10th April | 2020 | Friday | 7:03:44 PM

नेपालमा मातृभाषा

श्रीमन्नारायण   POSTED ON : फाल्गुन १६, २०७६ (१०:४२ AM)

नेपालमा मातृभाषा

विश्वका अनेकौं देशहरूमा आज पनि मातृभाषाको विकास, राजकीय संरक्षण र मान्यतालाई लिएर शान्तिपूर्ण प्रदर्शनको क्रम रोकिएको छैन । हाम्रो देशको संविधानको प्रस्तावनामा पनि नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधायुक्त बहुभाषिक राष्ट्रका रूपमा स्वीकार गरिएको छ तर मातृभाषाको विकास एवं मान्यताका निम्ति यहा“ यथोचित पाइला चाल्न सकिएको छैन । सरकार, भाषाकर्मीहरू र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले पनि यस दिशामा धेरै कार्य गर्नुपर्ने आवश्यकता छ । 

पञ्चायतकालीन निर्दलीय संविधानमा नेपाली भाषालाई राष्ट्रभाषा मानिएको थियो । यो नै नेपालको निर्विकल्प सरकारी कामकाजको भाषा थियो । सरकारद्वारा घोषित एक भाषा नीतिका कारण नेपालमा बोलिने अन्य भाषा उपेक्षित अवस्थामा थिए । प्रजातन्त्र पुनस्र्थापनापछि बनेको २०४७ सालको संविधानले नेपाली भाषालाई राष्ट्रभाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषका रूपमा मान्यता दिएको थियो तर त्यो संविधानको पानामा मात्रै सीमित थियो । काठमाडौं महानगरपालिकाले नेवारी तथा राजविराज एवं जनकपुर नगरपालिकाले मैथिली भाषामा कामकाज सुरु गर्दा सम्मानित सर्वोच्च अदालतले त्यसमाथि रोक लगाएको थियो । 

जनआन्दोलन २ को सफलतापछि बनेको अन्तरिम संविधानमा मातृभाषाप्रति थप उदारता देखियो । देशका प्रमुख राजनीतिक दलले नेपालमा बोलिने मातृभाषालाई राष्ट्रभाषाका रूपमा पहिचान दिन सामूहिकरूपमा प्रतिबद्धता पनि जनाए । नेपालको संविधान २०७२ लाई निरन्तरता पनि दिइएको छ तर २०७४ मा सम्पन्न निर्वाचनमा देशका प्रमुख राजनीतिक दल मातृभाषाको सम्बन्धमा उदासीन देखिनुले देशमा मातृभाषाको भविष्य उज्ज्वल नरहेको संकेत गरिरहेको छ । संविधानको धारा ३ मा राष्ट्रको परिभाषामा नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाका रूपमा मान्यता दिइएको छ । 

धारा ७(१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिइएको छ । धारा ७(२) मा नेपाली भाषाका अतिरिक्त प्रदेश सरकारले आप्mनो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषालाई प्रदेशको कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने छ भनिएको छ । धारा ७(३) मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारद्वारा निर्णय गरिएअनुसार हुने व्यवस्था छ । 

मातृभाषामा शिक्षाको सम्बन्धमा पनि हाम्रो संविधानमा धेरै कुरा उल्लेख भएको पाइन्छ । संविधानको धारा ३१(५) मा नेपालमा बसोवास गरिरहेका प्रत्येक नेपाली समुदायले कानुनअनुसार आप्mनो मातृभाषामा शिक्षा हासिल गर्न सक्नेछन् । यसका निम्ति विद्यालय तथा शैक्षिक संस्था खोली सञ्चालन गर्न पाउने व्यवस्था छ । त्यसैगरी भाषा र संस्कृतिको हकअन्तर्गत धारा ३२(१) मा प्रत्येक व्यक्ति तथा समुदायलाई आप्mनो भाषा प्रयोग गर्न पाउने अधिकार प्राप्त हुनेछ, भन्ने उल्लेख छ । धारा ३२(३) ले नेपालमा बसोवास गरिरहेका प्रत्येक नेपाली समुदायलाई आप्mनो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन एवं संरक्षण गर्न पाउने अधिकार दिइएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गाउ“पालिका र नगरपालिकाको शिक्षासम्बन्धी अधिकारमा मातृभाषामा शिक्षा प्रदान गर्ने स्कुलको अनुमति, अनुगमन तथा नियमनका साथै भाषा संस्कृतिको संरक्षण एवं विकाससम्बन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन तथा अनुगमन एवं नियमन गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी शिक्षा ऐन २०२८ (नवौं संशोधन २०७४) को दफा ७ को उपदफा (१) मा प्राथमिक शिक्षा मातृभाषामा प्रदान गर्न सकिने व्यवस्था छ तर व्यवहारमा यो लागु भएको छैन । मातृभाषामा प्राथमिक शिक्षालाई अनिवार्य नगरिएसम्म मातृभाषाको संरक्षण र संवद्र्धन सम्भव हुन सक्दैन । 

मातृभाषाप्रति दलहरूको उदासीनताका कारण नै संविधानमा रहेका प्रावधान एवं अधिकारलाई कार्यान्वयनमा ल्याउने काम हुन सकेको छैन । संविधानले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई तोकेको छ । प्रदेशमा भने बहुसंख्यकले बोल्ने एक वा एकभन्दा बढी भाषा प्रदेश कानुनबमोजिम नेपाली भाषाका अतिरिक्त सरकारी कामकाजको भाषा हुन सक्ने प्रावधान राखिएको छ । त्यसका लागि आधार तय गर्ने र सरकारलाई सिफारिस गर्ने जिम्मा भाषा आयोगलाई दिइएको छ । भाषा नीतिस“ग सम्बन्धित यस आयोगले एक वर्षमा पनि पूर्णता पाउन सकेन । एक वर्षपछि एकजना सदस्य थपिएको छ जब कि समावेशी आधारमा महिलासहित भाषाविज्ञबाट र विज्ञ सूचीमा रहेका विज्ञ र कर्मचारीको मनोनयन बा“की नै छ । 

भाषा आयोगले पूर्णता पाओस् र यसले दु्रतगतिमा आप्mनो कार्यको थालनी गरी सरकारलाई समयमै प्रतिवेदन बुझाओस् भन्ने चिन्ता न त मातृभाषी समुदाय, भाषिक अभियन्ता, भाषाविज्ञ तथा गैरसरकारी संघसंस्थाका अभियन्तालाई नै छ, न त भाषाको नाममा राजनीति गर्ने जातीय संगठन र राजनीतिक दललाई नै । सरकारमा जाने एकोहोरो अभियानमा लागेका दल पनि यसमा गम्भीर हुनु आवश्यक छ । 

कुनै पनि व्यक्तिले आप्mनोपनको अनुभूति मातृभाषामा नै गर्न पाउ“छन् । हाम्रो देशमा मातृभाषाको मान्यता र उपयोगका सम्बन्धमा संविधानमा र ऐनमा व्यवस्था भएको पाइए पनि जबसम्म यसको संरक्षण र संवद्र्धनमा राज्यको भूमिका प्रभावकारी हु“दैन तबसम्म यसको सार्थकता सिद्ध हुने छैन । मातृभाषाहरूको विकास भएमा मात्रै नया“–नया“ कवि, लेखक एवं साहित्यकार चर्चामा आउने छन् र यसले हाम्रो राष्ट्रभाषा नेपालीलाई पनि धनी, समृद्ध एवं व्यापक बनाउनमा सहयोगीको भूमिका निर्वाह गर्नेछ । शिक्षालाई राम्ररी सम्झाउने बुझाउने अनेकौं सूत्र हुन सक्छन् तर मातृभाषा त्यसमा सर्वोपरी हो ।

 

मातृभाषाका कथा, लोकगीत, गाउ“खाने कथा, कथन, पहेलीहरू यस्ता माध्यम हुन् जुन प्रत्यक्षरूपमा हाम्रो स्मृतिको धरातलस“ग जोडिएका हुन्छन् । त्यसमा किसानको शक्ति हुन्छ । त्यसको बनोट पनि बेग्लै किसिमको हुने गर्छ । एउटा विशिष्ट सामाजिक एवं मनोवैज्ञानिक बनोट जसमा अस्मिता पनि निहित हुन्छ । जब कुनै महादेशको पीडाको वर्णन गरिनेछ अनि कुनै मौलिक लेखकले आप्mनो मातृभाषामा जति अनुकूलता, तीव्रता एवं तीक्ष्णतापूर्वक आप्mनो भनाइ व्यक्त गर्न सक्छ त्यति अन्य भाषामा सक्दैन । आत्म अन्वेषणको गहिराइ जति मातृभाषामा हुन्छ त्यति अन्य भाषामा हुँदैन । अन्य भाषामा पनि आप्mनो कुरालाई राख्न सकिन्छ तर मातृभाषामा जति मार्मिकपन त्यसमा हु“दैन । 

शिक्षामा मातृभाषाको प्रयोगबाट आप्mनो परिवेश तथा पर्यावरणको बोध हुन्छ । सम्बद्धीकरणको प्रक्रियामा बलियोपन आउ“छ, त्यसमा पृथकता अनुभूति हु“दैन । मातृभाषामा त्यो मौलिक लय प्रकट हुन्छ जो प्रकृति एवं परिवेशस“गै सामाजिक संघर्षमा पनि प्रकट हुने गर्छ । जसमा प्रकृति एवं परिवेशस“गै सामाजिक संघर्ष पनि प्रकट हुने गर्छ । त्यसमा साहित्य एवं संस्कृतिको सकारात्मक, मानवीय जनतान्त्रिक तŒव पनि प्रकट हुन्छ । आप्mनो संस्कृतिको जरोमा पुगेर हामीलाई आत्मविश्वासको अनुभूति हुने गर्छ । 

उधारोमा लिइएको भाषाले हाम्रो साहित्य एवं कलालाई विकसित गर्न सकिन्छ । वर्तमान अवस्थामा पश्चिमीकरणको प्रभाव चारैतिर छ । यसले हाम्रो मौलिकतामाथि ठूलो प्रहार गरिरहेको छ । मातृभाषामा आप्mनो माटोको सुगन्ध आउ“छ जुन विदेशी भाषामा सम्भव हुँदैन । मातृभाषा आप्mना आमाबाबुबाट व्यक्तिले प्राप्त गर्ने भाषा हो । 

मातृभाषाले एउटा बेग्लै सांस्कृतिक आचरण प्रदान गर्छ जुन कुनै अन्य भाषामा सम्भव हुन सक्दैन । मातृभाषामा एउटा खास किसिमको तŒव जोडिएको हुन्छ जसले गर्दा त्यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरूका निम्ति निकै मार्मिक हुन जान्छ । यो प्रश्न इतिहास र संस्कृतिस“ग पनि जोडिएको हुन्छ । तसर्थ शिक्षा अध्ययनको क्षेत्रमा यसको महŒव छ । संस्कृतिको अर्थ विश्वलाई केवल बिम्बका रूपमा व्यक्त गर्नुमात्रै होइन अपितु ती बिम्बमार्पmत व्यक्त संसारलाई नूतन दृष्टिबाट हेर्ने दृष्टिकोण विकसित गर्नु पनि हो । 

वर्तमान युगमा अंग्रेजीको बढ्दो प्रचारप्रसार एवं व्यापकताका कारण हामीलाई आप्mनो मातृभाषाप्रति हीनताको अनुभूति हुन सक्छ र हामी त्यस भाषाको प्रभुत्वलाई बखान गर्न थाल्दछौँ । फलस्वरूप हामी त्यस भाषासित बा“धिन जान्छौँ र आप्mनो मातृभाषालाई नै तिलाञ्जलि दिइरहेका हुन्छौँ । मेरा सन्तानलाई त आप्mनो मातृभाषा बोल्नै आउ“दैन भनेर गर्व गर्ने आमाबुबाहरू यथार्थमा आपूmलाई नै कमजोर बनाइरहेका हुन्छन् किनभने अन्ततः प्रत्येक व्यक्तिको मान, सम्मान र पहिचान त्यसको मातृभूमि र मातृभाषामार्पmत भइरहेको हुन्छ । मातृभाषाको आप्mनो छुट्टै तर विशेष पहिचान हुने गर्छ । मातृभाषाको मान्यता एवं महŒव रहेन भने हाम्रो संस्कृति पनि नाश हुन बेर लाग्दैन । 

यदि मातृभाषालाई शिक्षाको आधार बनाइन्छ भने समुदायमा आबद्ध वर्ग, आप्mनो भाषा, साहित्य, धर्म, कला, नाटक, मूल्य एवं एउटा यस्तो शिक्षा प्रणाली विकसित गर्न सफल हुनेछ जसले इतिहास एवं भूगोललाई एक पुस्ताबाट अर्को पुस्तामा सजिलै हस्तान्तरण गर्न सक्छ । 

शिक्षा एवं संस्कृतिले वर्गीय असमानतालाई समाजको आर्थिक जगमा व्यक्त गर्ने गर्छ । वास्तवमा वर्गीय समाजमा दुईथरीका शिक्षबीच संघर्ष हुने गर्छ । पहिलोमा त औपनिवेशिकबाट ग्रसित संस्कृतिको पक्षका निम्ति मातृभाषाको आवश्यकता नै हु“दैन । उनीहरू यस्तै भाषा रोज्नेछन् जसले तिनको वर्गीय हितको प्रतिनिधित्व गर्न सकून् दोस्रोमा आप्mनै देश र समाजमा मातृभाषामा बोलेकै कारण सजाय एवं अपमान भोग्ने पनि छन् । मातृभाषाको माध्यम भन्नाले जनतासित प्रत्यक्ष सरोकारको माध्यम हो जसमा त्यस समुदायको सामाजिक एवं राजनीतिक निहितार्थ पनि बोध भइरहेको हुन्छ । त्यसैले शिक्षामा यसको औचित्य रहन्छ ।

 

शिक्षाको मूल लक्ष्य नै हो त्यो सौन्दर्यबोध जसमा हाम्रा लोककथा, हाम्रा सपना, विज्ञान एवं हाम्रा भविष्यको कामना निहित होस् । अन्य भाषालाई अपनाउनु अथवा त्यसमा अभिव्यक्ति दिनु नराम्रो होइन तर मातृभाषा कमजोर वा समाप्त पार्ने काम गर्न भएन । हाम्रो अस्मिता, साहित्य, सिर्जनात्मकताको सर्वोच्च वैभव मातृभाषामा नै सम्भव हुन्छ । मातृभाषा जीवन्त अभिव्यक्ति तथा शिक्षाको सबैभन्दा उत्तम र सुन्दर माध्यम हो । नेपालजस्तो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा मातृभाषाले समुचित महŒव, संरक्षण र अवसर पाउनु आजको आवश्यकता र समयको माग पनि हो । 


Views: 78