3rd July | 2020 | Friday | 12:30:39 AM

सक्षम हुन्छन् बालबालिका

शुभराज पोखरेल   POSTED ON : पुष २७, २०७६ (३:४४ PM)

 सक्षम हुन्छन् बालबालिका

बालबालिका उमेर र क्षमताअनुसार आफ्नो हरेक काम आफैं सक्षम हुन्छन् । उनीहरू काम गर्न अग्रसर हुन्छन् । म आफैँ गर्छु भनेर आमाबाबुसँग ढिपी गर्छन् तर आमाबाबुले बालहठ सम्झेर कामबाट बन्चित गरिदिन्छन् । आफ्नो काम गर्न प्रोसाहित गर्नुको साटो सक्दैन, बिग्रिन्छ इत्यादि भनेर निरुत्साहित गर्छन् । यसो गर्नुमा माया बढी मिसिएको हुन्छ । बालबालिकाले आफ्नो उमेरअनुसारको काम गर्दा वयस्कले गर्ने जत्तिकै राम्रो, सफा र उत्तम नहुन सक्छ । उनीहरूको कार्यसम्पादनमा भएका सामान्य कमीकमजोरीलाई दोषारोपण नगरी स्वयंलाई कमजोरी थाहा पाउने अवसर सिर्जना गरिदिनु आमाबाबुको दायित्व हो । यसो गरेर उनीहरूलाई राम्रोसँग काम गर्न प्रेरित गर्न सकिन्छ । 

आमाले लुगा धुँदै गरेको ठाउँमा बालबालिका म पनि धुन्छु भनेर ढिपी कस्छन् । यसबेला उमेर अनुसार कुनै सानो लुगा दिएर धुन लगाउन सकिन्छ तर आमाबाबु यसो गर्दैनन्, पन्छाउँछन् । यसबाट बालबालिका निरुत्साहित हुन्छन् । 

खेल सकेपछि बालबालिकाले आप्mना खेलौना ठीक ठाउँमा राख्न सक्छन् । खाना खाएर प्लेट टेबुलबाट हटाएर बकेट वा सिंकमा राख्न सक्छन् । आफूले ठीक समयमा मुख धुने, दाँत ब्रस गर्ने, कपडा लगाउने, गृहकार्य गर्ने, कपी कलम ठीक ठाउँमा राख्नेजस्ता काम आफैँ सक्छन् । आमाबाबु भने यस्ता काम पनि आफैँ गरिदिन्छन् । त्यस्तो काममा हस्तक्षेप नगरौं र उनहरूलाई नै आफंै ठीक समयमा प्रोत्साहित गरौं । 

आप्mना काम बालबालिका आफैँले गर्दा उनीहरूमा आत्म विश्वास बढ्दै जान्छ । उनीहरू जिम्मेवार हँुदै जान्छन् । राम्रोसँग काम गर्ने सीपको विकास हुँदै जान्छ । बालबालिकाले आफैं गर्नसक्ने काममा अनावाश्यक सहयोग एवं हस्तक्षेप कहिल्यै पनि गर्नु हुँदैन । उनीहरूले आफँै गर्दा कुनै काम बिग्रिन सक्छ, सामान टुटफुट हुन सक्छ । यस्तैबाट उनीहरूले सिक्छन् । अब अझ राम्रो कसरी गर्ने भन्ने अनुभव हासिल गर्छन् । आमाबाबुले उनीहरूमा आफू आप्mनो काम गर्न सक्षम छु भन्ने कुरामा आत्मविश्वास र आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्छ, आमाबाबु सहयोगी बन्नुपर्छ । हाम्रो समाजमा आमाबाबु सहयोगी भन्दा बढी निर्देशक बन्ने चलन छ । 

यदि अभिभावकले आफ्ना छोराछोरीलाई ठूलो हुँदासम्म जुताको तुना, सर्टको टाँक सधैं अभिभावकले नै लगाएर स्कुल पठायौं भने कुनै दितन स्कुल पुग्नासाथ ११ बजे नै सर्टको टाँक तथा वा जुताको तुना खुल्यो भने आफैं लगाउन तथा बाँध्न सक्दैनन् । किनभने आमाबाबुले कहिल्यै सिक्नै दिएनन् । दिनभर सर्टको खुला टाँकमा उनीहरूलाई बसेका हुनसक्छन् । जुत्ताको तुना खुलेका कारण कतिपटक अल्झेर बालबालिका लडेका छन् । दिनाभर रमाएर खेल्न पाएनन्, तुना बाँध्न कहिल्यै प्रयत्नै नगरी ऊ बेलुका घर फर्कन्छ । 

यस्ता समान्य कुराले बालबालिकाको उक्त दिन नरमाइलो भएको हुन्छ । कहिले त लडेर चोटपटक नै लागेको हुनसक्छ । हामीले बालबालिकालाई सामान्यदेखि सामान्य काम उनीहरूलाई नै गर्न प्रेरित गरी आफैं गर्नसक्ने बनाएमा मात्र पनि उनीहरूको आत्मविश्वास, आफूप्रति जिम्मेवार बन्न सहयोग पु¥याएको हुन्छ । सक्ने काम आफैँ गर्न लगाउनुपर्छ । स्कुल जाँदा र घर फर्किदा आफ्नो झोला आफैँ बोक्न दिनुपर्छ । यसो गर्दा बालबालिकाले आफ्नो काम के हो भन्ने पनि थाहा पाउँछन् । 

अभिभावकका लागि सन्तान सधैं सानै लाग्नु र उनीहरूलाई माया, संरक्षण र सहयोग गर्नु स्वाभाविक हो । अभिभावकको दायिŒव पनि हो । तर पनि धेरै परिवारका अभिभावकले आठ÷नौं वर्षको उमेर समूहका छोराछोरीलाई बिहान स्कुल पठाउँदा आफैं हातले खाना खुवाएर पठाउने गरेका हुन्छन् । खाँदै खाँदैन, धेरै बेर लगाउँछ, पोख्छ, खाना खेर फाल्छ इत्यादि बहाना हुन्छ आमाबाबुसँग । यसो गरेर हामीले बालबालिकालाई राम्रारी खान पनि नसिकाई बसेका हुन्छौँ र भन्छौँ, ठूलो भएपछि गरिहाल्छ नि । यसो गर्नु बालबालिकाका लागि न माया हो, न सहयोग हो, न त संरक्षण नै । यो त उनीहरूलाई परनिर्भरतामा बाँच्न सिकाइएको मात्र हो । यसले उनीहरूको जीवनमा सहयोगभन्दा उनीहरूलाई कमजोर बनाउने काम भइरहेको हुन्छ । आफंै सिक्ने, गर्ने र आफूमा दक्षता हासिल गर्न कार्यमा अभिभावले अवरोध गरिरहेको हो । 

हामीलाई थाहा छ कुनै युरोपेली नागरिकले हातले खाना खान जान्दैन । उनीहरू सजिलै चम्चाले खाना खान सक्छन् । काँटा नाइफ चलाएर आनन्दसँग खान्छन् र त्यसको स्वाद लिन्छन् । हातले खाँदा उनीहरूलाई खाए जस्तै लाग्दैन । चिनियाँहरू स्टिकले सहजै खाना खान्छन् र त्यसमा आनन्द अनुभव गर्छन् । यो सबै जे जसरी गर्दै आयो यसैमा अभ्यस्त हुने मानवीय गुण हो । हामीले हाम्रा छोराछोरीलाई के बनाउँदै छौं, परनिर्भर वा आफ्नो काम गर्न आफैं सक्षम, यो हरेक अभिभावकको आफ्नै भूमिकामा निर्भर हुने पक्ष हो । अभिभावकले सोच्ने कुरा हो । 

अहिले फेसनको रूपमा दुई वर्षदेखि नै बालबालिकालाई मन्टेश्वरीको नाममा प्रिस्कुल पठाउने प्रतिस्पर्धा चलेको नै देखिन्छ । कलिलो मानसिकतामै बोझ बोकाउन र जबरजस्ती हात समएर गृहकार्य गराउने अभिभावकको संख्या बढेको छ । तिनै अभिभाव बालबालिकाले आफंै गर्नसक्ने काममा हस्तक्षेप गर्छन् । ठिक उमेर नभई विद्यालय पठाउँछन् र पढाइको बोझ थोपर्छन् तर उसले सक्ने काम गर्न दिँदैनन् । प्रिस्कुलमा तीन–चार वर्षका बालबालिका आप्mनो खाना नपोखी चम्चाले आफैं खानु सक्छन् तर घरमा १० वर्षको उमेरसम्म पनि अभिभावकले खुवाएको देखिन्छ । यो सही तरिका होइन । 

बालबालिकाले आफैं गर्नसक्ने काममा अभिभावले विना हस्तक्षेप स्वतन्त्र ढंगबाट काम गर्न अवसर दियौं । उनीहरूले गरेका काममा प्रोत्साहित गरौं । बालबालिकाबाट भएका कमी कमजोरी बालबालिकाले नै थाहा पाउने गराउनु र दोस्रोपटक गर्दा त्यसमा सुधार ल्याउन उनीहरूलाई प्रेरित गर्नु अभिभावकको जिम्मेवारी हो । बालबालिकालाई आफ्ना काम आफंै गराउनु भनेको उनीहरूलाई सामाजिक परिवेश र जीवन जीउन ज्ञान र सीपको प्रयोगात्मक अभ्यास हो । उनीहरूलाई जीवन सिकाउनु हो, जीवन बुझाउनु हो र व्यावहारिक बनाउनु हो । 

यहाँ बालबालिकालाई उनीहरूको आफ्नो काम आफंै गर्न दिनु भनेको शारीरिक काममात्र होइन । उसको सीप विकास पनि हो । आत्मविश्वास अभिवृद्धि पनि हो । गृहकार्य गर्नुपूर्व पाठ बुझेरमात्र गर्न प्रेरित गराउने, गृहकार्य गर्दा उनीहरूलाई स्वतन्त्र ढंगबाट गर्न दिने गर्नुपर्छ । जसले गर्दा उनीहरूले आपूmले के गरिरहेको छु स्वयं स्पष्ट हुन सक्छन् । आफ्ना भनाइहरू परिवार, समुदाय तथा विद्यालयमा राख्दा कुनै अभिभावक तथा शिक्षकको अनुहारमा हेरेर संकुचनको भावना, डर, अविश्वास उनीहरूको अनुहारमा नझल्क्योस् । उनीहरूले बुझेको गलतै भए पनि निसंकोच आफ्ना भनाइ राख्न सक्ने बनून् । जब उनीहरू निसंकोच आफ्ना काम आफंै गर्न तथा भनाइ राख्न सक्छन तब उनीहरू नयाँ कुरा खोज्न सक्छन् । नयाँ काम गर्न आत्म विश्वास हुन्छ । यो नै बालबालिकाको जीवनको सबैभन्दा ऊर्जाशील, धेरैभन्दा धेरै कार्य प्रयोगात्मक गर्ने उमेर र अवसरलाई हामीले हस्तक्षेप नगरौं । उनीहरूलाई आफैँ काम गर्ने अवसर दिऔँ । 

यहाँ प्रश्न उठ्न सक्छ । के गलत काम वा व्यवहार पनि टुलुटुलु हेरेरमात्र बस्ने त ? बालबालिका जोखिमपूर्ण क्षेत्र वा अवस्थामा गइरहेको हेरिमात्र रहने त ? होइन बालबालिकाले गर्ने हरेक गतिविधिमा हाम्रो निगरानी आवश्यक छ । उनीहरूका कमी कमजोरीमा हतोत्साहित नगरी बालबालिकालाई आफ्ना कमीकमजोरी थाहा पाउन उत्प्रेरित गर्दै त्यसमा सुधार गर्न हरेक अभिभावले वास्तविक अभिभावकत्व निर्वाह गर्नु नै प्रमुख दायित्व हो । साना बालबालिका जहिले पनि आफ्नो उमेर र क्षमताभन्दा गाह्रो र आफूले नसक्ने काम गर्न खोज्छन् । नयाँ नयाँ प्रयोग गर्न सधैं तत्पर हुन्छन् । त्यसमा उनीहरूका साथमा रही हामीले स्पष्ट पार्नुपर्छ । उनीहरूले गर्न सक्ने काममा सधैं उनीहरू स्वयमलाई गराउन प्रेरितमात्र होइन गराउन लागि पर्नुपर्छ । सक्ने काम गर्न दिनुपर्छ । 

यी सबै कामले बालबालिकालाई आफ्नो क्षमता, दक्षता, सीपको बारेमा ज्ञान हुन्छ । निरन्तर आफैंले आफ्ना काम गर्दै जाँदा त्यसमा भएका कमीकमजोरी विस्तारै हट्दै जाँदा र उनीहरूले गरेका काम वयस्कले गरेका जस्तै राम्रा हुन पुग्दछन् । बालबालिकाका काम गर्ने क्रमका भएका कमीकमजोरीमा गाली, हेपाई, दोषारोपण होइन तिमी सक्छौं भन्दै उनीहरूलाई आफंै अझ राम्रो गर्न प्रोत्साहित गरौं । थोरै राम्रो गरेकोमा पनि स्यावासी दिऔँ र उसलाई अझ राम्रो गर्न प्रेरित गरौं । 

यसरी बालबालिकाले आफैं गर्नसक्ने काम उनीहरूलाई आफैं गर्न दिई उनीहरूमा व्यावहारिक प्रयोगात्मक ज्ञान, सीप आर्जन गर्न अवसर प्रदान गरी आत्मविश्वास जगाऔं परनिर्भर होइन आत्मनिर्भर बनाऔं । यसरी बालबालिकाले आफंैले गर्नसक्ने काम उनीहरूबाटै गराउन प्रोत्साहित गर्नु नै उनीहरूको वास्तविक जीवनमा सहयोग गर्नु हो । उनीहरूले आफैँ गर्न सक्ने काम वयस्कले गरिदिनु गलत अभ्यास हो । बालबालिकालाई जीवन बुझाउने सही तरिका आमाबाबुले पनि सिक्नुपर्छ । साना छोराछोरीलाई माया गर्ने र जीवन सिकाउने कुरा एकसाथ अघि बढाऔँ । 


Views: 767