ । कुना लाग्ने हो भने अब प्रष्ट भन्नुपर्छ म मेरो व्यवसायमा सीमित हुन्छु भनेर । 

होइन देश दुख्छ भने अब जनताले के भनेको छ आपूmले के गर्न सकिन्छ त्यहीअनुसार आपूmलाई प्रष्ट गर्नुपर्ने हुन्छ । अन्यौल र द्विविधा हटेमा जनताले आफैँ मुलुक बचाउन के गर्नुपर्ने हो त्यो गर्नेतर्पm लाग्ने छ । रहृयो गालीको कुरा, त्यो त अहिलेको अवस्थामा पनि बन्द त भएको छैन । जनताका नाममा आफू आउन सक्ने आशयका अभिव्यक्तिको कुनै अर्थ छैन । जनतालाई साँच्चै राजा नै चाहिने रहेछ भन्ने भयो भने खोजेर पनि ल्याउँछन् । 

बेलाबेलामा समर्थकहरूमा उत्साह छर्ने त्यसपछि कछुवाले सबै अंग लुकाएजस्तो आफ्नो खोलभित्र पस्ने काम राष्ट्रहितको होइन । राष्ट्रको परिप्रेक्ष्यमा दश–बाह्र वर्ष ठूलो कुरा होइन भन्ने आदर्श वाक्य त बोल्न सकिन्छ तर राजा महेन्द्रको ११ वर्ष १ महिना १६ दिनको कार्यकालले त्यसो भन्दैन । अहिले पनि त्यसबेला तुलनात्मकरूपले २०१७ देखि २०२७ सम्मका कार्यका विवरण दिएका दस्ताबेज अभिलेखालयमा कतै हुनसक्छन् । त्यसले बताउँछ दश वर्षले मुलुकको आधारभूत विकासको निमित्त कत्रो महŒव राख्छ । 

त्यसपछि यता आएर दश वर्षको अवधिमा भएका जनताले भोगेका आर्थिक सामाजिक विचलनहरूले पनि यो कालखण्ड सानो होइन भन्ने बुझाउँछ । आन्तरिक राजस्वमा दर दायरा भन्दै अत्यधिक वृद्धि हु“दा पनि प्रशासनिक खर्चको ८० प्रतिशतमात्र त्यसले बोक्ने अवस्था सत्ताधारी अनि यस्तै अधिकारकर्मीका निमित्त उत्साहजनक होला तर अरूका निमित्त भने होइन । 

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 107