24th February | 2020 | Monday | 8:52:20 AM

बदलिँदो परिस्थितिमा हाम्रा विश्वविद्यालय

डा. सुमनकुमार रेग्मी   POSTED ON : पुष २, २०७६ (९:४७ AM)

बदलिँदो परिस्थितिमा हाम्रा विश्वविद्यालय

नेपालका विश्वविद्यालयहरूले बदलिँदो परिवेशमा विश्वविद्यालय प्रणालीमा सुधार गर्न आवश्यक छ । नेपालका विश्वविद्यालयको सुधार सम्बन्धमा विविध पक्षहरूको अध्ययन हुनुपर्छ । यसो गर्नाले विश्वविद्यालयका वर्तमान समस्या पहिचान एवं समस्याको विश्लेषण गर्न मद्दत पुग्छ र बदलिँदो परिवेशअनुसार अघि बढ्न सहयोग पुग्छ । यसले गर्दा नेपालको समग्र शिक्षा प्रणाली नै एउटा सही मार्गमा हिँड्न सक्छ । 

नेपालका विश्वविद्यालयहरूका क्याम्पसका विद्यार्थीले आफूले आर्जन गरेको ज्ञान समुदायमा लगिरहेका छन् । समुदायसम्म ज्ञान पु¥याउन नेपालका विश्वविद्यालयले अनुसन्धान कार्यमा जोड दिएका छन् । समाजलाई नवीनतम ज्ञान प्रदान गर्न नेपालका विश्वविद्यालयले बेलाबेलामा पत्रपत्रिका–जर्नल प्रकाशन गर्ने गरेका छन् । नेपालका विश्वविद्यालयलगायत यिनका शिक्षण संस्थाहरूले समुदायलाई सचेत पार्न एवं प्रगतिशील समाज निर्माण गर्न प्रयत्न गरेका छन् । विद्यार्थीहरूमा ज्ञानको भण्डार बढाउन विभिन्न व्यावसायिक शैक्षिक गतिविधि सञ्चालन गर्ने गरेका छन् । 

नेपालमा विद्यार्थीहरूमा नयाँ–नयाँ खोज र आविष्कारप्रति रूचि जगाउन उनीहरूलाई अनुसन्धान एवं सिर्जनात्मक काममा लगाइन्छ । उच्च शिक्षालगायत अन्य तहको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउँन सधैं क्रियाशील छ । नेपालका सबै विश्वविद्यालयहरूले देशबाहिरका विद्यार्थीलाई आकर्षित गर्नेगरी विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने गरेका छन् । 

नेपालमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक तथा प्रशासनिक जनशक्ति उत्पादन गर्न लगानी गर्ने गरिएको छ । यी विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान उपयुक्त तरिकाले व्यावहारिक बनाउँदै समुदायमा शिक्षाप्रति आकर्र्षण बढाइरहेका छन् तैपनि शैक्षिक कार्यक्रमलाई प्रत्यक्ष आयआर्जनसँग जोड्न सकेको देखिँदैन । हाम्रा विश्वविद्यालयले उपयुक्त सीपसहितको व्यावसायिक शिक्षाका माध्यमबाट समाजको आवश्यकता र चाहना पूरा गर्नेतर्फ कोसिस गरिराखेका छन् । 

नेपालमा सामान्य सीपयुक्त शिक्षा प्रदान गर्ने कामबाट क्रमशः फड्को मार्दै ज्ञान एवं शिक्षा क्षेत्रको सञ्चालन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने कार्य अगाडि बढ्दैछ । नेपालमा आधुनिक समाजको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक पर्ने सूचना तथा सञ्चार प्रविधिको विकासमा ध्यान दिइएको देखिन्छ । नेपालका विश्वविद्यालयले देश र आवश्यक श्रम बजारका लागि उपयुतm जनशक्ति तयार गरिरहेका छन् । समुदायमा उचित राजनीतिक संस्कारको विकास गर्न नेपालका उच्च शिक्षासम्बन्धी संस्थाले योगदान पु¥याइराखेका छन् । नेपाली विश्वविद्यालयहरूले शैक्षिक कायक्रम तथा दक्षतामार्फत समाजले शिक्षाबाट आशा गरेअनुरूप पूरा गर्ने प्रयास गरेको छ । 

नेपालमा नैतिक शिक्षाको माध्यमबाट समाजमा असल चरित्रका नागरिकहरूको उत्पादनको प्रयास गरिएको छ । यस्ता शिक्षण संस्थाले विपन्न तर तीक्ष्ण विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसरी राष्ट्रप्रेमी नागरिक उत्पादनमा जोड दिइएको छ । समग्र नेपालको विकास गर्न सहयोग गर्नसक्ने सक्रिय नागरिकहरू उत्पादनमा सधैँ केन्द्रित गरेको छ । सधैँ सहनशील, राष्ट्रप्रेमी, मानवतावादी नागरिक उत्पादनमा जोड दिइएको छ । हाम्रो राष्ट्रिय संस्कृतिलाई विश्वव्यापीकरण गर्नु आजको आवश्यकता हो । यसमा सहयोग पु¥याउने नागरिक उत्पादन शिक्षाको लक्ष्य हुनुपर्छ ।

नेपालका क्याम्पसहरूमा विद्युतीय सञ्चारसहितको उपयुक्त एवं उपयोगी पुस्तकालयको व्यवस्था गर्न लागिएको छ । जुन वर्तमानको मागअनुरूपको शिक्षा हो । विद्युतीय सञ्चारमा आधारित शैक्षिक एवं प्रशासनिक सूचना प्रणालीको विकाश गर्ने कोशिस गरिएको छ । समय समयमा उपयोगी र समयसापेक्ष जर्नलहरू प्रकाशन गरिँदैआएको छ । परम्परागत एवं स्थानीय ज्ञानको विकासमा प्रशस्त अनुसन्धान गर्ने लक्ष्य राखिएको छ । जनशक्तिलाई सक्रिय राखिने प्रयास गरिएको छ । विश्वविद्यालयमा सैद्धान्तिक ज्ञानलाई बढीभन्दा बढी व्यावहारिक एवं मूर्तरूप बनाउन सधैं क्रियाशील गरिएको छ । व्यावहारिक अभ्यास गरेर सिक्ने प्रक्रियामा जोड दिइएको छ । व्यावहारिक ज्ञानलगायत सेवा साटासाट गर्न विभिन्न उद्योग तथा संघसंस्थासँग सम्बन्ध स्थापित गरेको छ । 

हाम्रा विश्वविद्यालयले विश्वका अरू विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरेका छन् । नेपालका प्राध्यापकहरूले विश्वका अन्य विश्वविद्यालयका प्राध्यापकसँग विचार आदानप्रदान गरिराखेका छन् । नेपाली विश्वविद्यालयहरूले नयाँपनको विकासको निम्ति अनुसन्धान गरिराखेका छन् । हाम्रा विश्वविद्यालयहरूले आफ्नो तोकिएका उद्देश्यहरू पूरा गर्न सरोकारवालासँग बलियो विश्वास प्राप्त गरेका छन् । क्याम्पसहरूले आफ्ना गतिविधि सञ्चालन गर्न समुदायबाट आर्थिक मद्दत प्राप्त गरेका छन् ।

नेपालका विश्वविद्यालयले आफ्ना उत्पादन बढी दक्ष बनाउनका साथै रोजगारी सिर्जना गर्नसमेत विभिन्न उद्योग तथा संघसंस्थासँग परस्पर सहयोग आदानप्रदानको वातावरण तयार गरेका छन् । नेपालका विश्वविद्यालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग रचनात्मक सम्बन्ध राखेका छन् । विभिन्न शिक्षण संस्थाले ज्ञानको एउटा केन्द्रको रूपमा विकसित हुन प्रशस्त आन्तरिक र बाहृय सहयोग प्राप्त गरेका छन् । सबै क्याम्पसका प्रशासनिक कर्मचारी तथा शिक्षक समूहबीच रचनात्मक सम्बन्ध रहेको देखिन्छ । नेपालका विश्वविद्यालयलाई आफ्नो क्षमता र सेवा अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग प्राप्त भइरहेको छ । 

शिक्षणसंस्थासँग आबद्घ हुन पाउनु विद्यार्थी तथा अभिभावकहरूको गौरव अनुभूतिको विषय हो । शिक्षण संस्थाका लागि निर्मित वर्तमान पाठ्यक्रम श्रम बजारको खाँचो पूरा गर्ने जनशक्ति उत्पादन गर्न सक्षम छ । नेपालको वर्तमान पाठ्यक्रम सामाजिक एवं राजनीतिक परिवेशलाई सकारात्मक दिशामा डो¥याउने प्रकृतिको छ । नेपालका शिक्षण संस्थाहरूले पाठ्यक्रम तयार गर्नुभन्दा पहिले आवश्यकता पहिचानको प्रशस्त अभ्यास गर्ने गरेको छ । 

हाम्रा शिक्षण संस्थाहरूले सरोकारवालासँग गहिरो छलफल नै नगरी सीमित विशेषज्ञहरूको सहयोगमा पाठ्यक्रम तयार गर्ने गरेका छन् । यो तिनको कमजोरी हो । नेपालमा सम्बन्धित क्याम्पसले उपयुक्त समयमा अद्यावधिक गर्ने गरेको छ । नेपालमा पाठ्यक्रम निर्माणका निम्ति विषय समितिको व्यवस्था छ । नेपालका सबै विश्वविद्यालयले पाठ्यक्रममा आधारित भएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने गरेका छन् । नेपालमा परीक्षा केन्द्रित शिक्षण पद्धति अवलम्बन गरिएको छ । घोकेको अर्थात् कण्ठ गरेको विषयवस्तुमा आधारित भएको परीक्षा लिने चलन परिवर्तन गर्ने क्रम चलेको छ । विश्लेषणात्मक तथा व्यवहारमा आधारित परीक्षा प्रणालीमा जोड दिनु आवश्यक छ । 

शिक्षा मूल्यांकन प्रणाली विश्वका चर्चित विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्छ । यसका लागि अत्यन्त व्यवस्थित प्रवेश परीक्षा हुनुपर्छ । हाम्रा स्कुल–क्याम्पसमा विद्यार्थीको दैनिक हाजिरीको प्रबन्ध गरिएको छ र यसलाई परीक्षा एवं छात्रवृृत्ति प्रयोजनमा ल्याउने गरिएको छ । सम्बन्धित विश्वविद्यालयका क्याम्पससँग विद्यार्थी मूल्यांकनको सम्बन्धमा राम्रो अन्तर्सम्बन्ध स्थापित गरेको छ । क्याम्पसहरूमा प्रयोगात्मक परीक्षा आफैँ निर्माण गरी सञ्चालन गर्न पाउने अधिकार छ । 

आन्तरिक मूल्यांकन प्रणाली प्रभावकारीरूपमा अघि बढाएको छ । शिक्षणका अधिकारप्राप्त व्यक्ति र प्राध्यापकहरूसँग प्रभावकारी कार्यगत सम्बन्ध स्थापित भएको छ । नेपालमा राजनीतिक वातावरणले विश्वविद्यालयका अधिकारी एवं प्राध्यापक समूहबीच दूरी सिर्जना भएको छ जुन नहुनुपथ्र्यो । 

नेपालमा विश्वविद्यालयले सधैं सहभागितामूलक पद्धतिबाट निर्णय लिनेगर्छ र सरोकारवालाको गुनासो सुन्ने प्रणाली छ । विश्वविद्यालयका सम्पूर्ण अधिकारसम्पन्न व्यक्ति र शिक्षण समूह आफ्नो जिम्मेवारी पूरा गर्न सदैव लागिरहन्छन् । विश्वविद्यालयमा पढाउने प्राध्यापक एवं प्रशासन क्षेत्रका कर्मचारीबीच न्यानो सम्बन्ध छ । नेपालका विश्वविद्यालयबीच राम्रो समझदारी छ । सबै विश्वविद्यालय संरचनाभित्र कार्यगत विभाजन गरी जिम्मेवारी सुम्पने व्यवस्था छ । सबै विश्वविद्यालयमा डिन कार्यालय र क्याम्पसबीच सुमधुर सम्बन्ध छ । विश्वविद्यालयमा माथिसम्मका अधिकारी एवं एउटै तहमा काम गर्ने कर्मचारीबीच सुमधुर सम्बन्ध छ । 

नेपालका विश्वविद्यालयहरू २१औं शताब्दीका लागि उपयुतm उदाहरणको रूपमा स्थापित हुनुपर्छ तर विश्वविद्यालयका शैक्षिक गतिविधि राजनीतिक प्रभावबाट पिल्सिएका छन् । यिनका क्षमताअनुसार भर्ना एवं बढुवा परीपाटीले राजनीतिक प्रभाव हटाउन मद्दत गरेका छन् । विश्वविद्यालय आफ्ना कार्य सम्पादन गर्न पूर्णरूपमा अधिकार सम्पन्न छन् र आफ्नो स्रोतमा निर्भर रहेका पनि छन् । विश्वविद्यालयमा अनावश्यक प्राध्यापक तथा कर्मचारी कटौती गर्ने योजना ल्याउनुपर्छ । प्रशस्त अनुसन्धान तथा उपयोगी प्रकाशनबाट आय बढाउन सकिन्छ । 

शिक्षणसंस्थाहरूले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानबाट आर्थिक मद्दत प्राप्त गर्नुपर्छ । देशविदेशमा भएका आफ्ना पूर्वविद्यार्थीबाट आर्थिक सहयोग जुटाउन सक्नुपर्छ । यिनीहरूले आफ्नो आर्थिक हिसाबकिताब सरोकारवालाहरूसँग प्रष्ट राख्ने व्यवस्था हुनुपर्छ । बढ्दो आर्थिक आवश्यकता पूरा गर्न  अचल सम्पत्ति परिचालन गर्न सक्नुपर्छ । आफ्ना जनशक्तिलाई विभिन्न सिर्जनात्मक क्षेत्रमा लगाएर पनि आय आर्जन गर्न सक्नुपर्छ । सम्पत्ति संरक्षण सम्बद्र्धनका लागि आवश्यक कदम चाल्नुपर्छ । नेपालका विश्वविद्यालयको मुख्य स्रोत सरकारी अनुदान नै हो । 

हाम्रा विश्वविद्यालयका निम्ति विदेशी सहयोग निकै कम प्राप्त हुने गरेको छ । व्यावसायिक शिक्षामा आधारित पाठ्यक्रम एवं प्रयोगात्मक क्रियाकलापहरूले नेपालका विश्वविद्यालयलाई समुदायमुखी बनाउन प्रशस्त सहयोग पु¥याउँदछ । सरसामग्री उत्पादन गर्ने उद्योगहरू तथा सेवा प्रदान गर्ने संघसंस्थाहरूसँग हाम्रा विश्वविद्यालयको कार्यगत एकता छ । यिनले विभिन्न अन्तरक्रिया कार्यक्रमद्वारा समुदायमा मूल्यमा आधारित राजतीतिक चेतना प्रसार गरिरहेको छ । 

नेपालका विश्वविद्यालाई सामाजिक तथा राजनीतिक शक्तिहरूसँग सम्बन्ध स्थापित गर्न कुनै खाँचो छैन । यी विश्वविद्यालयले विश्वविद्यालयका आफ्ना विभिन्न गतिविधिमा समुदायलाई संलग्न गराउँदै विश्वविद्यालय हाम्रो हो भन्ने भावना जागृत गराएका छन् । विश्वविद्यालयलमा क्षमतामा आधारित गुणस्तरीय जनशक्ति भर्ना गर्ने नीति हुन जरूरी छ । हाम्रा विश्वविद्यालयले पुरस्कार तथा दण्ड नीति प्रभावकारी बनाउनुपर्छ । 

विश्वविद्यालयमा स्थापित नीतिहरूलाई कार्यान्वयन गर्न राम्रो कर्मचारी प्रणाली हुनु जरूरी छ । वर्तमान विश्वविद्यालय प्रणाली पुनर्निर्माण गर्न उपयुक्त अनुगमन तथा मूल्यांगन प्रणालीको खाँचो छ । विश्वविद्यालयसँग सम्बन्धित नीतिहरू समयानुकूल हुनेगरी परिमार्जन गर्ने नीति हुन जरूरी छ । 



Views: 82

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)