24th February | 2020 | Monday | 6:52:29 AM

वामपन्थीको वैचारिक आडम्बर

श्रीमन्नारायण   POSTED ON : पुष ११, २०७६ (१०:१४ AM)

वामपन्थीको वैचारिक आडम्बर

साम्यवादको सैद्धान्तिक पक्षमा आधारित शासन व्यवस्था विश्वबाट प्रायः लुप्त भइसकेको छ । जुन देशमा यस व्यवस्थालाई आदर्श मानिएको छ, त्यसले पनि आप्mनो सिद्धान्तको आवरण फेरिसकेको छ । हाम्रो उत्तरी छिमेकी चीन नै त्यसको उदाहरण हो । त्यहाँ पनि पुँजीवादी अर्थव्यवस्था आत्मसात् गरिएको छ । साम्यवादको नाममा तानाशाही र नागरिक अधिकारको हननको आधारमा जुन विकासको उज्यालो फिजाइएको छ, त्यसमा हामी त्यहा“का जनताको आ“सु, पीडा र क्रन्दन हेर्न सकिरहेका ह“ुदैनौँ, न त त्यसलाई सम्झिने प्रयास नै गर्दछौँ । हाम्रो देशको राजनीतिमा जुन दिशाहीनताको अवस्था देखिएको छ, त्यसको मूल कारण पनि यही नै हो । 

नेपालमा कम्युनिष्ट पार्टीका संस्था र यसका समर्थक धेरै छन् । निर्वाचनमा कम्युनिष्टै बहुमत देखिन्छ । आम धारणाअनुसार सत्ता, अवसर र तानाशाही कम्युनिष्टको स्वाभाविक चरित्र नै हुने गर्दछ । सायद त्यसैले होला सर्वसम्मति अथवा सहमतिको नाममा राजनीतिक दलहरू सरकारमा पनि सहभागी भइहाल्छन् र अवसर पाउनेबित्तिकै तानाशाही व्यवहार देखाउनबाट स्वयंलाई मुक्त राख्न सकिरहेका ह“ुदैनन् । आज हाम्रो देशमा समस्या यदि निरन्तररूपमा बढ्दै गएको छ भने यसको प्रमुख कारण त्यसलाई नियन्त्रण गर्ने लोकतान्त्रिक शक्तिका रूपमा स्थापित नेपाली कांग्रेसको पनि कम्युनिष्टहरूस“गको सहकार्य र सहयात्राका कारण साम्यवादीकरण भइसकेको छ । लोकतन्त्रका नाममा जताबाट पनि लोकतन्त्र नै कमजोर बनाउने क्रियाकलाप हुने गरेको छ । 

फलस्वरूप शासनमा तानाशाही प्रवृत्ति हाबी भइसकेको छ । हाम्रो राजनीतिले लोकतान्त्रिक संस्कार आत्मसात् गर्न सक्यो भने सबैखाले समस्याहरूको सजिलै समाधान सम्भव छ । तर, यदि हामीले साम्यवादीहरूको पवित्र मक्काका प्रत्येक वस्तुलाई चरणामृत ठानेर त्यसको पान गर्ने र त्यसका प्रत्येक बोलीलाई देववाणी ठान्ने हो भने देश समस्याहरूको अन्त्यहीन मार्गतिर अग्रसर हुनेछ र यसको समाधान सम्भव छैन ।

राजनीतिक स्पेक्ट्रमको एउटा किनारमा वामपन्थ र अर्को किनारमा तानाशाही अथवा दक्षिणपन्थलाई राखेर बीचमा उदारतन्त्रलाई आत्मसात् गर्ने परम्परा नै लोकतन्त्रमा रह“दै आएको छ । तर, राजनीतिक स्पेक्ट्रमलाई बुभ्mने एउटा अर्को पनि तरिका छ, जसमा एक किनारमा एकदलीय शासनतन्त्र र अर्को किनारमा अराजकतन्त्र रहेको हुन्छ जब कि त्यसको बीचमा कानुनको शासन अर्थात् लोकतान्त्रिक गणतन्त्रलाई राख्ने गरिन्छ । आज विश्वमा जहा“ वामपन्थी शासन छ, त्यहा“ एकदलीय शासन अथवा समूहतन्त्र हाबी छ । मानव अधिकारको अवस्था निकै दयनीय छ र बहुदलवादको नामोनिसान छैन । आज वामपन्थ आप्mनो सैद्धान्तिक मान्यताबाट विचलित भइसकेको छ । केवल नाराको अधिकारमा जनतालाई भ्रमित पार्ने काम भइरहेको छ । नेपालमा पनि बिस्तारै यस्तै दृष्य देखापर्न थालेको छ । 

नेपालका वामपन्थी दलहरूले जनतालाई भ्रमित गर्नमात्रै लोकतन्त्रको आवरण प्रयोग गर्दै आएका छन् । भित्रीरूपमा त यो घोर दक्षिणपन्थी विचारबाट ग्रसित देखिन्छ । नेपालका वामपन्थीहरूको उद्देश्य आपूmलाई गरिबहरूको भलो चिताउने पार्टीका रूपमा स्थापित गरी तिनका मतलाई आपूmतिर आकर्षित र केन्द्रित गर्नुमात्रै हो । हामीले यो कुरा बिर्सन हु“दैन कि विगतमा नेकपा एमालेले आप्mनो पार्टी कार्यालयमा अमेरिकी राजदूतलाई भ्रमणका निम्ति बोलाउ“दा माक्र्स, लेनिन र माओको तस्वीरलाई त्यहा“बाट हटाइएको थियो । अब त वामपन्थ पनि आवरण भइसकेको छ । न साँचो कम्युनिष्ट न साँचो लोकतन्त्रवादी, ठूलो अलमल देखिएको छ । 

नेपाली राजनीतिको धरातलीय यथार्थको यो पनि हो कि यहा“ जति पनि वाम समर्थक नेता र कार्यकर्ताहरू देखिएका छन् तीमध्ये बिरलै साम्यवादको सैद्धान्तिक आधारका पक्षधर हुन् । नेपालको राजनीतिमा सिद्धान्त र विचारका ठाउ“मा सत्ता र अवसरले बढी महŒव पाएको छ । पद र प्रतिष्ठालाई नै राजनीतिको एकमात्र अन्तिम लक्ष्य ठानिएको छ । जनसेवा र राष्ट्रसेवा गौण भएको छ । नेपालको राजनीतिमा मध्यमार्गी दलको पनि अभाव रहेको छ । कम्युनिष्टको भनिएको प्रधानमन्त्री केपी ओलीको वर्तमान सरकार पनि यो मूल चरित्रबाट अलग हुन सकेको छैन । 

नेपाली कांग्रेस लोकतन्त्रको प्रतिनिधित्व गर्ने पार्टी अवश्य पनि हो तर सत्तामुखी राजनीतिले यसलाई पनि विचलित गरिदिएको छ । फलस्वरूप यसका कार्यकर्ताहरू साम्यवादी दलमा प्रवेश गर्नमा पनि असजिलो महसुस गर्दैनन् । नेपालका कुनै पनि राजनीतिक दलको सैद्धान्तिक धरातल बलियो छैन । मधेसवादी दलहरूको न त कुनै सिद्धान्त छ न त कुनै दर्शन नै । लक्ष्य र दिशाहीन मधेसवादी दलहरूको एकमात्र अर्जुनदृष्टि सत्ता सुख रहेको छ । संविधान संशोधनको बहाना यिनीहरूका निम्ति पद र सत्तामा पुग्ने हतियारमात्रै हो । राजनीतिक आदशै परित्याग गरेर दल बदल गर्नु व्यक्तिगत स्वार्थबाहेक केही पनि होइन । 

नेपालका साम्यवादी दलहरूको सबैभन्दा ठूलो समस्या भनेको धरातलीय यथार्थको सूक्ष्म विश्लेषण नै नगरी केवल सबै समस्याको साम्यवादी शैलीले समाधान खोज्नु हो जुन सम्भव नै छैन । माक्र्सवादीहरूको वैचारिक चिन्तन पनि सीमित नै हुने गर्दछ । समयको प्रवाहस“गै आप्mनो जालमा वामपन्थीहरू फस्दै गएका उदाहरण पनि पर्याप्त नै छन् । आप्mना प्रत्येक विरोधीलाई तानाशाह तथा फासिष्ट भन्नु र वामपन्थी विचारस“ग असहमतलाई भारत, अमेरिका तथा पुँजीपतिहरूको एजेण्ट भएको आरोप लगाउनु नेपालका वामपन्थीहरूको परम्परा हो । उनीहरू यस कार्यमा अभ्यस्त हुन्छन् । माक्र्सवादी वैचारिकताको यो अस्त्र प्रहार गर्नमा कहिल्यै कम्युनिष्टहरू कञ्जुस्याइ“ गर्दैनन् । सायद त्यही भएर होला तिनको राजनीति पनि कहिल्यै मुठीभर बुद्धिजीवीहरूको परिधिभन्दा बाहिर आउन सकेन । अहिलको सत्तारुढ नेकपा पनि यस्तैमा अभ्यस्त छ । 

कम्युनिष्टहरूको तानाशाही तन्त्र बाहृय आक्रमणको मुकाबिला गर्नमा उपयोगी अवश्य पनि रहृयो तर जहा“ भौतिक बलस“ग मुकाबिला गर्ने अवस्था आयो, त्यहा“ त्यो बढी प्रभावकारी साबित हुन सकेन । सामाजिक ज्ञान, दर्शन तथा सांस्कृतिक क्षेत्र यसका उदाहरण हुन् । सोभियत युगको सात दशकमा कुनै एउटा यस्तो कुरा सामुन्ने आएन, जसलाई आजका दिनमा मूल्यवान् भन्न सकियोस् । यसको ठीक विपरीत पुँजीवादी युरोप तथा अमेरिकामा साहित्यिक, वैचारिक तथा बौद्धिक योगदानका क्षेत्रमा पनि अनेकौं उल्लेख्य स्तम्भहरू ठडिए । 

‘विश्वका मजदुरहरू एक हौँ’ भन्ने नारा पनि स्वीकृत भएन । विश्वका कुनै पनि देशमा त्यहा“का जनताले आप्mनो देश, राष्ट्रियता, भाषा, धर्म, संस्कृति, उपेक्षा गरेर वर्गीय एकता देखाउने कुरामा अभिरुचि देखाएनन् । स्वयं कम्युनिष्ट देशहरूले पनि अवसर पाउनेबित्तिकै रुस र चीनभन्दा पृथक् आप्mनो स्वतन्त्र पहिचान देखाउनमा संकोच मानेनन् । यति खुला इतिहासका बाबजुद यदि कोही माक्र्सवादमा कुनै किसिमको समस्याको समाधान खोजिरहेको छ भने त्यसमाथि दयामात्रै व्यक्त गर्न सकिन्छ । वैचारिक आडम्बर नै वर्तमान युगमा वामपन्थी राजनीतिको प्रमुख अस्त्र बन्न गएको छ ।

आर्थिक क्षेत्रमा समतावादी सत्ता असफल नै रहृयो । सफलतामा लाभ तथा असफलतामा हानिका वैचारिक कारकहरूको लोप भएका कारण त्यसमा लागेका कर्मीहरू तथा व्यवस्थापकहरूमा पनि दक्षता तथा प्रेरणाको स्रोत कमजोर ह“ुदै गयो । त्यो त रूसको विशाल प्राकृतिक सम्पदा थियो, जसको बलमा सोभियत संघ जस्ता पूर्वी युरोपका देशहरूमा पनि समाजवादको नक्कली चित्रलाई येनकेन प्रकारेण देखाउने काम भयो । 

सन् १९८६–८९ का घटनाले के पनि साबित ग¥यो भने रुसको सहयोग एवं आशीर्वाद हट्नेबित्तिकै पूर्वी युरोपका वामपन्थी सत्ताहरू तासको महलजस्तै ढले । कृषि क्षेत्रमा माक्र्सवादी प्रयोगले अझ बढी विध्वंस नै ग¥यो । किसानहरूको जमिन खोसेर सामूहिकीकरण तथा प्रशासनिकीकरणले अभूतपूर्व अकालको अवस्था उत्पन्न गरायो । सोभियत संघ, चीन, दक्षिण कोरिया, उत्तरी कोरिया, कम्बोडिया, इथोपिया आदि देशमा करोडौं मानिस भोकले मरे तर शेष विश्वलाई दशकौंपछि मात्र यसको जानकारी भयो । कम्युनिष्ट पार्टीको शासनसत्ता अस्तित्वमा रहुञ्जेलसम्म त्यसको कमी कमजोरी तथा विकृतिबारे विश्वजगतलाई थाहा भइरहेको ह“ुदैन ।

जब रुसीहरूले कम्युनिष्ट शासन विघटन गर्न सुरू गरे अनि २ करोड सदस्यता भएको कम्युनिष्ट पार्टी तथा उसको विशिष्ट बल नौमेलक्लातुराले यसको कुनै विरोध गरेन । किनभने, तिनमा आदर्शको कुनै मान्यता थिएन । सत्ताको निर्मम प्रयोग र विशेष अधिकारको भय एवं लोभका आधारमा मात्र ती देशहरूमा शासन चलाउने काम भयो । वर्गहीन राज्य, गैरदमनकारी राज्य तथा समतावादको यसको घोषित उद्देश्य क्षतविक्षत भइसकेको छ । वामपन्थको नाममा जनतालाई भ्रमित गर्ने काममात्रै भइरहेको छ । नेपालको अहिलेको अवस्था पनि यस्तै हो । 

लेनिन, स्टालिन, पोलपोर्ट आदिहरूको हिंसक शासन शैलीलाई विश्वजगत्ले बिर्सन सकेको छैन । वर्तमान अवस्थामा कुनै पनि देशका शिक्षित युवा कम्युनिष्ट विचारधाराप्रति सहानुभूति र समर्थन देखाउन चाह“दैनन् । नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतको सरकार अवश्य पनि छ । तर, यसलाई कम्युनिष्ट मान्ने कि नमान्ने भन्ने विषयमा स्वयं नेपालकै वामपन्थीहरू पनि भ्रमित छन् । कम्युनिष्टहरूको वैचारिक आडम्बर विश्वव्यापी चर्चाको विषय रह“दै आएको छ ।


Views: 73

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)