24th February | 2020 | Monday | 9:29:36 AM

हाम्रो जीवन र पूर्वीय दर्शन

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : पुष १२, २०७६ (१०:२४ AM)

हाम्रो जीवन र पूर्वीय दर्शन

‘दर्शन’ शब्दको उत्पत्ति देख्नु शब्दबाट भएको हो । ‘दृष्यते अनेन इति दर्शनम्’ भन्ने अर्थमा देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ । यहाँ ‘फिलोस’ र ‘सफिया’ को अर्थ ज्ञान भन्ने बुझिन्छ । ज्ञानको अनुराग भन्ने अर्थ बुझिन्छ । पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परम तŒव वा परम सत्यलाई जान्नु नै दर्शन भनिएको छ । दर्शनशास्त्र गहन बौद्धिक शास्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुझ्न पाउँछ । 

सोसियो साइन्सबाट यो शब्द निर्माण भएको र यसको अर्थ जान्नु हो । विज्ञानको अर्थ ठीक ठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्देश्य पनि ज्ञान प्राप्त गर्ने नै हो । फरक यत्ति हो, विज्ञानबाट भौतिक लाभ र दर्शनबाट आध्यात्मिक लाभ प्राप्त हुन्छ । डा राधाकृष्णका अनुसार धर्मको उद्देश्य आत्माको शक्ति हो र दर्शनको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य ज्ञान प्राप्ति पनि हो । 

धर्मको स्वरूप भने सेवा र पूजा हो । पूर्वीय दर्शनका विभिन्न स्वरूपहरू छन् । जस्तै सांख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, मीमांसा दर्शन, वेदान्त दर्शन आदि । यी सबै आस्तिक (ईश्वर मान्ने ) दर्शन हुन् । नास्तिक (ईश्वर नमान्ने) दर्शन पनि हाम्रो पूर्वीय दर्शनमा छन् । ती हुन् चार्वाक दर्शन, बौद्ध दर्शन र जैन दर्शन । यहाँ पूर्वीय दर्शनभित्रका केही आस्तिक दर्शनलाई सूत्रात्मक शैलीमा सार संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

पश्चिमी दार्शनिक, अन्वेषकहरूमा डा फ्राइड, डा युंग, एडलर हेलफिल्ड, डा ब्राउन आदि मुख्य छन् । अठारौँ शताब्दीका प्रख्यात पाश्चात्य दार्शनिक लेविनिजले यस संसारलाई परमाणुद्वारा बनेको भनेका छन् । परमाणुलाई उनले मोनाण्ड नामकरण गरे । यसैलाई चित् अणु भनिन्छ । प्रसिद्ध वैज्ञानिक ग्यालिलियोले गणितीय सिद्धान्तअनुसार प्रकृति असंख्य अणुद्वारा बनेको भनेका छन् । पदार्थको विस्तार यसैबाट भएको हो । पदार्थमा आकर्षण शक्ति हुन्छ । यसैले गर्दा सम्पूर्ण ब्रहृमाण्ड, ग्रह, तारा, नक्षत्र आदि सञ्चालित छन् । 

गुरुत्वाकर्षणको सिद्धान्तले हामी बस्ने पृथ्वी अडेको छ । न्यूटनको यो सिद्धान्त गुरुत्वबल पूर्वीय वैशेषिक दर्शनमा यसअघि नै प्रतिपादित थियो । उनले यसको व्यावहारिक प्रयोगको व्याख्या गरेका हुन् । पूर्वीय दर्शनमा यस्ता धेरै सिद्धान्तहरू अनुसन्धान र खोजीको घेराभित्रै छन् । विज्ञानले प्रतिपादन गरेको सिद्धान्त आवाज एक माध्यमबाट अर्को माध्यमसम्म फैलिएर जान्छ भन्ने मर्म पूर्वीय न्यायदर्शनमा पाइन्छ । 

संस्कृति भन्नाले चाहिँ मानवको सम्पूर्ण चरित्रभन्दा अत्युक्ति हँुदैन । पूर्वीय दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तनसमेत हुन पुग्छ । अरूलाई नदिएर स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भन्ने वाक्यांशले पूर्वीय मानव जीवनको संस्कृति, सभ्यता र पुण्य कर्मको सन्देश मिल्छ ।

पूर्वीय दर्शन पूर्ण वैज्ञानिक छ । कुनै व्यक्ति विशेषले भावावेगमा यो तयार पारेको होइन, सम्पूर्ण संसारको विधि, व्याख्या र विश्लेषण गरिएका आत्मचिन्तनका विषयवस्तुमध्ये जीव र जगत्को सञ्चालक, मनको व्याख्या, मनका अनुभूति अनुरूप विम्ब बन्ने, विम्बअनुरूप जगत् प्रतीत हुने र बिम्बअनुरूप नै कार्य हुने भएकाले हरेक कार्यहरूको उद्गम स्थल मानव मन नै हो । 

जीव उत्पतिको कारण, कर्म र संस्कार, बन्धन र मोक्ष, पुनर्जन्म र सिद्धि, स्वप्न र निद्रा, रोग र तनाव, शान्ति र अशान्ति, स्मरण र विस्मृति, सन्तोष र आनन्द, त्रास र भय, चरित्र र पतन, वासना र मुर्खता, उत्साह र सफलता, शान्ति र आनन्द, योग र ध्यान विकास र विनाश द्वन्द्व र कलहको मूल कारक तŒव मन नै हो । सिद्धि, सफलता, सुख, शान्ति र आरोग्यका लागि पूर्वीय वैदिक चिन्तनलाई हामीले सदैव मनन गर्न सके हामी, हाम्रो जीवन र जगत् सबै हाम्रो परम लक्ष्यतिर उन्मुख हुन सक्छौँ । 

यस्तै परमार्थ चिन्तन, तपस्या, ध्यान र साधनाबाट गौतम बुद्धलाई सिद्धि मिलेको भन्ने तथ्य पनि सर्वत्र जगजाहेर छ । नैयायिकहरूले पनि भनेका छन्, ‘मन नै सुख दुःखको कारण हो ।’ पूर्व मीमांसा सांख्य दर्शनमा मन र आत्मालाई विभु भनिएको छ । विभु वा प्रज्ञा भन्नु जीवनको यथार्थ ज्ञान हो । हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको वर्चस्व कायम रहेको छ । सत्य, त्रेता, द्वापरदेखि करिब पाँचहजार एक सय बीस वर्ष पुरानो कलियुग आरम्भदेखि नै यो तपोभूमिकै रूपमा रहेको छ । 

सत्ययुगमा यस क्षेत्रको नाम ‘सत्यपुरी,’ त्रेतामा ‘तपोवन’, द्वापरमा ‘मुक्तिपुर’ र कलीमा यसलाई ‘नेपाल’ भनिन्छ । सात्विक यथार्थलाई आत्मसात् गर्दा ‘ने’ मुनिले धर्मद्वारा बसालेको नेपाल नगरी आफँैमा देवभूमि भन्न सकिन्छ । यस्तो पुण्यभूमिमा गरिएका हरेक कार्यहरू पुण्यदायी र प्रेरणादायी हुने भएकाले विश्वका धेरै मुलुकबाट नेपाल भ्रमणका लागि मानिसहरू आउने गर्छन् । विश्वकै शिर भाग सगरमाथा र शिवपुरी, शिवक्षेत्र, पशुपतिनाथ प्राप्ति पनि हाम्रो ठूलो पुण्यको फल हो । तमाम देवताहरूको निवास क्षेत्र नेपालमा हिजोआज अशान्तिका काला बादलहरू मडारिइरहँदा भने हर नेपालीका हृदयमा गम्भीर प्रश्न खडा भएको छ ।

उद्योगबिनाको दिन तथा परिश्रमबिनाको जीवन पवित्र हुन सक्तैन, रस्किनकोे भनाइ हो यो । सत्याग्रह सबभन्दा ठूलो र सर्वोपरि बल हो, यसले तोपलेभन्दा ठूलो काम गर्छ, महात्मा गान्धीको भनाइ हो यो । द्वन्द्वबाट शान्तितर्फ अग्रसर भएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूले यी मार्मिक कुरा बुझ्नु जरुरी छ । साँच्चै हतियारभन्दा कलम बहादुर हुन्छ भन्ने पूर्वीय चिन्तनलाई हामीले थप उजागर गर्नुपरेको छ । क्रान्तिपछि राजनीति एउटा सामाजिक विकास र पुनस्र्थापनाको साधन बन्न जान्छ, कार्ल माक्र्सको भनाइ हो योे । अभैm हामीकहाँ भने अशान्तिका काला बादल मडारिँदै छन् ।

मानिस स्वतः धर्मभीरु हुन्छ, धर्मभीरु हुनु कायरता होइन भन्ने पूर्वीय दर्शनलाई सदैव बोकिरहने हामीले भौतिक जगत् भन्नु क्षणिक सुखको अनुभूतिमात्र हो भन्ने दृढ संकल्पका साथ अध्यात्म जागरण अभियानमा खटेर लाग्नुपर्छ । यो हाम्रो माौलिक संस्कृति पनि हो । शरीरभित्र रहेको शुद्ध, चैतन्य र परमात्माको अंश आत्मासँग नजिक रहने विद्या नै अध्यात्म सागर हो । पानीबिनाको बिजुली कल्पना गर्न नसकिएझैँ अध्यात्मबिनाको भौतिक संसार शून्य हुन्छ । 

जीव, जीवात्मादेखि सारा संसारका रचयिता परमेश्वरप्रतिको स्नेहको गाँठो बलियो पार्ने विचार नै आध्यात्मिक चिन्तन हो । स्थूल शरीरको सुख, सूक्ष्म शरीर मन र कारण शरीर आत्माको विश्लेषण गरी जीवन र जगत् अनि जगदीश्वरको साकार तथा निराकार चिन्तन विद्या नै अध्यात्म विद्या हो । अध्यात्म विद्यासँग रहेको पूर्वीय संस्कृतिले यस विद्यालाई सागरतुल्य गहिराइमा र आकाशतुल्य अनन्ततामा फैलाइदिएका छन् । खहरे, खोला, नदीहरूले परम गन्तव्य सागरमा पुग्ने लक्ष्य लिएझैँ हर मानवले परमेश्वरसम्म पुग्ने दृढ संकल्प सदा लिइरहनुपर्छ । 

त्यसैले जीवन र जगत्को खोजीका विषयमा अध्यात्म ज्ञान परम ज्ञान सम्झी सदैव जीव, जगत् र जगदीश्वरबारे खोजी गरिरहनुपर्छ, कारण अध्ययन भन्नु आकाशमा चम्किने सूर्यजस्तै हो भन्थे विलियम शेक्सपियर । वेदले पनि आत्मा अमर छ र सूर्यरूपी आत्मा नै जगत्को मालिक परमात्माको अभिव्यक्ति हो भनेको छ ।

असत्य भाषण र बोलचाल सबैभन्दा ठूलो पाप हो । अरूको निन्दा, तिरस्कार र अपमान गर्नु अझ ठूलो पाप हो अनि आफ्नै स्वजातीय र आफन्तको निन्दा गर्नु भनेको जघन्य पाप हो । रवीन्द्रनाथ टैगोरको भनाइ हो यो । योे उक्तिलाई मानिसले सदैव आत्मासात् गर्नुपर्छ । मानवताविहीन कार्यहरू गर्नेलाई वेदले पनि प्रायश्चित गर्न सकेको छैन । पूर्वीय संस्कृतिमा वेदलाई ईश्वरको बोलीका रूपमा लिइएको छ । पैल, जैमिनी, वैशम्पायन, सान्दिपिनी, याज्ञवल्क्य, पाणिनी, पतञ्जलि, व्यास, बुद्ध, जनकले अध्यात्म ज्ञान सिञ्चन गरेको मुलुक नेपालमा अध्यात्म एवं धर्मविरोधी नाराहरू घन्कनु आफैँमा अशोभनीय हो । 

सत्यं वद, धर्मंं चर स्वाध्यायान् मा प्रमद, कामं क्रोधंच जहि को मूल मन्त्रले बाल्यवस्थादेखि नै सदाचार मातृपितृ भक्ति, गुरु भक्ति, देश भक्ति, आफूभन्दा ठूलाको सम्मान, ईश्वरप्रति आस्था, सानाप्रति दया र स्नेह भावले नै व्यक्ति, समूह, समुदाय, संस्था र राष्ट्रप्रति प्रेम र जिम्मेवार हुन सकिन्छ भन्ने बोध गराउँछ । त्यतिमात्रै होइन सबैप्रति श्रद्धा हुन्छ, आफूप्रति स्वाध्याय हुन्छ । धर्म, अर्थ, काम र मोक्षरूपी पुरुषार्थ सिद्ध हुन्छ । पूर्वीय सनातन वैदिक संस्कृतिले बाँच र बाँच्न देऊ भन्ने गरेको हितोपदेश पनि सार्थक हुन्छ ।


Views: 41

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)