24th February | 2020 | Monday | 9:22:12 AM

उपनिर्वाचन : चेतनाको घण्टी

  POSTED ON : मंसिर २८, २०७६ (१०:५६ AM)

उपनिर्वाचन : चेतनाको घण्टी


श्रीमन्नारायण

भर्खरै सम्पन्न उपनिर्वाचनका परिणामहरूले देशको राष्ट्रिय राजनीतिक परिदृष्यमा ताŒिवक असर पार्ने छैन तर जसरी एउटा छात्रका निम्ति अन्तिम परीक्षामात्रै होइन, त्रैमासिक र एकाइ (मासिक) परीक्षाको पनि महŒव हुने गर्छ त्यसरी नै प्रत्येक सक्रिय राजनीतिक दलका निम्ति एउटा सानो वा ठूलो निर्वाचनको पनि महŒव हुने गर्छ । देशमा हालै सम्पन्न केही उपनिर्वाचनहरूको परिणामलाई सोही सन्दर्भमा हेर्न सकिन्छ । यस उपनिर्वाचनको परिणाम पनि मिश्रित नै रहेको छ । कुनै एउटा राजनीतिक दलले आपूmलाई मात्रै शक्तिशाली र सफल मान्ने अवस्था छैन । तर, पनि नेपाली कांग्रेसका निम्ति यो उत्साहजनक पक्कै पनि हो । 


सत्ताधारी नेकपाले कास्कीको प्रतिष्ठापूर्ण प्रतिनिधि सभा निर्वाचनको सिट पुनः आफैँमा कायम राख्न सफल भएको छ । पार्टीका प्रभावशाली नेता रवीन्द्र अधिकारीको आकस्मिक निधनका कारण रिक्त भएको स्थानमा पार्टीले उनकै पत्नीलाई उम्मेदवार बनाएको थियो । बलियो संगठन र पार्टीको आन्तरिक एकताका कारण पार्टीले यो सिट पुनः जित्न सफल भएको छ । कास्की जिल्ला पनि नेकपा (पुरानो एमाले) को बलियो जनाधार भएको क्षेत्र मानिन्छ । नेपाली कांग्रेसले यहा“ गुमाउनुपर्ने केही थिएन । उसले चुनाव जित्ने सम्भावना पनि थिएन । 

सत्ताधारी नेकपाले दाङको प्रतिनिधि सभा क्षेत्र ३ को ‘ख’ प्रादेशिक सभा सिट पनि पुनः हासिल गर्न सफल भएको छ । त्यसैगरी बागलुङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को प्रादेशिक सभा ‘ख’ का लागि भएको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले सफलता हासिल गरेका छन् । यो परिणाम पनि अपेक्षित नै थियो । 

सत्ताधारी नेकपाका लागि प्रतिष्ठाको सिट मानिएको भक्तपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को ‘क’ बाट कांग्रेसले चुनाव जित्नु सत्ताधारी दलका निम्ति चिन्ताको विषय हुनुपर्छ । नेकपा र नेमकिपाको मजबुत गढ मानिएको यस क्षेत्रमा कांग्रेसका कृष्णलाल भडेलले २ हजारभन्दा बढीको मतान्तरले चुनाव जितेका छन् । यस क्षेत्रमा नेकपाले २०७४ को आम निर्वाचनको तुलनामा १५ सय मत गुमाउन पुगेको हो । जब कि, नेकाले भने अढाइ हजार जति बढी मत ल्याएको हो । नेमकिपाले २५ सय जति मत गुमाउनुप¥यो । कांग्रेस निम्ति यो सफलता ऐतिहासिक हो र आगामी दिनमा भक्तपुरमा पार्टीलाई आप्mनो जनाधार विकसित गर्न यो ऊर्जादायक साबित हुनेछ । 

त्यसैगरी, पञ्चायतकालदेखि नै धरानको नगरप्रमुखमा वामपन्थी समर्थक उम्मेदवार चुनाव जित्दै आएका थिए । यसपटक कांग्रेसले कम्युनिष्ट पार्टीको बलियो जिल्लालाई ध्वस्त पार्दै यहाँ कब्जा जमाएको छ । धरान उपमहानगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसको जित यस पार्टीका निम्ति ठूलो सफलता हो भने सत्ताधारी नेकपाका निम्ति ठूलो पराजय । धरानमा भएको पराजय नेकपाका लागि अनपेक्षित नै थियो । 


स्थानीय तहको उपनिर्वाचनमा सत्ताधारी नेकपाले आप्mनो पार्टीले विगतमा जितेको १८ सिटलाई सुरक्षित राख्दै थप नया“ ८ स्थानमा सफलता हासिल गरेको छ भने यसले आफ्नो पुरानो ६ सिट गुमाउनु परेको छ । प्रदेश २ को प्रादेशिक राजधानी जनकपुरधामको नजिक रहेको महोत्तरीको पिपरा गाउ“पालिकामा नेकपाका विक्रम चौधरी राजपाका उम्मेदवारलाई पराजित गर्दै यो गाउँपालिकाको अध्यक्ष पद हासिल गर्न सफल भएका छन् । 

नेपालको राष्ट्रिय राजनीतिमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका दिग्गज राजनीतिज्ञ भद्रकाली मिश्र तथा रामनारायण मिश्रको यस गृह क्षेत्रमा नेकपाको सफलताले दूरगामी प्रभाव पार्नेछ । वर्तमानमा पनि राजपा नेपालका कथित दिग्गज नेता महन्थ ठाकुरको यो संसदीय निर्वाचन क्षेत्र तथा गृहनगर पनि हो । दुई वर्षअघि भएको निर्वाचन यहा“का जनताले प्रतिनिधि सभामा महन्थ ठाकुरलाई र प्रादेशिक सभाको दुईवटै क्षेत्रमा राजपाका उम्मेदवारहरूलाई नै विजयी गराएका थिए । हाल यहा“का विधायक प्रादेशिक सरकारमा राज्यमन्त्री पनि छन् । विगतमा यहा“बाट राजपाका उम्मेदवार नै गाउ“पालिका अध्यक्षमा पनि निर्वाचित भएका थिए । 

निर्वाचन परिणामपछि कतिपयले समाजवादी पार्टीसित एकीकरण भएर अथवा मोर्चा बनाएर चुनावमा गएका भए चुनाव जितिन्थ्यो कि भन्ने अनुमान गरिरहेका छन् तर राजपाका ६ वटै नेताले आआप्mनो नेतृत्वमा पार्टी खोलेर सञ्चालन नगरेका होइनन् । पार्टी चलाउन नसकेपछि एकजुट भएका हुन् । यस एकताबाट पनि ऊर्जा प्राप्त नभएपछि दुई वर्षअघि भएको प्रतिनिधि सभा तथा प्रादेशिक सभा निर्वाचनमा पार्टीले उपेन्द्र यादवको नेतृत्वको कदर गर्दै र उनको पार्टीलाई ठूल्दाइ ठानेर त्यसको जुनियर पार्टनर भएर सरकारमा सहभागिता जनाएका छन् । राजपाले प्रदेश २ को ३२ प्रतिनिधि सभा सिटमध्ये १७ फोरमलाई र प्रादेशिक सभामा पनि फोरमलाई नै बढी सिट दिनु यसैको प्रमाण थियो । 

हाल समाजवादी पार्टीका अध्यक्षको नेतृत्वलाई स्वीकार गरेर पार्टी एकीकरण गर्ने प्रयास भइरहेको छ । कथं कदाचित यसबाट पनि चुनावी सफलता हात लागेन भने भोलिका दिनमा अझ बढी सफलताका लागि नेका अथवा नेकपासित पार्टीको विलय गराइने अवस्था पनि आउन सक्छ किनभने राजपा नेपाल प्राविधिक कारणले मात्रै राजनीतिक पार्टी हो । यस निर्वाचनमा राजपाले आफ्नो दुईवटा पुरानो वडाध्यक्षको पर्द कायम राख्न सकेको छ भने एक स्थान गुमाएको पनि छ । 

कपिलवस्तुमा स्वतन्त्रबाट एउटा सिट खोस्न पार्टी सफल भएको छ तर पिपरा गाउ“पालिकाको अध्यक्षको पद गुमाउनु उसका निम्ति ठूलो क्षति हो र यसको असर आगामी संसदीय निर्वाचन तथा प्रादेशिक सभा निर्वाचनमा पनि पर्ने निश्चित छ । राजपाले रौतहटको गढीमाई नगरपालिकाको एउटा वडा कायम राख्न सकेन । दुई वर्षअघि भएको निर्वाचनमा राजपाले जितेको यस वडामा उपनिर्वाचनमा पार्टीले १६ मतमात्रै पाउन सक्यो ।

समाजवादी पार्टीका निम्ति यो उपनिर्वाचन अपेक्षाकृत उत्साहप्रद साबित भयो । पार्टीले आप्mनो पुराना दुईवटा सिट कायमै राख्नुका साथै सर्लाहीमा नेकपाले जितेको तथा बारामा नेपाली कांग्रेसले जितेको वडालाई आप्mनो कब्जामा लिएको छ । रौतहटको सिट राजपाभन्दा पनि बढी समाजवादी पार्टीका निम्ति प्रतिष्ठाको विषय थियो किनभने यहा“ मुख्यमन्त्रीको पनि जनसभा भएको थियो तर पार्टी तेस्रो स्थानमा खुम्चिन पुग्यो । विगतमा राजपाका उम्मेदवार निर्वाचित भएका थिए । तर, उनको निधनपछि उनका छोरा समाजवादी पार्टीमा प्रवेश गरेका थिए । राजपा र समाजवादी पार्टी एकजुट भएर चुनाव लडेको भए पनि पार्टी यहा“ तेस्रो स्थानमै रहने थियो । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका निम्ति पनि यो चुनाव खासै निराशाजनक रहेन । पार्टीले भक्तपुरमा प्रादेशिक सभाको एउटा सिट नेकपाबाट खोस्न सफल भयो भने धरान उपमहानगरपालिकामा मेयरको पद हात पा¥यो । कांग्रेसका निम्ति यो ठूलो सफलता हो । स्थानीय तहमा उसले विगतमा जितेका तीनवटा वडाध्यक्षका पदमात्रै पुनः कायम राख्न सफल भएको छ । जब कि, हुम्लाको खार्पुनाथ गाउ“पालिकाको उपाध्यक्षको पद गुमाउनुप¥यो । कांग्रेसले विगतमा जितेका ९ वडा गुमाउनुपरेको छ । यो पराजयमा नेकपा एकीकरणको पनि प्रभाव छ । पार्टीले अरू दलहरूबाट वडाध्यक्षका सातवटा पद खोस्न सफल भएको छ । 

नेकपा नेतृत्वको संघीय सरकार तेस्रो वर्षमा प्रवेश गर्दैछ । प्रधानमन्त्रीको अस्वस्थताको प्रभाव एकातिर देखिएको छ तर यसले संघीय सरकारप्रतिको जनताको धारणामा परिवर्तन आउन सकेको छैन । कास्कीको निर्वाचन परिणामले यसलाई प्रमाणित पनि गरिदिएको छ । भक्तपुरको पराजयलाई स्थानीय कारण मान्न सकिन्छ । नेकाको सफलता उसको निरन्तरताको जनसम्पर्कको उपहार हुन सक्छ । समाजवादीको सफलताले पार्टी सरकारमा हुनु, नहुनुको अर्थ राख्दैन । वडास्तरमा स्थानीय समस्या बढी प्रभावकारी हुने गर्छन् । फेरि, प्रत्यासीको व्यक्तिगत, व्यवहार, स्वभाव र आचरण तथा जनसम्पर्कको पनि महŒव हुने गर्छ । 

सामाजिक र जातीय कारण पनि हुन्छ । तर, राजपा नेपालले महोत्तरीको पिपराजस्तो गाउ“पालिका आफ्नो पक्षमा कायम राख्न नसक्नु उसका लागि ठूलो धक्का हो । यहा“ पनि समाजवादी पार्टीले राम्रो प्रदर्शन गरेको छ । नेकपा पहिलो, समाजवादी पार्टी दोस्रो र राजपा तेस्रो स्थानमा पुग्नु राजपालाई चेतावनी हो । तीनजना यादव जातिका उम्मेदवार कडा प्रतिस्पर्धामा देखिएर पनि यादवले नै जित्नुलाई सामान्य अर्थमा लिनुहु“दैन । यसलाई जातीय कारणमात्र मान्न सकिँदैन । उम्मेदवारको सक्रियता, योग्यता र क्षमतालाई पनि यसको कारण मान्नुपर्दछ । जीत एक्लो हुन्छ तर हारका हजार कारण हुन्छन् । हार्नेले समीक्षा गर्नुपर्दछ ।


उपनिर्वाचनको परिणामले राजनीतिक परिदृष्यमा कुनै फरक नपारे पनि सबै राष्ट्रिय पार्टीका लागि चेतनाको घण्टी बजाइदिएको छ । घण्टीको आवाज राम्ररी पहिचान गरेर अघि बढ्न सके भने सबैले आआफ्नो पक्ष सुदृढ गर्न सक्नेछन् । 


Views: 111

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)