24th February | 2020 | Monday | 8:55:52 AM

अस्थिर नेपाल र छिमेक

स्वयम्भूनाथ कार्की   POSTED ON : पुष ७, २०७६ (१०:२१ AM)

अस्थिर नेपाल र छिमेक

अन्तर्राष्ट्रिय मामिलामा अपेक्षाकृत चुप रहेको देखाउने चीन गणतन्त्र भएदेखि नै नेपालमा चासो बढाउन थालेको छ । चीन र भारतको जु“गाको लडाइँमा नेपाल राष्ट्रका रूपमा पञ्चशीलको सिद्धान्तमै कायम रहेको देखिए पनि भारत वा चीनमध्ये कसैको साखुल्ले हुने समूहहरू देखापर्न थालिसकेका छन् । नेपालमा अपवादमा बाहेक कुनै समूह, संस्था वा संगठन आदि स्वतन्त्र छैनन् । कुनै न कुनै राजनीतिक दलको भ्रातृŒव अझ भन्ने हो भने स्वामिŒवमै छन् । तिनीहरूका माउ राजनीतिक दलहरू भने कि त सत्तामा हुन्छन् कि त विपक्षमा । त्यसैले दलको इसाराबेगर कुनै क्रियाकलाप भयो होला भन्ने सोच्न सकिने कुरा होइन भनियो भने त्यो अनुचित पनि हु“दैन ।

एउटै दलका भ्रातृ संगठन सरहका यस्ता समूहहरू कोही भारतको साखुल्ले हुन्छन् कोही चीनको । अर्थ के भने दलहरू निष्पक्षताले होइन, पञ्चशीलले पनि होइन सम्बन्ध निकटताले सबैको आफ्नो भएको भ्रम दिन चहान्छन् । त्यसैले वर्तमानमा नेपाल आफ्नो कुनै अडान राख्नसक्ने स्थितिमा छैन । सानोभन्दा सानो घरेलु कुरामा बाहिरियाको अर्ती उपदेश मान्नै पर्ने अवस्थामा छ । यो कुरा पचाउन असाध्यै मुस्किल पर्ने तीतो टर्रो भए पनि सत्य हो । 

विगत निकै वर्षदेखि यो अप्रिय सत्य ‘खुला गोप्य’ को रूपमा नेपाली जनमानसमा प्रष्ट भइसकेको छ । आफ्नो मुलुकमा कौडीको हैसियत भएकाहरू नेपालको विषयमा उच्च नेतृŒवलाई चेतावनीपूर्वक अह्राउने गर्छन् । बेलाबेलामा आपूmले भाउ नपाएको भ्mवाँकमा यो कुरा कुनैकुनै नेताहरूद्वारा खोलिने गर्छन् । 

नेपाल अस्थिर राख्ने शृंखलाका कडीको रूपमा बाक्लै ‘.... नत्र भने मेरो हिस्सा स्वतन्त्र राष्ट्र बनाउ“छु’ भन्ने अभिव्यक्ति आजकल बाक्लैरूपमा आउने गरेका छन् । यस्ता अभिव्यक्ति दिनेहरूका समर्थनमा विदेशमा प्रदर्शन भएका कुराहरू नौला खबर होइनन् । आजको ‘साइबर युगमा’ परम्परागत सञ्चारमाध्यमको मात्र समाचारमा पहु“च छैन । निर्वाधरूपमा अप्रतिबन्धित खबर बिजुलीको जस्तो तेजिला मान्छेहरूको हातहातमा पुग्ने गर्छन् । मुलुक टुक्र्याउने अभिव्यक्ति र त्यस्ता अभिव्यक्तिहरूमा सरकार, राजनीतिक नेता, सामाजिक अगुवा, बुद्धिजीवी आदि कसले कस्तो प्रतिक्रिया दिएको छ जनता त्यो नियालिरहेका छन् । अनि बलियो दाबी गर्ने सरकार यस्तालाई काखी च्याप्न विवश छ । 

जबसम्म बाहृय सहयोग हु“दैन यस्ता कुराहरू पागलको प्रलापभन्दा माथिका हु“दैनन् । यदि नेता, अगुवा आदिमा दुŒकार्ने मानसिकता रहृयो भने यस्ता अभिव्यक्ति सुन्नु नै पर्दैन । तर, जब कोही आपूmले मानेको अगुवा यस्ता कुरामा मौन रहन्छ वा उनीहरूको चित्त दुखाई के हो पहिले त्यो सुन्नुपर्छ भन्न थाल्छ ऊ पनि शायद यो कुरा उचित पो हो कि भनेर सोच्न थाल्छ । यो यस्ता विखण्डनका कुरा फष्टाउने अवसर हो । 

देशलाई यसरी अस्वीकार गर्ने अभिव्यक्तिहरू संसारका कुनै मुलुकमा मान्य हु“दैनन्, उसको कुरै सुन्न पनि पहिले निःशर्त आफ्नो यस्तो अभिव्यक्तिको निमित्त पश्चाताप गरेको हुनुपर्छ र त्यो पश्चाताप जनताले पत्याएको हुनुपर्छ । मुलुक विखण्डन गर्छु भन्नेहरूसँगको वार्ता भनेकै उसको माग उचित छ भन्ने स्वीकारोक्ति हो ।

जब यस्ता विखण्डन प्रेरित गर्ने कुराप्रति राज्यले आ“खा चिम्लन थाल्छ वा पचाउन थाल्छ भने बुझे हुन्छ राज्यसत्ता कुनै बाहिरियाको प्रभावमा छ । त्यो रिसाउला र आफ्नो हातबाट सत्ता जाला भनेर यो तीतो घुट्को पिउन सत्ताधारी चुप रहन बाध्य छन् । हस्तक्षेपका सानासाना कुरामा, अझ हस्तक्षेपको आशंकामा विरोधमा निक्लने संगठन नागरिकबीचको सौहार्दता नै तोड्ने यस्ता अभिव्यक्ति सुनेको नसुनै गर्छन् भने विषय अझ गम्भीर हुन जान्छ । 

त्यसमाथि कालान्तरमा हस्तक्षेपको विरोध गर्ने अभियानका अभियान्ताहरू यस्ता अलग स्वतन्त्र राष्ट्रको ध्वाँस दिनेहरूसँगै देखिन थाल्छन् । जब राष्ट्र निर्मातालाई डाकाको सरदार भन्न थाल्छन् । अनि त्यस्ता अभिव्यक्ति मुलुकको मूलधार भनिएका सञ्चारमा आदरका साथ आउँछन् भने त्यो जनताको निमित्त असैहृय पीडाको क्षण हुन जान्छ । 

नेपालले वर्तमानमा भोगिरहेको पीडा यही हो । यसैले अदृश्य प्रभु वा प्रभुहरूको इच्छाबेगर नेपालमा पात पनि हल्लिँदैन भन्ने हल्लालाई उग्र बनाउ“छन् । त्यसैले विखण्डनवादी कुराहरू, सोचहरू अनि क्रियाकलापहरू न नेपाली मौलिक हुन न यसको नियन्त्रण गर्ने क्षमता देशको राज्यशक्तिले राख्छ भन्ने मान्नुपर्ने हुन्छ । स्वाभिमानी नेपालीको अन्तरआत्मा नजागुन्जेल यो मान्नै पर्ने हुन्छ कि नेपाल धुलोपिठो हुन्छ कि बलियो हुन्छ भन्ने कुरा यस्तै बाहिरका महाप्रमुहरूको हातमा छ । 

नेपाली भएर कुनै पनि अधिकारको निमित्त संघर्ष गर्नेलाई विखण्डनवादी भनिएको होइन । जसले सार्वजनिकरूपमै विखण्डन गर्ने कुरा गरेको छ त्यसलाई विखण्डनवादी भनिएको हो । अधिकारको संघर्ष गर्नेहरूका मागसँग सहमत वा असहमत जे भए पनि उनीहरूको सोचलाई सम्मान गरिनुपर्छ र गरिएको पनि छ । सञ्चारमा नियन्त्रणको युगमा भारतले बंगलादेश बनाउन गरेको मद्धत र त्यसको केही वर्षपछि सिक्किम आपूmमा मिलाएको कुरा सहजै पच्यो । तर, अहिले टाउको उठाउन लागेको विखण्डनको सोचले नेपालमा जेसुकै गरोस् यो आगोको झिल्को हो र दुवै छिमेकीहरू यो झिल्को आकर्षण गर्ने बारुदको थुप्रोमा छन् ।

चीनको बन्द समाजमा यसले कस्तो असर गर्दैछ भन्ने कुरा अज्ञात हु“दा भारतमा नेपाल अस्थिर भएको यो कालखण्डमा थुप्रै नकारात्मक असर परेका छन् । मुलुक बन्ने प्रक्रियामा ससाना सरदारी समाज र तिनीहरूले चर्चेको सम्पूर्ण भौतिक वस्तुहरू आपसमा विलय भएका छन् । त्यो विलय हुने प्रक्रिया विभिन्न प्रकारको थियो । यो कुराको अपवाद कुनै पनि मुलुक छैन । अंग्रेजले भारत छोडेर गइसकेपछि ६ सयभदा ज्यादा रियासत (राज्य) गाभेर वर्तमान भारत देश बनाएको कारणले सरदार पटेललाई भरतको एकीकरणकर्ता मानिन्छ ।

सत्तरी वर्ष पुग्न लागेको यो एकीकरण दुई शताब्दीभन्दा ज्यादा समय खाएको नेपालको एकीकरणभन्दा धेरै नै कान्छो हो । बेलाबेलामा विखण्डनवादी सोच भएका कैयांै समूहको सामना भारतले गरिराखेको छ । त्यस विपरीत नेपालमा यो विखण्डनवादी सोचको बीउ परेको चौथाइ शताब्दी पनि भएको छैन । चाहे जसरी होस् वा जे गरेर होस् नेपाल मुलकमात्र बहुजातीय होइन नेपालका हरेक गाउँ नै बहुजातीय छन् र सहअस्तित्व मानेर बसेका छन् । 

यो प्रभाव केवल छिमेकीमा मात्र पर्ने होइन । ढिलो सार्वजनिक सञ्चारप्रणाली भएको अवस्थामा सेलाएर पुग्ने कुरा अहिलेको ‘साइबर सञ्चारले’ बिजुलीको चालमा संसारभर छन् । इतिहास सबैको छ, त्यसको प्रभाव कहा“ कस्तो पर्छ भनेर अहिले नै आकलन गर्न कठिन हुन्छ । मुलुक निर्माणको इतिहास केलाउने हो भने नेपालभन्दा जेठा मुलुकभन्दा कान्छा मुलुक संसारमा धेरै छन् ।

भनिने गरेको अंग्रेजहरूको अचुक नीति ‘फुटाउ र राज गर’ उनीहरूको आफ्नो महादेशमा लागू हुन सकेन । अन्य महादेशमा भने सफलतापूर्वक लागू भयो । कहिल्यै घाम नअस्ताउने भन्ने उपनाम पाएको बेलाइती साम्राज्यमा लिएको नीतिबारेमा उसकै महादेशमा जब थाहा भयो पुर्तगालीहरू भारतीय उपमहाद्वीपमा उपनिवेश बनाउन आइपुगे । ‘वीर भोग्या बसुन्धरा’ चरितार्थ भएको त्यो युगमा घटनाको समाचारले यस्तो प्रभाव ग¥यो भने आजको युगमा त्यसले के प्रभाव पार्ला अनुमान गर्नुपर्ने आवश्यकतै छैन ।

राष्ट्रघात गरेको अपराधमा भारतमा निकै फा“सीमा चढे । त्यतिखेर ती मृत्युदण्ड कुनै बहसबाट बाहिर रहे । मुम्बई बम काण्डका अभियुक्त ठहराएर दिइएको मृत्युदण्डको प्रभाव भारतीय समाजमा पहिलेको जस्तो परेन । पहिले पहिले एक मुख एक मन भएर राष्ट्रप्रति अपराध गरेको ठहर गरेको अदालती पैmसलाप्रति देखाइने मतैक्य यसपटक देखिएन । कारण जे पनि हुनसक्छ तर यसै कालमा नेपालमा आइरहेका राष्ट्र विखण्डनका धम्कीहरू र त्यसप्रतिको उदासीनताको प्रभाव विल्कुलै छैन भनेर ठाडै अस्वीकार गर्नसक्ने अवस्था शायद छैन । 

चीनले नेपालमा देखाएको चासो, अनि सरदार पटेलपछि भारतमा दवंग छवि भएका गृहमन्त्री अमित शाहको भनाइ द्विअर्थी छैन । उनीहरू पनि नेपाल यस्तै रहे आपूmलाई खतरा हुन्छ भन्ने कुरा मान्छन् । हुनसक्छ त्यस्ता खतराहरू संकेत गर्ने घटनाहरू भोग्दै पनि होलान् । आजको मितिमा नेपाल–भारत खुला सीमाले नेपाललाई भन्दा भारतलाई पिरोलेको छ । तर सीमा बन्द गर्ने आवाजमा पहल आपूm गर्न चाहँदैन । 

नेपाल भारत विनाअवरोधको आवागमनले नेपाललाई भन्दा भारतलाई ज्यादा पिरोलेको छ । नेपालबाट अवाञ्छित तŒव भारत पस्न थालेको कुरा भारतीय गृहमन्त्रीले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई भन्नु त्यसैको प्रमाण हो । थपमा नेपाली प्रधानमन्त्रीको नामबाट गरिएको रिट्वीट र त्यसको बचावटमा गरिएको केटाकेटी बहानाले गम्भीर असर पर्नसक्छ । यदि प्रधानमन्त्रीको खाता हृयाक नै भएको हो र त्यसको जा“च नै भएको हो भने दोषी सबैले देख्न पाउनुपर्छ र त्यसलाई दिएको सजाय पनि देख्न वा हेर्न पाउनुपर्छ । 

(कार्की विराटनगरबाट लेख्छन् ।)



Views: 134

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)